• निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक मंगलबार दिउँसो ३ बजे मात्र बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास गरिने बताइएको छ। सोमबार बसेको बैठक निष्कर्ष विहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् । साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । जसमा साउन अन्तिमसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । साथै कतिपय क्षेत्रमा कांग्रेस र माओवादी बीचमा पनि सहमति जुट्न सकेको छैन।

  • राष्ट्रपतिद्वारा महानवमीमा नव कन्याको पूजा

    राष्ट्रपतिद्वारा महानवमीमा नव कन्याको पूजा

    असाेज १८ मंगलबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ । शीलत निवास राष्ट्रपति कार्यालयमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले नव कन्यालाई नवदुर्गाको अवतार स्वरूप मानेर पूजा गर्नुभएको हो । सो अवसरमा नौ जना कन्याहरुकाे राष्ट्रपति भण्डारीले गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।

  • निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक हुने

    असाेज १७ साेमबार, काठमाण्डाै । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगका सह प्रवक्ता कमल भट्टराईले दिनुभएकाे जानकारी अनुसार पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने बताउनु भयो । विदेशीतर्फ हालसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उहाँले केही संस्थाहरू पर्यवेक्षकलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभई दूर दराजका मतदान स्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो । आयोगले भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ उनले बताए।

  • सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    असाेज १७ साेमबार, काठमाण्डाै । निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम पेश गरेका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिन सोमबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । आज सूचीबाट २९ जनाले आफ्नाे नाम फिर्ता लिएका छन् । उनका अनुसार नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् भने अन्यमा नाम फिर्ता लिनेमा जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका छन् । साथै सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए । निर्वाचन आयोगले बन्दसूचीमा सूचीकृत उमेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन मन भएमा सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।

  • राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

    राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

    असाेज १७ साेमबार, काठमाण्डाै । बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेकी छन्। आजका दिन राष्ट्रप्रमुखबाट पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिमनै राष्ट्रपति भण्डारीले पूजाआजा र दर्शन गरेकी हुन्। काभ्रेपलाञ्चोक जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठ मध्येको एक हो। काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो। राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर मार्फत वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । यस मन्दिरमा पूजाआजा गर्न आज दर्शनार्थीको भीड लागेको थियाे।

  • महाअष्टमीको अवसरमा गहवामाई शक्ति पीठमा भक्तजनहरूको भिड

    महाअष्टमीको अवसरमा गहवामाई शक्ति पीठमा भक्तजनहरूको भिड

    असाेज १७ साेमबार, काठमाण्डाै । ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा महाअष्टमीको अवसरमा बिहानै देखि दिनभर भक्तजनहरूको भीड लागेको थियाे । वीरगञ्जको ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा श्रद्धालुहरू भाकल गरि पशुपंक्षीको बलि चढाउने चलन रहँदैआएकाे छ । मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधि अनुसार पूजा अर्चना गरेर पञ्चबलि दिइसके पछि श्रद्धालुहरूकाे भाकल गरेको पशुपक्षीको बलि दिने कार्य सुरु भएको थियाे । बारा, पर्सा, रौतहट लगायत अन्य जिल्लाहरु र भारतबात समेत हजारौँको सङ्ख्यामा सर्वसाधारणहरू वीरगंजमा मेला भर्न आएका थिए ।

  • निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    असाेज १४ शुक्रबार, काठमाण्डाै । निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन सरकारले कानुन मा संसाेधन गर्न अध्यादेश जारी गर्ने तयारी गर्दैछ । विधुत ऐन, २०४९ मा विधुत व्यापारसम्बन्धी प्रावधान छैन । त्यसैले साेहि ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विधुत व्यापारसम्बन्धी प्रावधान भएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विधुत व्यापारको अनुमति दिन सकेको थिएन ।अध्यादेश राष्ट्रपति कार्यालयमा पेश गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ अध्यादेश जारी गर्न लागिएको हो । हाल दैनिक रुपमा दुई हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । सो बिजुलीमध्ये देशभित्र एक हजार सात सय मेगावाट मात्रै खपत भइरहेको छ । औसतमा तीन सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भइरहँदा पनि बाँकी रहेको दुई सय मेगावाट बिजुली खेर जाने अवस्था रहेकाेछ । देशभित्रका सबै आयोजनाबाट उत्पादित बिजुली उपयोग गर्न नसकिने भएकाले छिमेकी देशमा व्यापारका लागि निजी क्षेत्रलाई सहभागी गराउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको ऊर्जा मन्त्रालयको भनाइ छ । जलविधुत विकास नीति, २०५८ मा विधुत व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था गरिने भनिए पनि सो बमोजिम हालसम्म कानुनी व्यवस्था हुन सकेको छैन । हाल नेपाल, भारत र बङ्गलादेश सरकारको ऊर्जा सचिवस्तरीय वार्ता भई विधुतआयात निर्यात गर्ने सम्बन्धमा सहमति समेत भइसकेको छ ।

