Author: prayatnayekkoshis

  • विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड साढे १२ महिनाको वस्तु आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड साढे १२ महिनाको वस्तु आयात धान्ने

    असार २६ बुधबार, काठमाण्डाै । नेपालको विदेशी विनिमय (विदेशी मुद्रा) सञ्चिति खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०८०/८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ जेठ मसान्तमा आउँदा २७.८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

    प्रस्तुत प्रतिवेदनमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको देखाएकाेछ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले  जनाएको छ ।

    साथै हाल मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

  • राष्ट्र बैंकद्वारा समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव

    असार २४ साेमबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभयो ।

    बैठकमा गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो । जसमा पहिलो चरणमा रु एक लाखसम्म, दोस्रो चरणमा रु पाँच लाखसम्म र तेस्रो चरणमा रु पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने बताउनुभयो । उनका अनुसार समस्या समाधान गर्न सबभन्दा पहिले ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने र भूगोलको सीमा नराखी कारोबार गरेका सहकारीका विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयाे।

    त्यस्तै सहकारीलाई नियमन गर्ने निकायको स्थापना गरिनुपर्ने, सहकारी स्वनियममा चल्छन् भनी छोड्न नहुने, ऋणीका बारेमा सहकारीलाई कुनै जानकारी नहुने गरेकाले त्यो समस्या समाधानको उपाय विषय निश्चित गर्न पनि विज्ञले सुझाएका थियाे ।

    कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले कर्जा सूचना केन्द्रमा एकीकृत सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने र विद्यमान स्थितिमा एउटै केन्द्रले काम गर्न सकिने, साथै यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

    बैठकमा बीमा र सहकारीका विषयमा छुट्टै सूचना केन्द्र स्थापना गरिनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनील केसीले सहकारीको जस्तो समस्या अरू वित्तीय संस्थामा पनि आउनसक्ने तर्फ सचेत गराउँदै त्यसअघि नै छिटो समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।

    अघिल्लो सहकारी सुझाव कार्यदलका संयोजक डा जयकान्त राउतले सुझाव कार्यान्वयन नभएकैले सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताउनुभयो । सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीमा समस्या नरहेको र सिद्धान्त विपरीत चलेका सबैजसो सहकारी समस्यामा रहेको जानकारी दिनुभयो ।सहकारी क्षेत्रमा पनि ऋण असुली न्यायाधिकरणको स्थापना गरिनुपर्ने पनि विज्ञहरूको राय थियो । 

    बैठकमा सभापति थापाले सरकारले पीडित बचतकर्तालाई पैसा दिन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल भई नसकेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा रु पाँच लाखसम्म बचत हुनेलाई फिर्ता गर्ने विषय उल्लेख भई आएपछि केही सहकारीले बचत टुक्रा बनाएर रु पाँच लाखभन्दा कम बनाउने बदमासी गर्न थालेको सूचना पनि समितिले पाएको त्यसअवसरमा जानकारी गराइएको थियो ।

    समितिको भोलिको बैठकमा सहकारी विभागको रजिष्ट्रार भई २०४८ पछि काम गरेका अधिकारीहरूलाई बोलाइएको छ । त्यसपछिको बैठकमा सहकारी पीडितलाई बोलाएर छलफल गरिने जनाइएको छ ।

  • निर्माणाधीन दुई सडकखण्डहरु समयमै सक्न प्रधानमन्त्री दाहालको निर्देशन

    निर्माणाधीन दुई सडकखण्डहरु समयमै सक्न प्रधानमन्त्री दाहालको निर्देशन

    पुस २ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्ड समयमै सक्न निर्देशन दिनुभएकाे छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन यि दुई सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको हाे ।

    प्रधानमन्त्री दाहालले निरीक्षणपछि भन्नुभयो, “हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ । फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ। ” 

    प्रधानमन्त्री दाहालले गिटी, बालुवा ढुङ्गा, विधुतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उनले परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्ने , विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने र याे तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन पनि दिनुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको र राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौँ । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौँ ।”

  • उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

    उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

    पुस १ आईतबार, काठमाण्डाै । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल नै भुक्तानी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित हुनुहुन्थ्यो।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गर्नुभएको छ।

