Author: prayatnayekkoshis

  • श्रमजीवी–पत्रकार सङ्घकाे आग्रह सेवा सुविधा उपलब्ध गराउ

    असाेज १० साेमबार, काठमाण्डाै । श्रमजीवी–पत्रकार सङ्घले सेवा सुविधा उपलब्ध गराउन आग्रह गरिएकाे छ । आज श्रमजीवी–पत्रकार सङ्घले विज्ञप्ति जारि गरि सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैँ अगावै सेवा सुविधा र तलब उपलब्ध गराउन व्यवस्थापन समक्ष आग्रह गरिएको छ । विज्ञप्तिमा पत्रकारले चाडपर्वको मुखमा तलब, सेवा सुविधा र भत्ता समेत समयमै पाउने व्यवस्था गर्न आग्रह गरेकाेछ। यसपाली पनि विगतमा झैँ गुनासो आइरहेका छन् । श्रमजीवी–पत्रकार सङ्घले विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारकाे समस्या हल गर्ने ,स्वरोजगार मिडियाको प्रवर्द्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न आवश्यक रेहेकाे उल्लेख गरेकाेछ ।

    साथै सङ्घले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि भएकाे अन्याय राेक्न दबाब मार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको बताएको छ ।श्रमजीवी–पत्रकार सङ्घले सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र भत्ता लगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गरेकाेछ ।

  • झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु – क्रिकेटर सन्दीप लामिछाने

    झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु – क्रिकेटर सन्दीप लामिछाने

    असाेज ९ आइतबार, काठमाण्डाै । क्रिकेटर सन्दीप लामिछाने आफु बिरुद्ध भएकाे झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेकाे बताएका छन्। आफ्नाे सामाजिक सन्जालमा स्त्याटस् लेख्दै उनले भनेका छन् आफु बिरामी परेकाेले केहि समय आइसोलेसनमा रहेकाे र अब छिट्टै नेपाल फर्केर सबै कुराकाे स्पष्टिकरण दिन आउनेछु । सन्दीप लामिछाने आफु बिरुद्ध भएकाे झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेकाे बताएका छन्। सन्दीप लामिछानेले आफ्नाे स्त्याटस् मा ”मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु। म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।” लेखेका छन् ।

  • नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

    असाेज ९ आइतबार, काठमाण्डाै । नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव आज सम्पन्न सम्पन्न भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आयोजित समारोहमा कार्य व्यस्तताका कारण भौतिक रूपमा उपस्थित नभइ लिखित शुभकामना प्रेषित गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाले देशमा रहेकाे हरेक समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोच सहितका सार्वजनिक नीति तर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको बताउनु भएको छ । उनका अनुसार यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरे अनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सकिने बताउनुभयाे। मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यान्वयनयोग्य नीतिको आवश्यकता पर्दछ जसकाे लागि गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो पनि बताउनु भएको छ ।

    साथै आगामी दिनहरुमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गराेस भन्ने प्रगतिको शुभकामना र यसमा नेपाल सरकारले भविष्यमा प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

    नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव

  • राष्ट्रपतिद्वारा नयाँ दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा नयाँ दुई विधेयक प्रमाणीकरण

    असाेज ९ आइतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुइ विधेयक प्रमाणीकरण गरिएकाे छ । जसमा एउटा सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाे भने अर्काे कारागार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक रहेकाे छ। राष्ट्रपतिले संसदले पारित गरिसकेको विधेयकको हकमा कार्यकाल सकिए पनि प्रमाणीकरण गर्न सकिने नजिर प्रतिस्थापित गर्नुभएकाे छ । किनकी कतिपय संविधानविद्हरुले असोज २ गते निर्वाचनकाे लागि समानुपातिक तर्फको मनोनयन दर्ता गरि बन्दसूची बुझाएकाे दिन भएकाे जसले गर्दा प्रतिनिधि सभाको कार्यकाल असोज १ गते अन्त्य भएकाे बताएका थिए।

