Category: Uncategorized

  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- नेपाल र म्यानमार बिच रोमाञ्चक बराबरी

    अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- नेपाल र म्यानमार बिच रोमाञ्चक बराबरी

    फाल्गुण ११ आईतबार, काठमाण्डाै । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीच भएको खेल रोमाञ्चक रुपले बराबरीमा टुङ्गिएको छ । काठमाण्डाैकाे दशरथ रङ्गशालामा जारी उक्त खेलमा दुबै देशकाे तर्फबाट २-२ गाेल हानेकाे थियाे ।

    घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले खेलकाे छैटौँ मिनेटमा गोल गरेको थियो । साे गोल म्यानमारका म्याट नोइ खिनले गरेकी थिइन् । त्यस लगतै नेपालकाे तर्फबाट खेलको ११ औँ मिनेटमा सविता रानामगरले गोल गरिन् ।

    त्यस्तै म्यानमारलका लागि मे टेट लुले नेपालविरुद्ध खेलको १७औँ मिनेटमा अर्काे गोल गरिन। त्यसकाे जवाफमा खेलको ४१औँ मिनेटमा नेपालकाे तर्फबाट प्रीति राईको उत्कृष्ट पासमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरि बराबरीमा ल्याएकाे थियाे । योसँगै पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएकाे थियाे । पहिलो हाफपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् ।

    यी दुवै टोली बिच फाइनल खेल बुधबार हुनेछ ।

  • पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने – राष्ट्रपति

    पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने – राष्ट्रपति

    पाैष १० बुधबार, काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभयाे । क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको हाे ।

    हरेक वर्ष डिसेम्बर २५ तारिखमा जिसस क्राइस्टको जन्मदिनमा इसाई धर्मका अनुयायीद्वारा धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाइदै आएकाे छ । यस अवसरमा काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै मनाइँदै‌ छ ।

  • नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

    नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

    कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) को अजमानमा भएको खेलमा घरेलु टोली युएई लाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

    टस हारेर ब्याटिङ गरेकाे घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको जाेडेकाे थियो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

    नेपालको तर्फबाट ओपनर साना प्रवीणले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । त्यस्तै ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

    यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुअरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बङ्गलादेश विरुद्ध रहेको छ ।

  • खेलबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली

    खेलबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली

    भाद्र २६ बुधबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलबाट नेपाल क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभयाे। राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले बताउनु भएकाे हाे ।

    उहाँले नेपालले पछिल्ला समयमा खेलबाट अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्द्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाई छिट्टै दिइने बताउनुभयो । साथै सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भनि शुभकामना दिनुभयाे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो।

  • नेपालले आइसिसी विश्वकप लिग–२ मा पहिलो खेल क्यानडासँग खेल्ने

    भाद्र २४ साेमबार, काठमाण्डाै। नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ ।

    यस लिगमा नेपाल, क्यानडा र ओमानले खेल खेेल्ने छन् । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ ।

    नेपालले पहिलो शृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृङ्खलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

  • बाढीपहिरोमा परि मृत्यु हुने संख्या दुई सय तीन

    बाढीपहिरोमा परि मृत्यु हुने संख्या दुई सय तीन

    भाद्र ९ आइतबार, काठमाण्डाै। अविरल वर्षाका कारण बाढीपहिरोमा परि मृत्यु हुनेकाे संख्या दुई सय तीन पुगेकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म दुई सय तीन जनाको मृत्यु भइसकेकाे बताउनुभयाे ।

    बाढी पहिरो लगायत विपद्मा परी काठमाण्डौ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको छ । 

    उहाँकाअनुसार बाढीपहिराका कारण काठमाण्डौ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका छन् । 

  • थामे खोलामा बाढी तटीय क्षेत्र कटानमा

    थामे खोलामा बाढी तटीय क्षेत्र कटानमा

    श्रावण ३२ शुक्रबार, काठमाण्डाै । सोलुखुम्बुको थामे खोलामा आएको बाढीले तटीय क्षेत्र कटानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदीमा पानीको मात्रा बदेकाे थियाे जसले आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

    प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको छ । बाढीले स्थानीय विधुत आयोजनाको विधुत गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएकाे छ ।

    नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

  • बाढीपहिराेमा परी १७० जनाको मृत्यु

    बाढीपहिराेमा परी १७० जनाको मृत्यु

    श्रावण २५ शुक्रबार, काठमाण्डाै । अविरल वर्षाको कारण बाढीपहिराेमा परी १७० को मृत्यु भएकाे छ । गत जेठ २८ गते देखि लिएकाे तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा आएको बाढीपहिराे लगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

    काठमाण्डाै उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १७० जनाको मृत्यु भएको हो । 

    बाढीपहिराेमा परी परी हालसम्म २०३ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन् । 

    बाढीपहिराेमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • बाढीपहिराेमा परी १५३ को मृत्यु ४२ सयभन्दा बढी परिवार विस्थापित

    बाढीपहिराेमा परी १५३ को मृत्यु ४२ सयभन्दा बढी परिवार विस्थापित

    श्रावण २० आईतबार, काठमाण्डाै । अविरल वर्षाको कारण बाढीपहिराेमा परी १५३ को मृत्यु र ४२ सयभन्दा बढी परिवार विस्थापित भएकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिराे लगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