  • स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

    स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

    असाेज १३ बिहीबार, काठमाण्डाै । स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई निःशुल्क वितरण गरेको छ। डेङ्गुको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराएको छ । साथै सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा सिटामोल निःशुल्क वितरणका लागि उपलब्ध गराएको छ ।  मन्त्रालयले उपत्यकामा डेङ्गुको सङ्क्रमण अन्य स्थानको तुलनामा बढी रहेको बताएको छ । यो एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेङ्गु भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने,धेरै कमजोरि हुने जस्ता लक्षणहरू देखापर्छ ।

  • दशैंमा बन्दीप्रतक्षीकरणको सुनुवाइ हुँदै

    दशैंमा बन्दीप्रतक्षीकरणको सुनुवाइ हुँदै

    असाेज १३ बिहीबार, काठमाण्डाै । सर्बोच्च लगायत अन्य अदालतहरुमा दशैंको बिदामा पनि बन्दीप्रतक्षीकरणको रिट निवेदनको सुनुवाइ हुँदै आएको छ । दशैंको बिदामा अदालतको अन्य काम कारवाही भने बन्द नै रहने अदालतको श्रोतले बताएको छ । अदालत बिहानको ११ बजे देखी अपरान्ह ३ बजे सम्म खुला रहने बताएको छ ।   

  • युक्रेनका ४ भू–भागहरू रूसमा औपचारिक रुपमा गाभिने

    युक्रेनका ४ भू–भागहरू रूसमा औपचारिक रुपमा गाभिने

    असाेज १३ बिहीबार, काठमाण्डाै । युक्रेनका ४ भू–भागहरुलाई रूसमा औपचारिक रुपमा गाभ्ने भएको छ राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भू–भागहरु रुसमा गाभ्ने सम्बन्धी अध्यादेशमा शुक्रबार हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । रूसले कब्जा गरेका ४ युक्रेनी क्षेत्रहरुः लुहान्स्क, दोनेत्स्क, खेरसन र जापरोजिया रहेका छन् ।ती भु-भागहरू रुसमा गाभ्ने सम्बन्धमा गत शुक्रबार देखि मंगलबारसम्म जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा ठूलो बहुमतले रुसमा गाभिनका लागि मत दिएको रुसले जनाएको छ । युक्रेन र अन्य पश्चिमा राष्ट्रहरुले भने जनमत संग्रहको विरोध गर्दै आएका थिए । रुसले औपचारिक रुपमा युक्रेनी भू–भाग गाभ्ने भएपछि पश्चिमा राष्ट्रहरुले रुसमाथि थप प्रतिबन्धहरु लगाउने घोषणा गरेका छन् ।

  • डेंगीबाट २५ हजार ४ सय ७१ जना संक्रमीत

    डेंगीबाट २५ हजार ४ सय ७१ जना संक्रमीत

    असाेज १२ बुधबार, काठमाण्डाै । नेपालमा हाल डेंगीबाट संक्रमीत २५ हजार ४ सय ७१ जना पुगेकाेछ । डेंगीको प्रकोप दिनानुदिन झन बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष डेंगीबाट २५ हजार ४ सय ७१ जना संक्रमीत रहेकाे पुष्टि भएको छ। नेपालका १० जिल्लामा यसको संक्रमण बदी देखिएको मन्त्रालयले जनाएको छ। ति जिल्लाहरु काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली रहेकाे जनाएकाे छ । यि जिल्लाहरुमा मात्रै ८६ प्रतिशतभन्दा बढी संक्रमीत रहेकाे जनाएकाे छ। तीमध्ये काठमाडौंमा ८१३२, ललितपुरमा ४३७७, मकवानपुरमा १७१७, दाङमा १२५२ जनामा संक्रमण देखिएकाे जनाएकाे छ । गत ४ हप्तामा २१ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको र ३२ जनाको मृत्यु भएको जनाएकाे छ 