  • समय अनुसार ऐन संशोधन आवश्यक – मन्त्री प्रदीप यादव

    असाेज ७ शुक्रबार, काठमाण्डाै । वन तथा वातावरण मन्त्री प्रदीप यादवले समय अनुसार ऐन संशोधन आवश्यक रहेकाे बताउनुभयाे । चितवन राष्ट्रिय निकुञ्जको ५० औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस २०७९ को अवसरमा कसरामा आयोजित कार्यक्रममा मन्त्री यादवले ऐन परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाले कार्यक्रममा ”हामीले २०२९ सालको ऐनमा रहेर काम गरिरहनु परेकाले परिमार्जन र समय अनुसार संशोधन गर्नुपर्ने आवश्क्ता रहेकाे” भनाइ व्यक्त गर्नु भयाे। उनका अनुसार निकुञ्ज ऐनका कारण मानव र वन्यजन्तु बिचको द्वन्द बदेकाे र यसकाे समाधान खाेज्नु र द्वन्द न्यूनीकरण गर्न चुनौती आएको छ । समुदायको जीविकोपार्जन, मानव अस्तित्व जोगाउन र बन्य जन्तु संरक्षण हुनुपर्नेमा जाेड दिदै यसमा सबै पक्ष जिम्मेवार भएको बताउनुभयो । ऐनका कारण पनि मानव र जनावर बिचको द्वन्द्व बढ्दै गएको भन्नुभयो । साथै अब नयाँ प्रबिधिको प्रयाेग काे आवश्यक्ता रहेकाेले नयाँ उपकरण (एनाईडर)जडान गरी वन्यजन्तु मानव बस्तीमा पस्न रोक्न सकिने पनि बताउनुभयो । उक्त प्रविधि नेपालमा जडान गर्ने तयारी गरिएको जानकारी पनि दिनुभयो ।

  • राष्ट्रपतिद्वारा संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गर्याे -बृहत नागरिक आन्दोलन

    असाेज ६ बिहिबार, काठमाण्डाै । राष्ट्रपतिद्वारा संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेकाे भनि बृहत नागरिक आन्दोलनले विराेध गरेकाे छ । बृहत नागरिक आन्दोलनद्वारा बुधबार जारी विज्ञप्तिमा संवैधानिक संस्कार बलियो बनाउने, संविधान रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको रहेकाेहुन्छ । संविधान र व्यवस्थाको मर्म विपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन। कुत्सित उद्देश्यसहित बारबार संविधान एवं लोकतान्त्रिक व्यवस्थाको मूल्य–मान्यता धूलिसात बनाउने भण्डारी राष्ट्रप्रमुखजस्तो गरिमायुक्त पदमा बसिराख्नु उक्त पदको ओज घटाउनु हो।’

    साथै केही कानुनविद्हले पनि सरकारलाई राष्ट्रपतिको विकल्प खोज्न सुझाव दिँदै उपराष्ट्रपतिबाट प्रमाणीकरण गराएर राजपत्रमा प्रकाशित गर्नुपर्ने बताएका छन् ।

  • मेलम्चीमा डेंगी नियन्त्रणकाे लागि स्प्रे अभियान थालनी

    असाेज ६ बिहिबार, काठमाण्डाै । डेंगी नियन्त्रणका लागि मेलम्चीमा स्प्रे अभियान र सचेतना अभिमुखीकरण कार्यक्रम सन्चालनमा ल्याइएकाे छ । डेंगी नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, विभिन्न सघंसस्थाहरु सबै मिलि अभियान सन्चालन गरिरहेका छन् । त्यस्तै महिला आत्मनिर्भरता केन्द्र मांकले पनि फेयरमेडको साझेदारीमा मेलम्ची नगरपालिकाका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    स्वास्थ्य कार्यालयहरुले याे राेग महाहरीकाे रुपमा फैलिरहेकाे ले यसमा सचेत हुन सबैलाइ सुझाब दिइएकाे छ । याे राेग लामखुट्टेले डेंगी रोगबाट संक्रमित भएको मानिसलाई टोकेर फेरि अर्को मानिसलाई टोक्दा यो सर्ने गर्दछ । यसबाट बच्नका लागि पानी जम्न नदिने, घर वरिपरि सरसफाइ राख्ने, मच्छडधुप, कीटनाशक विषादी छर्ने र राती सुत्दा झुलको प्रयोग गर्न समेत सुझाव दिइएकाे छ ।

  • हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउनु – उच्च अदालत पाटन

    असाेज ६ बिहिबार, काठमाण्डाै । उच्च अदालत पाटनले काठमाण्डाै महानगरपालिकालाई हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउन आदेश दिएको छ । शारदा मानन्धर समेत २१ जना घरधनीले उच्च अदालत पाटनमा रिट हालेकाे थियाे । उच्च अदालत पाटनका न्यायाधीश किरण पोखरेलको इजलासले हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउन अल्पकालिन आदेश दिएको हो। अदालतका स्राेतका अनुसार नक्सा पास गरि बनेका घर र कानुन बमाेजिम बकाइदा जग्गा पास रहेकाे घर जग्गामा क्षति पुग्नेगरि कुनै कार्य नगर्नू/नगराउनू भनी महानगरका नाउँमा अल्पकालिन अन्तरिम आदेस जारी गरिएकाे छ । यसमा दुबै पक्षकाे राय बुझ्नुपर्ने हुनाले दोहोरो छलफलको लागि असोज २६ गते पेशी तोकीएकाे छ । मुद्दा सँग सम्बन्धीत कागजात फाइल सँगै प्रस्तुत गर्न समेत आदेश गरेकाे छ ।