    जसमा काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो । उहाँका अनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

    बाढीका कारण करिब तीन सय ८४ घर डुबानमा परेका छन् । प्रवक्ता कार्कीले यस अवधिमा चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएकाे बताउनु भयो ।

  • ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    मंसिर १७ आईतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई स्वदेश फर्कनुभयाे । मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्च स्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

    उहाँको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको बताउनुभयो। उहाँले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’ लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्नुभएको बताउनुभयो ।

    उहाँले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित हुनुभएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपति लगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

  • एसिया रग्बीद्वारा सचिव टङ्कलाल घिसिङ पुरस्कृत

    एसिया रग्बीद्वारा सचिव टङ्कलाल घिसिङ पुरस्कृत

    मंसिर ११ साेमबार, काठमाण्डाै । एसिया रग्बीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलाई प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मानित गरेको छ । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई उहाँको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याए बापत सम्मानित गरिएको हो । सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एशोसिएट मेम्बर प्राप्त गर्दा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । साथै उहाँकाे विषेस पहलमा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

  • राप्ती नदीमा आएकाे बाढीले तीन सय परिवार डुबानमा

    राप्ती नदीमा आएकाे बाढीले तीन सय परिवार डुबानमा

    असाेज २८ शुक्रबार, काठमाण्डाै । अविरल वर्षाका कारण बाँकेकाे राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीकाे तीन सयभन्दा बढी परिवार डुबानमा परेकाे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारि दिए अनुसार राप्ती नदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । बाढी प्रभावित करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको छ । डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । जसले कच्ची घर भत्कन थालेका छन् । रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो । गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ ।

  • पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह- प्रमुख आयुक्त दिनेशकुमार थपलिया

    पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह- प्रमुख आयुक्त दिनेशकुमार थपलिया

    असाेज २६बुधबार, काठमाण्डाै । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता २०७९ को पालना गरि सहयाेग गर्न आग्रह गर्नुभयाे । मङ्सिर ४ गते हुने निर्वाचनकाे लागि आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले विगतकाे निर्वाचनहरूमा केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । साथै उहाँले पर्यवेक्षक निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभएकाे थियाे । कार्यक्रममा प्रवक्ता शालिग्राम पौडेलले पनि पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभएकाे थियाे । प्रशिक्षणमा निर्वाचनकाे लागि पर्यवेक्षण गर्न अनुमति पाएका ४३ संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

  • कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने

    भाद्र २० साेमबार, काठमाण्डाै । पोखरा पर्यटन परिषदले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्धन तथा कोरला नाका सम्बन्धि सरोकारवाला सँग गरेकाे छलफल कार्यक्रममा मुस्ताङका जनप्रतिनिधि हरुले कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने बताएका छन् । कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले ‘यो नाका (कोरला–त्रिवेणी) खुलाउने हो भने त्यसको लाभ पर्यटनबाट सबैभन्दा बढी लिन सकिन्छ,’ भनेका छन् । उनले कोरला नाका संचालनमा ल्याउन सके गण्डकीको मुकाम पोखरा केन्द्र बन्ने बताए। उनका अनुसार कोरला देखि गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी नाकाम्मको दूरी ४५७ किलोमिटर छ। उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो रुट नै कोरला–त्रिवेणी हुने उनले बताए। ‘उत्तरी र दक्षिणी मुलुकलाई जोड्दै व्यवसाय गर्न सकिन्छ। उनका अनुसार कोरला नाकामा नेपालतर्फ १३ सय रोपनी जग्गा सरकारको नाममा छ। तर, जग्गा भएपनि काम केही पूर्वाधर तयार नभएको उनले बताए।चीनले आफ्नोतिरको सडक यसअघि नै कालोपत्रे गरिसकेको भएपनि नेपालतर्फ भने आवश्यक भौतिक पूर्वाधारको नामोनिसान समेत नभएको उनको भनाइ छ। तिब्बततिर चीनले भन्सार, अध्यागमन सहित सुरक्षा निकायका लागि आवश्यक संरचना बनाईसकेको छ। तर, नेपालतर्फ भने खासै गतिला संरचना नबनेको उनले बताए।

    २०७२ को नाकाबन्दीले भारतबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका प्राथमिकता परेको हो। त्यही प्रयास पछि चीनले आफ्नो क्षेत्रमा भव्य संरचना बनाइ सक्दा नेपालतिर भने सुनसान रहेको छ। सरकारले यस तिर त्यति चासाे दिएकाे छैन । जसले गर्दा भौतिक पूर्वाधार बनाउने कार्य ठप्प नै छ ।

  • फन पार्कले तिर्‍यो पाँच वर्षकाे मनोरन्जन कर

    भाद्र १६ बिहिबार, काठमाण्डाै। भृकुटीमण्डप स्थित फनपार्कले पाँच वर्षकाे मनोरन्जन कर तिरेको छ। महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार भृकुटीमण्डप स्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरन्जन कर महानगरको राजस्व विभागलाई बुझाएकाे छ । उक्त मनोरञ्जन कर पाँच वर्षको हो। काठमाण्डाै महानगरपालिकाले सबै कर चुक्ता गर्न फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिए थियाे । पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो।