  • वाग्मतीमा प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारि

    असाेज १२ बुधबार, काठमाण्डाै । वाग्मती प्रदेशमा लागु हुने गरि प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएकाेछ । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अध्यादेश जारी गर्नुभएकाे हाे । प्रदेश प्रमुख कार्यालयले जनाए अनुसार संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको हाे । अध्यादेश जारी भएसँगै प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५ खारेज भएको छ ।

  • एयरपाेर्ट वरपर चङ्गा उडाउनेलाई कारबाही हुने

    एयरपाेर्ट वरपर चङ्गा उडाउनेलाई कारबाही हुने

    असाेज १२ बुधबार, काठमाण्डाै । एयरपाेर्ट वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने संभावना धरै हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । प्राधिकरणले प्रकाशित गरेको सूचनामा विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा आग्रह गरिएको जनाइएको छ । यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने समेत प्राधिकरणले चेतावनी दिएको छ ।

  • महिला भलिबलको उपाधि मकवानपुरगढीले जिते

    महिला भलिबलको उपाधि मकवानपुरगढीले जिते

    असाेज १२ बुधबार, काठमाण्डाै । जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ । बुधबार हेटौँडाको हुप्रचौरमा सम्पन्न भएकाे फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो । फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता बन्दै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बकैया गाउँपालिकाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    मकवानपुरगढीका सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी, सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन भए। प्रतियोगिताको उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की भएका छन् ।

  • भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ-प्रदेश प्रमुख अमिक शेरचन

    भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ-प्रदेश प्रमुख अमिक शेरचन

    असाेज १२ बुधबार, काठमाण्डाै । लुम्बिनिका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार खतरनाक हतियार रहेकाे यसले धेरैलाई हत्या गरेको छ ,भ्रष्टाचार नियन्त्रण गर्ननसके मुलुक मारमा पर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै आज उनले भनेका छन् “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।” उनकाे बिचारमा देशमा समृद्धि आउन भ्रष्टाचार नियन्त्रण हुनु जरुरी रहेकाेले यसमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले आयोगको दायरा धेरै ठुलाे रहेकाेले देश र जनतालाई रहत महसुस हुने गरी काम गर्न सुझाव दिनुभयो । उनले जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाे बताउनुभयाे । साथै सडक निर्माण लगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा जोड दिनुभयाे।

  • नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ टाेली आइपुगे

    नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ टाेली आइपुगे

    असाेज ११ मंगलबार, काठमाण्डाै । नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ पक्ष नेपाल आएको छ। २०७२ सालमा गएकाे भुकम्पले नुवाकोटको ऐतिहासिक सात तले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदामा क्षति पुगेकाे थियाे । वि.सं २०७६ जेठमा पुरातत्व विभाग र चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज बीच पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार भुकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रम अन्तर्गत नेपाल र चीन सरकारबीच दरबार सहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको थियाे। उनका अनुसार चिनियाँ कम्पनीका प्राविधिक वि.सं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको थियाे । चिनियाँ पक्षले सात तले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि सन् २०२० फर्किने भनेर गएका थिए । तर चिनियाँ कम्पनीका प्राविधिक स्वदेश फर्के लगत्तै सुरू भएको कोरोना महामारीकाे जोखिमले रोकिएको पुनर्निर्माण अघि बढाउन २० जनाको प्रटोली दरबारमा आइपुगेको छ।

    कार्यालय प्रमुख फुँयालका अनुसार राजा पृथ्वीनारायण शाहले नुवाकोट माथि विजय हासिल गरे पश्चात सात तले दरबारको निर्माण गर्न लगाइएकाे थियाे। दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको बताएका छन् । साततले दरबारलाई नेपालमा गणतन्त्र आए लगतै नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त दरबार भित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमा लगायतका ऐतिहासिक संरचना राखिएका छन्।

  • बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पायाे

    असाेज ११ मंगलबार, काठमाण्डाै । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा पाएकाे छ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनकाे लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच सम्झौतामा हस्ताक्षर गरिएकाे हो । सम्झाैतामा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएकाे हाे । मन्त्रि परिषदकाे गत भाद्र ३१ गतेकाे बैठकले गरेकाे निर्णय अनुसार कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र बिच सम्झाैता भएकाे हाे । मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा लगाइएकाे बताइएकाे छ । अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच १० वर्षका लागि सम्झौता भएको हाे ।