  • आगाे लागेर ३ जनाको मृत्यु केही घाइते

    असाेज ५ बुधबार, काठमाण्डाै । कपनमा आगाे लागेर ३ जनाकाे मृत्यु र केहि घाइते भएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले बताएअनुसार बुधबार बेलुकी पौने ७ बजे कपनमा रहेकाे एक घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको र केही घाइते भएका छन्। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय रहेकाेले अक्सिजन सिलिन्डरहरू राखिएको बताइएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन। घाइतेहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।

  • समानुपातिकतर्फ बन्दसूची बुझाउने कार्य सकियाे

    असाेज ४ मंगलबार, काठमाण्डाै । आउदाे मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ राजनितिक दलहरुले बन्दसूची पेस गरेका छन् । प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिए पनि ४८ वटा दलले मात्रै बन्दसूची बुझाएका छन्। प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन्। अव ति ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा , बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । साथै सातै प्रदेशबाट पनि बिभिन्न दलले बन्दसूची पेस गरेका छन् ।

  • ”संविधान कानूनी राज्यको आत्मा हो”- प्रधानमन्त्री देउवा

    असाेज ३ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री देउवाले संविधान दिवसको अवसरमा सैनिक मन्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई संविधान दिवसकाे सुभकामना व्यक्त गर्दै संविधान कानूनी राज्यको आत्मा हो भनि यसकाे महत्व बारे बताउनु भयाे । उक्त समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।

    प्रधानमन्त्री देउवाका अनुसार ‘‘संविधान देशको मूल कानून हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, नागरिकहरूलाई राज्यका तर्फबाट सबै किसिमका मौलिकहकहरू सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्यलाई निर्देशित गर्ने तथा देश र जनताको समुन्नतिको आकाङ्छालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो । यसको भावना र मर्मलाई व्यवहारमा उतार्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकाेछ ।’’ अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार भएको बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरि ठानी विकास र समुन्नतिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र लगायत सबैमा आह्वान गर्नुभएकाे थियाे ।

  • टुकुचा उत्खनन् कार्य यथावतै

    असाेज ३ साेमबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले टुकुचा खोला उत्खनन् कार्य यथावतै जारी राखेको छ। आज हात्तीसार-कमलपोखरी क्षेत्रमा महानगरपालिकाले उत्खनन् कार्य जारी राखेको छ। उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले दिएकाे जानकारी अनुसार हिजाे आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गा माथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको बताए।

    तर महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार महानगरमा टुकुचा अतिक्रमणमा परेको निवेदन परेपछि उत्खनन् कार्य अघि बदाएकाे हाे । उनका अनुसार हाल सम्म महानगरमा अदालतको कुनै पनि लिखित आदेश आएकाे छैन । यदि आएमा कानून संवत् रुपमा कार्य अघि बढाउने बताए ।

  • राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा, उपत्यकाकाे ट्राफिक अस्तव्यस्त

    भाद्र २७ साेमबार, काठमाण्डाै । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिनेकाे नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अध्यक्ष ली नेपाल आए लगतै नेपाल र चीनबीच अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। नेपालकाे तर्फबाट सभामुख अग्नि सापकोटा र चीनको जनकंग्रेसको तर्फबाट ली चान्शुले ६ बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्।

    नयाँ बानेश्वर स्थित संसद भवनमा भएको भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, संसदीय मैत्री समूहहरूको संलग्नता अभिवृद्धि गर्ने, एकअर्काको विधायकी सुपरिवेक्षकीय र शासन सञ्चलान सम्बन्धी अभ्यासबारे जानकारी आदान प्रदान गर्ने लगायतका विषयमा समझदारी भएको हो। समझदारीमा बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ। समझदारी आगामी पाँच वर्षसम्म मान्य हुनेछ। समझदारीले नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास दुबै देशले लिएका छन्। नेपाल भ्रमणका आएका चान्शुले भोली देखि राजनीतिक भेटवार्ता गर्नेछन्।

    अध्यक्ष लीको सुरक्षाका लागि भन्दै आज करिब तिन घण्टा कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको थियाे । जसले गर्दा उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधन र यात्रुहरुले सोमबार निकै कष्ट बेहोर्न बाध्य भएका थिए ।अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहाननै स्वदेश फर्कने कार्यक्रम रहेकाेछ।

