Author: prayatnayekkoshis

  • अब मोबाइल एपबाटै कर्जा लिन सकिने

    भाद्र १ बुधबार, काठमाण्डाै । सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन् । कोषले आजदेखि मोबाइल एप सन्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विशेष सापटी र मोबाइल एपको शुभारम्भ गर्नुभयो । यस एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन सक्ने भएकाेछ ।

    कोषका सूचना अधिकारी डा रोशन कोजुले यस एप मार्फत कोषमा योगदान गरेको रकम र विभिन्न सापटी तथा कर्जा लिएको विवरण लिन सकिने छ । कोषमा जम्मा भएको ८० प्रतिशत रकम (विशेष सापटी) झिक्नका लागि आवेदन दिने, सूचीकृत अस्पतालको सूचीलगायत विभिन्न सुविधाका बारेमा जानकारी लिन सकिने जानकारी दिनुभयो । विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउने भएका छन् । कोषमा योगदान सङ्कलन गर्न सुरु थालेयता करिब सात सय योगदानकर्ता त्यस्तो सुविधाका लागि योग्य भएका छन् । उनीहरूले आवश्यक परेको अवस्थामा सापटी तथा कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

    कोषका अध्यक्ष एवं श्रम सचिव अर्यालले यस कोषमा जम्मा भएको रकमको सदुपयोग गरी योगदानकर्तालाई विभिन्न सुविधा दिन एप सुरु भएको बताउनुभयो । यसरी योगदानकर्ताकाे रकमको परिचालन गर्न सकिएन भन्ने गुनासोको अन्त्य भएको छ, साथै योे पहिलो योजना हो, अब योगदानकर्तालाई उद्यमशील बनाउन सहुलियत कर्जा प्रवाह गर्ने योजना रहेकाे बताउनु भयाे ।

  • फिर्ता गरेकाे नागरिकता विधेयक भोलि नै पारितकाे तयारी

    भाद्र १ बुधबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकाे नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले जारी गरेको भोलिको कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख रहेकाेछ ।

  • काठमाण्डौमा फोहोरले महामारी फैलिने- गगन थापा

    भाद्र १ बुधबार, काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिने बताएका छन्। महामन्त्री थापाले बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै सबैजना मिलेर समस्या समाधान निकाल्न आह्वान गरेका छन्। उनका अनुसार काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ, केही दिन यस्तै रहे महामारी फैलन सक्ने छ। अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौं।

    कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौं, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एकछिन नछोडी काम गर्छौं। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईंहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौं, प्रतिबद्धता पूरा गर्नेछौं, गराउनेछौं। हामी यस पटक तपाईंलाई निराश बनाउने छैनौं।

    नेपाली कांग्रेस पार्टीको तर्फबाट जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौं, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔं, सबैले सहयोग गरौं, समाधान निकालौं।

  • जिप दुर्घटनामा पाँच जनाको मृत्यु

    भाद्र १ बुधबार, काठमाण्डाै । दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।दुर्घटनामा एक महिला र चार पुरूषको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घुम्तीमा दुर्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। घाइतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। घुम्तीमा केही समस्या भएर दुर्घटना भएको , अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएका छन्।

  • सशस्त्र प्रहरी बलद्वारा तिन भक्तजनकाे उद्धार

    श्रावण २८ शनिबार, काठमाण्डाै । गोसाइकुण्ड तिर्थबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । शुक्रबार गोसाइकुण्ड तिर्थबाट घर फर्कने क्रममा गोसाइकुण्ड गाँउपालिका-५ स्थित स्थानमा लेक लागेर तीन जना बेहोस भएका थिए । उनीहरूलाई सशस्त्र प्रहरीले पिठ्यूमा बोकेर ल्याइ सकुशल उद्धार गरेको थियाे । सशस्त्र प्रहरी बलले बताए अनुसार उनीहरूलाई धुन्चे अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्यमा सुधार आएपछि उनीहरूकाे आफन्तहरुलाइ जिम्मा लगाएको थियाे । बेहोस हुनेहरूमा नुवाकोटको ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका-११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी थिए ।

  • मिटरब्याजी समस्या पहिचान र नियन्त्रणकाे लागि कार्यदल गठन

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।

  • २४ घण्टामा ७८१ जना कोरोना संक्रमित,२ जनाकाे मृत्यु

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि र दुईजनाको मृत्यु भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज कोरोना संक्रमणबाट ५११ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको छ ।

