• शहीद कृष्ण सेन इच्छुकको १८औँ स्मृति दिवस

    १३ जेठ,कास्की। आज पोखरामा पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन (इच्छुक)लाई स्मरण गरि पे्रस सङ्गठन नेपाल कास्कीले इच्छुकको १८औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी शहीद इच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले जहिले पनि जनपक्षीय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले शहीद इच्छुकले जनपक्षीय पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सञ्चारकर्मीले उहाँको आदर्श र व्यक्तित्वको जहिले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिर्वतन भएर सङ्घीयता कार्यान्वयनको अहिलेको अवस्थामा समेत जनपक्षीय पत्रकारिताको खाँचो रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शहीदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलीपविक्रम शाही, सङ्गठनका जिल्ला संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ लगायतले सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । इच्छुक स्मृति दिवसमा प्रेस सङ्गठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेष स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिनुभयो । सो पुरस्कारका लागि आज प्रतिभा छनोट समिति गठन गरिएको छ । समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल तथा सङ्गठनका संयोजक र सहसंयोजक सदस्य रहनुभएको छ । विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई नियन्त्रणमा लिएर चरम यातनापछि महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या गरेको थियो ।

  • निर्माण सामग्री र ढुवानीमा कृत्रिम अभाव गरी अत्यधिक मूल्यवृद्धि

    १३ जेठ,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्री र ढुवानीमा मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएका प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गर्नु भएको हो । बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा रु ८० देखि रु १२० र रड प्रति केजी रु १० देखि रु १५ सम्म मूल्यवृद्धि भएको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दीअघिको मुल्यभन्दा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासङ्घले जनाएको छ । विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासचिव दाहालले बताउनुभयो ।

    कोरोना सङ्क्रमणका कारण काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । सिङ्गो मुलुक र विश्व नै कोरोना सङ्क्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणमा थप लागत बढ्न गई सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासङ्घले गरेको छ । केही व्यक्तिले फाइदा उठाउन गरिएको मूल्यवृद्धिलाई तत्काल नरोके विषम परिस्थितिमा काम नभई ‘ओभरहेड’ खर्च मात्र बढ्ने महासङ्घले जनाएको छ । बन्दाबन्दीको समयमा अति आवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएकाले त्यसका लागि पुनः सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको महासङ्घले जनाएको छ ।

  • कोरोनापछिको आर्थिक अवस्था उकास्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने

    १३ जेठ, लुम्बिनी ।   कोरोना भाइरसका कारण देशमा परेकाे आर्थिक सङ्कटबाट पार पाउन र याहाँका पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको ‘कोर्भिड –१९ ले पारेको असर र त्यसपछिको उद्यम’ का विषयमा अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकाे, किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै प्राविधिक खेतीको बीमा जरुरी भएको , आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएकोछ भनी छलफलमा मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ, तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ , ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ ।

    मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले उन्नत बीउ र मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताउनुभयो । अनलाइनमार्फत जुम एपमा भएको छलफलमा कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने कृषि नै भएको तर्क गर्नुभयो । भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराउनुभयो ।

  • प्रदेश नं १ सरकारद्वारा रु १० करोडको कोष खडा गर्ने निर्णय

    विराटनगर, १३ चैत । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ । कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पुर्याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवदेन परेबमोजिम जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।

  • पोखरामा लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी

    पोखरा, १३ चैत । पोखरामा कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्ड भित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाए सँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भन्नुभयो । उहाँका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् । पोखरामा लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सवारी साधनलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उहाँले सडकमा पैदल निस्कने क्रम पनि दिनप्रतिदिन कम हुँदै गएको बताउनुभयो । लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उहाँको भनाइ छ । यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ । पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ ।

    प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उहाँले जानकारी दिनुभयो । “मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए”, उहाँले भन्नुभयो, “हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।” आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

  • चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गरे घरधनीलाई कारवाही गरिने

    चितवन, १३ चैत । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो । बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उहाँले भन्नुभयो, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो । बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो । कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिनुभयो । बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ । कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो ।

  • ओमसतिया गाउँपालिकाद्वारा मास्क, डेटोल, एन्टिसेप्टिक र साबुन वितरण

    भैरहवा,१३ चैत । रुपन्देहीमा ओमसतिया गाउँपालिकाले गाउँपालिका भरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताउनुभयो । विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भन्नुभयो । ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन्् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताउनुभयो । जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।

  • महोत्तरी जिल्लाका भारतीय सीमा नाका बन्द

    महोत्तरी, ९ चैत । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार महोत्तरी जिल्लाकाे भारतीय सीमानाका बन्द गरिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाकाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएकोछ । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको हाे। करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवा सहित तीन नगरपालिका एवं एकडारा र सम्सी सहित दुई गाउँपालिका समेत पाँच स्थानीय तह पर्दछन् । जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरण सहितको स्वास्थ टोली यस अघि नै सञ्चालनमा आइसकेका छन् ।