  • चाैबिस घन्टामा १५२ जना कोरोना संक्रमण पुष्टि

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । देशभर चाैबिस घन्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे बिज्ञप्ति अनुसार कुल ३ हजार २ सय ९४ नमूनाको परिक्षण गर्दा पिसिआर परीक्षणबाट १ सय १० र एन्टीजेन परीक्षणबाट ४२ जनामा संक्रमण पुष्टि भएको छ । साथै आज १ सय ३३ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • काठमाण्डाै महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । काठमाण्डाै महा नगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् । अर्याललाई महानगरको कार्यपालिका बैठकले नियुक्त गरेको हो। उनी सामाजिक अभियन्ता समेत हुन् । अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य हुन । र ५ वर्ष अध्यक्ष पनि हुन् । यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।

  • यू-१७ च्याम्पियनसिप समूह चरणमा नेपालद्वारा भारत पराजित

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । हाल श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको गरेका थिए । नेपालले सुरुमा १ गोल खाए पनि त्यसपछि लगतै ३ गोल गरेको थियो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेकाेछ। नेपाल र भारतले भुटानलाई पराजित गर्दै पहिलेनै सेमिफाइनलमा स्थान बनाएका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराएकाे थियाे भने भारतले ३-० गोलको जितेकाे थियो। नेपालसँग पराजित भइ भारत समूह उपविजेता बनेकाेछ।

    खेलको १७ मिनेटमा भारतका तर्फबाट ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा पहिलाे गोल फर्काइ बराबरी गरेका थिए। त्यसपछी ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। यस्तै खेलको ६८ मिनेटमा सुवास बमले तेश्राे गाेल गरि नेपाललाइ ३-१ अग्रता दिलायो। नेपालले अब सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। साथै नेपालले जित हात पारे बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। समूहमा उपविजेता भारतले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

  • परराष्ट्र सचिव पौडेल दुई दिने भ्रमणमा भारत जाने

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनकाे लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनी भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने उल्लेख छ । साथै दुई देशको सचिवबीच भदौ २८ गते नै भेटघाट गरी दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल गर्ने बताइएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गरेका विभिन्न घोषणाहरूबारे के कस्तो प्रगति भए ती विषयमा पनि पौडेलको भ्रमणका क्रममा छलफल हुने बताइएको छ । सचिव पौडेल भदौ २९ गते स्वदेश फर्किने छन् ।

  • विकास सिक्न, बुझ्न र चिन्न रूपन्देही जानुपर्छ- उपाध्यक्ष विष्णु पौडेल

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास सिक्न, बुझ्न र चिन्न रूपन्देही जानुपर्छ भन्ने अवस्था सृजना गर्ने बताएका छन्। उनले शुक्रबार बुटवलमा कानुन विद्यार्थी समाज कालिकाले आयोजना गरेको कार्यक्रममा यस्ताे भन्नु भएकाे थियाे। उनले रुपन्देही विकासको पाठशाला भएको बताएका छन्। पछिल्लो आठ/दश वर्षको अन्तरालमा रूपन्देहीले भौतिक विकासमा एकपछि अर्को फड्को मारेका उनले बताए।

    उनका अनुसार रूपन्देहीमा सन्चालित विकास आयोजना सम्पन्न हुँदा विकासको दृष्टिकोणले देशको नमूना जिल्ला हुने, विकास आयोजना सन्चालन भइरहँदा पनि विकास सिक्नका लागि, विकास हेर्नका लागि र विकास बुझ्नका लागि रूपन्देही उपयुक्त पाठशाला बनेको बताएका छन् । साथै भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि रूपन्देहीलाई केन्द्र बनाएर विकास गरिने उनले बताए।

    शैक्षिक विकासमा कालिका मानवज्ञानले गरेका योगदानको प्रशंसा गर्दै उनले कालिका मानवज्ञान माविमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल रहाेस भनी शुभकामना दिएका छन् ।

  • एलिजावेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। साथै यस दुखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेकाे थियाे।

    एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा बिहीबार निधन भएको हो। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। एलिजावेथ द्वितीयले बेलायतमा ७० वर्ष सात महिना शासन गर्नुभएकाे थियाे । उनी सबभन्दा लामो समयावधि शासन गर्ने महारानी पनि हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनीपछि अब उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।

  • काेराेना सँगै डेगूँ संक्रमण देशका अधिकांश जिल्लामा – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

    भाद्र २२ बुधबार, काठमाण्डाै । देशका अधिकांश जिल्लामा काेराेना सँगै डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज बसेको मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. सन्जय कुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिनुका साथै काठमाण्डाै उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको बताउनुभयो । एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ७ जनालाई डेगूँ संक्रमण भइसकेको छ । कुल ३ हजार ८ सय ३६ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ ।आज संक्रमित ७८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • मेयर बालेन शाहद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरियाे

