राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

असाेज १७ साेमबार, काठमाण्डाै । बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेकी छन्। आजका दिन राष्ट्रप्रमुखबाट पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिमनै राष्ट्रपति भण्डारीले पूजाआजा र दर्शन गरेकी हुन्। काभ्रेपलाञ्चोक जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठ मध्येको एक हो। काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो। राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर मार्फत वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । यस मन्दिरमा पूजाआजा गर्न आज दर्शनार्थीको भीड लागेको थियाे।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.