प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

भाद्र १९ आइतबार, काठमाण्डाै । प्रतिनिधिसभाको आज भएको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले उक्त प्रस्ताव प्रतिनिधि सभामा पेश गरि सर्वसम्मतिबाट स्वीकृत गरिएकाे छ । यसअघि सभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।

प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद प्रेम सुवालले शासनमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर विधेयक ल्याउन समय छोट्याइनु गलत भएको बताउनुभयो । विरोधका सूचना राख्ने सांसदको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा अन्तर्राष्ट्रिय कानुन अनुसार कानुनलाई संशोधन गर्न आवश्यक रहेकाले विभिन्न १६ वटा कानुनलाई संशोधन गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो । 

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.