विकास बोर्डका अध्यक्षमा भुवन केसीको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट

श्रावण २६ बिहिबार, काठमाणडाै । अभिनेता भुवन केसीको चलचित्र विकास बोर्डकाे अध्यक्ष पदमा नियुक्ति भए सँगै उनि विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनको शैक्षिक योग्यता बोर्डको अध्यक्ष हुनका लागि नपुग्ने भन्दै नरेश पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ । मन्त्रिपरिषदले केसीलाई साउन ९ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । साथै केसीलाई दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्तिमा विवाद भएको थियो । अभिनेता केसीले पनि आफ्नो मानहानी भएको भन्दै अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाह विरुद जिल्ला अदालतमा मुद्दा दिएका थिए ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.