  • सभामुख सापकोटा र राजदूत यान्छीबीच भेट वार्ता

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छी बीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको छ । सभामुख सापकोटाले चिनियाँ राजदूत यान्छीसँगको भेटमा नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन् । उनले भेटमा नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताएका छन् । साथै चिनियाँ राजदूत यान्छीले पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने, नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र

    श्रावण २६ बिहिबार, काठमाण्डाै । नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्। नेपाली कांग्रेसकाे पार्टीद्वारा बिहीबार विज्ञप्ति जारी गरी कांग्रेस सभापति शेरबहादुर देउवाले सिरहाकी उषाकुमारीलाई महिला संघको अध्यक्ष नियुक्त गरेका हुन् । उषाकुमारी यसअघि संघकी सचिव थिइन् । विज्ञप्तिमा पार्टी विधानको म्याद समाप्त भई स्वतः विघटन भएकाे र संघको अध्यक्ष पदमा उषाकुमारीलाई नियुक्त गरिएको बताएकाेछ ।

  • विकास बोर्डका अध्यक्षमा भुवन केसीको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट

    श्रावण २६ बिहिबार, काठमाणडाै । अभिनेता भुवन केसीको चलचित्र विकास बोर्डकाे अध्यक्ष पदमा नियुक्ति भए सँगै उनि विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनको शैक्षिक योग्यता बोर्डको अध्यक्ष हुनका लागि नपुग्ने भन्दै नरेश पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ । मन्त्रिपरिषदले केसीलाई साउन ९ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । साथै केसीलाई दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्तिमा विवाद भएको थियो । अभिनेता केसीले पनि आफ्नो मानहानी भएको भन्दै अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाह विरुद जिल्ला अदालतमा मुद्दा दिएका थिए ।

  • द्वारका धाम निर्माणको शिलान्यास, पाँच वर्ष भित्र सम्पन्न गरिने

    श्रावण २५ बुधबार, काठमाण्डाै । भक्तपुरको सूर्यविनायक नगरपालिकाकाे गुण्डु स्थित पाथीभरा मन्दिर परिसरमा द्वारका धाम निर्माणको शुभारम्भ भएको छ । गौ संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा आज दिउँसो १ बजेर ३२ मिनेटको साइतमा द्वारका धाम निर्माणका लागि शिलान्यास भएको हो । भागवत रसिक गुरु शास्त्रीका अनुसार “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथीभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्‍याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारका धाम निर्माणमा हामी जुटेका छौँ, त्यसको आज शिलान्यास भएको छ, करिब आठ रोपनी क्षेत्रफलमा रु २० करोडको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारकाधामको गुरुयोजना निर्माण गरि कार्य अगाडि बढाएका हौँ ।” द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने भन्दै उहाँले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य भइसकेको बताउनुभयो । शास्त्रीले सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार तथा अन्य दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको उल्लेख गर्दै द्वारका धामसँगै पाथीभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने कार्यक्रममा बताउनुभयो । कार्यक्रममा १००८ स्वामी पद्मधर आचार्य, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले द्वारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनुभयो ।

  • तथ्याङ्क विधेयक र शपथ सम्बन्धी विधेयक बहुमतले पारित

    श्रावण २५ बुधबार, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकले तथ्याङ्क विधेयक, २०७८ र शपथ सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ । यस्तै बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सार्वजनिक विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले पर्याप्त ध्यान नपुगेको, नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई भएको तथा महत्त्वपूर्ण विधेयकहरू संसदमा अड्किरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । श्रावण २९ गते आइतबार प्रतिनिधि सभाको अर्को बैठक बिहान ११ बजे बस्ने भएकाेछ ।  

