पूर्वबाट मौसमको नयाँ प्रणाली प्रवेश अब भारी बर्षा हुने

श्रावण २३ साेमबार, काठमाण्डाै । मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेकाेछ, आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखी सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने देखिएकाेछ । मौसमविद् श्रेष्ठकाले भोलि मंगलबार लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.