  • पूर्व गृहमन्त्री खाण ३० लाख धरौटीमा रिहा – उच्च अदालत पाटन

    पूर्व गृहमन्त्री खाण ३० लाख धरौटीमा रिहा – उच्च अदालत पाटन

    मंसिर २८ बिहीबार, काठमाण्डाै । उच्च अदालत पाटनले पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश दिएकाे हो । पुर्व गृहमन्त्री खाण नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

    उच्च अदालत पाटन का प्रवक्ता तिर्थराज भट्टराईका अनुसार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताउनुभयाे ।

    काठमाण्डाै जिल्ला अदालतले २०८०/०३/०१ मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दिएकाे थियाे । पुर्व गृहमन्त्री खाण समेत जिल्लाको आदेश विरुद्ध २०८० साउन १६ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए।

  • चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि

    चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि

    मंसिर २८ बिहीबार, काठमाण्डाै । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि भएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कार्त्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियाे । यसरी विदेशी विनिमय सञ्चितिमा १०‍‌.२ प्रतिशतले वृद्धि भइ रु १ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ सञ्चिति थपिएको छ ।

    बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । कूल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ । यस्तै बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब पाँच अर्ब ९५ करोड रहेको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत छ ।

    आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

  • विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक-प्रधानमन्त्री दाहाल

    विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक-प्रधानमन्त्री दाहाल

    मंसिर २७ बुधबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक रहेकाे बताउनु भएकाे छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित काठमाण्डाै विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सम्बन्धी खोज–अनुसन्धान गर्न काठमाण्डाै विश्वविद्यालयलाई आग्रह गर्नुभएको हाे । 

    उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न आवश्यक रहेकाे हुनाले प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभयो । साथै विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको पनि बताउनुभयाे । जसले गर्दा आर्टिफिसियल इन्टेलिजेन्स देखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको पनि बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताउनुभयो । विश्वविद्यालयले एक हजार शैय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउनुभयाे । उहाँले विश्वविद्यालयले चुस्ततापूर्ण बहु विशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वास व्यक्त गर्नुभयो । साथै आफूले आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि अर्पण गर्न आह्वान गर्नुभयाे।

    प्रधानमन्त्री दाहालले अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो ।

  • समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक – सञ्चार मन्त्री शर्मा

    समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक – सञ्चार मन्त्री शर्मा

    मंसिर २६ म‌ंगलबार, काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक भएको बताउनुभयाे । काठमाण्डाै स्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्य बढाउनका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयाे ।

    मन्त्री शर्माका अनुसार दुई राष्ट्र बिच प्रविधिको विकास र प्रयोगमा सहकार्य गरि, यसबाट समुन्नत राष्ट्र बनाउनु पर्छ । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।

    नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो ।

    भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सह अध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

    प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेका अनुसार नेपालबाट विश्व बजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको बताउनुभयाे । साथै हाल युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रकाे बिकाशले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढेको पनि बताउनुभयो ।

  • अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

    अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

    मंसिर २६ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभयाे । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रममा सम्बोधन गर्दै उहाँले बताउनुभयो, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।”

    उहाँले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रूपले शान्तिका निम्ति अपिल गर्नुभएकाे छ । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिविद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेको पनि बताउनु भयाे ।

    प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको बताउनुभयाे । संयुक्त राष्ट्र सङ्घका महासचिवको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भएकाे बताउनुभयाे ।

    प्रधानमन्त्री दाहालले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएकाे पनि बताउनुभयो । उहाँले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताउनुभयो ।

  • ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    मंसिर १७ आईतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई स्वदेश फर्कनुभयाे । मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्च स्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

    उहाँको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको बताउनुभयो। उहाँले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’ लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्नुभएको बताउनुभयो ।

    उहाँले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित हुनुभएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपति लगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

  • एसिया रग्बीद्वारा सचिव टङ्कलाल घिसिङ पुरस्कृत

    एसिया रग्बीद्वारा सचिव टङ्कलाल घिसिङ पुरस्कृत

    मंसिर ११ साेमबार, काठमाण्डाै । एसिया रग्बीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलाई प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मानित गरेको छ । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई उहाँको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याए बापत सम्मानित गरिएको हो । सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एशोसिएट मेम्बर प्राप्त गर्दा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । साथै उहाँकाे विषेस पहलमा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