  • फिफा विश्वकप २०२२ एक दिन अगाडि सुरु हुने

    श्रावण २५ बुधबार, काठमाण्डाै । फिफा विश्वकप २०२२ ताेकिएकाे मिति भन्दा एक दिन अगाडि सुरु हुने भएको छ । नोभेम्बर २० तारिख आइतबार आयोजक राष्ट्र कतार र इक्वेडर बिच पहिलाे खेल खेल्दै विश्वकपको सुरुआत हुने बताइएको छ । पुर्व तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान १०ः०० बजे नेदरल्याण्ड्स र सेनेगलबीच हुने थियो । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रशासनिक शाखाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको छ । दक्षिण अमेरिकी कन्फेडेरेसनको अनुरोधमा फिफाले कतार र प्रतिद्वन्द्वी इक्वेडरसँग छलफल गरेको थियो । जसले गर्दा परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग पनि मेल खानेछ ।यदि यो अपेक्षित रूपमा उक्त प्रस्ताव स्वीकृत भयो भने खेलाडी रिलिजको मिति परिवर्तन हुँदैन ।तर, नेदरल्यान्ड्स र सेनेगलबीच सोमबार हुने खेलको समय भने परिवर्तन हुनेछ । सोमबार चार खेलको सट्टा केवल तीन खेल हुनेछन् । नोभेम्बर २१ मा दिउँसो १ बजे हुने भनिएको इरान र इङ्ल्यान्डबीचको खेल भने प्रभावित हुनेछैन ।

  • उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई : केपी शर्मा ओली

    श्रावण २५ बुधबार, काठमाण्डाै । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्राे देश उपचार अस्पतालको हव बनाउनुपर्ने बताएका छन् । उनले बुधबार काठमाडौँमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ। यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ। कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ। यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्दछ। जसले यसको उत्पादन लागत घटाउँछ। अन्नवालीको पनि नश्ल सुधार गराैं। उत्पादन र उत्पादकत्व बढाऔं। र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’ यसरी उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने साथै नेपालमा यसका लागि कृषि बजारको अभाव नरहेको बताए ।

  • विधुत प्राधिकरणको वार्षिक नाफा बढ्याे

    श्रावण २५ बुधबार, काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा वृद्धि भएको छ । प्राधिकरणकाे आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा थियाे । प्राधिकरणकाे आर्थिक २०७८/७९ मा नाफालाई बढेर १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यसरी सार्वजनिक संस्थाहरूमध्ये बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

    निर्देशक घिसिङका अनुसार यसपालि ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’ । उनका अनुसार चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुनेछ । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।

  • निकोन एयरलाइन्स कालोसूचीमा

    श्रावण २४ मंगलबार, काठमाण्डाै । निकोन एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले कालोसूचीमा राखेको छ। एयरलाइन्सले करिब पाँच करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले कालो सूचीमा राखेको हो। प्राधिकरणका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोनले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ छ। २०६० सालबाट यो एयरलाइन्स सञ्चालनमा छैन। एयरलाइन्सले सेवा बन्द गरेदेखि नै सञ्चालकहरू सम्पर्कमा आएका थिएनन् । निकोन एयरलाइन्सको पछिल्लो अवस्थाको अद्यावधिक विवरण कतै पनि नपाइएपछि यस कम्पनी सम्बन्धी कुनै पनि विवरण भए उपलब्ध गराइदिन प्राधिकरणले राष्ट्र बैंक र मालपोतमा पत्राचार समेत गरेको थियो।

    साथै आगामी दिनमा कम्पनी र यसका सञ्चालकहरूलाई हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धीत कुनै किसिमका काम कारवाही तथा व्यापार व्यवसायमा नै प्रवेश हुन नपाउने गरी कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ।

  • कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट ; मेयर बालेन शाह

    श्रावण २४ मंगलबार, काठमाण्डाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने , सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन्।

    उनले स्टाटसमा लेखेका छन् ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’ बालेनले इन्जिनियरिङ अध्ययनबाट समयसीमा तोकिने बताएका छन्।  अन्तिममा कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिन आग्रह गरेका छन्। साथै कानुनको पालना नगरे महानगर पनि पछि नहट्ने बताए ।

  • नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका

    श्रावण २४ मंगलबार,काठमाण्डाै । संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले आशंका व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनका अनुसार राष्ट्रपतिले नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउन सक्ने छ । यति दिन भइसक्दा पनि उहाँले प्रमाणीकरण नगर्नुको अर्थ फिर्ता पठाउन लाग्नुभएको देखिन्छ । तर राष्ट्रपतिले फिर्ता पठाए पनि सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्‍याउँनेछ। त्यसो भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ । उपराष्ट्रपतिले नागरिकताविहीन संघर्ष समितिका टोलीसँगको भेटमा उक्त विधेयक फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।

    संसदको दुबै सदनबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक गत साउन १५ गतेनै सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर एक साता बिती सक्दा पनि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएकाे छैन । उक्त नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कानुन बन्नेछ।