  • कोरोना व्यवस्थापन अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी

    राजविराज, ९ चैत । सप्तरीको चार स्थानमा कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र युनिक अस्पतालमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरिएकाे हाे । ती अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न तयारी गरिएको जनाइएको छ । राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवकाे अनुसार हनुमानगर रोडमा बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । प्रजिअ खनालको नेतृत्वमा भीमदल गणका प्रमुख गुप्तबहादुर कुँवर, राजविराज नगरपालिकाका प्रमुख यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रर्साइ, सशस्त्र प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपानेसहितको टोलीले ती अस्थायी अस्पतालका लागि छनोट गरिएका चारवटै अस्पतालको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा शनिबारदेखि बन्द गरी आवतजावतमा रोक लगेको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

  • बन्दीपुरमा केबुलकार निर्माण कार्य तीव्र गतिमा

    २३ फागुन, दमौली । तनहुँको बन्दीपुरमा केबुलकारको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा का अनुसार रु एक अर्ब ५६ करोडको लागतमा बनाइने भएकाे छ । निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ र परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम गरीरहेको छ । साथै आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउने लक्ष्य लिइएकाेछ । हाल केबुलकारको टावरको खाल्डा खन्ने, पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । केबुलकारको सामान तयार भइसकेकाे र सामान ल्याएर जोड्ने तयारी गरिएको छ । केबुलकार परियोजनाका लागि नेपाल एसबीआई बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ । केबुलकारको माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटल निर्माण गर्नका लागि काठमाण्डाै स्थित चन्द्र निर्माण सेवासँग २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता गरीएकाेछ । केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाण्डाै स्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रा‍‌लि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएकोछ।

    ठुल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एक घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ ।

  • “नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णयमा मराे कुनै संलग्नता छैन” सभापति शेरबहादुर देउवा

    फागुन १८ , काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको बताउनु भएकाे छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर सभापति देउवाले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको आरोप लगाउँदै दुःख व्यक्त गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोरखेलले केही दिनअघि श्वेतपत्र सार्वजनिक गर्दै यति होल्डिङ्सलाई दिइएको भनिएको जग्गासम्बन्धी निर्णयमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले देउवा जोडिएको उल्लेख छ । सभापति देउवाले सुरक्षण मुद्रण खरिद प्रक्रियामा ठूलो अनियमिताको आरोप लगाउँदै उहाँले तत्कालीन सञ्चारमन्त्रीको ‘अडियो टेप’का विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । विश्वका ५० भन्दाबढी मुलुकमा कोरानो भाइरस फैलिएको र विश्वस्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिमा रहेका जनाइसकेको अवस्थामा उच्च सतर्कता अपनाउन र तयारीको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्नुभयो ।

    समाजवादी पार्टीकी सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा कर बढाएर मूल्यवृद्धि गर्न खोजको बताउनुभयो । पेट्रोलियम पदार्थमा कर लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो । पूर्वाधार करले अप्रत्यक्षरुपमा मूल्यवृद्धि हुने जिकिर गर्दै उहाँले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसक्ने भएकाले सरकारले इन्धनमा थप कर लगाएको आरोप लगाउनुभयो । “पूर्वाधार कर सरकारले फिर्ता लिनुपर्छ”, “दोहोरो करको मारमा जनतालाई पार्नुहुँदैन ।” यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर रु १० पूर्वाधार कर लिने निर्णय गरेको थियो ।

  • अधिकृत युवराज पौडेल रु. १,००,०००।– घुस लिएकाे आरोपमा पक्राउ

    फाल्गुण ७, काठमाण्डाै । जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई रु. १,००,०००।– (एक लाख) घुस लिएकाे आराेपमा आज बुधबार पक्राउ गरेकाे छ । पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई पक्राउ गरेकाे हाे ।

    अधिकृत पौडेलले सूचना, संचार तथा प्रसारणमा बिनियोजन गरेको रकम मध्येवाट प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ (एक) पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत रु. २,५०,०००।– (दुई लाख पचास हजार) लिई कार्यक्रम भई रहेको अवस्थामा आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियत पूर्वक सेवाग्राही सँग रकमको बार्गेनिङ गरी घुस दिन बाध्य पारी आफ्नाे सवारी चालककाे माध्यमबाट लिन लगाएकाे थियाे ।निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

  • पेशागत प्रध्यापक सङ्गठनहरु द्बारा काठमाण्डाै विश्वविद्यालयका पदाधिकारीहरुकाे जाेडदार भर्त्सना

