• रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    माघ ८ आइतबार, काठमाण्डाै । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । शनिबार राती प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण तयार पार्नकालागि सरकार तत्पर रहेको बताउनुभयो । 

    मन्त्री पौडेलेका अनुसार रेमिट्यान्सकाे ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेकाे छैन । तर सरकार लिगल च्यानलबाट रेमिट्यान्स भित्राउनका लागि लिनुपर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न तयार रहेकाे बताउनुभयाे । उनले कार्यक्रममा रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गराउन नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने पनि बताउनुभयो । 

    साथै कार्यक्रममा गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा रहेकाे व्यवस्था अनुसार गर्न तयारि गरेकाे बताउनुभयाे । यसबाट सहज ढंगमा नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ बताउनुभयाे । साथै वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरूलाई विदेशी नागरिक सरह लिएको विषयप्रति ध्यानाकर्षण गराएको र त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रमका उपस्थित अन्य सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतका कुरामा जोड दिनु पर्ने सुझाव दिनुभएको थियो ।

  • मन्त्रिपरिषद् विस्तार अधिकांश नयाँ अनुहार

    मन्त्रिपरिषद् विस्तार अधिकांश नयाँ अनुहार

    माघ ३ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँ गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएकाे हाे । उनले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको थियाे । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद् अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित भएपनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गर्नुभएको छ । जसमा नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट सरकारमा सहभागिता रहेको छ । गत पुस ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रबी लामिछानेले जिम्मेवारी सम्हालिसक्नु भएको छ । आज उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हाल्नुभएको हाे ।

    आज नवगठित मन्त्रिपरिषद् मा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।यस्तै, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, डा विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । यस्तै, धुब्रबहादुर प्रधानले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दा सुशीला श्रीपालि ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र दिपबहादुर सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

  • विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइदै

    विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइदै

    माग २ साेमबार, काठमाण्डाै । पाेखरामा आइतबार भएकाे यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइने भएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार निधन भएकाहरू मध्ये विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ भने । पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । उहाँका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । 

    माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोताखोरको टोलीसहित विमानस्थलको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

  • सुकुम्बासीहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी

    सुकुम्बासीहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी

    पुष २३ शनिबार, काठमाण्डाै । तनहुँको म्याग्दे गाउँपालिकाका भूमिहीन सुकुम्बासी परिवाररू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी भएका छन् । गाउँपालिकाले हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको हाे । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको बताउनुभयो । उनका अनुसार निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए अनुसार म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुकुम्वासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेकाे थियाे । फारम भरेका सबैलाई निस्सा वितरण सकिएको पनि जानकारी दिनुभयो ।

  • भुटानी शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

    भुटानी शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

    पुष २३ शनिबार, काठमाण्डाै । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेकाे छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रतिनिधिमण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । फाउण्डेशनले यस विषयमा ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री लामिछानेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

    साे ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ । साथै पत्रमा “आफ्नै समुदायका व्यक्तिहरू अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचान सहित काम गरिरहेकालाई पनि पीडा दिएको छ । नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित यो फाउण्डेशन आफ्नै समुदायका व्यक्तिहरू अझै पनि नेपालको झापा र मोरङका शिविरमा अति कष्टकर शरणार्थी जीवन बिताउन बाध्य भएकोप्रति हामी माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ” ।

    पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन् । यस फाउन्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नामका दुईवटा ‘रियालिटी शो’ गरेर संसारभरका नेपाली भाषी प्रतिभालाई हालसम्मकै सर्वाधिक (रु एक करोड) राशिको पुरस्कार दिने घोषणा पनि गरेको छ ।

  • नेपाल टी–२० लिग क्रिकेट :  लुम्बिनी अल स्टार विजयी

    पुष २० बुधबार, काठमाण्डाै । नेपाल टी–२० लिग क्रिकेटमा लुम्बिनी अल स्टारद्वारा काठमाण्डाै नाईट्स पराजित भएकाे छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाण्डाैलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डाै १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो । काठमाण्डाैका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले  १६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए । बलिङतर्फ काठमाण्डाैका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए । 

    जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाण्डाैले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ । काठमाण्डाै अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

  • नेपाल राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन

    पुष २० बुधबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । प्रवक्ता गुणाकर भट्टका अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैङ्कलाई निजी क्षेत्रबाट चर्को दबाब थियो । राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अप्ठ्यारा छन् भनेर बैङ्क तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उहाँको भनाइ छ । यो मार्गदर्शन कार्यान्वयनमा आउनुभन्दा अघि कुनै ऋणीले साबिकको व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा अधिक कर्जा उपयोग गरिरहेको भएमा त्यस्तो ऋणलाई आवधिक कर्जाका रुपमा कायम गरेर समायोजन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यसरी समायोजनपछि कायम हुन आउने आवधिक कर्जालाई पाँच वटा किस्तामा भुक्तान गर्नुपर्ने र त्यसको समयावधि २०८० असारदेखि शुरु भएर २०८२ असार मसान्तसम्म रहनेछ । तोकिएको सीमाभन्दा बढीको कर्जालाई आवधिक कर्जा मानेर यो समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था संशोधित मार्गदर्शनमा राखिएको तर कुनै ऋणीले २०८२ असार अघि नै सबै ऋण भुक्तानी गर्न चाहेमा अग्रिम भुक्तानी शुल्क (प्रिपेमेन्ट चार्ज) नलिने पनि राष्ट्र बैंकले जनाएको छ ।