  • पूर्वकप्तान ज्ञानेन्द्र मल्लकाे कमब्याक

    श्रावण २४ मंगलबार, काठमाण्डाै । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टिममा कमब्याक गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार केन्याविरूद्ध हुने सिरिजका लागि मल्ललाई टिममा समेटेको हो। आउँदो अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म नेपाली टोलीले केन्यासँग सिरिज खेल्नेछ। नेपालले केन्यासँग पाँच वटा टी-ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ। पूर्वकप्तान मल्लले सन् २०२२ मा मार्चमा भएको युएई विरूद्धको सिरिजपछि कुनै पनि खेल खेलेका छैनन्। यस पटककाे नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउँद, साहब आलम, किशोर महतो र विवेक यादवले स्थान बनाएका छन्।

  • चिया व्यवसायीका साथ झलनाथ खनाल प्रधानमन्त्री देउवालाई भेट्ने

    श्रावण २४ मंगलबार, काठमाण्डाै । उत्पादीत चिया बिक्रीमा समस्या देखिएपछि चिया व्यवसायीका साथ पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार इलाममा उत्पादीत चिया बिक्रीमा समस्या आएकाले चिया व्यवसायी सहित खनालले प्रधानमन्त्री देउवालाई भेटी चिया बिक्रीमा देखिएको समस्या समाधान गर्न आग्रह गर्ने बताएका छन् । साथै हाल चिया बिक्रीमा समस्या आएको छ, भारतले पनि ४० प्रतिशत कर लगाएको छ। त्यसैले यसका लागि कुटनीतिक पहल गर्न नेता खनाल सहित प्रतिनिधिमण्डलले माग गर्ने तयारी गरेको छ। पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवासँग समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने तयारी गरेका छन् ।

  • पूर्वबाट मौसमको नयाँ प्रणाली प्रवेश अब भारी बर्षा हुने

    श्रावण २३ साेमबार, काठमाण्डाै । मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेकाेछ, आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखी सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने देखिएकाेछ । मौसमविद् श्रेष्ठकाले भोलि मंगलबार लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।

  • नेपाल दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौ: सन्चारमन्त्री कार्की

    श्रावण २२ आईतबार, काठमाण्डाै । सन्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताएका छन्। बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारिता लगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका रहने बताउनुभयो । उनले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने बताए। अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञान सम्बन्धी विषयलाई समावेश गरिएको छ। मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

  • ताज सफारीमा मनसुन अफर

    श्रावण २२ आईतबार, काठमाण्डाै । चितवनको मेघौली सेराई ताज सफारी रिसोर्टमा मनसुन अफर ल्याएको छ । रिसोर्टमा आउने पाहुनाहरूले ‘एक्सपेरियन्स मनसुन एट मेघौली सेराई अ ताज सफारी रिसोर्ट’ अन्तर्गत विभिन्न छुट पाउने होटेलले जनाएको छ । यस अफर अन्तर्गत खाना एवं पेय पदार्थ र जंगल सफारीमा १० प्रतिशत छुट दिइएको छ भने स्पामा १५ प्रतिशतको छुट दिइएको छ । यहाँ एक रातको प्याकेजमा एक जोडीलाई नियमित मूल्यमा २० हजारसम्म छुट प्रदान गरिएको छ । छुटपछिको मूल्य २९ हजार ९९९ रहेको छ । होटेलका अनुसार यो अफर अगस्ट ३१ सम्म रहने छ ।

  • अभियान लघुवित्तको आईपीओमा झन्दै २४ गुणा बढी आवेदन

    श्रावण २२ आईतबार, काठमाण्डाै । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अभियान लघुवित्तको आईपीओमा झन्दै २४ गुणा बढी आवेदन परकाे छ । कम्पनीको आईपीओमा २३.७१ गुणा बढी आवेदन परेको हो । आइतबार साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० जनाले दुई अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको दुई करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओका लागि आवेदन दिएका छन् । कम्पनीले श्रावण १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यसकाे बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

