• नेपाल दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौ: सन्चारमन्त्री कार्की

    श्रावण २२ आईतबार, काठमाण्डाै । सन्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताएका छन्। बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारिता लगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका रहने बताउनुभयो । उनले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने बताए। अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञान सम्बन्धी विषयलाई समावेश गरिएको छ। मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

  • ताज सफारीमा मनसुन अफर

    श्रावण २२ आईतबार, काठमाण्डाै । चितवनको मेघौली सेराई ताज सफारी रिसोर्टमा मनसुन अफर ल्याएको छ । रिसोर्टमा आउने पाहुनाहरूले ‘एक्सपेरियन्स मनसुन एट मेघौली सेराई अ ताज सफारी रिसोर्ट’ अन्तर्गत विभिन्न छुट पाउने होटेलले जनाएको छ । यस अफर अन्तर्गत खाना एवं पेय पदार्थ र जंगल सफारीमा १० प्रतिशत छुट दिइएको छ भने स्पामा १५ प्रतिशतको छुट दिइएको छ । यहाँ एक रातको प्याकेजमा एक जोडीलाई नियमित मूल्यमा २० हजारसम्म छुट प्रदान गरिएको छ । छुटपछिको मूल्य २९ हजार ९९९ रहेको छ । होटेलका अनुसार यो अफर अगस्ट ३१ सम्म रहने छ ।

  • अभियान लघुवित्तको आईपीओमा झन्दै २४ गुणा बढी आवेदन

    श्रावण २२ आईतबार, काठमाण्डाै । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अभियान लघुवित्तको आईपीओमा झन्दै २४ गुणा बढी आवेदन परकाे छ । कम्पनीको आईपीओमा २३.७१ गुणा बढी आवेदन परेको हो । आइतबार साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० जनाले दुई अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको दुई करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओका लागि आवेदन दिएका छन् । कम्पनीले श्रावण १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यसकाे बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

  • भारतीय नागरिक अवैध विदेशी मुद्रा सहित पक्राउ

    श्रावण २२ आईतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरिएकाेछ । भारतीय नागरिक पटेल शनिबार फ्लाई दुबईको जहाजबाट अवैध रूपमा विदेशी मुद्राकाे लिइ दुबई जान लागेका थिए। उनीसँग तीन हजार छ सय एक अमेरिकी डलर, दुई हजार एक सय तिस पाउन्ड स्टर्लिङ, तीन हजार चार सय युरो, चार हजार चार सय पैसठी दिराम र चार हजार छ सय पचास केन्या स्टर्लिङ फेला परेको थियो। प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ।

  • `एक सामान किन्न एक झाेला पैसा चाहिन सक्छ´सांसद चाैधरी

    श्रावण २२आईतबार, काठमाण्डाै । सांसद शान्ता चाैधरीले एक झोला सामान किन्न एक झोला पैसा बाेकेर जाने समय आउने बताएका छन् । उनले प्रतिनिधि सभाकाे शुन्य समय मा बाेल्दै भने अहिले बजारभाउ असाध्यै बढेकाे छ , यसरी बजारभाउ आकाशिदा पनि सरकार टुलुटुलु हेरी बसेकाे अवस्था छ । उनले भनिन नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुनसक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महंगीले गरिवको घरमा चुलो नबल्ने अवस्था आउने छ। महंगीको नाममा भोकमरी आउन सक्ने जसले समाजमा अमनचयन विथोल्ने खतरा हुनेछ। सरकार महंगीको साक्षी बसी टुलुटुलु हेरि नबसी यसलाइ नियन्त्रण गर्ने तर्फ लाग्नुपर्दछ ।

  • सवारी साधनकर वापत बदी राजश्व संकलन : श्याम बहादुर लिम्बु

    श्रावण २१ शनिबार, काठमाण्डाै । यातायात व्यवस्था कार्यालय उदयपुरले यस आर्थिक वर्ष २०७८/७९ मा सवारी साधनकर वापत बदी राजश्व संकलन गरेकाे जानकारी दिएकाे छ । कार्यालय प्रमुख श्यामबहादुर लिम्बुका अनुसार कार्यालयले यस आर्थिक वर्ष २०७८/७९ को असारसम्म साढे १० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यातायातक्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकमा १० करोड ६१ लाख ५३ हजार २ सय ६० रुपैंया राजश्व संकलन गरेको हो ।