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर नसोचेको बताएका छन् । उनले यस सम्झाैता राम्रो कामका लागि भएको हाे, आफूहरूको ज्ञान, शिप र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । सम्झौताअनुसार कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ भने योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तथा आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्ने कार्य गर्न पाउनेछ । सम्झौता अनुसार आविष्कार केन्द्रले औजार बिक्री गरेपछि प्राप्त रकमको ५० प्रतिशत रकमकाे राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गर्ने र बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।

  • अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    असाेज १० साेमबार, काठमाण्डाै । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाइ अब इन्टरपोलमा आवद्ध १३५ देशले खोजी गर्ने भएकाे छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीप विरुद्ध डिफ्युजन नोटिस जारी गरेकोछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ। सन्दीप लामिछानेलाइ क्यारेबियनल लिग खेल्न नेपाल बाहिर गएकाे बेला बलात्कारको आरोप लागेकाे थियाे। उनले आइतबार राति आफ्नाे सामाजिक सन्जालबाट आफूमाथि झुटो जाहेरी परेको, सन्चाे नभएर आइसाेलेसनमा रहेकाे चाँडै नेपाल आएरका कानुनी लडाइ लड्ने बताएका थिए ।

  • दशै घरमा शुभ साइतमा घटस्थापना गरियाे

    असाेज १० साेमबार, काठमाण्डाै । काठमाण्डाैकाे हनुमानढोका स्थित दशैं घरमा आज शुभ साइतमा घटस्थापना गरिएको छ। जमरा बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा छरेर पुजा विधि अनुसार गरिएकाे छ। नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथ हर्ष बढाईंसमेत गरेको थियो । नेपालीको महान् पर्व बडा दसैं हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि घर घरमा घटस्थापना गरि सुरु भइ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। घटस्थापनाकाे दिन बिहानकाे नित्यकर्म गरि चाेखाे भइ नजिकको नदी वा चोखो स्थलबाट बालुवा र कमेराे माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यस माथि जौ छरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। दुर्गा देवीको प्रसादकाे रुपमा विजयादशमीको दिन टीका सहित पहेँलो जमरा लगाइन्छ। आजकल जमरामा जौ काे साथै मकै पनि छर्ने चलन रहदै आएकाे छ ।

  • श्रमजीवी–पत्रकार सङ्घकाे आग्रह सेवा सुविधा उपलब्ध गराउ

    असाेज १० साेमबार, काठमाण्डाै । श्रमजीवी–पत्रकार सङ्घले सेवा सुविधा उपलब्ध गराउन आग्रह गरिएकाे छ । आज श्रमजीवी–पत्रकार सङ्घले विज्ञप्ति जारि गरि सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैँ अगावै सेवा सुविधा र तलब उपलब्ध गराउन व्यवस्थापन समक्ष आग्रह गरिएको छ । विज्ञप्तिमा पत्रकारले चाडपर्वको मुखमा तलब, सेवा सुविधा र भत्ता समेत समयमै पाउने व्यवस्था गर्न आग्रह गरेकाेछ। यसपाली पनि विगतमा झैँ गुनासो आइरहेका छन् । श्रमजीवी–पत्रकार सङ्घले विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारकाे समस्या हल गर्ने ,स्वरोजगार मिडियाको प्रवर्द्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न आवश्यक रेहेकाे उल्लेख गरेकाेछ ।

    साथै सङ्घले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि भएकाे अन्याय राेक्न दबाब मार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको बताएको छ ।श्रमजीवी–पत्रकार सङ्घले सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र भत्ता लगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गरेकाेछ ।

  • झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु – क्रिकेटर सन्दीप लामिछाने

    झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु – क्रिकेटर सन्दीप लामिछाने

    असाेज ९ आइतबार, काठमाण्डाै । क्रिकेटर सन्दीप लामिछाने आफु बिरुद्ध भएकाे झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेकाे बताएका छन्। आफ्नाे सामाजिक सन्जालमा स्त्याटस् लेख्दै उनले भनेका छन् आफु बिरामी परेकाेले केहि समय आइसोलेसनमा रहेकाे र अब छिट्टै नेपाल फर्केर सबै कुराकाे स्पष्टिकरण दिन आउनेछु । सन्दीप लामिछाने आफु बिरुद्ध भएकाे झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेकाे बताएका छन्। सन्दीप लामिछानेले आफ्नाे स्त्याटस् मा ”मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु। म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।” लेखेका छन् ।

  • नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

    असाेज ९ आइतबार, काठमाण्डाै । नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव आज सम्पन्न सम्पन्न भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आयोजित समारोहमा कार्य व्यस्तताका कारण भौतिक रूपमा उपस्थित नभइ लिखित शुभकामना प्रेषित गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाले देशमा रहेकाे हरेक समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोच सहितका सार्वजनिक नीति तर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको बताउनु भएको छ । उनका अनुसार यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरे अनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सकिने बताउनुभयाे। मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यान्वयनयोग्य नीतिको आवश्यकता पर्दछ जसकाे लागि गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो पनि बताउनु भएको छ ।

    साथै आगामी दिनहरुमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गराेस भन्ने प्रगतिको शुभकामना र यसमा नेपाल सरकारले भविष्यमा प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

    नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव

  • राष्ट्रपतिद्वारा नयाँ दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा नयाँ दुई विधेयक प्रमाणीकरण

    असाेज ९ आइतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुइ विधेयक प्रमाणीकरण गरिएकाे छ । जसमा एउटा सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाे भने अर्काे कारागार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक रहेकाे छ। राष्ट्रपतिले संसदले पारित गरिसकेको विधेयकको हकमा कार्यकाल सकिए पनि प्रमाणीकरण गर्न सकिने नजिर प्रतिस्थापित गर्नुभएकाे छ । किनकी कतिपय संविधानविद्हरुले असोज २ गते निर्वाचनकाे लागि समानुपातिक तर्फको मनोनयन दर्ता गरि बन्दसूची बुझाएकाे दिन भएकाे जसले गर्दा प्रतिनिधि सभाको कार्यकाल असोज १ गते अन्त्य भएकाे बताएका थिए।

  • समय अनुसार ऐन संशोधन आवश्यक – मन्त्री प्रदीप यादव

    असाेज ७ शुक्रबार, काठमाण्डाै । वन तथा वातावरण मन्त्री प्रदीप यादवले समय अनुसार ऐन संशोधन आवश्यक रहेकाे बताउनुभयाे । चितवन राष्ट्रिय निकुञ्जको ५० औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस २०७९ को अवसरमा कसरामा आयोजित कार्यक्रममा मन्त्री यादवले ऐन परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाले कार्यक्रममा ”हामीले २०२९ सालको ऐनमा रहेर काम गरिरहनु परेकाले परिमार्जन र समय अनुसार संशोधन गर्नुपर्ने आवश्क्ता रहेकाे” भनाइ व्यक्त गर्नु भयाे। उनका अनुसार निकुञ्ज ऐनका कारण मानव र वन्यजन्तु बिचको द्वन्द बदेकाे र यसकाे समाधान खाेज्नु र द्वन्द न्यूनीकरण गर्न चुनौती आएको छ । समुदायको जीविकोपार्जन, मानव अस्तित्व जोगाउन र बन्य जन्तु संरक्षण हुनुपर्नेमा जाेड दिदै यसमा सबै पक्ष जिम्मेवार भएको बताउनुभयो । ऐनका कारण पनि मानव र जनावर बिचको द्वन्द्व बढ्दै गएको भन्नुभयो । साथै अब नयाँ प्रबिधिको प्रयाेग काे आवश्यक्ता रहेकाेले नयाँ उपकरण (एनाईडर)जडान गरी वन्यजन्तु मानव बस्तीमा पस्न रोक्न सकिने पनि बताउनुभयो । उक्त प्रविधि नेपालमा जडान गर्ने तयारी गरिएको जानकारी पनि दिनुभयो ।

  • राष्ट्रपतिद्वारा संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गर्याे -बृहत नागरिक आन्दोलन

    असाेज ६ बिहिबार, काठमाण्डाै । राष्ट्रपतिद्वारा संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेकाे भनि बृहत नागरिक आन्दोलनले विराेध गरेकाे छ । बृहत नागरिक आन्दोलनद्वारा बुधबार जारी विज्ञप्तिमा संवैधानिक संस्कार बलियो बनाउने, संविधान रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको रहेकाेहुन्छ । संविधान र व्यवस्थाको मर्म विपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन। कुत्सित उद्देश्यसहित बारबार संविधान एवं लोकतान्त्रिक व्यवस्थाको मूल्य–मान्यता धूलिसात बनाउने भण्डारी राष्ट्रप्रमुखजस्तो गरिमायुक्त पदमा बसिराख्नु उक्त पदको ओज घटाउनु हो।’