  • भारतीय नागरिक अवैध विदेशी मुद्रा सहित पक्राउ

    श्रावण २२ आईतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरिएकाेछ । भारतीय नागरिक पटेल शनिबार फ्लाई दुबईको जहाजबाट अवैध रूपमा विदेशी मुद्राकाे लिइ दुबई जान लागेका थिए। उनीसँग तीन हजार छ सय एक अमेरिकी डलर, दुई हजार एक सय तिस पाउन्ड स्टर्लिङ, तीन हजार चार सय युरो, चार हजार चार सय पैसठी दिराम र चार हजार छ सय पचास केन्या स्टर्लिङ फेला परेको थियो। प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ।

  • `एक सामान किन्न एक झाेला पैसा चाहिन सक्छ´सांसद चाैधरी

    श्रावण २२आईतबार, काठमाण्डाै । सांसद शान्ता चाैधरीले एक झोला सामान किन्न एक झोला पैसा बाेकेर जाने समय आउने बताएका छन् । उनले प्रतिनिधि सभाकाे शुन्य समय मा बाेल्दै भने अहिले बजारभाउ असाध्यै बढेकाे छ , यसरी बजारभाउ आकाशिदा पनि सरकार टुलुटुलु हेरी बसेकाे अवस्था छ । उनले भनिन नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुनसक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महंगीले गरिवको घरमा चुलो नबल्ने अवस्था आउने छ। महंगीको नाममा भोकमरी आउन सक्ने जसले समाजमा अमनचयन विथोल्ने खतरा हुनेछ। सरकार महंगीको साक्षी बसी टुलुटुलु हेरि नबसी यसलाइ नियन्त्रण गर्ने तर्फ लाग्नुपर्दछ ।

  • सवारी साधनकर वापत बदी राजश्व संकलन : श्याम बहादुर लिम्बु

    श्रावण २१ शनिबार, काठमाण्डाै । यातायात व्यवस्था कार्यालय उदयपुरले यस आर्थिक वर्ष २०७८/७९ मा सवारी साधनकर वापत बदी राजश्व संकलन गरेकाे जानकारी दिएकाे छ । कार्यालय प्रमुख श्यामबहादुर लिम्बुका अनुसार कार्यालयले यस आर्थिक वर्ष २०७८/७९ को असारसम्म साढे १० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यातायातक्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकमा १० करोड ६१ लाख ५३ हजार २ सय ६० रुपैंया राजश्व संकलन गरेको हो ।

    कार्यालय प्रमुख लिम्बुका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन करवापत संकलन भएको छ। दोस्रो ठूलो राजश्व यातायातक्षेत्र शीर्षकमा संकलन भएकाेछ । त्यसतै अन्यमा प्रशासनिक सेवा शूल्क, परीक्षा शूल्क र प्रशासनिक दण्ड, जरिवाना र जफत गर्दा उठेको बताए। उदयपुर यातायात कार्यालयमा आर्थिकवर्ष ०७८/७९ मा बिभिन्न साधनहरु जम्मा ८ हजार ५ सय ५८ वटा दर्ता गरेको अभिलेख छ । जसमा सबभन्दा बढी मोटरर्साइलकल ६ हजार ६ सय ९७ दर्ता रहेका छन्। स्कुलट १ हजार १ सय ३८ वटा दर्ता रहेका छन् । पेट्रोल टेम्पो ४ सय ५३, इरिक्सा ७१, टिपर ४४, ट्रक ४०, जीप ३३, बस २७, ट्याक्टर १५, पिकअप १४, कार ९, भने एम्बुलेन्स ४–४ वटा दर्ता भएको यातायातमा मिनी ट्रक, ट्यांकर र कन्टेनर २-२ वटा दर्ता रहेका छन्। स्काभेटर भने एउटा मात्र दर्ता रहेको अभिलेख कार्यालयमा रहेको प्रमुख लिम्बुले बताए। कार्यालयको आम्दानी हुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनः दर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजत जारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपि जारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरणवापत राजश्व लिने गरेको छ।

  • भारतले अरुण तेस्रोको बिजुली किन्ने

    श्रावण २१ शनिबार, काठमाण्डाै । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । उक्त बिजुली भारतले किन्ने भएकाे छ । सतलज जलविद्युत् विकास निगम अन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भई सकेको छ ।

  • ‘सरकारी जमिन हडप्न नदिने’ मन्त्रि यादब

    श्रावण २१ शनिबार, काठमाण्डाै । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि हडप्न नदिने बताएका छन् । आज सशस्त्र वनरक्षक ब्यारेक भवनको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् । उनले भने, हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन र वन माफियालाई कानुनी दायरामा ल्याउनेछु । साथै सुकुम्बासीको नाममा भएकाे जग्गा अतिक्रमण निर्मुल गरि सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । यस्तै वनरक्षाकाे लागि जनशक्ति कम भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर कार्य गर्ने, उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरे । त्यसैगरी, वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