    कार्यालय प्रमुख लिम्बुका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन करवापत संकलन भएको छ। दोस्रो ठूलो राजश्व यातायातक्षेत्र शीर्षकमा संकलन भएकाेछ । त्यसतै अन्यमा प्रशासनिक सेवा शूल्क, परीक्षा शूल्क र प्रशासनिक दण्ड, जरिवाना र जफत गर्दा उठेको बताए। उदयपुर यातायात कार्यालयमा आर्थिकवर्ष ०७८/७९ मा बिभिन्न साधनहरु जम्मा ८ हजार ५ सय ५८ वटा दर्ता गरेको अभिलेख छ । जसमा सबभन्दा बढी मोटरर्साइलकल ६ हजार ६ सय ९७ दर्ता रहेका छन्। स्कुलट १ हजार १ सय ३८ वटा दर्ता रहेका छन् । पेट्रोल टेम्पो ४ सय ५३, इरिक्सा ७१, टिपर ४४, ट्रक ४०, जीप ३३, बस २७, ट्याक्टर १५, पिकअप १४, कार ९, भने एम्बुलेन्स ४–४ वटा दर्ता भएको यातायातमा मिनी ट्रक, ट्यांकर र कन्टेनर २-२ वटा दर्ता रहेका छन्। स्काभेटर भने एउटा मात्र दर्ता रहेको अभिलेख कार्यालयमा रहेको प्रमुख लिम्बुले बताए। कार्यालयको आम्दानी हुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनः दर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजत जारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपि जारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरणवापत राजश्व लिने गरेको छ।

  • भारतले अरुण तेस्रोको बिजुली किन्ने

    श्रावण २१ शनिबार, काठमाण्डाै । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । उक्त बिजुली भारतले किन्ने भएकाे छ । सतलज जलविद्युत् विकास निगम अन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भई सकेको छ ।

  • ‘सरकारी जमिन हडप्न नदिने’ मन्त्रि यादब

    श्रावण २१ शनिबार, काठमाण्डाै । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि हडप्न नदिने बताएका छन् । आज सशस्त्र वनरक्षक ब्यारेक भवनको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् । उनले भने, हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन र वन माफियालाई कानुनी दायरामा ल्याउनेछु । साथै सुकुम्बासीको नाममा भएकाे जग्गा अतिक्रमण निर्मुल गरि सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । यस्तै वनरक्षाकाे लागि जनशक्ति कम भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर कार्य गर्ने, उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरे । त्यसैगरी, वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

  • एकै दिनमा ६६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

    श्रावण २१ शनिबार, काठमाण्डाै । देशभरमा गरिएकाे परिक्षणमा एकै दिनमा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२६ जना र २ हजार ७७० एन्टिजेन परीक्षणका क्रममा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयकाे अनुसार कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९७१ जनाको मृत्यु भइसकेको छ । चौबीस घण्टामा ४४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • काठमाण्डौका सडकमा दुइ महिनाकाे फोहोर

    श्रावण २१ शनिबार, काठमाण्डाै । काठमाण्डाैको सडकमा दुई महिनादेखि फोहर उठाउन नआउँदा याँहाका जनताहरुलाइ सडकमा हिड्न अप्ठेराे, गन्हाउने र आवतजावत गर्नसमेत समस्या भएको छ। काठमाण्डाै महानगरपालिकाले बाटो मर्मतको कारण देखाउँदै फाेहर व्यवस्थापन गर्न नसकेकाे जनाएकाे छ । सिसडोलबाट बञ्चरे डाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसकेकाेले काठमाण्डाैको मुख्य चोकमा फोहर थुप्रिन थालेको हाे । काठमाण्डाै महानगर पालिकाले यही साउन ४ गते सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम हुँदै गरेकाेले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। खास गरि काठमाण्डाैका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वर लगायतका स्थानकाे सडकमा लामो समय देखिको फोहरको थुप्रो हुँदा धेरै समस्याहरु आएको छ।

    त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने भनेका छन्।कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगर पालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

  • राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने चारजना पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । भारतबाट राजस्व राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बर्ष ५६ काे पोष्टराज गौतम, बर्ष ५३काे सुरेश पोख्रेल, बर्ष ४४ काे दिनेश चौधरी र बर्ष ३८काे अरबिन्द अग्रवाल रहेका छन् । राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २०० केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो ।

  • सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा

    श्रावण १९ बिहिबार,काठमाण्डाै । सर्वोच्च अदालतले मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको जानकारी दिए । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्याेट हुने विश्वास लिएकाे बताए ।

  • उमेदवारी दिएपछि सांसदको पद स्वत जाने

    श्रावण १९ बिहिबार,काठमाण्डाै । सांसदहरूले उमेदवारी दिए स्वतः उनीहरूको पद समाप्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मंसिर ४ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेपछि उनले बताएका थिए । उनले दसैँलगत्तै उमेदवारी दर्ता गर्नुपर्नेगरी मिति तय गर्ने, मिति पछि भन्ने र उमेदवारी दिएपछि सांसदहरूको पद स्वतः सकिएको मानिनुपर्ने भन्ने आयोगको स्पष्ट धारणा छ बताएका छन् । उनले आयोगले संविधानमा भएको व्यवस्था अनुसार निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने गरी मंसिरको २१ गते पदावधि सकिने भनेर सरकारलाई जानकारी गराएको बताए ।

  • चिनियाँ नागरिकलाई अपहरण गर्ने पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । काठमाडौंमा एक चिनियाँ नागरिक सहित एक नेपाली नागरिकलाई अपहरण गरिएकाे थियाे । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अपहरण गर्ने कसुरमा दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा आरूघाट गापा–७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नपा–११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर ,प्युठान नपा–८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गापा–६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनार रहेका छन्। जसमा कर्ण बहादुर र शिव पेशाले हवलदार हुन ।

    केही व्यक्तिहरूले २६ वर्षीय सूर्यबहादुर राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए, केहि काम छ र आफुहरु प्रहरी हाै भनेका थिए। उनी दोभासे हुन्। त्यस्तै चिनियाँ नागरिक याङ याङ नाम गरेका व्यक्तिलाइ पनि काम छ भनि बाेलाएका थिए। करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागेकाे थियाे । तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो। प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं–२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएकोछ । साथै प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको छ ।

  • बाढी पीडितको उद्धार कार्य जारी

    श्रावण १९ बिहिबार, काठमाण्डाै। कोसी प्रभावित क्षेत्रमा बादी पीडितको उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य गरिरहेकाे छ । काेसी प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएकोछ । जसले उद्धार तथा राहत कार्य गर्न सहज भएकाे छ। बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो।

    प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्। स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ । कतिपय घरपरिवार उच्च जोखिम भएपनि सुरक्षित स्थान सर्न मानेका छैनन् । उनीहरूलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले लागी परेको छ ।

  • मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखे

    श्रावण १८ बुधबार, काठमाण्डाै । ललितपुर महानगरपालिकाकाे मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखेका छन् । मेयर महर्जनका अनुसार यो क्षेत्रमा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताएका छन् । तर एकाएक छापामार शैलीमा नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाए । यसरी प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गरि साे बाेर्ड हताए पछी मेयर महर्जनले आइजी धीरज प्रताप सिंहसँग कुरा गरी यस कार्यबाट कसलाई के हानी भएको छ ,कारण दिनुहोस् आएर बसेर छलफल गरौं, तर यसरी छापामार शैलीमा काममा बाधा नपुर्याउन भनेकाे बताएका छन् । र केही समयपछि आफै मेयर महर्जन नगरप्रहरी सहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरू गरे ।

    मेयर चिरीबाबु महर्जन वान बे काे वाेर्ड राख्दै

    ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर श्रावण १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारी साधनलाई वान वे गरेको थियो। ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको जानकारी दिए । त्यसतै महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र वान वे बनाइसकेको छ ।


  • उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।

  • चक्रवर्ती कलेजले झन्डै ५० प्रतिशत शुल्क बृद्धि बिधार्थीकाे बिराेध

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । काठमाडौंको बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखिकाे शुल्क वृद्धि गरेका छन् । यसकारण विद्यार्थीहरूले याे गलत भएकाे भन्दै विरोध गरेका छन्। कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने गरि साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार वृद्धि गरिएको शुल्क कानून सम्मत नरहेको र कानून सम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका छन् । चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको छ । पहिले कलेजले बिए एल एल बीका लागि सात लाख १६ हजार चार सय शुल्क लिएकाे थियो । तर अहिले नयाँ भर्ना २०७९ साल ब्याचमा बढाएर १० लाख ७० हजार पुर्याएको छ। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार पुर्याएको छ।

    कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर कलेज प्रमुख देवेन्द्र भण्डारीले साउन ९ मा आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको बताएकाछन्। कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर विद्यार्थीहरू माथि हातपात गर्न लगाएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेकाे विद्यार्थी माथि कलेजले हस्तक्षेप गरि श्रावण ९ मा विद्यार्थी, कलेजका सुरक्षा गार्ड तथा प्रहरीबीच झडप पनि भएको थियो। जसमा एक जनाको विद्यार्थीको हाँत र अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,र हाल अस्पताल भर्ना गरिएको छ। यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।

    चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबीका साथै शुल्क समायोजना मात्र गरेको बताएका छन्। उनका अनुसार पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ। अझ अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको स्विकारे । कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको बताए। उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ। अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ ।

  • ‘मेरो घरमा बम प्रहार भयो’ सांसद रेणुका गुरूङ

    श्रावण १७ म‌ंगलबार, काठ्माण्डाै । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरूङको महाराजगञ्ज स्थित आफ्नो घरमा सोमबार बेलुकी ८ः२५ गते राति ’बम प्रहार’ भएको प्रतिनिधि सभाकाे बैठकमा बताएकी छन् । बम प्रहारले गर्दा घरका सबै आतंकित भएकाछन् । उनका अनुसार दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखेँकाे तर अध्याँरो भएकाले चिन्न नसकेकाे बताइन् । गुरूङले बैठकमा भनिन्, ’महाराजगञ्जमा प्रहरीलाई फोन गरेकाे प्रहरी आइ कम्पाउण्ड भित्र रकेट बमको खोल भेटाइ लिएर गएकाे थियाे ’। उनले आफु संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले आफु र आफ्नाे घरपरिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले अनिवार्य पाउनुपर्ने आजीवन व्यक्तिगत सुरक्षाकर्मीका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गरेका छन ।

    तर प्रहरी वृत महाराजगञ्जका प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टले भने सांसद गुरूङको घरमा पटका भेटिएको बताएको छ। जुन एक्सिडेन्टली त्यहाँ पुगेको हाे जानजानी होइन ।

  • प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गुह्येश्वरीको प्रशोधन केन्द्र उद्घाटन

    श्रावण १५ आइतबार, काठ्माण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको गुह्येश्वरीको प्रशोधन केन्द्रकाे आइतबार उद्घाटन गर्नुभएकाे छ । पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हाे । प्रधानमन्त्री देउवाले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथकाे क्षेत्रमा स्वच्छ पानी बग्न थाले पछि धार्मिक पर्यटक बढ्ने बताए । ‘पशुपति क्षेत्रको बागमतीमा स्वच्छ पानी बगाउन एक करोड ६० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रले केही सहयोग गरेको थियो। अब नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर पानी प्रशोधन भएपछि यस क्षेत्रको बागमतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ,’ उनले भने। गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा पनि केन्द्र निर्माणमा तीव्रता दिन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिए। खानेपानीमन्त्री उमाकान्त चौधरीले बागमती र यसका सहायक नदी स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरू भएको बताए। सरकारको १५औं योजनाअनुसार प्रशोधनसहितको पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको बताए ।

  • जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्ति

    श्रावण १५ आइतबार, काठ्माण्डाै । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पदभार सम्हालेका छन् । आइतबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार सम्हालेपछि आयोजित कार्यक्रममा बोल्दै शर्माले आफूले बनाएको बजेट कार्यान्वयनका लागि पनि मौका पाएको बताए । उनले अब नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने र आत्मनिर्भरताको दिशामा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेताहरूलाई आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा धन्यवाद दिए। साथै गत वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्दै अघि बढ्ने बताए।