  • भुकम्प पीडित चिसोबाट थप पीडित छन् – मन्त्री बस्नेत

    कार्तिक २३ बिहिबार, काठमाण्डाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले भूकम्पबाट पीडित भएका जनता चिसाेले थप पीडित भएकाे बताउनुभयाे । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तरक्रियामा कार्यक्रममा उहाँले सरकारले पीडितहरुलाई चिसो तथा हिमपातबाट जोगाउने कार्य प्राथमिकताका साथ अगाडी बढाएकाे बताउनुभयाे ।

    मन्त्री बस्नेतले यसअघि आएका भूकम्पको समयमा गरिएका सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने पनि बताउनुभयो । पुनःनिर्माणको अभियानमा सबै निकायको भूमिका महत्वपूर्ण हुने र तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।

    उनका अनुसार राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्या भएकोले सानो हेलिकप्टर प्रयोग गर्नु परेकाे छ । जसले गर्दा राहत व्यवस्थापनमा ढिला भएको बताउनुभयो । साथै प्राप्त सामग्री सदरमुकामबाट सबै ठाउँका लागि पठाइएको पनि बताउनुभयाे । तर पठाइएका सामग्रीहरु सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट हुँदै पीडितसम्म पुग्नका लागि ढिलाे भएकाे बताउनुभयो । साथै उहाँका अनुसार बारेकोट, कुशे गाउँपालिकामा खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बढी देखिएको पनि बताउनुभयो ।

    मन्त्री बस्नेतले दुःखमा साथ र सहयाेग दिने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई धन्यवाद दिनुभयो । साथै आपतकाे समयमा दिनरात नभनी सुरक्षा गरि साथ दिने सुरक्षाकर्मी मित्रको योगदानलाई भुल्नै नसक्ने भन्दै विशेष धन्यवाद पनि दिनुभयो ।

  • दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

    दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

    कार्तिक ६ साेमबार, काठमाण्डाै । दसैँ काे नवौँ दिन अर्थात आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गा भगवतीका यिनै नौ रुपलाई नवदुर्गा भन्ने गरिएको हो ।

    प्रत्येक वर्षझै यस वर्ष पनि आज दसैँ घर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवी भागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।

    महानवमीका दिन काठमाण्डाै उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनहरु पुगेका थिए ।

    नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर जसो शक्तिपीठमा भक्तनहरुको भीड लागेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

  • नेपालद्वारा यूएई पाँच विकेटले पराजित

    नेपालद्वारा यूएई पाँच विकेटले पराजित

    कार्तिक ६ साेमबार, काठमाण्डाै । काठमाण्डाैकाे मुलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाइ पाँच विकेटले पराजित गरेको छ ।

    यूएईले टस हारेर पहिले ब्याटिङको गरेकाे थियाे। यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो ।

    नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेकाे थियाे । नेपालको लागि असिफ शेखले सर्वाधिक ६२ रन, कप्तान रोहितकुमार पौडेलले ४७ रन र दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडेकाे थियाे ।

  • जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे-राष्ट्रपति विद्यादेवी भण्डारी

    जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे-राष्ट्रपति विद्यादेवी भण्डारी

    फाल्गुण ७ आइतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे यस मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने बताउनुभएको छ ।

    राष्ट्रपतिको सन्देशमा “हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ । सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।” भनिएको छ ।

    उहाँले सन्देशमा प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको उल्लेख गर्नुभएको छ ।नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गर्नुभएको छ ।

    साथै उनले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।

  • संविधानको कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार रहेकाे -प्रधानमन्त्री पुष्पकमल दाहाल

    संविधानको कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार रहेकाे -प्रधानमन्त्री पुष्पकमल दाहाल

    फाल्गुण ७ आइतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । साथै ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयाे ।

    प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताउनुभएको छ ।

    उहाँकाे सन्देशमा “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२-६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ । आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ”

    साथै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको बताउनुभयाे । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमति मार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभयाे ।

  • खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक

    खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक

    फाल्गुण ५ शुक्रबार, काठमाण्डाै । खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । खानेपानी मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गर्नुभएको हो । उहाका अनुसार अबदेखी खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेकाे छ, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सकिने बताउनुभयो ।

    उहाँले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिनुभयो । उहाँले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

    मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने बताउनुभयो । त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलका अनुसार हाल मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने छ । साथै एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भइरहेकाे र छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उहाँले बताउनुभयो ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको – नागरिक उड्डयनमन्त्री सुदन किराँती

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको – नागरिक उड्डयनमन्त्री सुदन किराँती

    फाल्गुण ४ बिहिबार, काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । उहाँले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताउनुभयो ।

