कानुनमन्त्री बन्दीले अनसनरत निहारिका राजपुतसँग भेटवार्ता

भाद्र २ बिहिबार, काठमाण्डाै । कानुनमन्त्री गोविन्द बन्दीले महाराजगन्ज स्थित प्रहरी अस्पतालमा अनसनरत निहारिका राजपुतसँग भेटवार्ता गरेका छन्। मन्त्री बन्दीले अस्पताल पुगेर राजपुतलाई अनसन तोड्न आग्रह गरेका थिए। तर राजपुतले अनसन नताेड्नुका साथै उनका पहिलेका माग पूरा गर्नुपर्ने र त्यसबाहेक थप माग समेत राखेकी छन्। उनले आफ्नाे मागमा उनले गरेका मागहरू पूरा भएपछि मात्रै अनसन तोड्ने , डिएनए टेष्ट गराइदिनु पर्ने र अपराधीको डिएनए टेष्ट गराउनको लागि रगत तान्दा उनकै अगाडि तान्नुपर्ने भनेर थप माग गरेकी छिन। भोलि फेरि अरू कसैको पनि रगत राखिदिन सक्छन् भनेर उनले त्यस्तो माग गरेकाे बताए । यस्तै, उनले आफ्नो लागि मात्रै नभएर हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हक अधिकारका साथ बाँच्न पाओस् भनेर सुनिश्चित गर्नुपर्ने माग गरेकी छन्।  डिएनए टेष्ट गर्दा मिलेको खण्डमा आरोपित भनिएका शिवराज श्रेष्ठले सजाय पाउनुपर्ने माग राखेकी छन्। यदि मिलेन भने आफू सजायको भागिदार हुने उनले बताइन्। डिएनए टेष्ट गरेर मिलेपछि कुनै पनि बलात्कारीले पाउने सजाय पाउनुपर्छ। प्रहरीले घटनामा अनुसन्धान गर्न भन्दै आरोपित शिवराज श्रेष्ठलाई बुधबार धनुषाबाट पक्राउ गरेकोछ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.