  • पर्वतमा बने १४ झोलुंगे पुल

    श्रावण १५ आइतबार, पर्वत । पर्वतमा याे आ.व. २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा पुलहरु निर्माण गरिएका हुन्। झोलुङ्गे पुलकाे निर्माणले स्थानीयवासीहरु वर्षायाममा बढेका खोला वारपार गर्न धेरै सहज हुनुका साथै दैनिक जीवननै सहज गराइदिएकाे छ। यि पुलहरु पर्वतका चार पालिकाहरुमा बनाइएका छन् । जसमा कुश्मा नगरपालिकामा तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा ६ वटा निर्माण भएका हुन्। युवा क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। शर्माका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको बताए।

  • नमुना पशु अस्पताल निर्माण हुँदै

    श्रावण १४ शनिबार, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नमूना पशु अस्पताल निर्माण भइरहेको छ । याे अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । इको बिल्र्डस प्रालि चितवनले डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल निर्माणको जिम्मा पाएको छ । रु चार करोड ९० लाख लागतमा भ्याट बाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । साे भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिए । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने भएकाे छ ।

  • ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम अन्तिम चरणमा

    श्रावण १४ शनिबार, काठ्माण्डाै । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनका लागि अन्तिम चरणमा पुगेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउन कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताए ।

    उनका अनुसार यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पुँजी र बाह्य पुँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको बताए ।

  • दिनेश थापामगर राष्ट्रिय मगर संघको सभापतिमा चुनिए

    श्रावण १४ शनिबार, काठ्माण्डाै । लोकतन्त्रवादी मगरहरूको साझा संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर चयन भएका छन् । आज बसेको संघको केन्द्रीय समितिको बसेको बैठकले केन्द्रीय सभापतिमा थापामगरलाई सर्वसम्मत चयन गरेको हो । दिनेश थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । उनी नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सर्वसंवतले सभापति चयन भएका हुन । उनका अनुसार लोकतन्त्रमा आस्था वान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका रहने बताए ।

  • ‘संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन’ एमाले अध्यक्ष ओली

    श्रावण १४ शनिबार , काठ्माण्डाै । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बहुमत र अल्पमतका आधारमा ल्याइएकाे प्रतिवेदन मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए । एघार सदस्यीय संसदीय समितिमा चारजना एमालेका सांसद र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए ।

    संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।“करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन,” प्रतिवेदनमा उल्लेख छ, “करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।”

  • सुपारीको डीएनए परीक्षण गरिने

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र सुपारी उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको छ । नेपालमा उत्पादन नभएको सुपारीमा नेपालमा उत्पादित भनि उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले चासो बढाएको हाे । समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्‍याएर निर्यात गर्न दिने गरेको बताएका छन् ।

  • गौतमश्री सहकारीका सन्चालक गायब

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । काठ्माण्डाैको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सन्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् ।  सहकारी एक हप्ता विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सन्चालक गायब भएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरि बसेकाे अवस्था छ । सहकारी २३ वर्षदेखि सञ्चालनमा रहेकाेछ । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् । 

  • बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व शुरु

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । आजबाट काठमाडौँ उपत्यकामा बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू भएको छ । याे पर्व वर्षभरि दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् । यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा गरे पछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोल स्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

    साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट भक्तजनहरु आउने गर्छन् । याे पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककाल देखि नै अभ्यासमा रहेको जनविश्वास छ । नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।

  • गृह मन्त्रालय नै सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि पालना नगरेकाे

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गर्ने गृह मन्त्रालयले त्यसकाे पालना नगरेकाे पाइएकाेछ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले गृह मन्त्रालयलाई सिसिटिभी फुटेज मागेकाे थियाे । समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निर्देशिका जारी गर्ने गृह मन्त्रालयले सिंहदरबारको सिसिटिभी फुटेज नै १६ दिनसम्म मात्रै राख्ने गरेकाे उल्लेख गरेकाे छ। समितिले छानबिनका क्रममा अर्थ मन्त्रालयबाट सान्दर्भिक फुटेज प्राप्त नभएपछि २०७९ साउन ८ मा गृह मन्त्रालयबाट सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सिसिटिभीको फुटेज मागेको थियो। गृहले जवाफमा १६ दिनसम्म मात्र फुटेजको अभिलेख रहने र त्यसपछि क्रमशः आफैं डिलिट हुने बताएको थियो।

    सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ले सिसिटिभी जडान गर्ने हरेक निकाय तथा व्यक्तिले कम्तीमा ३ महिनासम्म सिसिटिभीको अभिलेख राख्नुपर्ने र कुनै सरकारी निकायले अनुसन्धानको सिलसिलामा माग गरेमा तुरून्त उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले भने यो व्यवस्थाबारे आफूलाई जानकारी नै नभएको बताएका छन्। सरकारी सार्वजनिक निकायले सिसिटिभी जडान तथा सञ्चालन गरेमा सो को लिखित जानकारी १५ दिन भित्र नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ मा उल्लेख छ ।

  • सिद्धबाबाको महायज्ञमा मन्त्री, एमालेको आपत्ति

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । बलात्कार आरोपी कृष्ण गिरीको धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती पशुपतिमा सिद्धबाबाले लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्। पशुतपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न दिन नहुने उनकाे भनाइ रहेकाे छ । सांसद तुम्बाहाङ्फेका अनुसार ‘बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने सरकारकाे मन्त्री र महान्यायाधिवक्ताको कामप्रति नेकपा एमालेकाे आपत्ति छ । यसले पीडितलाई निकै ठूलो मनोवैज्ञानिक असर पुर्याउँछ ।बलात्कार मुद्दाका आरोपी सिद्धबाबालाई साधारण तारिखमा छोड्ने न्यायाधीशमाथि छानबिन हुनुपर्ने पनि उनको माग रहेकाेछ।

  • विधुतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न चारजना पक्राउ

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । काठमाडौं महानगरपालिकाे ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि सहित चारजना छन्, अरु तिन जना व्यक्तिहरुकाे जानकारी भने आउनु बाँकि नै छ ।

    प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग गरिएको ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ मूल्यबराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

  • सिटिजन्स बैंककाे काठमाडौं उपत्यकामा थप तीन शाखा बिस्तार

    श्रावण १२ बिहिबार,काठ्माण्डाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा थप तीनवटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही, ललितपुरको थसिखेल र भक्तपुरको सूर्यविनायकमा तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे नयाँ तीन शाखा सञ्चालनमा आएसँगै अब उपत्यकामा बैंकको शाखाहरू ३५ वटा र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको छ ।

  • नेपाल धितोपत्र बोर्डकाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुुसार बोर्डले चार खम्बे नीति अवलम्बन गरी बिहीबार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसमा संस्थागत नियमन क्षमता अभिवृद्धि, नियमन निकायको ‘वाच डग एजेन्सी’ भूमिका सशक्तीकरण, बजारको सन्तुलन तथा विस्तार र बजार पारदर्शिता तथा ‘मेरिट बेस’ प्रणालीको विकास जस्ता बजार सुधारका नीति अवलम्बन गरिएको छ ।

    चालु आवको नीति तथा कार्यक्रममा पहिलेकाे आवको नीति तथा कार्यक्रमलाइ नै निरन्तरता दिइ केही नयाँ बुँदा थप गरिएको छ । यसमा नयाँ स्टक डिलर थप्ने, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तथा नेपाल स्टक एकस्चेञ्ज र सीडीएस एन्ड क्लिएरिङ को सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने भन्ने कुराहरु समेटिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई १० प्रतिशत आईपीओ आरक्षण गर्ने नीति तर्जुमा गरिने र साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्लेटफर्मका लागि आवश्यक व्यवस्था गरिने भन्ने कुरा पनि थप गरिएको छ ।

    त्यस्तै व्यापक बहसमा रहेको वस्तु विनिमय बजारलाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चाल्न पनि नीति तथा कार्यक्रममा समेतिएकाे छ । कमोडिटी एक्सचेन्जलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि बोर्डले आगामी दिनमा आवेदन खुला गर्ने पनि उल्लेख गरेको छ । बोर्डले धितोपत्र बजार विस्तार र विकासका लागि भन्दै प्रत्येक वर्ष नीति तथा कार्यक्रमा सार्वजनिक गर्ने गरेको छ ।

  • राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित, राष्ट्रपतिद्वारा प्रमाणीकरण गर्न बाँकी

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव गरेका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।