    भाद्र २२ बुधबार, काठमाण्डाै । काठमाण्डाै महा नगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको रिट निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले मंगलबार आफ्ना कानुनी अधिकारी मार्फत् लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। अधिवक्ता दीपकराज जोसीले उनी विरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेकाे निवेदन हालकाे थियाे । सर्वोच्चले मेयर शाहलाइ ७ दिन भित्र लिखित जवाफ बुझाउन आदेश गरेकाे थियो।

    मेयर शाहले मंगलबार बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसाय अदालतको अवहेलना गर्ने नरहेकाे र हुन नसक्ने उल्लेख गरेकाेछ। साथै सम्मानित अदालत प्रति पुर्ण आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा व्यक्त गरिएकाेछ ।

    काठमाण्डाै महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोज्दा नर्भिकले अदालतमा मुद्दा हालेकाे थियाे । अदालतले तत्काल ती संरचना नहटाउन आदेश दिएको थियो। उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।

  • सर्वोच्चमा न्यायाधीश सिफारिस भएकाको सुनुवाइ अन्यौलमा

    भाद्र २२ बुधबार, काठमाण्डाै । सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएकाको सुनुवाइ अन्यौलमा रहने देखिएकाेछ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा नियुक्ति अघि संसदीय सुनुवाइ गरिदिन तीन न्यायाधीशको सिफारिस गरेको छ। न्यायपरिषद्ले मंगलबार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका विभागीय प्रमुख डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। साथै संसद सचिवालयले परिषद्ले सुनुवाइका लागि पत्र प्राप्त भएको जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक तथा समिति सन्चालन सम्बन्धि नियमावलीले यसरी पत्र प्राप्त भएको ४५ दिन भित्र सुनुवाइ गरिसक्नुपर्ने प्रावधान छ। तर प्रतिनिधि सभाको कार्यकालबारे देखिएको अन्योलले सुनुवाइमा समेत अन्यौलता देखिएको छ। संविधानले प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष हुने प्रावधान गरेको छ। तर निर्वाचनका बेला कार्यकालको अन्त्य कहिले हुन्छ भन्ने द्विविधा देखिएको छ।

  • नायक पल शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद

    भाद्र २२ बुधबार, काठमाण्डाै । नवलपुर जिल्ला अदालतले मङ्गलबार नायक पल शाहलाइ साढे दुई वर्ष कैद फैसला सुनाएको छ। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद , रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला सुनाएको हो। नायक शाहलाइ जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरूपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ। शाहविरूद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो।

    साथै नायक शाह विरुद्ध बालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा पनि गत फागुन ११ गते उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो। हाल तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो। तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए।

  • बसन्तपुरमा य: सिं ठड्याइ इन्द्रजात्रा सुरू गरियाे

    भाद्र २२ बुधबार, काठमाण्डाै । हनुमानढोकामा आज बुधबार बिहान इन्द्रजात्राको लिंगो (य:सिं) ठड्याइएको छ। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाण्डाैको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहित लिङ्गो ठड्याइ जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको छ। परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइएको छ। इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको रुखबाट लिंगो तयार गरिन्छ । इन्द्रजात्राका बेला लिंगो ठड्याइनु काे साथै मुख्य रुपमा गणेश, भैरब , कुमारी देवीलाइ रथहरुमाकाे राखि परिक्रमा गराउने चलन रहेकाेछ ।

    नेवार समुदायमा मनाइने यो जात्रा आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । नेवार समुदायको हिन्दू र बौद्ध धर्मावलम्बीहरुले यो जात्रा भब्यताका साथ मनाउँछ।

  • कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने

    भाद्र २० साेमबार, काठमाण्डाै । पोखरा पर्यटन परिषदले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्धन तथा कोरला नाका सम्बन्धि सरोकारवाला सँग गरेकाे छलफल कार्यक्रममा मुस्ताङका जनप्रतिनिधि हरुले कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने बताएका छन् । कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले ‘यो नाका (कोरला–त्रिवेणी) खुलाउने हो भने त्यसको लाभ पर्यटनबाट सबैभन्दा बढी लिन सकिन्छ,’ भनेका छन् । उनले कोरला नाका संचालनमा ल्याउन सके गण्डकीको मुकाम पोखरा केन्द्र बन्ने बताए। उनका अनुसार कोरला देखि गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी नाकाम्मको दूरी ४५७ किलोमिटर छ। उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो रुट नै कोरला–त्रिवेणी हुने उनले बताए। ‘उत्तरी र दक्षिणी मुलुकलाई जोड्दै व्यवसाय गर्न सकिन्छ। उनका अनुसार कोरला नाकामा नेपालतर्फ १३ सय रोपनी जग्गा सरकारको नाममा छ। तर, जग्गा भएपनि काम केही पूर्वाधर तयार नभएको उनले बताए।चीनले आफ्नोतिरको सडक यसअघि नै कालोपत्रे गरिसकेको भएपनि नेपालतर्फ भने आवश्यक भौतिक पूर्वाधारको नामोनिसान समेत नभएको उनको भनाइ छ। तिब्बततिर चीनले भन्सार, अध्यागमन सहित सुरक्षा निकायका लागि आवश्यक संरचना बनाईसकेको छ। तर, नेपालतर्फ भने खासै गतिला संरचना नबनेको उनले बताए।

    २०७२ को नाकाबन्दीले भारतबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका प्राथमिकता परेको हो। त्यही प्रयास पछि चीनले आफ्नो क्षेत्रमा भव्य संरचना बनाइ सक्दा नेपालतिर भने सुनसान रहेको छ। सरकारले यस तिर त्यति चासाे दिएकाे छैन । जसले गर्दा भौतिक पूर्वाधार बनाउने कार्य ठप्प नै छ ।

  • प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    भाद्र १९ आइतबार, काठमाण्डाै । प्रतिनिधिसभाको आज भएको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले उक्त प्रस्ताव प्रतिनिधि सभामा पेश गरि सर्वसम्मतिबाट स्वीकृत गरिएकाे छ । यसअघि सभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।

    प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद प्रेम सुवालले शासनमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर विधेयक ल्याउन समय छोट्याइनु गलत भएको बताउनुभयो । विरोधका सूचना राख्ने सांसदको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा अन्तर्राष्ट्रिय कानुन अनुसार कानुनलाई संशोधन गर्न आवश्यक रहेकाले विभिन्न १६ वटा कानुनलाई संशोधन गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो । 

  • मन्त्रीलाइ लाइनमा बस्नुस् भन्ने सुरक्षा गार्ड पक्राउमा

    भाद्र १९ आइतबार, काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई तपाइ मन्त्री भए पनि लाइनमा बस्नुस भन्ने सुरक्षागार्ड पक्राउमा परेका छन्। पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराका अनुसार मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्नु पर्ने भनेछ। त्यसपछि मन्त्रीका पिएसओले उनी मन्त्री भनि बुझाउन प्रयास गर्दा पनि सुरक्षागार्ड नमानि जो मानिस भए पनि लाइनमा बस्नु पर्ने भनि काराएछ ।अनि त्यहाँ धकेला धकेलको अवस्था सिर्जना भएको थियाे। त्यसपछि पिएसओले प्रहरीमा जाहेरी दिइ सुरक्षागार्डलाइ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। सुरक्षागार्ड शेरजंग गुरूङमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ।

  • ११ किलो गाँजा सहित दुई जना पक्राउ

    भाद्र १९ आइतबार, काठमाण्डाै । काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डाैका अनुसार शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बसमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले सवार गरेका यात्रुहरुलाइ चेक जाँच गर्दा दुई जनालाइ पक्राउ गरेको थियो। जसमा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट ११ किलो गाँजा साथमा फेला पारेको थियाे। प्रहरी वृत्त थानकोटले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ। थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको छ।

  • ठगी आरोपित होटल मेरियटबाट पक्राउ

    भाद्र १९ आइतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना ठगी आरोपितलाइ प्रहरीले होटल मेरियटबाट पक्राउ गरेका छन्। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाण्डाै आएका थियाे । उनलाई उपत्यका अपराध अनुसन्‍धान कार्यालयको प्रहरी टोलीले शुक्रबार राति १० बजे नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको छ । आलम माथि पाइलट बनाइदिने भन्दै एक करोड ६८ लाख ठगी गरेको आरोप छ। काठमाण्डाै जिल्ला अदालतबाट उनीसहित ११ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा दुबईबाट अरब पार्लियामेन्टका उपसभामुख र नेशनल फेडरल काउन्सिलका सदस्य शुक्रबार बिहान काठमाण्डाै आइपुगेका थिए। आरोपित रिजवान आलम उनीहरूकाे दोभाषे बनेर आएका थिए।

  • हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् – मेयर बालेन

    भाद्र १९ आइतबार , काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना सय दिनमा गरिएका काम सम्झँदै पाँच बर्षका लागि याेजना रहेकाे भनाइ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्। फोहोर व्यवस्थापनमा ढिलाइ भएकाे पनि स्विकारेका छन।