    उहाँले नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको जानकारी दिनुभयो । पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको पनि बताउनुभयो । 

    विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिनुभयो । आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चुनौती तथा अप्ठ्यारा भए पनि समाधान असम्भव छैन भनेर आफू लागिपरेको उहाँले बताउनुभयो ।

  • नेपालद्वारा नामिबिया पराजित

    नेपालद्वारा नामिबिया पराजित

    फाल्गुण २ म‌ंगलबार, काठमाण्डाै । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले नामिबियालाइ पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको हाे । खेलमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ११५ रनको योगदान दियाे । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्दतमा ११५ रनको योगदान दिएका हुन ।

    त्यसै कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन/तीन विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो ।

    जितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ ।

  • लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले पहल गर्ने- प्रधानमन्त्री पुष्प कमल दाहाल

    लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले पहल गर्ने- प्रधानमन्त्री पुष्प कमल दाहाल

    फाल्गुण २ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । काठमाण्डाैको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहज रुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिनु भएकाे थियो । उनले लघु, घरेलु तथा साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत पहल गरेको बताउनुभयो । त्यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको बताउनुभयाे । साथै अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उनका अनुसार निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता रहेकाे बताउनुभयाे । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेला करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

  • जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि असरहरू अरू सरह बेहोर्नुपर्ने- नेपाल वातावरण पत्रकार समूह

    जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि असरहरू अरू सरह बेहोर्नुपर्ने- नेपाल वातावरण पत्रकार समूह

    माघ २६ बिहिबार, काठमाण्डाै । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको छ । यस समुहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरी प्रधानमन्त्री समक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ । जसमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय भएको जनाउँदै भौगोलिक बनोट र गरिबीले गर्दा नेपाल यस समस्याबाट प्रभावित मुलुकहरूको अग्रस्थानमा रहेको उल्लेख छ । साथै भजलवायु परिवर्तनमा नेपालको खासै भूमिका नभए पनि नेपालमा यसबाट पर्ने असरहरू भने अरू सरह बेहोर्नुपर्ने भएकाेछ । यो अवस्था नेपालजस्तो कमजोर आर्थिक तथा भौतिक पूर्वाधार एवं प्राकृतिक र हिमालयमा पर्ने प्रभाव हाम्रो लागि सङ्कटको विषय बन्नेछ ।

    नेपालको शिरशोभाका रूपमा रहेका यी हिम पर्वतहरूमा हिउँ रहेन भने भविष्यमा नेपालले पर्यटनबाट प्राप्त गर्ने ठूलो आयस्रोत गुमाउनुपर्ने निश्चित छ । त्यसैगरी दक्षिण एसियाको वाटर टावर भनिने हिमालको हिउँ लोप हुने मात्र होइन, विश्वको एक तिहाइ जनसङ्ख्या पिउने पानीबाट समेत वञ्चित हुने खतरा छ । हिमनदीहरू पग्लने र त्यसको प्रभाव हिमताल विस्फोटन हुने हाम्रो अघिल्तिरको अर्को विपत्तिको सूचक हो, एवं त्यतिखेर हाम्रा थुप्रै नदीमा बनेका बाँध र नदी आसपासका बस्तीहरूको भविष्य अनिश्चित बन्ने खतरा छ भन्दै ज्ञापनपत्रमा यसले जलविद्युत्मा गरिने लगानीका सम्भावनाहरूमा ठूलो प्रश्न उठ्ने र कतै बाढी त कतै पानीको स्रोत सुक्दै गएको अवस्था छ भनिएको छ । ज्ञापनपत्रमा मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक (मेलम्ची)लगायतका स्थानहरूमा देखिएका प्राकृतिक प्रकोपहरूले जलवायु परिवर्तनका उच्चतम प्रभावहरूलाई पुष्टि गरेको तथा नेपालको प्राकृतिक प्रकोपको चक्रले बर्सेनि खाद्य सुरक्षा, जैविक विविधता, खानेपानी, कृषि, महामारीलगायत मानिसको जीविकोपार्जनमा हरेक वर्ष नयाँ नयाँ चुनौतीहरू थपिँदै गएका भन्दै यसबाट बर्सेनि मानवीय क्षति पनि भइरहेको छ र यसमा पनि बालबालिका तथा महिलाहरू अझ बढी प्रभावित छन् भनिएको छ । नेपालको सामुदायिक वनलाई विश्व समुदायमा नमुनाका रूपमा लिन थालिएकै बेला चुरे र तराई क्षेत्रमा भने वन विनाशको व्यथा घट्नुको सट्टा बढिरहेको, नेपालका वनमा रहेका स्रोतहरू कुहिने र ह्रास हुने क्रम बढिरहेको, विदेशबाट बर्सेनि अर्बौँ रुपैयाँका काठ आयात भइरहेको तथा नेपालका प्राकृतिक स्रोतका रूपमा रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण र सदुपयोगसमेत हुन सकिरहेको छैन, ज्ञापनपत्रमा भनिएको छ । 