    समाज कल्याण परिषदले फनपार्कलाई ६० रोपनी जग्गा भाडामा दिएको छ। जसले गर्दा परिषदले भाडाको दस प्रतिशत कर महानगरलाई बुझाउनुपर्ने हुन्छ। फनपार्कले मनोरन्जन कर बुझाएपनि अन्य करहरु तिर्न बाँकी नै रहेकाे विभागका प्रमुख अधिकारीले जानकारी दिएकाछन्।

  • हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ

    भाद्र २ बिहिबार, काठमाण्डाै । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगद सहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाण्डाै तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाण्डाै-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई काठमाण्डाैकाे टेकु बस्ने ३३ वर्षीय अंकित गोयनका रहेको छ । विषेश सुत्रकाे सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो।

    श्रेष्ठ घण्टाघरमा संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए। त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको थियाे । सोही बेला श्रेष्ठको कार्यालयमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगेका थिए। उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी अंकित गोयनकाको लागि काम गर्ने खुल्यो। त्यसपछि कलंकीस्थित अंकित गोयनकाले सन्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा प्रहरीको टोली पुगि कार्यालयमा तलासी लिँदा त्यहाँबाट थप ९ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक कोइरालाका अनुसार आराेपीहरु माथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ। 

  • मिटरब्याजी समस्या पहिचान र नियन्त्रणकाे लागि कार्यदल गठन

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।

  • २४ घण्टामा ७८१ जना कोरोना संक्रमित,२ जनाकाे मृत्यु

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि र दुईजनाको मृत्यु भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज कोरोना संक्रमणबाट ५११ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको छ ।

  • सभामुख सापकोटा र राजदूत यान्छीबीच भेट वार्ता

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छी बीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको छ । सभामुख सापकोटाले चिनियाँ राजदूत यान्छीसँगको भेटमा नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन् । उनले भेटमा नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताएका छन् । साथै चिनियाँ राजदूत यान्छीले पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने, नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र

    श्रावण २६ बिहिबार, काठमाण्डाै । नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्। नेपाली कांग्रेसकाे पार्टीद्वारा बिहीबार विज्ञप्ति जारी गरी कांग्रेस सभापति शेरबहादुर देउवाले सिरहाकी उषाकुमारीलाई महिला संघको अध्यक्ष नियुक्त गरेका हुन् । उषाकुमारी यसअघि संघकी सचिव थिइन् । विज्ञप्तिमा पार्टी विधानको म्याद समाप्त भई स्वतः विघटन भएकाे र संघको अध्यक्ष पदमा उषाकुमारीलाई नियुक्त गरिएको बताएकाेछ ।

  • कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट ; मेयर बालेन शाह

    श्रावण २४ मंगलबार, काठमाण्डाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने , सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन्।

    उनले स्टाटसमा लेखेका छन् ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’ बालेनले इन्जिनियरिङ अध्ययनबाट समयसीमा तोकिने बताएका छन्।  अन्तिममा कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिन आग्रह गरेका छन्। साथै कानुनको पालना नगरे महानगर पनि पछि नहट्ने बताए ।

  • `एक सामान किन्न एक झाेला पैसा चाहिन सक्छ´सांसद चाैधरी

    श्रावण २२आईतबार, काठमाण्डाै । सांसद शान्ता चाैधरीले एक झोला सामान किन्न एक झोला पैसा बाेकेर जाने समय आउने बताएका छन् । उनले प्रतिनिधि सभाकाे शुन्य समय मा बाेल्दै भने अहिले बजारभाउ असाध्यै बढेकाे छ , यसरी बजारभाउ आकाशिदा पनि सरकार टुलुटुलु हेरी बसेकाे अवस्था छ । उनले भनिन नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुनसक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महंगीले गरिवको घरमा चुलो नबल्ने अवस्था आउने छ। महंगीको नाममा भोकमरी आउन सक्ने जसले समाजमा अमनचयन विथोल्ने खतरा हुनेछ। सरकार महंगीको साक्षी बसी टुलुटुलु हेरि नबसी यसलाइ नियन्त्रण गर्ने तर्फ लाग्नुपर्दछ ।

  • काठमाण्डौका सडकमा दुइ महिनाकाे फोहोर

    श्रावण २१ शनिबार, काठमाण्डाै । काठमाण्डाैको सडकमा दुई महिनादेखि फोहर उठाउन नआउँदा याँहाका जनताहरुलाइ सडकमा हिड्न अप्ठेराे, गन्हाउने र आवतजावत गर्नसमेत समस्या भएको छ। काठमाण्डाै महानगरपालिकाले बाटो मर्मतको कारण देखाउँदै फाेहर व्यवस्थापन गर्न नसकेकाे जनाएकाे छ । सिसडोलबाट बञ्चरे डाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसकेकाेले काठमाण्डाैको मुख्य चोकमा फोहर थुप्रिन थालेको हाे । काठमाण्डाै महानगर पालिकाले यही साउन ४ गते सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम हुँदै गरेकाेले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। खास गरि काठमाण्डाैका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वर लगायतका स्थानकाे सडकमा लामो समय देखिको फोहरको थुप्रो हुँदा धेरै समस्याहरु आएको छ।

    त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने भनेका छन्।कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगर पालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