  • एकै दिनमा ६६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

    श्रावण २१ शनिबार, काठमाण्डाै । देशभरमा गरिएकाे परिक्षणमा एकै दिनमा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२६ जना र २ हजार ७७० एन्टिजेन परीक्षणका क्रममा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयकाे अनुसार कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९७१ जनाको मृत्यु भइसकेको छ । चौबीस घण्टामा ४४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • काठमाण्डौका सडकमा दुइ महिनाकाे फोहोर

    श्रावण २१ शनिबार, काठमाण्डाै । काठमाण्डाैको सडकमा दुई महिनादेखि फोहर उठाउन नआउँदा याँहाका जनताहरुलाइ सडकमा हिड्न अप्ठेराे, गन्हाउने र आवतजावत गर्नसमेत समस्या भएको छ। काठमाण्डाै महानगरपालिकाले बाटो मर्मतको कारण देखाउँदै फाेहर व्यवस्थापन गर्न नसकेकाे जनाएकाे छ । सिसडोलबाट बञ्चरे डाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसकेकाेले काठमाण्डाैको मुख्य चोकमा फोहर थुप्रिन थालेको हाे । काठमाण्डाै महानगर पालिकाले यही साउन ४ गते सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम हुँदै गरेकाेले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। खास गरि काठमाण्डाैका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वर लगायतका स्थानकाे सडकमा लामो समय देखिको फोहरको थुप्रो हुँदा धेरै समस्याहरु आएको छ।

    त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने भनेका छन्।कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगर पालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

  • राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने चारजना पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । भारतबाट राजस्व राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बर्ष ५६ काे पोष्टराज गौतम, बर्ष ५३काे सुरेश पोख्रेल, बर्ष ४४ काे दिनेश चौधरी र बर्ष ३८काे अरबिन्द अग्रवाल रहेका छन् । राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २०० केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो ।

  • सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा

    श्रावण १९ बिहिबार,काठमाण्डाै । सर्वोच्च अदालतले मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको जानकारी दिए । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्याेट हुने विश्वास लिएकाे बताए ।

  • उमेदवारी दिएपछि सांसदको पद स्वत जाने

    श्रावण १९ बिहिबार,काठमाण्डाै । सांसदहरूले उमेदवारी दिए स्वतः उनीहरूको पद समाप्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मंसिर ४ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेपछि उनले बताएका थिए । उनले दसैँलगत्तै उमेदवारी दर्ता गर्नुपर्नेगरी मिति तय गर्ने, मिति पछि भन्ने र उमेदवारी दिएपछि सांसदहरूको पद स्वतः सकिएको मानिनुपर्ने भन्ने आयोगको स्पष्ट धारणा छ बताएका छन् । उनले आयोगले संविधानमा भएको व्यवस्था अनुसार निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने गरी मंसिरको २१ गते पदावधि सकिने भनेर सरकारलाई जानकारी गराएको बताए ।

  • चिनियाँ नागरिकलाई अपहरण गर्ने पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । काठमाडौंमा एक चिनियाँ नागरिक सहित एक नेपाली नागरिकलाई अपहरण गरिएकाे थियाे । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अपहरण गर्ने कसुरमा दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा आरूघाट गापा–७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नपा–११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर ,प्युठान नपा–८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गापा–६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनार रहेका छन्। जसमा कर्ण बहादुर र शिव पेशाले हवलदार हुन ।

    केही व्यक्तिहरूले २६ वर्षीय सूर्यबहादुर राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए, केहि काम छ र आफुहरु प्रहरी हाै भनेका थिए। उनी दोभासे हुन्। त्यस्तै चिनियाँ नागरिक याङ याङ नाम गरेका व्यक्तिलाइ पनि काम छ भनि बाेलाएका थिए। करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागेकाे थियाे । तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो। प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं–२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएकोछ । साथै प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको छ ।

  • बाढी पीडितको उद्धार कार्य जारी

    श्रावण १९ बिहिबार, काठमाण्डाै। कोसी प्रभावित क्षेत्रमा बादी पीडितको उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य गरिरहेकाे छ । काेसी प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएकोछ । जसले उद्धार तथा राहत कार्य गर्न सहज भएकाे छ। बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो।