  • नेपाल टी–ट्वान्टी लिगमा : पोखरा एभेन्जर्स र जनकपुर रोयल्स विजयी

    पुष १६ शनिबार, काठमाण्डाै । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत शनिवार भएका खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सले बिजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो । पोखराका आसिफ शेखले ७७ र आरिफ शेखले २६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

    त्यसतै त्रिवि क्रिकेट मैदानमै भएको अर्काे खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित हासिल गरेको छ । खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदीप सिंह ऐरीले अविजित ३६ र गौराशुं शर्माले ३३ रनमा आउट भए ।त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रनमा अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९, सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ र खडक बोहोराले १२ रनको योगदान गरे ।

  • काम गर्न पदमा आएको हुँ शक्ति र पैसाका लागि हाेइन : उपप्रधानमन्त्री श्रेष्ठ

    पुष १६ शनिबार, काठमाण्डाै । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताउनुभयो । उहाँले आफूसँग अरू कुनै चल अचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताउनुभयो । “राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैङ्क खाता छ, अरू कुनै बैङ्क खातामा एक रुपैयाँ पनि छैन”, उहाँले भन्नुभयो, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।” आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । “तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनुभएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो”, उहाँले भन्नुभयो, “ऐन, नियम विपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनुभएन र त, म अहिले यहाँ छु ।”

    कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहनुभएका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताउनुभयो । उहाँले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो ।

  • काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित

    काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित

    पुष ९ शनिबार, काठमाण्डाै । नेपाल टी-२० लिगमा काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित भएकाे छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा काठमाण्डाै नाइट्स २६ रनले विजयी भएको छ । टस जितेर पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गरेको थियो । खेलमा काठमाण्डाै नाइट्स १९ ‌ओभरमा ५ विकेट गुमाइ १६२ रन बनाएकाे थियो । त्यसपछि पोखरा एभेन्जर्स सामु १६३ रनको लक्ष्य रहेकाेमा पोखराले ७ विकेटको क्षतिमा १३६ रनमात्रै बनाउन सफल भयाे । काठमाण्डाैका अज्मातुल्लाह ओमरजाइ प्लेयर अफ डि म्याच भए । उनले काठमाण्डाैका लागि अविजित रही ८५ रन बनाएका थिए ।

  • नयाँ सरकार देउवाकै नेतृत्वमा गठन गर्न कांग्रेसका सांसदहरुकाे माग

    नयाँ सरकार देउवाकै नेतृत्वमा गठन गर्न कांग्रेसका सांसदहरुकाे माग

    पुष ९ शनिबार, काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसका सांसदहरुले माग गर्नुभएको छ । सांसद चन्दा चौधरीले जानकारि दिए अनुसार सांसदहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको बताउनुभयाे । प्रतिनिधिसभामा कांग्रेस ८९ सिट सहित ठूलो दलका रूपमा रहेको छ । प्रधानमन्त्री देउवाले पनि जवाफमा सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिने र त्यसबारे जानकारी गराउने बताउनुभयो । त्यसतै राष्ट्रपति विद्यादेवी भण्डारीले पुष १० गते आईतबार सम्म नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न समय दिनुभएकाे छ ।

  • समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा- निर्वाचन आयोग

    समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा- निर्वाचन आयोग

    मसिंर २६ साेमबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको बताउनुभयाे । उनका अनुसार आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूचीकाे सम्बन्धमा अध्ययन भइरहेको र सूची सच्याउने समय सोमबार दिउँसो चार बजेसम्म रहेकाे बताउनुभयाे । सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएपछि समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन्। साथै प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपासँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

  • इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले गरि आत्मदाह

    मसिंर २० मंगलबार, काठमाण्डाै । काठमाण्डाैकाे धुम्वाराहिमा इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले आत्मदाह गरेकिछिन। तर महिलाका परिबार पक्षले उक्त घटना आत्मदाह नभइ हत्या भएकाे बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृतक महिला दरबारमार्ग स्थित केल्मी ब्राण्डका शोरुममा कार्यरत २६ वर्षकी पुष्पा न्यौपाने हुन । उनि गत आइतबार साँझ ५ बजे धुम्बाराहीमा ८० प्रतिशत जलेको अवस्थामा प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो । प्रहरी बृत महाराजगञ्जबाट खटिएको टोलीले आत्महत्या गर्न दुरुत्साहन दिने २९ वर्षीय सुधन संग्रौला प्रक्राउ गरेकाे छ । संग्रौलालाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएकाेछ ।

    घटनामा संग्लन भएको आरोपमा पीडितका परिवारले प्रहरी बृत महाराजगञ्जमा सुधनका बुबा-आमा दिनेश र बिन्दु संग्रौला, दाजु मधु संग्रौला र सुधन संगौला विरुद्ध ज्यानसम्बन्धी कसुरको आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरि दोषी माथि कडा कारबाहीको माग गरिएको छ। प्रहरीले घटनास्थलबाट ५ लिटरको खाली ग्यालेन बरामद गरेको छ । थप अनुसन्धान कार्य जारि रहेकाे बताएका छन् ।

  • समलिंगी विवाह मान्यताकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्चमा रिट

    समलिंगी विवाह मान्यताकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्चमा रिट