    साथै केही कानुनविद्हले पनि सरकारलाई राष्ट्रपतिको विकल्प खोज्न सुझाव दिँदै उपराष्ट्रपतिबाट प्रमाणीकरण गराएर राजपत्रमा प्रकाशित गर्नुपर्ने बताएका छन् ।

  • मेलम्चीमा डेंगी नियन्त्रणकाे लागि स्प्रे अभियान थालनी

    असाेज ६ बिहिबार, काठमाण्डाै । डेंगी नियन्त्रणका लागि मेलम्चीमा स्प्रे अभियान र सचेतना अभिमुखीकरण कार्यक्रम सन्चालनमा ल्याइएकाे छ । डेंगी नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, विभिन्न सघंसस्थाहरु सबै मिलि अभियान सन्चालन गरिरहेका छन् । त्यस्तै महिला आत्मनिर्भरता केन्द्र मांकले पनि फेयरमेडको साझेदारीमा मेलम्ची नगरपालिकाका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    स्वास्थ्य कार्यालयहरुले याे राेग महाहरीकाे रुपमा फैलिरहेकाे ले यसमा सचेत हुन सबैलाइ सुझाब दिइएकाे छ । याे राेग लामखुट्टेले डेंगी रोगबाट संक्रमित भएको मानिसलाई टोकेर फेरि अर्को मानिसलाई टोक्दा यो सर्ने गर्दछ । यसबाट बच्नका लागि पानी जम्न नदिने, घर वरिपरि सरसफाइ राख्ने, मच्छडधुप, कीटनाशक विषादी छर्ने र राती सुत्दा झुलको प्रयोग गर्न समेत सुझाव दिइएकाे छ ।

  • हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउनु – उच्च अदालत पाटन

    असाेज ६ बिहिबार, काठमाण्डाै । उच्च अदालत पाटनले काठमाण्डाै महानगरपालिकालाई हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउन आदेश दिएको छ । शारदा मानन्धर समेत २१ जना घरधनीले उच्च अदालत पाटनमा रिट हालेकाे थियाे । उच्च अदालत पाटनका न्यायाधीश किरण पोखरेलको इजलासले हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउन अल्पकालिन आदेश दिएको हो। अदालतका स्राेतका अनुसार नक्सा पास गरि बनेका घर र कानुन बमाेजिम बकाइदा जग्गा पास रहेकाे घर जग्गामा क्षति पुग्नेगरि कुनै कार्य नगर्नू/नगराउनू भनी महानगरका नाउँमा अल्पकालिन अन्तरिम आदेस जारी गरिएकाे छ । यसमा दुबै पक्षकाे राय बुझ्नुपर्ने हुनाले दोहोरो छलफलको लागि असोज २६ गते पेशी तोकीएकाे छ । मुद्दा सँग सम्बन्धीत कागजात फाइल सँगै प्रस्तुत गर्न समेत आदेश गरेकाे छ ।

  • आगाे लागेर ३ जनाको मृत्यु केही घाइते

    असाेज ५ बुधबार, काठमाण्डाै । कपनमा आगाे लागेर ३ जनाकाे मृत्यु र केहि घाइते भएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले बताएअनुसार बुधबार बेलुकी पौने ७ बजे कपनमा रहेकाे एक घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको र केही घाइते भएका छन्। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय रहेकाेले अक्सिजन सिलिन्डरहरू राखिएको बताइएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन। घाइतेहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।

  • समानुपातिकतर्फ बन्दसूची बुझाउने कार्य सकियाे

    असाेज ४ मंगलबार, काठमाण्डाै । आउदाे मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ राजनितिक दलहरुले बन्दसूची पेस गरेका छन् । प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिए पनि ४८ वटा दलले मात्रै बन्दसूची बुझाएका छन्। प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन्। अव ति ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा , बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । साथै सातै प्रदेशबाट पनि बिभिन्न दलले बन्दसूची पेस गरेका छन् ।

  • ”संविधान कानूनी राज्यको आत्मा हो”- प्रधानमन्त्री देउवा

    असाेज ३ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री देउवाले संविधान दिवसको अवसरमा सैनिक मन्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई संविधान दिवसकाे सुभकामना व्यक्त गर्दै संविधान कानूनी राज्यको आत्मा हो भनि यसकाे महत्व बारे बताउनु भयाे । उक्त समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।

