सेवाग्राहीको भिड घटाउन कार्ययोजना तयार गरिदै- राहदानी विभाग

माघ १२ विहिबार, काठमाण्डाै । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाउने तयारी गरेको छ। विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाका अनुसार राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको बताउनु भएकाेछ । उनका अनुसार विभागमा सधैं सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण सेवाग्राहीको घण्टौं लामो लाइन तथा भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेकाे छ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ बताउनुभयाे । कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको सम्वन्धित सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने र दुई/तीन महिनामा नै लागु हुने उनको दाबी छ।

राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड दिनानु दिन बढ्दै गएकाे छ । सेवाग्राहीहरूका अनुसार विभागको सफ्टवेयरमा आउने समस्या देखि अन्य विविध कारणले घण्टौं  लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको गुनासो छ । अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको छ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.