  • उमेदवारी दिएपछि सांसदको पद स्वत जाने

    श्रावण १९ बिहिबार,काठमाण्डाै । सांसदहरूले उमेदवारी दिए स्वतः उनीहरूको पद समाप्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मंसिर ४ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेपछि उनले बताएका थिए । उनले दसैँलगत्तै उमेदवारी दर्ता गर्नुपर्नेगरी मिति तय गर्ने, मिति पछि भन्ने र उमेदवारी दिएपछि सांसदहरूको पद स्वतः सकिएको मानिनुपर्ने भन्ने आयोगको स्पष्ट धारणा छ बताएका छन् । उनले आयोगले संविधानमा भएको व्यवस्था अनुसार निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने गरी मंसिरको २१ गते पदावधि सकिने भनेर सरकारलाई जानकारी गराएको बताए ।

  • उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।

  • चक्रवर्ती कलेजले झन्डै ५० प्रतिशत शुल्क बृद्धि बिधार्थीकाे बिराेध

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । काठमाडौंको बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखिकाे शुल्क वृद्धि गरेका छन् । यसकारण विद्यार्थीहरूले याे गलत भएकाे भन्दै विरोध गरेका छन्। कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने गरि साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार वृद्धि गरिएको शुल्क कानून सम्मत नरहेको र कानून सम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका छन् । चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको छ । पहिले कलेजले बिए एल एल बीका लागि सात लाख १६ हजार चार सय शुल्क लिएकाे थियो । तर अहिले नयाँ भर्ना २०७९ साल ब्याचमा बढाएर १० लाख ७० हजार पुर्याएको छ। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार पुर्याएको छ।

    कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर कलेज प्रमुख देवेन्द्र भण्डारीले साउन ९ मा आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको बताएकाछन्। कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर विद्यार्थीहरू माथि हातपात गर्न लगाएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेकाे विद्यार्थी माथि कलेजले हस्तक्षेप गरि श्रावण ९ मा विद्यार्थी, कलेजका सुरक्षा गार्ड तथा प्रहरीबीच झडप पनि भएको थियो। जसमा एक जनाको विद्यार्थीको हाँत र अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,र हाल अस्पताल भर्ना गरिएको छ। यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।

    चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबीका साथै शुल्क समायोजना मात्र गरेको बताएका छन्। उनका अनुसार पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ। अझ अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको स्विकारे । कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको बताए। उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ। अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ ।

  • नेपाल धितोपत्र बोर्डकाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुुसार बोर्डले चार खम्बे नीति अवलम्बन गरी बिहीबार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसमा संस्थागत नियमन क्षमता अभिवृद्धि, नियमन निकायको ‘वाच डग एजेन्सी’ भूमिका सशक्तीकरण, बजारको सन्तुलन तथा विस्तार र बजार पारदर्शिता तथा ‘मेरिट बेस’ प्रणालीको विकास जस्ता बजार सुधारका नीति अवलम्बन गरिएको छ ।

    चालु आवको नीति तथा कार्यक्रममा पहिलेकाे आवको नीति तथा कार्यक्रमलाइ नै निरन्तरता दिइ केही नयाँ बुँदा थप गरिएको छ । यसमा नयाँ स्टक डिलर थप्ने, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तथा नेपाल स्टक एकस्चेञ्ज र सीडीएस एन्ड क्लिएरिङ को सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने भन्ने कुराहरु समेटिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई १० प्रतिशत आईपीओ आरक्षण गर्ने नीति तर्जुमा गरिने र साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्लेटफर्मका लागि आवश्यक व्यवस्था गरिने भन्ने कुरा पनि थप गरिएको छ ।

    त्यस्तै व्यापक बहसमा रहेको वस्तु विनिमय बजारलाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चाल्न पनि नीति तथा कार्यक्रममा समेतिएकाे छ । कमोडिटी एक्सचेन्जलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि बोर्डले आगामी दिनमा आवेदन खुला गर्ने पनि उल्लेख गरेको छ । बोर्डले धितोपत्र बजार विस्तार र विकासका लागि भन्दै प्रत्येक वर्ष नीति तथा कार्यक्रमा सार्वजनिक गर्ने गरेको छ ।

  • परिक्षा नियन्त्रण कार्यलय बल्खुमा हेल्पडेस्क स्थापना

    श्रावण ११ बुधबार, काठ्माण्डाै । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले हेल्पडेस्क सन्चालनमा ल्याएको छ । कार्यालयले विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यलयको सोधपुछ शाखामा हेल्प डेस्क सन्चालनमा ल्याएको सुचना पनि प्रकाशित गरेकाे छ । साथै कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने जनाएको छ ।

  • अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन मंसिर हुने

    श्रावण ११ बुधबार, बुटवल । नेपालकाे लुम्बिनीमा २०७९ सालकाे मंसिर महिनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनी विकास परिषद कोषको बैठक बुधबार बसेको थियाे । बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेकाे बताएकाे छ । लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने देखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा कार्य गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा संघीय सरकारले बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने लक्ष्य रहेकाे बताए । साथै कोषले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको जनाएको छ ।

    मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहनुकाे साथै लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न पनि जरुरी रहेको बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्न मन्त्रालयले विशेष महत्वका साथ अघि बढ्ने प्रतिबद्धता जनाएकाे बताएकाे छ ।

