महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

बैशाख २३ बुधबार‚ काठमाण्डौ। नेपाल क्रिकेट सङ्घ (क्यान) लेमहिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेकाे छ। एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडी र वैकल्पिकमा भने चार जनाको नाम सार्वजनिक गरेको छ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा,उपकप्तानमा पूजा महतो र अन्य खेलाडीहरुमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी समावेश छन् । साथै वैकल्पिक खेलाडीहरुमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी रहेकाे क्यानले जनाएको छ ।

एसियन गेम्स छनोट मे २३ देखि ३१ तारिखसम्म मलेसियामा हुने भएकाेछ र प्रिमियर कप आगामी जुन १ देखि १३ सम्म हुनेछ ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.