बाढीपहिराेमा परी १५३ को मृत्यु ४२ सयभन्दा बढी परिवार विस्थापित

श्रावण २० आईतबार, काठमाण्डाै । अविरल वर्षाको कारण बाढीपहिराेमा परी १५३ को मृत्यु र ४२ सयभन्दा बढी परिवार विस्थापित भएकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिराे लगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

जसमा काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो । उहाँका अनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

बाढीका कारण करिब तीन सय ८४ घर डुबानमा परेका छन् । प्रवक्ता कार्कीले यस अवधिमा चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएकाे बताउनु भयो ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.