    नेवापसले विगत ३७ वर्षदेखि वातावरण संरक्षण र दिगो विकासका बारेमा जनचेतना जगाउन सञ्चारका विभिन्न माध्यममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले सन् २०२३ मा नेपालमा संरक्षण क्षेत्रको ५०औँ वर्षगाँठको अवसरमा विविध कार्यक्रम गर्ने तथा वातावरण क्षेत्रमा कलम चलाउँदै आएका दक्षिण पूर्वी एसिया र अन्य केही मुलुकका पत्रकारहरूलाई नेपालमा भेला गराएर नेपालका जलवायुजन्य मुद्दाहरूमा केन्द्रित रहेर स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट संसारभरि सूचना सम्प्रेषण गर्ने लक्ष्य लिएको पनि जानकारी गराएको थियो । वरिष्ठ पत्रकार भैरव रिसाल, समूहका अध्यक्ष रोशनी अधिकारी समेत समूहका पदाधिकारीको नेतृत्वमा गएको टोलीले त्यस अवसरमा प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वकाल सफल हुने भन्दै बधाई एवं शुभकामना दिएको थियो । 

  • फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

    फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

    माघ २५ बुधबार, काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि फ्रेन्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । फ्रेन्ड्सले बुधबार उर्जनसँग सम्झौता गरि मुख्य प्रशिक्षकाे रुपमा नियुक्त गरेको घोषणा गरेको छ । फ्रेन्ड्सले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । नेपाली यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए ।

    यो सिजनको लिग आगामी फागुन १९ गतेदेखि सुरु हुँदैछ। लिगका लागि फ्रेण्ड्सले अमित तामाङ, प्रेम भण्डारी, आरोन थापा, दोना थापा, रुपेश केसी, असिम भुषाल, विशाल सुनार र राजेश परियारसँग सम्झौता गरिसकेको छ। फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

  • हवाई यातायात सञ्चालन सम्बन्धी सुरक्षा मापदण्डको संशोधनमा परेकाे रिटमा सर्वोच्चले माग्याे लिखित जवाफ

    हवाई यातायात सञ्चालन सम्बन्धी सुरक्षा मापदण्डको संशोधनमा परेकाे रिटमा सर्वोच्चले माग्याे लिखित जवाफ

    माघ २५ बुधबार, काठमाण्डाै । सर्वोच्च अदालतले हवाई यातायात सञ्चालन सम्बन्धी सुरक्षा मापदण्डको संशोधनमा परेकाे रिटमा लिखित जवाफ मगाउने आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ ।

    वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले दायर गर्नुभएको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्ज गर्न माग गरिएको छ । रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

    विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्ययमान कानुन, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्न गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड पालना भए नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेट रिट निवेदनमा माग गरिएको छ । साथै हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ ।

  • गुठी जग्गा संरक्षण र देवस्वको सही उपयोग गरिने – सचिव डा दामोदर रेग्मी

    गुठी जग्गा संरक्षण र देवस्वको सही उपयोग गरिने – सचिव डा दामोदर रेग्मी

    माघ २० बिहिबार, काठमाण्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी त्यसबाट प्राप्त हुने देवस्वको सही उपयोग गरिने भएकाे छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र गुठी भएकाले मन्त्रालयले यसको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो । उनका अनुसार गुठीका जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई पनि अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिनुभयो ।

    साथै मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको बताउनुभयाे । मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन पनि दिएको छ ।

    गुठी संस्थानका प्रशासक किरण शाक्यले भने नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न समस्या र अप्ठ्याराे परेको बताउनुभएकाे छ ।

  • पश्चिमी वायुको प्रभावले ह्वात्तै बढ्यो चिसो

    पश्चिमी वायुको प्रभावले ह्वात्तै बढ्यो चिसो

    माघ १७ म‌ग‍ंलबार, काठमाण्डाै । पश्चिमी वायुको प्रभावले देशभर ह्वात्तै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको हाे । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

