भाद्र २४ शुक्रबार, काठमाण्डाै । परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनकाे लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनी भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने उल्लेख छ । साथै दुई देशको सचिवबीच भदौ २८ गते नै भेटघाट गरी दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल गर्ने बताइएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गरेका विभिन्न घोषणाहरूबारे के कस्तो प्रगति भए ती विषयमा पनि पौडेलको भ्रमणका क्रममा छलफल हुने बताइएको छ । सचिव पौडेल भदौ २९ गते स्वदेश फर्किने छन् ।
Leave a comment