    प्रधानमन्त्री देउवाका अनुसार ‘‘संविधान देशको मूल कानून हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, नागरिकहरूलाई राज्यका तर्फबाट सबै किसिमका मौलिकहकहरू सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्यलाई निर्देशित गर्ने तथा देश र जनताको समुन्नतिको आकाङ्छालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो । यसको भावना र मर्मलाई व्यवहारमा उतार्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकाेछ ।’’ अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार भएको बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरि ठानी विकास र समुन्नतिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र लगायत सबैमा आह्वान गर्नुभएकाे थियाे ।

  • टुकुचा उत्खनन् कार्य यथावतै

    असाेज ३ साेमबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले टुकुचा खोला उत्खनन् कार्य यथावतै जारी राखेको छ। आज हात्तीसार-कमलपोखरी क्षेत्रमा महानगरपालिकाले उत्खनन् कार्य जारी राखेको छ। उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले दिएकाे जानकारी अनुसार हिजाे आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गा माथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको बताए।

    तर महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार महानगरमा टुकुचा अतिक्रमणमा परेको निवेदन परेपछि उत्खनन् कार्य अघि बदाएकाे हाे । उनका अनुसार हाल सम्म महानगरमा अदालतको कुनै पनि लिखित आदेश आएकाे छैन । यदि आएमा कानून संवत् रुपमा कार्य अघि बढाउने बताए ।

  • राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा, उपत्यकाकाे ट्राफिक अस्तव्यस्त

    भाद्र २७ साेमबार, काठमाण्डाै । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिनेकाे नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अध्यक्ष ली नेपाल आए लगतै नेपाल र चीनबीच अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। नेपालकाे तर्फबाट सभामुख अग्नि सापकोटा र चीनको जनकंग्रेसको तर्फबाट ली चान्शुले ६ बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्।

    नयाँ बानेश्वर स्थित संसद भवनमा भएको भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, संसदीय मैत्री समूहहरूको संलग्नता अभिवृद्धि गर्ने, एकअर्काको विधायकी सुपरिवेक्षकीय र शासन सञ्चलान सम्बन्धी अभ्यासबारे जानकारी आदान प्रदान गर्ने लगायतका विषयमा समझदारी भएको हो। समझदारीमा बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ। समझदारी आगामी पाँच वर्षसम्म मान्य हुनेछ। समझदारीले नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास दुबै देशले लिएका छन्। नेपाल भ्रमणका आएका चान्शुले भोली देखि राजनीतिक भेटवार्ता गर्नेछन्।

    अध्यक्ष लीको सुरक्षाका लागि भन्दै आज करिब तिन घण्टा कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको थियाे । जसले गर्दा उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधन र यात्रुहरुले सोमबार निकै कष्ट बेहोर्न बाध्य भएका थिए ।अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहाननै स्वदेश फर्कने कार्यक्रम रहेकाेछ।

  • चाैबिस घन्टामा १५२ जना कोरोना संक्रमण पुष्टि

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । देशभर चाैबिस घन्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे बिज्ञप्ति अनुसार कुल ३ हजार २ सय ९४ नमूनाको परिक्षण गर्दा पिसिआर परीक्षणबाट १ सय १० र एन्टीजेन परीक्षणबाट ४२ जनामा संक्रमण पुष्टि भएको छ । साथै आज १ सय ३३ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • काठमाण्डाै महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । काठमाण्डाै महा नगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् । अर्याललाई महानगरको कार्यपालिका बैठकले नियुक्त गरेको हो। उनी सामाजिक अभियन्ता समेत हुन् । अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य हुन । र ५ वर्ष अध्यक्ष पनि हुन् । यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।

  • यू-१७ च्याम्पियनसिप समूह चरणमा नेपालद्वारा भारत पराजित

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । हाल श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको गरेका थिए । नेपालले सुरुमा १ गोल खाए पनि त्यसपछि लगतै ३ गोल गरेको थियो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेकाेछ। नेपाल र भारतले भुटानलाई पराजित गर्दै पहिलेनै सेमिफाइनलमा स्थान बनाएका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराएकाे थियाे भने भारतले ३-० गोलको जितेकाे थियो। नेपालसँग पराजित भइ भारत समूह उपविजेता बनेकाेछ।