    प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्। स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ । कतिपय घरपरिवार उच्च जोखिम भएपनि सुरक्षित स्थान सर्न मानेका छैनन् । उनीहरूलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले लागी परेको छ ।

  • मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखे

    श्रावण १८ बुधबार, काठमाण्डाै । ललितपुर महानगरपालिकाकाे मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखेका छन् । मेयर महर्जनका अनुसार यो क्षेत्रमा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताएका छन् । तर एकाएक छापामार शैलीमा नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाए । यसरी प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गरि साे बाेर्ड हताए पछी मेयर महर्जनले आइजी धीरज प्रताप सिंहसँग कुरा गरी यस कार्यबाट कसलाई के हानी भएको छ ,कारण दिनुहोस् आएर बसेर छलफल गरौं, तर यसरी छापामार शैलीमा काममा बाधा नपुर्याउन भनेकाे बताएका छन् । र केही समयपछि आफै मेयर महर्जन नगरप्रहरी सहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरू गरे ।

    मेयर चिरीबाबु महर्जन वान बे काे वाेर्ड राख्दै

    ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर श्रावण १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारी साधनलाई वान वे गरेको थियो। ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको जानकारी दिए । त्यसतै महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र वान वे बनाइसकेको छ ।


  • उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।

  • चक्रवर्ती कलेजले झन्डै ५० प्रतिशत शुल्क बृद्धि बिधार्थीकाे बिराेध

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । काठमाडौंको बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखिकाे शुल्क वृद्धि गरेका छन् । यसकारण विद्यार्थीहरूले याे गलत भएकाे भन्दै विरोध गरेका छन्। कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने गरि साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार वृद्धि गरिएको शुल्क कानून सम्मत नरहेको र कानून सम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका छन् । चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको छ । पहिले कलेजले बिए एल एल बीका लागि सात लाख १६ हजार चार सय शुल्क लिएकाे थियो । तर अहिले नयाँ भर्ना २०७९ साल ब्याचमा बढाएर १० लाख ७० हजार पुर्याएको छ। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार पुर्याएको छ।

    कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर कलेज प्रमुख देवेन्द्र भण्डारीले साउन ९ मा आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको बताएकाछन्। कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर विद्यार्थीहरू माथि हातपात गर्न लगाएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेकाे विद्यार्थी माथि कलेजले हस्तक्षेप गरि श्रावण ९ मा विद्यार्थी, कलेजका सुरक्षा गार्ड तथा प्रहरीबीच झडप पनि भएको थियो। जसमा एक जनाको विद्यार्थीको हाँत र अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,र हाल अस्पताल भर्ना गरिएको छ। यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।

    चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबीका साथै शुल्क समायोजना मात्र गरेको बताएका छन्। उनका अनुसार पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ। अझ अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको स्विकारे । कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको बताए। उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ। अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ ।

  • ‘मेरो घरमा बम प्रहार भयो’ सांसद रेणुका गुरूङ

    श्रावण १७ म‌ंगलबार, काठ्माण्डाै । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरूङको महाराजगञ्ज स्थित आफ्नो घरमा सोमबार बेलुकी ८ः२५ गते राति ’बम प्रहार’ भएको प्रतिनिधि सभाकाे बैठकमा बताएकी छन् । बम प्रहारले गर्दा घरका सबै आतंकित भएकाछन् । उनका अनुसार दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखेँकाे तर अध्याँरो भएकाले चिन्न नसकेकाे बताइन् । गुरूङले बैठकमा भनिन्, ’महाराजगञ्जमा प्रहरीलाई फोन गरेकाे प्रहरी आइ कम्पाउण्ड भित्र रकेट बमको खोल भेटाइ लिएर गएकाे थियाे ’। उनले आफु संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले आफु र आफ्नाे घरपरिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले अनिवार्य पाउनुपर्ने आजीवन व्यक्तिगत सुरक्षाकर्मीका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गरेका छन ।

    तर प्रहरी वृत महाराजगञ्जका प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टले भने सांसद गुरूङको घरमा पटका भेटिएको बताएको छ। जुन एक्सिडेन्टली त्यहाँ पुगेको हाे जानजानी होइन ।