  • यम बुद्धकाे नाममा पार्क बनाइने

    श्रावण ११ बुधबार, काठ्माण्डाै । चर्चित र्यापर यम बुद्धकाे नाममा पार्क बनाइने भएकाे छ । काठ्माण्डौ महानगरपालिकाले काठ्माण्डाैकाे खुसिबुँ स्थित नयाँबजारमा पार्क बनाउने निर्णय गरेकाे छ । पार्क निर्माणकाे लागि काठ्माण्डौ महानगरपालिकाले साढे १ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नयाँबजारकाे सात रोपनी जग्गामा पार्क निर्माण गरिने भएकाे छ । यसकाे लागि आर्थिक वर्ष २०७९/२०८० काे बजेटमा नै छुट्याइएको छ ।

  • रानीपोखरीमा हाँस र माछा पालिने

    श्रावण ११ बुधबार ,काठमाण्डाै । काठमाण्डाैै स्थित रानी पाेखरीमा अब हाँस र माछा पालिने भएकाे छ । काठमाडौं महानगरपालिकाले रानीपोखरीकाे साैन्दर्यता मा अविवृद्धि गर्न विभिन्न कार्य याेजनाहरु बनाइ सन्चालनमा ल्याउने तयारि गरेकाे छ । आर्थिक वर्ष २०७९/२०८० को बजेटमा रानीपोखरीमा माछा र हाँस पाल्न काे लागि मात्रै पनि छुट्टै बजेट छुट्याइएको छ । यसपाली माछा र हाँस पाल्नका लागि पाँच लाख रुपैयाँ छुत्याएकाे छ । महानगरका अनुसार पाँच लाख बजेटले माछाका भुरा र हाँस खरिद गरेर रानी पोखरीमा छोडिने याेजना बनाएकाे छ ।

  • जनकपुर चुरोट कारखाना सन्चालनकाे तयारीमा

    श्रावण ११ बुधबार,काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुुसार जनकपुर चुरोट कारखानालाई अब सरकारले नै सन्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । उनका अनुुसार लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षण गर्ने , कारखानाका मेसिनहरूको अध्ययन गर्ने, उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताएका छन् । देशमा रहेका पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने , नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई विभिन्न सहुलियत दिएर आकर्षित गर्ने र सरकारको स्वामित्वमा रहेकाे उद्योगहरु निजी क्षेत्रसँग सहकार्य गरेर सन्चालनमा ल्याउने बताएका छन् । देशकाे आयातमा अन्य राष्ट्रसँगकाे परनिर्भरता हटाइ उत्पादन बढाउनको लागि याहा भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र बन्द उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताएका छन् ।

    मन्त्री बडूका अनुसार सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग हाल बन्द रहेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सन्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले उद्योग चलाउनको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर चलाउनु पर्छ । साथै निजी क्षेत्रलाई सहुलियत दिएर हाेस वा लिजमा दिएर सरकारले राजश्व संकलन, वेराेजगारी नियन्त्रण र देशकाे विकाश कार्य गर्न सहयाेग मिल्ने बताए ।

    अहिलको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ। उत्पादित बस्तु तथा सेवा निर्यात गर्नसक्छ, त्यस्ता उद्योग बढाउन सक्छ । सरकारले निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति ल्याएकाे बताएको छ । मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरूरी रहेको बताए । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए । त्यसतै मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सन्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताएका छन् ।

  • नागरिकता विधेयकमा रहेका विभेद र विवाद

    श्रावण १० मंगलबार, काठमाण्डाै । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि यसमा विभिन्न विभेद र विवादहरु देखापरेका छन् । यसले मुलुकको स्वाभिमानमा आँच आउने र मुलुकको भविष्यमा नै खतरा पर्ने धेरैले तर्क गरिरहेका छन् । विधेयकले‍ नेपाली महिला र पुरुष बिच विभेद गरेकाे प्रष्टै देखिन्छ , किनकी नेपाली पुरूषले विदेशी महिला बिहे गरेर ल्याउने बित्तिकै उनकाे श्रीमतीले नेपाली नागरिकता सजिलै पाउँछिन् । तर नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरिन् भने ती पुरूष नेपालमै बसे पनि उनले आजीवन नागरिकता पाउँदैनन् । साथै विदेशी महिला बिहे गरेर ल्याउने नेपाली पुरूषका सन्तानले वंशजको नागरिकता पाउँछन्। ती विदेशी महिलाले नेपालको नागरिकता लिन मानिनन् भने पनि उनीहरूबाट जन्मिएका सन्तानले वंशजकै नागरिकता पाउँछन् । तर नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरिन् र उनीहरू दुवै नेपालमै बस्छन् भने पनि नेपाली महिलाका सन्तानले वंशजको नागरिकता पाउँदैनन्, अंगीकृत नागरिकता पाउँछन् ।