    महाशाखाले जनाएअनुसार आगामी तिन दिनकाे माैसम यस प्रकार रहेकाे छ-

    २०७९ माघ १७ गते (मंगलबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७९ माघ १८ गते (बुधबार) दिउँसोː प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७९ माघ १९ गते (बिहीबार) दिउँसोː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

  • सेवाग्राहीको भिड घटाउन कार्ययोजना तयार गरिदै- राहदानी विभाग

    सेवाग्राहीको भिड घटाउन कार्ययोजना तयार गरिदै- राहदानी विभाग

    माघ १२ विहिबार, काठमाण्डाै । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाउने तयारी गरेको छ। विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाका अनुसार राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको बताउनु भएकाेछ । उनका अनुसार विभागमा सधैं सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण सेवाग्राहीको घण्टौं लामो लाइन तथा भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेकाे छ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ बताउनुभयाे । कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको सम्वन्धित सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने र दुई/तीन महिनामा नै लागु हुने उनको दाबी छ।

    राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड दिनानु दिन बढ्दै गएकाे छ । सेवाग्राहीहरूका अनुसार विभागको सफ्टवेयरमा आउने समस्या देखि अन्य विविध कारणले घण्टौं  लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको गुनासो छ । अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको छ।

  • तेह्रौँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता किराँत राई खेलाडी सम्मानित

    तेह्रौँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता किराँत राई खेलाडी सम्मानित

    माघ १२ विहिबार, काठमाण्डाै । नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता किराँत राई खेलाडीहरूलाई नगद सहित सम्मान गरिएको छ । किराँत राई खेलकुद सङ्घले आफ्नो १०औँ स्थापना दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग खेलमा पदक जितेका १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभएकाे थियाे । कार्यक्रममा उहाँले खेलक्षेत्र राष्ट्रको सान भएकाे र यस क्षेत्रको विकास गर्न सके देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएकाे थियाे ।

    सम्मानित हुने खेलाडीमा उसु खेलकी जुनी राई, गल्फका शुक्रबहादुर राई, शारीरिक सुगठनका उमेश राई र सुरेशदेव पराजुली, आर्चरीकी इमायुङग राई, बास्केटबलकी आशा राई हुनुहुन्छ । त्यसैगरी ह्यान्डबलकी बन्दना राई, निशा राई, माला राई, उमा राई र रन्जना राई, भारोत्तोलनकी अस्मिता राई र सङ्गीता राई, बक्सिङका पुरन राई, ब्याडमिन्टनकी सीता राई र अनुमाया राई, तेक्वान्दोकी युनिशा राई, करातेका एस्तर राई सम्मानित हुनुभयो । बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित हुने खेलाडी एवं प्रशिक्षकले सम्मानपत्र सहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभएकाे थियाे ।

  • वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाइदै

    वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाइदै

    माघ १२ विहिबार, काठमाण्डाै । माघ शुक्ल पञ्चमीका दिन सधैझै यसपाली पनि विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरि वसन्त पञ्चमी पर्व मनाइदै छ । माघ शुक्ल पञ्चमीका दिन पर्नेहुनाले यसदिनलाइ ‘श्रीपञ्चमी’ पनि भनिन्छ । आजका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी माता सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    आजका दिन विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई विद्या र सिर्जनाकी देवी सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी माता सरस्वतीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता पनि रहेकाे छ । साथै बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    आजका दिन उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी बिध्यार्थीवर्गको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि रहेकाेछ ।

  • प्रधानमन्त्री कप महिला टी–२० काे उपाधि सुदूरपश्चिमले जित्याे

    प्रधानमन्त्री कप महिला टी–२० काे उपाधि सुदूरपश्चिमले जित्याे

    माघ ८ आइतबार, काठमाण्डाै । इटहरीमा सम्पन्न भएकाे प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक सुदूरपश्चिमले जितेको छ । आज जनता पार्क मैदानमा सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । खेलमा जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा २ चौका सहित २७ रनमा अविजित रहिन् । डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए ।

    प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, सङ्गीता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

    प्रतियोगितामा कविता कुँवरले विधागत पुरस्कारमा वर्चस्व कायम राखिन् । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रुपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट सङ्घले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् । कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार नगद पुरस्कार पाइन् । सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेका छन् ।

  • रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    माघ ८ आइतबार, काठमाण्डाै । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । शनिबार राती प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण तयार पार्नकालागि सरकार तत्पर रहेको बताउनुभयो । 

    मन्त्री पौडेलेका अनुसार रेमिट्यान्सकाे ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेकाे छैन । तर सरकार लिगल च्यानलबाट रेमिट्यान्स भित्राउनका लागि लिनुपर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न तयार रहेकाे बताउनुभयाे । उनले कार्यक्रममा रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गराउन नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने पनि बताउनुभयो । 

    साथै कार्यक्रममा गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा रहेकाे व्यवस्था अनुसार गर्न तयारि गरेकाे बताउनुभयाे । यसबाट सहज ढंगमा नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ बताउनुभयाे । साथै वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरूलाई विदेशी नागरिक सरह लिएको विषयप्रति ध्यानाकर्षण गराएको र त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रमका उपस्थित अन्य सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतका कुरामा जोड दिनु पर्ने सुझाव दिनुभएको थियो ।

  • मन्त्रिपरिषद् विस्तार अधिकांश नयाँ अनुहार

    मन्त्रिपरिषद् विस्तार अधिकांश नयाँ अनुहार

    माघ ३ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँ गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएकाे हाे । उनले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको थियाे । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद् अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित भएपनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गर्नुभएको छ । जसमा नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट सरकारमा सहभागिता रहेको छ । गत पुस ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रबी लामिछानेले जिम्मेवारी सम्हालिसक्नु भएको छ । आज उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हाल्नुभएको हाे ।

    आज नवगठित मन्त्रिपरिषद् मा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।यस्तै, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, डा विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । यस्तै, धुब्रबहादुर प्रधानले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दा सुशीला श्रीपालि ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र दिपबहादुर सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

  • विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइदै

    विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइदै

    माग २ साेमबार, काठमाण्डाै । पाेखरामा आइतबार भएकाे यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइने भएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार निधन भएकाहरू मध्ये विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ भने । पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । उहाँका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । 

    माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोताखोरको टोलीसहित विमानस्थलको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

  • सुकुम्बासीहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी

    सुकुम्बासीहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी

    पुष २३ शनिबार, काठमाण्डाै । तनहुँको म्याग्दे गाउँपालिकाका भूमिहीन सुकुम्बासी परिवाररू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी भएका छन् । गाउँपालिकाले हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको हाे । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको बताउनुभयो । उनका अनुसार निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए अनुसार म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुकुम्वासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेकाे थियाे । फारम भरेका सबैलाई निस्सा वितरण सकिएको पनि जानकारी दिनुभयो ।

  • भुटानी शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

    भुटानी शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

    पुष २३ शनिबार, काठमाण्डाै । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेकाे छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रतिनिधिमण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । फाउण्डेशनले यस विषयमा ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री लामिछानेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

    साे ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ । साथै पत्रमा “आफ्नै समुदायका व्यक्तिहरू अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचान सहित काम गरिरहेकालाई पनि पीडा दिएको छ । नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित यो फाउण्डेशन आफ्नै समुदायका व्यक्तिहरू अझै पनि नेपालको झापा र मोरङका शिविरमा अति कष्टकर शरणार्थी जीवन बिताउन बाध्य भएकोप्रति हामी माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ” ।

    पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन् । यस फाउन्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नामका दुईवटा ‘रियालिटी शो’ गरेर संसारभरका नेपाली भाषी प्रतिभालाई हालसम्मकै सर्वाधिक (रु एक करोड) राशिको पुरस्कार दिने घोषणा पनि गरेको छ ।

  • नेपाल टी–२० लिग क्रिकेट :  लुम्बिनी अल स्टार विजयी

    पुष २० बुधबार, काठमाण्डाै । नेपाल टी–२० लिग क्रिकेटमा लुम्बिनी अल स्टारद्वारा काठमाण्डाै नाईट्स पराजित भएकाे छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाण्डाैलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डाै १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो । काठमाण्डाैका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले  १६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए । बलिङतर्फ काठमाण्डाैका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए । 

    जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाण्डाैले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ । काठमाण्डाै अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

