यू-१७ च्याम्पियनसिप समूह चरणमा नेपालद्वारा भारत पराजित

भाद्र २४ शुक्रबार, काठमाण्डाै । हाल श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको गरेका थिए । नेपालले सुरुमा १ गोल खाए पनि त्यसपछि लगतै ३ गोल गरेको थियो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेकाेछ। नेपाल र भारतले भुटानलाई पराजित गर्दै पहिलेनै सेमिफाइनलमा स्थान बनाएका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराएकाे थियाे भने भारतले ३-० गोलको जितेकाे थियो। नेपालसँग पराजित भइ भारत समूह उपविजेता बनेकाेछ।

खेलको १७ मिनेटमा भारतका तर्फबाट ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा पहिलाे गोल फर्काइ बराबरी गरेका थिए। त्यसपछी ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। यस्तै खेलको ६८ मिनेटमा सुवास बमले तेश्राे गाेल गरि नेपाललाइ ३-१ अग्रता दिलायो। नेपालले अब सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। साथै नेपालले जित हात पारे बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। समूहमा उपविजेता भारतले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.