    जसले गर्दा याहा वंशज नागरिकता धारी सन्तानहरूले भोलि आफ्नो क्षमताअनुसार मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुख बन्न पाउँछन् । तर अंगीकृत नागरिकता धारी सन्तानहरुले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुखजस्ता प्रमुख सार्वजनिक पदमा नियुक्ति पाउदैनन् । यसलनै महिला पुरुष विच समानता नरहेकाे प्रष्टै देखिन्छ । साथै नेपाली पुरूषले आफ्नो सन्तानलाई नागरिकता सजिलै दिलाउन सक्छ याहा बच्चाकाे आमाकाे प्रश्न साेधिदैन । तर नेपाली महिलाले आफुले जन्माएकाे सन्तानलाइ नागरिकता दिलाउन बच्चाकाे बाबु काे हाे त्यसकाे जवाफ सवुत सहित पेश गर्नुपर्छ । जबकी देशकाे संविधानमा नै महिला र पुरुषलाई लिङ्गकाे आधारमा विभेद नगर्ने भनि सबैलाई समानताकाे साथ बाच्नु पाउने माैलिक हक प्रदान गरेकाे छ । तर आफ्नाे सन्तानलाइ नागरिकता दिलाउने कुरामा समानताकाे हक काे विपरित रहेर नागरिकता एन आउनु कति सहि हाे ,याे कसरि, किन कानून विपरित वनाइएकाे हाे विवादकाे विषय रहेकाे छ । यस्तै संसदमा फास्ट ट्रयाकबाट नागरिकता जस्तो कानुन पास गर्नु कतिकाे जायज हो, यस विषयमा त जति धेरै छलफल भए, जति धेरै तर्कहरू आए उती बेश हुन्छ, जसले गर्दा कानून संवत् रुपमा सार्वजनिक भ्रमहरू हताइ विभेद विना नै ल्याइनु पर्दछ ।

  • विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक भुमिकामा

    श्रावण ८ आइतबार, काठमाण्डाै । अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसैले अशोक खड्का बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा श्रावण १२ देखि १५ गतेसम्म हुनेछ । श्रावण १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुने छन् ।

    सदस्य–सचिव टंकलाल घिसिङ (बायाँ) अशोक खड्कालाई बिदाइ गर्दै

    अशोक खड्काकाे अनुसार निर्णायकका लागि विश्व तेक्वान्दोले नै उनलाई छनोट गरेको जानकारी दिए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । बैशाख एता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए ।

  • काठमाण्डाै जिल्ला अदालत बार एशाेिसिएशनकाे निर्वाचन सम्पन्न

    अषाढ ३२ शनिबार, काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालत बार एशाेषिएशनकाे निर्वाचन काठमाण्डाै जिल्ला अदालत परिसरमा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएकाे निर्वाचनमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षकाे प्यानल नै भारी मतले बिजयी भएकाे छ । जसमा अध्यक्षमा रामचन्द्र पाैडेल‍ , उपाध्यक्षमा पुरुषाेत्तम अधिकारी , सचिवमा उज्वल राम श्रेष्ठ , सहसचिव मा अन्जु रेग्मी अर्याल र काेषाध्यक्षमा सन्ताेष भण्डारी र अन्य १४ जना सदस्य गरी पुरा प्यानलनै भारी मतले बिजयी भएकाे छ ।

    सम्पन्न चुनाबमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षमा ९६४ मत प्राप्त गर्नु भएकाे छ । अध्यक्ष पाैडेलले कानुन व्यवसायी काे हकहितकाे का साथै स्वच्छ बार काे कल्पना साथ बार र बेन्चकाे सुमधुर सम्बन्ध साथ अघि बढ्ने प्रतिबध्दता जनाउनु भएकाे छ ।

  • मानव वेचबिखन तथा ह‌ि‌ंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच सम्बन्धि एक दिने कार्यशाला

    अषाढ ३०, बुधबार काठमाण्डाै । महान्याधिवक्ताकाे कार्यलय र शक्ति समुहकाे आयाेजनामा ”मानव वेचबिखन तथा ह‌ि‌ंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच” सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरिएकाे थियाे । उक्त कार्यक्रमकाे अध्यक्षता चरीमाया तामाङ्ले गर्नुभएकाे थियाे । यस कार्यक्रमकाेे मुख्य अथितिकाे रुपमा महान्यायधिवक्ता खम्ब बहादुर खाति रहनु भएकाे थियाे । अन्य अथितिहरुमा नायव महान्यायधिवक्ताहरु विश्वराज काेइराला र कृष्ण जि‍.वि घिमिरे, साहायक न्यायधिवक्ताहरु गाेपाल प्रसाद रिजाल र लाेकराज पराजुली,न्यायधिवक्ताहरु, अधिवक्ताहरु,शक्ति समुहका सदस्यहरु तथा हिंसा पिडित र तिनिहरुकाे परिवारका सदस्यहरु रहेका थिए ।