    मसिंर २० मंगलबार, काठमाण्डाै । समलिंगी विवाहलाई मान्यता दिलाउनकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकाे छ । उक्त रिट निवेदन लक्ष्मी घलान, मितिनी नेपाल, महिला कानुन र विकास मञ्च लगायतले संयुक्त रूपमा सोमबार दायर गरेका हुन् । रिट निवेदक मध्येका अधिवक्ता दिपेश श्रेष्ठका अनुसार कानुनले समलिंगी र लैंगिक तथा यौनिक अल्पसंख्यक बीचको विवाहलाई मान्यता दिएको छैन, तिनको खारेजी र नयाँ कानुनी व्यवस्थाका लागि रिट दायर गरेकाे बताए । उनका अनुसार मुलुकी देवानी संहिता, २०७४ को विवाह सम्बन्धी व्यवस्थाले पुरूष र महिलाबीच मात्र विवाह हुन सक्ने भनेकाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित रहेका छन् ।

    त्यस्तै अर्का रिट निवेदक लक्ष्मी घलानले आफू २५ वर्षयता सँगै बस्दै आएकी मीरा ब्रजाचार्यसँग विवाह गर्न कानुनी अवरोध हुँदा निकै अप्ठ्यारो भोग्नुपरेको अनुभव रिटमा उल्लेख गरेकी छन् । उनले रिटमा कोसँग जीवन बिताउने र कोसँग विवाह गर्ने भन्ने व्यक्तिको नितान्त आफ्नो छनौटको विषय भएको उल्लेख गरेकी छन्। साथै कानुनकाे अभावका कारण समाज र परिवारबाटै निरन्तर बहिष्करण र विभेद भोग्दै आएको उल्लेख गरेकाे बताए । उनले कानुनले सुनिश्चित गरेका अधिकार समेत उपभोग गर्नबाट उनीहरू वञ्चित रहेकाे र सदैव असुरक्षित महसुस गराएकाे बताए ।

  • ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा

    ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा

    मसिंर २० मंगलबार, काठमाण्डाै । कतारमा जारि विश्वकप फुटबल २०२२ मा ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रि-क्वाटर फाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलकाे अन्तरले पराजित गरेको थियाे । खेलको ७औँ मिनेटमा ब्राजिलका लागि भिनी जुनियरले पहिलाे गोल गरेकाे थियाे । त्यसपछि खेलको १३औँ मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गरेकाे थियाे । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेकाे थियाे र ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लिएकाे थियाे । खेलको ७६औँ मिनेटमा दक्षिण कोरियाका लागि पाइक सेउङले एक गाेल गरे । अब क्वाटर फाइनलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ ।

  • समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न -निर्वाचन आयोग

    समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न -निर्वाचन आयोग

    मसिंर २० मंगलबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीका अनुसार १ करोड ५ लाख ६० हजार भन्दा बढी मतगणना भएको बताउनुभयाे । उनका अनुसार कूल मतदाता एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकोमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेको बताउनुभयो ।

    मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा (एमाले) २८ लाख ५४ हजार ६४१ मत ल्याइ अग्र स्थानमा रहेको छ भने नेपाली कांग्रेस २७ लाख १५ हजार २२५ मत प्राप्त गरि दोस्रो स्थानमा रहेको छ । त्यसै गरि नेकपा (माओवादी केन्द्र) ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा) ले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार ३६७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ मत पाएका छन् ।

    त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।

  • नेपालमा बाली उत्पादनको लागि उपयुक्त माटो ४०–४५ प्रतिशत मात्र

    नेपालमा बाली उत्पादनको लागि उपयुक्त माटो ४०–४५ प्रतिशत मात्र

    मसिंर १६ शुक्रबार, काठमाण्डाै । नेपालको खेतीयोग्य जमिनको ४० देखि ४५ प्रतिशत माटो मात्र बाली उत्पादनको लागि उपयुक्त रहेको छ । डिजिटल सोइल म्यापको पछिल्लो तथ्याङ्क अनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको रहेकाे पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।

    कृषि विभागका महानिर्देशक डा रेवतीरमण पौडेलका अनुसार नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको बताउनुभयाे । उनका अनुसार खेती गरिने जमिनमा फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ । पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको पनि उहाँले बताउनुभयो । साथै गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रने बताउनु भयाे ।

    स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्बराशक्तिको दीगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ ।यसै सन्दर्भमा नेपालमा पनि १९ मसिंरमा ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउन लागिएको छ । हाल नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्बराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ । यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा विभिन्न कार्यक्रम तय गरिएको छ ।

  • फ्रान्सद्वारा डेनमार्क पराजित

    फ्रान्सद्वारा डेनमार्क पराजित

    मसिंर ११ आईतबार, काठमाण्डाै । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा फ्रान्सद्वारा डेनमार्क पराजित भएको छ । कतारकाे दोहा स्थित ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ काे गोल अन्तरले पराजित गरेको थियाे । फ्रान्स जीतसँगै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

    फ्रान्सका खेलाडी किलियन एमबाप्पेले फ्रान्सकाे लागि दुई गोल गरेका थिए । खेलको पहिलाे हाफ सम्म कुनै पनि गाेल हुन सकेन । खेलकाे दोस्रो हाफको ६१औं मिनेटमा फ्रान्सका एमबाप्पेले पहिलाे गोल गर्दै सुरुआती अग्रता दिलाएकाे थियाे । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ भने यसै समूहमा रहेका अष्ट्रेलिया ३ तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक रहेकाेछ ।

  • समानुपातिक तर्फ ८० प्रतिशत मतगणना

    समानुपातिक तर्फ ८० प्रतिशत मतगणना

    मसिंर ११ आईतबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना भएकाे र २४ लाख मत गणना हुन बाँकी छ ।