    नागरिकता विधेयक पारित भएपछि अब यि कुराहरु लागुहुने भएका छन् । १‍.जन्मसिद्धताकाे आधारमा व्यक्तिले नागरिकता पाउने छन्। २. आमाको नामबाट नागरिकता पाइने छ । तर यसरी नागरिकता पाउन नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने छ। ३. गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्। ४. नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएकाे छन्। ५. लैंगिक पहिचान व्यक्ति आफैले रोजेर राख्न पाउने गरि संशोधन गरिएकाे छ। ६. नागरिकता दिँदा अब सरकारले बावु र आमा दुबैको विवरण अभिलेखमा राख्ने भएको छ। ७. विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। ८. नेपालमा फेला परेकाे मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। ९. कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ।

  • रिसकाे झाेकमा श्रीमतीको हत्या

    श्रावण १२ बिहिबार, बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीले रिसकाे झाेकमाा आफ्नाे श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेकाे आराेपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे छ । सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो । मृतक सावित्री आफ्नाे पति र छाेराकाे साथमा बस्दै आएकाे थियाे । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मृतक सावित्रीको शरीरकाे विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएकाे थियाे । अनुसन्धानकाे क्रममा यमबहादुरले पैसा चोरी गरेको आरोपमा श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइ र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन् । क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने बताएका छन् ।

  • परिक्षा नियन्त्रण कार्यलय बल्खुमा हेल्पडेस्क स्थापना

    श्रावण ११ बुधबार, काठ्माण्डाै । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले हेल्पडेस्क सन्चालनमा ल्याएको छ । कार्यालयले विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यलयको सोधपुछ शाखामा हेल्प डेस्क सन्चालनमा ल्याएको सुचना पनि प्रकाशित गरेकाे छ । साथै कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने जनाएको छ ।

  • अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन मंसिर हुने

    श्रावण ११ बुधबार, बुटवल । नेपालकाे लुम्बिनीमा २०७९ सालकाे मंसिर महिनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनी विकास परिषद कोषको बैठक बुधबार बसेको थियाे । बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेकाे बताएकाे छ । लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने देखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा कार्य गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा संघीय सरकारले बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने लक्ष्य रहेकाे बताए । साथै कोषले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको जनाएको छ ।

    मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहनुकाे साथै लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न पनि जरुरी रहेको बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्न मन्त्रालयले विशेष महत्वका साथ अघि बढ्ने प्रतिबद्धता जनाएकाे बताएकाे छ ।

  • यम बुद्धकाे नाममा पार्क बनाइने

    श्रावण ११ बुधबार, काठ्माण्डाै । चर्चित र्यापर यम बुद्धकाे नाममा पार्क बनाइने भएकाे छ । काठ्माण्डौ महानगरपालिकाले काठ्माण्डाैकाे खुसिबुँ स्थित नयाँबजारमा पार्क बनाउने निर्णय गरेकाे छ । पार्क निर्माणकाे लागि काठ्माण्डौ महानगरपालिकाले साढे १ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नयाँबजारकाे सात रोपनी जग्गामा पार्क निर्माण गरिने भएकाे छ । यसकाे लागि आर्थिक वर्ष २०७९/२०८० काे बजेटमा नै छुट्याइएको छ ।

  • रानीपोखरीमा हाँस र माछा पालिने

    श्रावण ११ बुधबार ,काठमाण्डाै । काठमाण्डाैै स्थित रानी पाेखरीमा अब हाँस र माछा पालिने भएकाे छ । काठमाडौं महानगरपालिकाले रानीपोखरीकाे साैन्दर्यता मा अविवृद्धि गर्न विभिन्न कार्य याेजनाहरु बनाइ सन्चालनमा ल्याउने तयारि गरेकाे छ । आर्थिक वर्ष २०७९/२०८० को बजेटमा रानीपोखरीमा माछा र हाँस पाल्न काे लागि मात्रै पनि छुट्टै बजेट छुट्याइएको छ । यसपाली माछा र हाँस पाल्नका लागि पाँच लाख रुपैयाँ छुत्याएकाे छ । महानगरका अनुसार पाँच लाख बजेटले माछाका भुरा र हाँस खरिद गरेर रानी पोखरीमा छोडिने याेजना बनाएकाे छ ।