    कार्यक्रममा अध्यक्ष तामाङ्ले मानवबेचविखनमा परेका पिडितहरुकाे समस्या र तिनिहरुकाे न्यायमा सहज पहुँच नरहेकाे अवस्था बारे उजागर गराउनुभयाे । आफु र आफ्नाे संस्थाले यसमा निरन्तर रुपमा पिडित र तिनिहरुकाे हक हितकाे लागि कार्य गर्दै आएकाे र गर्दैजाने, तर हिंसा पिडितलाई न्यायमा सहज पहुँचकाे लागी यस सँग संबन्धित सराेकारवालाहरुलाई ध्यानाकर्षण गर्न जरुरी रहेकाे जानकारी गराउनु भयाे । यस्तै यस कार्यक्रमका मुख्य अथितिकाे रुपमा रहनुभएकाे महान्यायधिवक्ता ज्यू बाट पनि याे विषय गहन रहेकाे र हाल यसमा विभिन्न कार्यहरु सम्पादन गर्दै गरेकाे र पिडितकाे लागि न्यायमा सहज पहुँचकाे लागि ध्यानाकर्षण गरेकाे बताउनुभयाे । यस्तै शक्ति समुहबाट रिना वि.के ले जतिनै आजकाे युग विकास भएकाे भनिएपनि छाेरी चेलीहरु आजपनि आफ्नै परिवार, आफन्त र चिनेजानेकाबाट केहि आर्थिक प्रलाेभनमा परेर किनबेच भईरहेकाे जानकारी दिनुभयाे । संस‍्थाबाट हिंसा पिडितहरुलाई न्यायमा सहजता पुर्याउनकाे लागी धेरै कार्यहरु गर्दै गरेकाे तर कति कानूनी कठिनाईले गर्दा सहज रुपमा कार्यान्वयन गर्न असमर्थ रहेकाे जानकारी दिनुभयाे । उनका अनुसार सन् २०१८ मा विभिन्न अप्र‍ेसनहरु गरि १७ महिलाहरुलाई विदेशी मुलुक भारतमा उद्धार गरे पनि स्वदेश फिर्ता गर्न कानूनी प्रक्रिया नमिलेर ३ जनालाई मात्र नेपाल फर्काउन सफल रहेकाे र १४ जनालाई अझै नसकेकाे कुरा व्यक्त गर्नुभयाे । त्यसतै हिंसा पिडितहरुले पनि आफुलाई बेच्ने दलालीहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने , तिनिहरुले अझपनि फाेन गरि तर्साउने धम्काउने गरेकाे जसले गर्दा सहज वातावरणमा बाच्न गार्हाे भएकाे बताउनुभयाे । न्यायमा पनि सहजता नभएकाे जसले गर्दा धेरै समस्याहरु काे सामना गर्नुपरेकाे साथै सरकारले पिडितलाई क्षतिपुर्तीकाे व्यवस्था गरेकाे छ तर त्याे वापत पाउनुपर्ने केही पनि पिडितले हाल सम्म प्राप्त नगरेकाे गुनासाे पाेखेका थिए । सरल र शान्त वातावरणमा बाच्नकाे लागि सहयाेग गर्न गुहार मागेका थिए ।

    उक्त कार्यक्रम काठमाण्डाै स्थित हयात रेजिनेन्सीमा सम्पन्न भएकाे थियाे । यस कार्यक्रम सन्चालन गर्न सहयाेगी हातकाे रुपमा फ्रि अ गर्ल र एक्टप्याक्ट लग्जम्वर्गले आर्थिक रुपमा सहयाेग गरेकाे थियाे ।

  •  नेवा पत्रकार राष्ट्रिय दबूकाे १० बुँदे ललितपुर घाेषणा पत्र

    मंसिर २० साेमबार, काठमाण्डाै । मिति २०७८ मंसीर १८ गते नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरको सप्तपुर महाबिहारमा सम्पन्न गरेको ९ औं वार्षिक साधारणसभामार्फत १० बुँदे ललितपुर घोषणापत्र सार्वजनिक गरेको छ।दबूले सञ्चारमाध्यम पूर्ण समावेशी बनाएर मातृभाषाको पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएको छ ।

    पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न ९ औं वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्र मार्फत सो माग गरिएको हो । नवौं साधारणसभा र बन्दसत्रमा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो । अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
    घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
    त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पुर्याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
    सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने, राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
    त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ । यससंगै कीर्तिपुर नगरपालिकाले सो कार्यको शुरुआत गरेको छ ।
    सो कार्यको सराहना गर्दै विभिन्न स्थानीय तहमा नेपाल भाषाकासाथै आआफ्नो स्थानीय तहमा चलनचल्तीमा रहेको मातृभाषाको माध्यमबाट पढाउने व्यवस्थाको लागि ध्यान आकृष्ट हुनुपर्ने पनि घोषणापत्रमा भनिएको छ ।

  • दसैं भ्रमण प्याकेज खरिदमा शेयरमा लगानी सित्तैमा

    आश्विन ५ मंगलबार, काठमाण्डाै । भक्तपुर टुर्सले आफ्ना सेवाग्राहीहरुलाई नेपाल लगानी कोषको शेयर निशुल्क दिने ब्यबस्था गरेको छ । भक्तपुर टुर्सका सन्चालक रविन राचलिका का अनुसार दसैं भ्रमण प्याकेज खरीदकर्ताकाे खरीद मुल्यको ८ प्रतिशत बराबरको रकम शेयरमा लगानी गरिने निर्णय गरिएकाेछ । नेपाल लगानी कोष, नेपाल भ्रमणको बजेटबाट बचत भएको रकमलाई बैदेशिक ऋण कम गर्ने लक्ष्य राखी स्थापित भएकाे संस्था हाे । याे संस्था भ्रमणकर्ताहरुको बचत रकमबाट सञ्चालित हुदै आएको छ । यसले आफ्नाे कोषबाट न्यून ब्याजदरमा उद्यम गर्नको लागि सञ्चयकर्ताहरुलाई ऋण प्रदान गर्दै आएको छ । साथै यसले शैक्षिक क्षेत्रमा लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    हाल दसैं भ्रमणका दश हजार देखि पन्ध्र हजार रुपैयाँ बराबरका टुर प्याकेजहरु उपलब्ध छ । पाँच दिने टुर प्याकेजमा खाना, बस्न र यातायातको सुबिधा दिइएको छ । दसैं भ्रमण प्याकेज बिक्री प्रर्बद्धनलाई अझ सहज बनाउन प्याकेज सिफारीस गर्नेहरुको लागि पनि बिक्री मुल्यको २ प्रतिशत रकम बराबरको शेयर निशुल्क प्रदान गरिने निर्णय गरिएकाेछ । दसैंको लागि मुस्ताग र पाथीभाराको प्याकेज बुकिग असोज ३ गतेबाट सुरु भएको छ । अन्य स्थानको बुकिग असोज ८ गतेदेखि खुल्नेछ ।