    सोमबार सम्ममा गणना भइरहेकाे छ वटा निर्वाचन क्षेत्रको गणना सम्पन्न हुने आकलन गरिएको छ । मङ्सिर १० गते बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएकाेले गणना हुन बाँकी रहेकाेछ । दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदान स्थलमा पुनः मतदान गराउने कि मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।

  • रिचार्लिसनकाे उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी

    रिचार्लिसनकाे उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी

    मसिंर ९ शुक्रबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जी मा रहेको ब्राजिलका रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी अभियान सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलकाे अन्तरले पराजित गर्यो । रिचार्लिसनले ब्राजिलका लागि दुवै गोल गरेका थिए ।  

    पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेन । दोस्रो हाफमा खेलको ६३औँ मिनेटमा र ७३औँ मिनेटमा ब्राजिलका रिचार्लिसनले एक/एक गोल गर्दै ब्राजिललाई जित दिलाए । समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ । 

  • ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    मसिंर ९ शुक्रबार, काठमाण्डाै । मंसिर ४ गते भएकाे प्रतिनिधिसभा निर्वाचनकाे १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले जनाए अनुसार मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको छ । आयाेगबाट प्राप्त नतिजा अनुसार नेपाली काँग्रेस ४० , नेकपा एमाले २८, माओवादी केन्द्र १२, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, जनता समाजवादी पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २, नागरिक उन्मुक्ति २ र अन्यले ८ स्थानमा स्थानमा विजयी भएका छन् ।

    नेपाली कांग्रेस

    १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल ७. रसुवा– मोहन आचार्य ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ११. काठमाडौं १० – राजेन्द्र कुमार केसी १२. पर्सा ४ – रमेशकुमार रिजाल
    १३. सुर्खेत २ – हृदयराम थानी १४. ओखलढुंगा– रामहरि खतिवडा १५. झापा १– विश्वप्रकाश शर्मा १६. पर्सा १– अजयकुमार चौरसिया १७. गोरखा १– राजेन्द्र बजगाई १८. म्याग्दी– खमबहादुर गर्बुजा १९. अछाम २ – पुष्पबहादुर शाह २०. कैलाली ४ – बीरबहादुर बलायर २१. दार्चुला – दिलेन्द्र प्रसाद बडू २२. कञ्चनपुर ३ – रमेश लेखक २३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री २४. दैलेख २- दिक्पाल कुमार शाही
    २५. कञ्चनपुर २ – एनपी साउद २६. सिन्धुली १– श्यामकुमार घिमिरे २७. तनहुँ १ – रामचन्द्र पौडेल २८. बाँके ३– किशोरसिंह राठोर २९. नवलपरासी पूर्व १–शशांक कोइराला ३०. रौतहट ४ – देवप्रसाद तिमलसेना ३१. धादिङ २– रामनाथ अधिकारी ३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की ३३. दाङ ३ – दीपक गिरी ३४. नवलपरासी पश्चिम १– विनोद चौधरी ३५. बर्दिया १ – संजय गौतम ३६. सुर्खेत १ – पूर्णबहादुर खड्का ३७. सप्तरी ३ – दिनेशकुमार यादव ३८. मोरङ ६ – डा. शेखर कोइराला ३९. धनुषा २ – रामकृष्ण यादव ४०. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

    नेकपा एमाले

    १. उदयपुर २ – अम्बरबहादुर रायमाझी २.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ ३.ललितपुर २– प्रेमबहादुर महर्जन ४. गुल्मी २ – गोकर्ण विष्ट ५‍‍ .झापा २– देवराज घिमिरे ६. झापा ५– केपी शर्मा ओली ७. ताप्लेजुङ– योगेश भट्टराई ८. पर्सा ३ – राजकुमार गुप्ता ९. अर्घाखाँची– टोपबहादुर रायमाझी
    १०. प्युठान– सूर्य थापा ११. मकवानपुर २–महेशकुमार बर्तौला १२. कास्की २– विद्या भट्टराई १३. पर्वत – पदम गिरी १४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ १५. रुपन्देही ५ – बासुदेव घिमिरे १६. झापा ४–लालप्रसाद (एलपी)साँवा लिम्बु १७. सोलुखुम्बु–मानवीर राई १८. धनकुटा १–राजेन्द्रकुमार राई
    १९. सिरहा १ – रामशंकर यादव २०. कपिलवस्तु १–बलराम अधिकारी २१. बाँके १ – सूर्यप्रसाद ढकाल २२. कञ्चनपुर १ – तारा लामा तामाङ २३. बैतडी – दामोदर भण्डारी २४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ २५. सर्लाही ३ – हरिप्रसाद उप्रेती २६. कास्की ३ – दामोदर पौडेल वैरागी २७. बारा १ – अच्युतप्रसाद मैनाली २८. बारा ३ – ज्वालाकुमारी साह

    नेकपा (माओवादी केन्द्र)

    १. सिन्धुली २- लेखनाथ दाहाल २. सिन्धुपाल्चोक १ – माधव सापकोटा ३. बाग्लुङ २ – देवेन्द्र पौडेल ४. रोल्पा – वर्षमान पुन ५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर ६. जाजरकोट – शक्तिबहादुर बस्नेत ७. गोरखा २ – पुष्पकमल दाहाल ८. दाङ २ – रेखा शर्मा ९. खोटाङ– रामकुमार राई १०. भोजपुर १ – सुदन किराँती ११. मोरङ ४ – अमनलाल मोदी १२. रुकुम पश्चिम – जनार्दन शर्मा