    मेयर बालेन साहले १०० दिन कार्यकाल पुगेको सन्दर्भमा लेखेका छन् – ”हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आम मानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

    काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाह

    १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

    २. Esports का लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

    ३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

    ४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

    ५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

    ६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो ।

    अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।”

  • केन्या विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजय

    भाद्र १८ शनिबार, काठमाण्डाै । नेपालले शनिबार केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा १७ रनको विजय हासिल गरेको छ । योसँगै नेपालले तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । नेपालले यसअघि पनि पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितकुमारले नेपालको नेतृत्व गरेका थिए ।रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । उनले ९५ बलमा सात चौका सहित ७८ रन बनाएका थिए । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । साथै २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाए ।

  • भरतपुरकाे बजार क्षेत्रका सडकमा विधुत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरियाे

    भाद्र १९ शनिबार, काठमाण्डाै। पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत नेपाल विधुत प्राधिकरणले भरतपुरकाे बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरेका थिए। भरतपुर महानगर कार्यालयको अगाडि पूर्व-पश्चिम राजमार्गको छेउमा गैंची चलाएर आयोजनाको आरम्भ गरेका थिए। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विधुत लाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरण र थप गरिनेछ। साथै आयोजनाले अप्टिकल फाइवर केवल बिछ्याउने तथा वितरण प्रणाली स्वचालन गरिने पनि बताए। यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।

  • फन पार्कले तिर्‍यो पाँच वर्षकाे मनोरन्जन कर

    भाद्र १६ बिहिबार, काठमाण्डाै। भृकुटीमण्डप स्थित फनपार्कले पाँच वर्षकाे मनोरन्जन कर तिरेको छ। महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार भृकुटीमण्डप स्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरन्जन कर महानगरको राजस्व विभागलाई बुझाएकाे छ । उक्त मनोरञ्जन कर पाँच वर्षको हो। काठमाण्डाै महानगरपालिकाले सबै कर चुक्ता गर्न फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिए थियाे । पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो।

    समाज कल्याण परिषदले फनपार्कलाई ६० रोपनी जग्गा भाडामा दिएको छ। जसले गर्दा परिषदले भाडाको दस प्रतिशत कर महानगरलाई बुझाउनुपर्ने हुन्छ। फनपार्कले मनोरन्जन कर बुझाएपनि अन्य करहरु तिर्न बाँकी नै रहेकाे विभागका प्रमुख अधिकारीले जानकारी दिएकाछन्।

  • नागरिकता विधेयक संविधान अनुसार रहेकाे- वर्षमान पुन

    भाद्र १६ बिहिबार, काठमाण्डाै। नेकपा का उपमहासचिव वर्षमान पुनले नागरिकता विधेयक संविधान अनुसार नै रहेकाे छ बताएका छन् । उनका अनुसार विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। पुनले शीतल निवासमा बुधबार राष्ट्रपतिसँग भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरूले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने बताए। संविधानमै नेपाली पुरूषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरूष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा मौन रहेको उल्लेख गरे। हाल बाहिर सर्वत्र भएकाे सार्वजनिक बहस र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि संविधान संशोधन नगरि संभव नभएकाे बताए।

    पुनका अनुसार हाल वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको छ। २००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको छ। जब सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने क्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुनपर्ने अवस्था रहेको बताए।

  • पशुपतिमा लाखाैंकाे संख्यामा दर्शनार्थी उपस्थित

    भाद्र १४ मंगलबार, काठमाण्डाै । हिन्दु नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखाैं दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए अनुसार आज बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।

    भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेकाेछ । आज राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर लगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । त्यसै समयदेखी याे पूजा व्रत बस्ने चलन चल्दै आएकाे छ । सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु भएकाे तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । हिन्दु नेपाली नारीले यो पर्व विशेष महत्वका मनाउँछन् ।

  • चाडबाड केन्द्रित सुरक्षा योजना लागू गरिने- ए.आई.जि.पि सहकुल बहादुर थापा

    भाद्र १४ म‌ंगलबार, काठमाण्डाै । ए.आई.जी.पी सहकुल बहादुर थापाले आफ्ना मातहतका प्रहरी अधिकारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाड केन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिनुभएको छ । उनले आज प्रहरी प्रधान कार्यालयबाट प्रदेश प्रहरी प्रमुख, ब्युरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल रूपमा निर्देशन दिनुभएको छ । साथै हुन लागेकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुट्न पनि निर्देशन दिनुभयो ।

