एलिजावेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने

भाद्र २४ शुक्रबार, काठमाण्डाै । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। साथै यस दुखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेकाे थियाे।

एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा बिहीबार निधन भएको हो। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। एलिजावेथ द्वितीयले बेलायतमा ७० वर्ष सात महिना शासन गर्नुभएकाे थियाे । उनी सबभन्दा लामो समयावधि शासन गर्ने महारानी पनि हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनीपछि अब उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.