    नेकपा एकीकृत समाजवादी

    १. अछाम १ – शेरबहादुर कुँवर २ . बारा ४– कृष्णकुमार श्रेष्ठ ३. दैलेख १ – अमरबहादुर थापा ४. सल्यान – प्रकाश ज्वाला ५. डोटी– प्रेमबहादुर आले ६. बझाङ– भानुभक्त जोशी ७.रौतहट १– माधवकुमार नेपाल ८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे ९. दाङ १ – मेटमणि चौधरी १०. डोल्पा – धनबहादुर बुढा

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. काठमाडौं ७ – गणेश पराजुली २. काठमाडौं ८– विराजभक्त श्रेष्ठ ३. काठमाडौं २– सोबिता गौतम ४. काठमाडौं ६ – शिशिर खनाल ५. ललितपुर ३ – तोसिमा कार्की ६. चितवन २ – रवि लामिछाने ७. चितवन १ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १. बाँके २ – धवलसमशेर जबरा २. जुम्ला – ज्ञानबहादुर शाही ३. मकवानपुर १ – दीपकबहादुर सिंह ४. झापा ३ – राजेन्द्र लिङ्देन

    जनता समाजवादी पार्टी

    १. पर्सा १ – प्रदीप यादव २. सप्तरी १ – नवलकिशोर साह सुडी

    लोकतान्त्रिक समाजवादी पार्टी

    १. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला २. सर्लाही १ – रामप्रसाद चौधरी

    नागरिक उन्मुक्ति पार्टी
    १. कैलाली ३ – गंगाराम चौधरी २. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

    जनमत पार्टी-
    १. सप्तरी २- सिके राउत

    राष्ट्रिय जनमोर्चा-
    बाग्लुङ १ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी

    भक्तपुर १– प्रेम सुवाल

    स्वतन्त्र-
    १. बर्दिया २– लालवीर चौधरी २. मोरङ ५ – योगेन्द्र मण्डल ३. रौतहट २ – किरणकुमार साह ४. रौतहट ३ – प्रभु साह ५. सर्लाही ४ – अमरेशकुमार सिंह

  • २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    मसिंर ७ बुधबार, काठमाण्डाै । मंसिर ४ गते भएकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकाे प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।

    बिजयी हुनेमा कांग्रेसतर्फ डडेल्धुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौं १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदयशमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौं ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगनकुमार थापा विजयी हुनुभएको छ । त्यस्तै एमालेतर्फ काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा-२ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी हुनुभएको छ ।

  • साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

    साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

    मसिंर ६ मंगलबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा भएको उक्त खेलमा विश्वकप उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएकाे थियाे । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएकाे थियाे । खेल पहिलो हाफमा १–०मा टुंगिएकाे थियाे ।

    खेलकाे दोस्रो हाफमा साउदीले अर्जेन्टिना बिरुद्ध दुई गोल गरेकाे थियाे । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । खेलको ४९औँ मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ५४औँ मिनेटमा साउदीका अर्का खेलाडि सालेम अल दसारी गोल गर्दै खेलमा २-१ गोलको अग्रता बनाएकाे थियाे । त्यसपछि कुनै खेलमा कुनै गाेल हुन सकेन । जितसँगै साउदीले तीन अङ्क जोडको छ ।

  • कतार विश्वकप उदघाटन खेलमा इक्वेइडरसँग पराजित

    कतार विश्वकप उदघाटन खेलमा इक्वेइडरसँग पराजित

    मसिंर ५ साेमबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप २०२२ को उदघाटन खेलमा आयाेजक राष्ट् कतार इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार कतारकाे अल ब्याट स्टेडियममा सम्पन्न उदघाटन खेलमा इक्वेडरले खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गरि अग्रता बनाएको थियो । कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि इकवेडरले पेनाल्टि पाएको थियाे । इकवेडरका कप्तान इनर भ्यालेन्सियाले पाएकाे पेनाल्टि सदुपयाेग गरि गोल गरेका थिए । इक्वेडरका अर्का खेलाडी भ्यालेन्सियाले खेलको ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए । इक्वेडर जित सँगै समूह एमा तीन अंक जोड्दै शिर्षस्थानमा रहेको छ । कतार भने विश्वकपको उद्घाटन खेल हार्ने पहिलो टिम बनेको छ ।

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

    मसिंर ४ आईतबार, काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि प्रारम्भ भएको हो । याे अपराह्न ५ बजेसम्म हुनेछ । मतदानमा सहजताका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवती लगायतलाई प्राथमिकता साथ मतदान दिन लगाउने व्यवस्था गरिएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या समेत उल्लेख्य रुपमा देखिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुपछ । निर्वाचनमा मताधिकार प्राप्त मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेकाे छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

  • एकदिवसीय सिरिज उपाधि नेपालले जित्याे

    एकदिवसीय सिरिज उपाधि नेपालले जित्याे

    मंसिर २ शुक्रबार, काठमाण्डाै । नेपालले युएईलाई पराजित गर्दै एकदिवसीय सिरिज उपाधि जितेकाे छ । नेपाल र युएई बिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियाे । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । शुक्रबार भएकाे तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको छ । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको तर्फबाट आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले एक १९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन । अर्का खेलाडी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्का सहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २र२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १र१ विकेट लिएका थिए । युएईका हजरत बिलाल र आयन अफजल खानले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो ।