    खेलको १७ मिनेटमा भारतका तर्फबाट ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा पहिलाे गोल फर्काइ बराबरी गरेका थिए। त्यसपछी ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। यस्तै खेलको ६८ मिनेटमा सुवास बमले तेश्राे गाेल गरि नेपाललाइ ३-१ अग्रता दिलायो। नेपालले अब सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। साथै नेपालले जित हात पारे बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। समूहमा उपविजेता भारतले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

  • परराष्ट्र सचिव पौडेल दुई दिने भ्रमणमा भारत जाने

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनकाे लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनी भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने उल्लेख छ । साथै दुई देशको सचिवबीच भदौ २८ गते नै भेटघाट गरी दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल गर्ने बताइएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गरेका विभिन्न घोषणाहरूबारे के कस्तो प्रगति भए ती विषयमा पनि पौडेलको भ्रमणका क्रममा छलफल हुने बताइएको छ । सचिव पौडेल भदौ २९ गते स्वदेश फर्किने छन् ।

  • विकास सिक्न, बुझ्न र चिन्न रूपन्देही जानुपर्छ- उपाध्यक्ष विष्णु पौडेल

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास सिक्न, बुझ्न र चिन्न रूपन्देही जानुपर्छ भन्ने अवस्था सृजना गर्ने बताएका छन्। उनले शुक्रबार बुटवलमा कानुन विद्यार्थी समाज कालिकाले आयोजना गरेको कार्यक्रममा यस्ताे भन्नु भएकाे थियाे। उनले रुपन्देही विकासको पाठशाला भएको बताएका छन्। पछिल्लो आठ/दश वर्षको अन्तरालमा रूपन्देहीले भौतिक विकासमा एकपछि अर्को फड्को मारेका उनले बताए।

    उनका अनुसार रूपन्देहीमा सन्चालित विकास आयोजना सम्पन्न हुँदा विकासको दृष्टिकोणले देशको नमूना जिल्ला हुने, विकास आयोजना सन्चालन भइरहँदा पनि विकास सिक्नका लागि, विकास हेर्नका लागि र विकास बुझ्नका लागि रूपन्देही उपयुक्त पाठशाला बनेको बताएका छन् । साथै भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि रूपन्देहीलाई केन्द्र बनाएर विकास गरिने उनले बताए।

    शैक्षिक विकासमा कालिका मानवज्ञानले गरेका योगदानको प्रशंसा गर्दै उनले कालिका मानवज्ञान माविमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल रहाेस भनी शुभकामना दिएका छन् ।

  • एलिजावेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। साथै यस दुखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेकाे थियाे।

    एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा बिहीबार निधन भएको हो। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। एलिजावेथ द्वितीयले बेलायतमा ७० वर्ष सात महिना शासन गर्नुभएकाे थियाे । उनी सबभन्दा लामो समयावधि शासन गर्ने महारानी पनि हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनीपछि अब उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।

  • काेराेना सँगै डेगूँ संक्रमण देशका अधिकांश जिल्लामा – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

    भाद्र २२ बुधबार, काठमाण्डाै । देशका अधिकांश जिल्लामा काेराेना सँगै डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज बसेको मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. सन्जय कुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिनुका साथै काठमाण्डाै उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको बताउनुभयो । एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ७ जनालाई डेगूँ संक्रमण भइसकेको छ । कुल ३ हजार ८ सय ३६ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ ।आज संक्रमित ७८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • मेयर बालेन शाहद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरियाे

    भाद्र २२ बुधबार, काठमाण्डाै । काठमाण्डाै महा नगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको रिट निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले मंगलबार आफ्ना कानुनी अधिकारी मार्फत् लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। अधिवक्ता दीपकराज जोसीले उनी विरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेकाे निवेदन हालकाे थियाे । सर्वोच्चले मेयर शाहलाइ ७ दिन भित्र लिखित जवाफ बुझाउन आदेश गरेकाे थियो।

    मेयर शाहले मंगलबार बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसाय अदालतको अवहेलना गर्ने नरहेकाे र हुन नसक्ने उल्लेख गरेकाेछ। साथै सम्मानित अदालत प्रति पुर्ण आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा व्यक्त गरिएकाेछ ।

    काठमाण्डाै महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोज्दा नर्भिकले अदालतमा मुद्दा हालेकाे थियाे । अदालतले तत्काल ती संरचना नहटाउन आदेश दिएको थियो। उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।