  • अनलाइन समाचार प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण

    जेष्ठ १२ बुधबार , काठमाण्डाै । सर्वाेच्च अदालतले विभिन्न अनलाइन समाचार पत्रिकाहरुमा प्रकाशित समाचारहरु प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण गराएकाे जानकारि दिएकाे छ । सर्वाेच्च अदालतले आफ्नाे प्रेष विज्ञप्तिमा यस्ताे भनेकाे हाे ।

    जसमा “प्रधानमन्त्री र प्रधान न्यायाधीश बिच बालुवाटारमा छलफल ‌,ओलीले गाडी पठाए पछी आए राणा” र “प्रधान न्यायाधीससँग सवा घण्टाकाे छलफल पछी राती ११ बजे बाहिरिए प्रधान न्यायाधिश राणा” भन्ने शिर्षक राखी इमेज खबर अनलाइनले मिति २०७८।०२।१० गते मा, “प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश बिच अर्थपूर्ण भेट” शिर्षक राखी पहिलाे क्लिक अनलाइन पत्रिका र “प्रधान न्यायाधीस राणालाई बालुवाटार बाेलाएर ओलीले भने मलाई सहयाेग गर्नुहाेस”‍ शिर्षक राखी नेपाल समय अनलाइनले मिति २०७८।०२।११ मा र अन्य केही अनलाइनपत्रिकाहरुले बिभिन्न समाचार हरु प्रकाशित गरेकाेमा गम्भिर ध्यानाकर्षण भएकाे भनि जानकारी गराएकाे छ ।

    उल्लेखित विषयमा कुनै पनि सत्यता नरहेकाे न्यायपालिकाकाे स्वच्छता एवम् यस प्रतिकाे आस्था र विश्वासमा प्रभाव पार्ने गरि अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेद जन्य विषय हाे । यस प्रकारका कार्यहरु संबिधान कानून र स्वयम पत्रकार आचार संहिताकाे समेत प्रतिकुल हुने हुँदा कानूनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछाै । साथै यस्ता भ्रमपुर्ण कपाेकलल्पित भ्रममा नपर्न सबैमा अनुराेध गर्दछाै । साथै न्यायपालिका आम नागरिककाे आस्था विस्वास र भराेसाबाट सन्चालन हुने राज्यकाे स्वतन्त्र संस्था हाे । न्यायपालिका प्रतिकाे जनआस्था अभिबृद्धिमा अदालत सदैव गम्भिर सचेत र संबेदनशील एवम् पुर्णरुपमा प्रतिबद्ध रहेकाेमा विश्वस्त हुन सबैमा अनुराेेध गर्दछाै । न्यायपालिकाकाे गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहिन र भ्रामक समाचार सच्चाउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउदछाै ।

  • सर्वाेच्च अदालतमा भिडियाे कन्फरेन्सिङ मार्फत बहस पैरबी

    जेष्ठ १०,काठमाण्डाै । सर्वाेच्च अदालतकाे मिति २०७८।०१।३१ गते बसेकाे पुर्ण बैठकले भिडियाे कन्फरेन्सिङ मार्फत बहस पैरबी गराउने भए अनुसार मिति २०७८।०२।०४ गते देखि सुरुवात गरिएकाे छ ।

    सर्वच्च अदालतकाे मिति २०७८।०२।०४ गते प्रेस विज्ञप्ती अनुसार न्यायपालिकाकाे चाैथाे पन्चवर्षिय रणनीतिक याेजनाकाे लक्ष्य १ रणनीतिक उद्धेश्य १.२ मुद्दा ब्यवस्थापन पद्धतिमा सुधार गर्नु अन्तर्गत अदालतहरुमा भिडियाे कन्फरेन्सिङबाट बहस सन्चालन गर्न सम्भाब्यता अध्ययन गरि लागु गर्ने भन्ने ब्यवस्था रहे अनुसार र सर्वच्च अदालतकाे पुर्ण बैठकले हाल विश्वब्यापी रुपमा फैलिरहेकाे काेरोना भाइरस काेभिड १९ र त्यसकाे नयाँ भेरियन्टकाे संक्रमण तिब्र रुपमा फैलिरहेकाे अवस्थामा स्वास्थ सुरक्षालाई ध्यानमा राखी यसकाे सुरुवात गरिएकाे छ ।

    आगामी दिनहरुमा थप ईजलासहरुमा पनि भिडियाे कन्फरेन्सिङबाट बहस सन्चालन गराउने उद्देश्य रहेकाे जानकारी गराउनु भयाे ।