  • टेलिभिजनमा विश्वकप हेर्न छुट्टै शुल्क तिर्नुपर्ने

    टेलिभिजनमा विश्वकप हेर्न छुट्टै शुल्क तिर्नुपर्ने

    कार्तिक ३० बुधबार, काठमाण्डाै । नेपाली दर्शकले टेलिभिजनमा विश्वकप हेर्न पनि शुल्क तिर्नुपर्ने भएकाे छ । मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि पाँच सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्धमा अधिवक्ता किशोर पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा राष्ट्रिय प्रसारण नियमावलीमा सरकारले बाहेक रकम तोक्न नपाउने व्यवस्था विपरीत मिडिया हबले गरेको निर्णय रोक लगाउन आदेशको माग गरिएको थियो । केबल टेलिभिजन लिएबापत तिर्नुपर्ने सेवा शुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकामा निजी कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा थियो । कात्तिक २२ गते सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकपका नाममा विज्ञापन बापत प्रतिग्राहक पाँच सय रुपैयाँ उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

    तर कार्तिक ३० गते न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त रिटमा सुनुवाई गर्दै विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । नेपालमा विगत लामो समय देखि विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजनमा विभिन्न च्यानलले प्रत्यक्ष प्रसारण गर्दै आएका थिए । यस भन्दा अघिका विश्वकप संस्करणहरू सजिलै हेर्न मिल्ने व्यवस्था रहेकोमा यस पटक छुट्टै शुल्क तोकिएको छ ।

  • सुरक्षाकाे लागि गृह मन्त्रालयलाई ११ बुँदे निर्देशन

    कार्तिक ३० बुधबार, काठमाण्डाै । मङ्सिर ४ गते हुने निर्वाचनकाे सुरक्षाका लागि उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले गृह मन्त्रालयलाई ११ बुँदे निर्देशन दिएको छ । कात्तिक ३० गते निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न, गराउन निम्न निर्देशन दिने निर्णय गरेको हाे । गृह मन्त्रालयलाई दिएको ११ बुँदे निर्देशन यस प्रकार छन् –

    १‍‍. यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन बिथोल्ने वा बहिस्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू नगर्न, नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने ।

    २. निर्वाचनमा आचारसंहिता उल्लङ्घनका गतिविधि, निर्वाचन प्रचारप्रसार निषेध अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि, हातहतियार निषेधजस्ता कार्यहरूको निगरानी गरी पूर्ण रूपमा नियन्त्रणका लागि सम्बद्ध सबै पक्षहरू सक्रिय रूपमा परिचालित हुने ।

    ३. निर्वाचनको मितिभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने ।

    ४. मतदानको दिनको ४८ घण्टा अगाडी देखि प्रचारप्रसार गर्न निषेध गरिएकोले उक्त अवधिमा सुरक्षा निकायले निगरानी बढाई प्रचारप्रसार लगायतका निर्वाचन कानून प्रतिकूल हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरू पूर्ण रूपमा नियन्त्रण गर्ने ।

    ५. निर्वाचन आयोगबाट जारी गरिएको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ को पूर्ण पालना गरी, गराई मतदानका दिन सवारीको व्यवस्थित आवागमनको प्रबन्ध गर्ने ।

    ६. निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा ३० मिनेट भित्र पुग्न सक्ने गरी पर्याप्त रिजर्भ फोर्सको व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन गर्ने ।

    ७. निर्वाचनलाई शान्तिपूर्ण रूपमा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न क्षेत्रगत संवेदनशीलता समेतलाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाउने । उक्त घुम्ती टोलीले निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन (कसुर तथा सजाय), ऐन, २०७३ बमोजिम निषेध गरेका विषयमा सघन अनुगमन र कारबाही गर्ने र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकार समेत प्रयोग गर्ने । यसरी घुम्ती टोली परिचालन गर्दा महानगरपालिका, उपमहानगरपालिका, जिल्ला सदरमुकाम रहेका पालिका र काठमाडौँ उपत्यका बाहेकका अति संवेदनशील र संवेदनशील निर्वाचन क्षेत्रहरूमा आवश्यकता हेरी परिचालन गर्ने ।

    ८. निर्वाचन सम्पन्न भएपश्चात् मतपत्र सहितको मतपेटिका ढुवानी सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने ।

    ९. निर्वाचन (मतदान) का दिन सबै आम मतदाताहरूले निर्बाध रूपमा मतदान गरी आफ्नो मताधिकार सुनिश्चित हुने वातावरण तय गर्ने व्यवस्था मिलाउने ।

    १०. आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) मा प्राप्त भएका निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी गतिविधिहरूको अध्ययन गरी आवश्यकता अनुसार नियन्त्रण र व्यवस्थापनका लागि सम्बद्ध सबै पक्षहरूले उपयुक्त कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने ।

    ११. मतगणना कार्यलाई निर्बाध रूपमा सञ्चालन गर्न मतगणना स्थलको पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने तथा सम्बद्ध निकायले सो को योजनाबद्ध तयारी र व्यवस्थापन गर्ने, गराउने ।

  • वैदेशिक रोजगार श्रमिकलाई श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

    वैदेशिक रोजगार श्रमिकलाई श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

    कार्तिक २९ मंगलबार, काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकबाट श्रम स्वीकृति नवीकरण गर्न वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई आग्रह गरेको छ । श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै नवीकरण गर्न आग्रह गरेको हो । जुनसुकै मुलुकमा भए पनि वैदेशिक रोजगार विभागको वेभसाइटबाट श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । साथै आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेको ब्यहोरा विभागको उक्त वेबसाइटमा गई हेर्न पनि सकिन्छ । म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गर्नुपर्छ । मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालका अनुसार वैदेशिक रोजगार कल्याणकारी कोष र बिमा बापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा रकम पठाउन सकिने व्यवस्था मिलाइएको बताउनुभयो । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी श्रमिकले आफू कार्यरत मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था गरेको थियो । एकपटक श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनःविदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनै पर्ने व्यवस्था पनि रहेकाेछ ।

  • एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे नेपाली टिम घोषणा

    एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे नेपाली टिम घोषणा

    कार्तिक २६ शनिबार, काठमाण्डाै । नोभेम्बर १४ देखि काठमाडौंमा हुने युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली टिम घोषणा भएकाे छ । शुक्रबार राति नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा ज्ञानेन्द्र मल्लसहित १६ सदस्सीय टोलीको घोषणा गरेको हो । टाेलीमा रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंहे ऐरी, आसिफ शेख, भिम सार्की,कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद, गुलसन झा रहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय खेल कात्तिक २८ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय कात्तिक ३० र अन्तिम तथा तेस्रो एकदिवसीय मंसिर २ गते हुनेछ ।

  • संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि गठबन्धन- मन्त्री कार्की

    संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि गठबन्धन- मन्त्री कार्की

    कार्तिक २६ शनिबार, काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि बनेको बताउनु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका ५ वसन्तपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले संविधानको रक्षा, सबै जाति, वर्ग, क्षेत्र र समुदायको हक अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री कार्कीले बिचार र अभिव्यक्ति स्वतन्त्रता तथा मुलुकको समृद्धिका लागि वर्तमान सत्ता गठबन्धनको सहकार्य दिगो बन्ने बताउनुभयो । 

  • मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम सुरु

    मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम सुरु

    कार्तिक २६ शनिबार, काठमाण्डाै । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनका लागी मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि मतदान सञ्चालन सम्बन्धी तालिम सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ । जिल्लाकाे तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको हाे । जिल्लामा खटिने सात सय २८ र अरू थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिनु लागेकाे हाे । प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहोर्‍याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराइने छ । साथै मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । मकवानपुरकाे क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् ।

  • नेपाल वायुसेवा निगम पनि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

    नेपाल वायुसेवा निगम पनि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

    कार्तिक २६ शनिबार, काठमाण्डाै । नेपाल वायुसेवा निगमले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार डिसेम्बरको अन्तिम सम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको बताउनुभयाे । हाल निगमका वाणिज्य निर्देशक जनकराज काला खेतीको संयोजकत्वमा समिति गठन भइ उडान सञ्चालनबारे अध्ययन सुरु गरिसकेकाे छ । नेपाल वायुसेवा निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।

    गौतमबुद्ध विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले कात्तिक १७ देखि मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एयरलाइन्सले दैनिक एक चार्टर्ड उडान पनि गरिरहेको छ । २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको थियाे । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यहि २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो ।

  • निर्वाचन प्रचारमा फजुल खर्च कम गराै- प्रमुख निर्वाचन आयुक्त थपलिया

    निर्वाचन प्रचारमा फजुल खर्च कम गराै- प्रमुख निर्वाचन आयुक्त थपलिया

    कार्तिक २५ शुक्रबार, काठमाण्डाै । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हुने फजुल खर्च कम गर्न आग्रह गर्नुभएकाे छ । नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उहाँले फजुल खर्चले वित्तीय अनुशासन उल्लङ्घनका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने हुन्छ त्यसैले कम खर्चमा मतदाता समक्ष जान दल र उम्मेदवारहरूलाई प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभएको छ । उहाले सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेका बताउनुभयो । त्यसैले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनु पूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढङ्गले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिता बमोजिम नपाइने भएकाले त्यसबाट सजग रहन समेत आग्रह गर्दै मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यता अनुरूप तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गर्नुभयो ।

  • यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी

    यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी

    कार्तिक २५ शुक्रबार, काठमाण्डाै । बङ्गलादेशकाे ढाकामा भएकाे यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी भइ उपाधी हात पारेकाे छ । शुक्रबार ढाकामा भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशलाई १–१ गोलको बराबरीमा राेक्दै नेपालले उपाधी जितेकाे हो । सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछी खेलको ५४ औँ मिनेटमा बङ्गलादेशकाे रुमा अख्तरले गोल गर्दै बङ्गलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन् । तर बङ्गलादेशले खेलको ८९ औँ मिनेटमा श्रीमोती तृष्णा रानीको क्रसलाई पेनाल्टी बक्समा विपना स्नेहीले ह्यान्ड गरेपछि पेनाल्टी पाएको थियो । नेपालकाे गोलकिपर सुजता तामाङले उत्कृष्ट बचाउ गरि बङ्गलादेशकी बीबी रिताको पेनाल्टी बिफल गरिदिइन् । यसरि खेल बराबरीमा तुङ्गियाे । बराबरी सँगै नेपाल ४ खेलमा अपराजित रहँदै १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भयो । बङ्गलादेश ४ खेलमा ७ अङ्कका साथ उपविजेता भए । भने भुटान अङ्क विहीन रहयाे ।

  • चीनकाे ९० प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य बनाउने नीति हाम्रा लागि अवसर- उपराष्ट्रपति पुन

    चीनकाे ९० प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य बनाउने नीति हाम्रा लागि अवसर- उपराष्ट्रपति पुन