    आज भएकाे कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेकाे थियो ।

  • फास्ट ट्र्याकमा विधेयक पारित गरेर संसदमा लैजाने – सांसद सुरेश आले

    भाद्र १२ आइतबार, काठमाण्डाै । माओवादी केन्द्रका सांसद सुरेश आलेले विधेयकलाई फास्ट ट्र्याकमा पारित गरेर संसदमा लैजाने बताए। राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे। सांसद सुरेश आलेले ‘हामीले फास्ट ट्र्याकबाट विधेयक पारित गर्छौं। राष्ट्रपतिले अलिकिति विधि प्रक्रिया मिलाउने भनेर फिर्ता पठाउनु भयाे ,तर समितिले त्यही विधेयक पारित गर्ने हो, त्यसमा परिवर्तन हुँदैन।’ समितिमा १५ सांसद रहेकाे छ, जसमा गठबन्धनमा रहेका दलहरूका १० सांसद , एमालेबाट ४ र १ जना स्वतन्त्रका छन्। समितिको बैठक भोलि बस्दैछ।

    कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मिश्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी रहेका छन्। एमालेका तर्फबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ र विमला राई पौडेल छन्। साथै स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् । यसरि १५ सदस्य रहेकाे समितिको सभापति जेष्ठ सदस्य नारायण दत्त मिश्र रहेका छन्।

  • हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ

    भाद्र २ बिहिबार, काठमाण्डाै । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगद सहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाण्डाै तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाण्डाै-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई काठमाण्डाैकाे टेकु बस्ने ३३ वर्षीय अंकित गोयनका रहेको छ । विषेश सुत्रकाे सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो।

    श्रेष्ठ घण्टाघरमा संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए। त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको थियाे । सोही बेला श्रेष्ठको कार्यालयमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगेका थिए। उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी अंकित गोयनकाको लागि काम गर्ने खुल्यो। त्यसपछि कलंकीस्थित अंकित गोयनकाले सन्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा प्रहरीको टोली पुगि कार्यालयमा तलासी लिँदा त्यहाँबाट थप ९ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक कोइरालाका अनुसार आराेपीहरु माथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ। 

  • कानुनमन्त्री बन्दीले अनसनरत निहारिका राजपुतसँग भेटवार्ता

    भाद्र २ बिहिबार, काठमाण्डाै । कानुनमन्त्री गोविन्द बन्दीले महाराजगन्ज स्थित प्रहरी अस्पतालमा अनसनरत निहारिका राजपुतसँग भेटवार्ता गरेका छन्। मन्त्री बन्दीले अस्पताल पुगेर राजपुतलाई अनसन तोड्न आग्रह गरेका थिए। तर राजपुतले अनसन नताेड्नुका साथै उनका पहिलेका माग पूरा गर्नुपर्ने र त्यसबाहेक थप माग समेत राखेकी छन्। उनले आफ्नाे मागमा उनले गरेका मागहरू पूरा भएपछि मात्रै अनसन तोड्ने , डिएनए टेष्ट गराइदिनु पर्ने र अपराधीको डिएनए टेष्ट गराउनको लागि रगत तान्दा उनकै अगाडि तान्नुपर्ने भनेर थप माग गरेकी छिन। भोलि फेरि अरू कसैको पनि रगत राखिदिन सक्छन् भनेर उनले त्यस्तो माग गरेकाे बताए । यस्तै, उनले आफ्नो लागि मात्रै नभएर हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हक अधिकारका साथ बाँच्न पाओस् भनेर सुनिश्चित गर्नुपर्ने माग गरेकी छन्।  डिएनए टेष्ट गर्दा मिलेको खण्डमा आरोपित भनिएका शिवराज श्रेष्ठले सजाय पाउनुपर्ने माग राखेकी छन्। यदि मिलेन भने आफू सजायको भागिदार हुने उनले बताइन्। डिएनए टेष्ट गरेर मिलेपछि कुनै पनि बलात्कारीले पाउने सजाय पाउनुपर्छ। प्रहरीले घटनामा अनुसन्धान गर्न भन्दै आरोपित शिवराज श्रेष्ठलाई बुधबार धनुषाबाट पक्राउ गरेकोछ।

  • बन्दिपुरमा ऐतिहासिक बाघजात्रा

    भाद्र १ बुधबार, काठमाण्डाै । बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ। बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन्। कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन। खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो। बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, ‘जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो। बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन्। बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ। भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ। आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ। भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाएकाे थियाे। भक्तपुरबाट उनीहरू भक्तपुरे नेवारी संस्कृतिलाई पनि भित्राएको थियो। यसरी व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म पनि विभिन्न जात्राको परम्परा रहँदै आएको छ।