  • नेपाल राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन

    पुष २० बुधबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । प्रवक्ता गुणाकर भट्टका अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैङ्कलाई निजी क्षेत्रबाट चर्को दबाब थियो । राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अप्ठ्यारा छन् भनेर बैङ्क तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उहाँको भनाइ छ । यो मार्गदर्शन कार्यान्वयनमा आउनुभन्दा अघि कुनै ऋणीले साबिकको व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा अधिक कर्जा उपयोग गरिरहेको भएमा त्यस्तो ऋणलाई आवधिक कर्जाका रुपमा कायम गरेर समायोजन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यसरी समायोजनपछि कायम हुन आउने आवधिक कर्जालाई पाँच वटा किस्तामा भुक्तान गर्नुपर्ने र त्यसको समयावधि २०८० असारदेखि शुरु भएर २०८२ असार मसान्तसम्म रहनेछ । तोकिएको सीमाभन्दा बढीको कर्जालाई आवधिक कर्जा मानेर यो समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था संशोधित मार्गदर्शनमा राखिएको तर कुनै ऋणीले २०८२ असार अघि नै सबै ऋण भुक्तानी गर्न चाहेमा अग्रिम भुक्तानी शुल्क (प्रिपेमेन्ट चार्ज) नलिने पनि राष्ट्र बैंकले जनाएको छ ।

  • नेपाल टी–ट्वान्टी लिगमा : पोखरा एभेन्जर्स र जनकपुर रोयल्स विजयी

    पुष १६ शनिबार, काठमाण्डाै । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत शनिवार भएका खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सले बिजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो । पोखराका आसिफ शेखले ७७ र आरिफ शेखले २६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

    त्यसतै त्रिवि क्रिकेट मैदानमै भएको अर्काे खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित हासिल गरेको छ । खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदीप सिंह ऐरीले अविजित ३६ र गौराशुं शर्माले ३३ रनमा आउट भए ।त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रनमा अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९, सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ र खडक बोहोराले १२ रनको योगदान गरे ।

  • काम गर्न पदमा आएको हुँ शक्ति र पैसाका लागि हाेइन : उपप्रधानमन्त्री श्रेष्ठ

    पुष १६ शनिबार, काठमाण्डाै । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताउनुभयो । उहाँले आफूसँग अरू कुनै चल अचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताउनुभयो । “राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैङ्क खाता छ, अरू कुनै बैङ्क खातामा एक रुपैयाँ पनि छैन”, उहाँले भन्नुभयो, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।” आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । “तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनुभएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो”, उहाँले भन्नुभयो, “ऐन, नियम विपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनुभएन र त, म अहिले यहाँ छु ।”

    कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहनुभएका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताउनुभयो । उहाँले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो ।

  • काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित

    काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित

    पुष ९ शनिबार, काठमाण्डाै । नेपाल टी-२० लिगमा काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित भएकाे छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा काठमाण्डाै नाइट्स २६ रनले विजयी भएको छ । टस जितेर पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गरेको थियो । खेलमा काठमाण्डाै नाइट्स १९ ‌ओभरमा ५ विकेट गुमाइ १६२ रन बनाएकाे थियो । त्यसपछि पोखरा एभेन्जर्स सामु १६३ रनको लक्ष्य रहेकाेमा पोखराले ७ विकेटको क्षतिमा १३६ रनमात्रै बनाउन सफल भयाे । काठमाण्डाैका अज्मातुल्लाह ओमरजाइ प्लेयर अफ डि म्याच भए । उनले काठमाण्डाैका लागि अविजित रही ८५ रन बनाएका थिए ।

  • नयाँ सरकार देउवाकै नेतृत्वमा गठन गर्न कांग्रेसका सांसदहरुकाे माग

    नयाँ सरकार देउवाकै नेतृत्वमा गठन गर्न कांग्रेसका सांसदहरुकाे माग

    पुष ९ शनिबार, काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसका सांसदहरुले माग गर्नुभएको छ । सांसद चन्दा चौधरीले जानकारि दिए अनुसार सांसदहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको बताउनुभयाे । प्रतिनिधिसभामा कांग्रेस ८९ सिट सहित ठूलो दलका रूपमा रहेको छ । प्रधानमन्त्री देउवाले पनि जवाफमा सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिने र त्यसबारे जानकारी गराउने बताउनुभयो । त्यसतै राष्ट्रपति विद्यादेवी भण्डारीले पुष १० गते आईतबार सम्म नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न समय दिनुभएकाे छ ।