    कार्तिक २४ बिहिबार, काठमाण्डाै । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनकाे ९० प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य बनाउने नीति हाम्रा लागि राम्राे अवसर रहेकाे बताउनुभयाे । नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने बताउनुभएकाे छ । उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी रहने पनि बताउनुभयो । यसै महिना देखि लागू हुने गरी नेपाल सहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य बनाउने चीनले नीति ल्याएकाे छ, जुन हाम्रा लागि राम्रो अवसर रहेकाे यसको नेपालले सदुपयोग गर्नुपर्ने पनि बताउनुभयो । उनका अनुसार हामीले हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्नु पर्छ । त्यसका लागि गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीति मार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट निर्यात व्यापार वृद्धि गर्न सकिन्छ । नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग रहेकाे छ, त्यसैले चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठूलो अवसर पनि हो उनले बताउनु भयाे ।

  • सर्वोच्चको पूर्ण बैठकले ५० प्रतिशत कैद भुक्तान भएका थुनुवा मुद्दामा छुट्टै सुनुवाइ गर्ने निर्णय

    सर्वोच्चको पूर्ण बैठकले ५० प्रतिशत कैद भुक्तान भएका थुनुवा मुद्दामा छुट्टै सुनुवाइ गर्ने निर्णय

    कार्तिक २३ बुधबार, काठमाण्डाै । सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दामध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दा पहिचान गरी त्यस्ता मुद्दालाई निश्चित दिन छुट्टै पेसी चढाई सुनुवाइ गर्ने भएको छ । अदालतले त्यस्ता मुद्दाको समूह स्थगित नहुने गरी अभियानका मुद्दासरह पेसी व्यवस्थापन गरी सुनुवाइ गर्ने प्रबन्ध मिलाउने निर्णय सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको हो । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११३ बमोजिम गठित मुद्दा व्यवस्थापन समितिको सिफारिसबमोजिम यही कात्तिक १६ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले उक्त निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्च अदालतमा विचाराधीन रहेका प्रतिवेदनको सुनुवाइ हप्ताको एकदिन शुक्रबार मात्र हुने गरेको थियो । एक दिन १ः३० बजेसम्म मात्र सुनुवाइ गर्दा त्यस्ता प्रतिवेदनको अपेक्षितरूपमा फर्छ्योट हुन नसकी सङ्ख्या बढ्दै गएकाले प्रत्येक हप्ताको शुक्रबारका दिन प्रतिवेदनको सुनुवाइका लागि दुईवटा छुट्टै इजलास तोकी पूरा समय सुनुवाइ गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले तत्कालीन पुनरावेदन अदालत तथा उच्च अदालतमा न्यायाधीशको हैसियतले कार्यरत हुँदा मुद्दाको रोहमा प्रत्यार्थीलाई झिकाउने आदेश गरेको वा अन्तरिम आदेश जारी गरेको भए पनि सर्वोच्च अदालतमा सो मुद्दाको सुनुवाइ गर्नेसमेत निर्णय गरेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रत्यार्थी झिकाउने आदेश गर्दा स्पष्ट राय वा इन्साफमा फरक पर्नसक्ने प्रकृतिको तथ्यमा प्रवेश गरी आदेश गरिएको नभएमा सो आदेश गर्ने तथा अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशमा स्पष्ट राय व्यक्त नगरी आदेश जारी गर्ने न्यायाधीशले समेत त्यस्ता मुद्दाको सुनुवाइ गर्ने बैठकले निर्णय गरेको छ ।

  • नेपालबाट खग्रास चन्द्रग्रहण देखिने, १ घण्टा २३ मिनेट लाग्ने

    नेपालबाट खग्रास चन्द्रग्रहण देखिने, १ घण्टा २३ मिनेट लाग्ने

    कार्तिक २२ मंगलबार, काठमाण्डाै । आज नेपालबाट खग्रास चन्द्रग्रहण देखिने छ ,ग्रहण लाग्ने समयावदि १ घण्टा २३ मिनेट हुनेछ । आज कार्तिक शुक्ल पूर्णिमामा लाग्ने ग्रहण ग्रस्तोदित खग्रास चन्द्रग्रहण हाे । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हाे । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा पनि उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

    आज हुने चन्द्र ग्रहण उत्तरी-पूर्वी यूरोप, एशिया, अस्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाको अधिकांश भागबाट देखिनेछ।

  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

    कार्तिक १७ बिहिबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाण्डाैमा परेको मुद्दाकाे आज पनि थुनछेक बहस नभ्याइसकेकाेले हेर्दा हेर्दैमा राखिएको छ । कात्तिक १४ गते क्रिकेटर लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । आज क्रिकेटर लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली र अधिवक्ता मुरारी सापकोटा, रोशनी घिमिरेले समेतले थुनछेक बहस गरेका थिए । उनकाे पक्षबाट कानुन व्यवसायीहरुले पीडित किशोरी नाबालिक नभएको प्रमाण अदालतमा पेस गरेकाे र उनी विरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर लिएका छन् । थुनछेक बहस बुधबार देखि सुरु भए पनि पिडीत र क्रिकेटर लामिछानेकाे पक्षबाट बाेल्ने कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको हाे ।

  • न्युराेडबाट हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

    कार्तिक १६ बुधबार, काठमाण्डाै । काठमाण्डाैकाे न्युराेडबाट हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान मृत फेला परेको व्यक्तिको हत्या गरेको आरोपमा एक जनालाई आज बुधबार प्रहरीले पक्राउ गरेको हाे । प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने नखुलाएको बताएका छन् । साथै मृतककाे पनि हाल सम्म पहिचान नखुलेकाे तर मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति रहेकाे बताएका छन् । प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेको पनि बताएका छन् ।