    मंसिर २५ काठमाण्डाै । आज मंसिर २५ गते विभिन्न पेशागत प्राध्यापक सङ्गठनहरु द्बारा काठमाण्डाै विश्वविद्यालयका पदाधिकारीहरुकाे जाेडदार भर्त्सना गरि संयुक्त प्रेस विज्ञप्ति जारि गरेकाे थियाे । काठमाण्डाै विश्वविद्यालय प्राध्यापक सङ्घले आफ्ना पेसागत र प्राज्ञिक सुधार सम्बन्धी मागहरु राखी विगत लामाे समयदेखि आन्दाेलन गर्दै आएकाे र उक्त्त आन्दाेलन विश्वविद्यालय पदाधिकारी र प्राध्यापकहरुका बीचकाे वार्ताका माध्यमबाट २०७६ भाद्र ३० गते लिखित संझाैतामा टुङ्गिएकाे थियाे । तर यसकाे कुनै वास्ता नगरि प्रध्यापक सङ्घले राखेकाे माग पुरा नगर्नु खेदजनक कुरा हाे भनि यसकाे विराेध गरेकाे थियाे ।

    काठमाण्डाै विश्वविद्यालयका पदाधिकारीहरुले प्रध्यापकलाई धम्क्याउने साथै प्रशासन समेत लगाएर तर्साउने र आतङ्कित गर्नेकार्य प्रति हामी अति संबेदनशील रहेकाे भनि पेशागत संगठनहरुले बताएका थिए । विश्वविद्यालय जस्ताे गरिमामय संस्थामा विकसित हुनुपर्ने प्राज्ञिक संस्कृतिकाे उपेक्षा प्राज्ञिक मूल्य र मान्यताकाे उल्लङ्घन तथा कक्षाकाेठामा सहभागी भएर शिक्षण सिकाई गर्ने प्रमुख सराेकारवाला प्रध्यापकहरुकाे मानमर्दन गर्ने काम कुनैपनि अर्थमा स्वीकार्य नहुने बताएका थिए ।

    अतः प्राध्यापक सङ्घका पेशागत र प्राज्ञिक उन्नयनका मागहरु तुरुन्त पूरा गर्न र विश्वविद्यालयमा साैहार्द्रपूर्ण वातावरण कायम गर्न काठमाण्डाै विश्वविद्यालयका पदाधिकारी समक्ष जाेडदार माग गरेकाे थियाे । अन्यथा यसबाट उत्पन्न हुने परिणाम प्रति हामी जिम्मेवार रहन नसक्ने कुरा समेत अवगत गराएका थिए । विभिन्न प्राध्यापक सङ्गठनहरु मा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन ‍‌‌‌‌‌, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र प्रजातान्त्रवादी प्राध्यापक सङघ ,नेपाल रहेका थिए जसले संयुक्त प्रेस विज्ञप्ति निकालेका थिए ।

  • नेपाल बार एशाेसियसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठलाई भाैतिक क्षतिकाे धम्की

    पाैष २ काठमाण्डाै । बाँके जिल्लाअदालतमा चलिरहेकाे नेपालगन्जकाे सहकारी विरुद्धकाे मुद्दामा प्रतिवादीका तर्फबाट बहस गरेकाे कारण नेपाल बार एशाेसियसनका केन्द्रिय बरिष्ठ सुनिल श्रेष्ठलाई भाैतिक क्षतिकाे धम्की दिएका छन् ।

    सहकारीकाे मुद्दामा प्रतिबादीकाे तर्फबाट बहस गर्दा पक्षकाे तर्फका ५० भन्दा बदी अज्ञात यक्तिहरुले ने बा ए का केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठकाे हुलाक कार्यलय नजिक रहेकाे ल फर्म मै पुगेर उक्त मुद्दामा बहस नगर्न चेतावनी दिनुका साथै प्रतिवादीकाे तर्फबाट बहस गरेमाज्यानै मार्ने चेतावनी पनी दिएका थिए । आएका व्यक्ति मध्यकाले हातपात समेत गर्न खाेजेका थिए तर उपाध्यक्ष श्रेष्ठ संयमित भएका कारण हातपात गर्न नसकेकाे तर आईन्दा बहस गरे भाैतिक कारबाही गर्ने सम्मकाे धम्की दिएकाे ने बा ए उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे । यसरी बुधबार भाैतिक कारबाहीकाे चेतावनी आएसँगै बाँकेका कानून व्यवसायीहरुले असुरक्षित महशुस गरेकाे नेपाल बार उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्यले बताउनु भयाे ।

    बाँके अदालतमा सहकारीका सन्चालक र कर्मचारी गरी ४१ जना विरुद्ध सहकारी काे रकम हिनामिना ,ठगी र संगठित अपराध अन्तरगत अभियाेग पत्र दायर भएकाे थियाे । जसमा ६ जना पक्राउ परेका छन भने ३५ जना फरार छन् ।

  • “नेपाली जनताको भावना संविधानमा नसमेटिएको” अध्यक्ष उपेन्द्र यादव

    माघ २८, काठमाण्डाै । नेपाली जनताको भावना संविधानमा नसमेटिएको भनी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा भन्नुभयाे । वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यशालामा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको भन्नुभयो । अध्यक्ष यादवले संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रता लगायत उपलब्धिमूलक धारा भए पनि यसको कार्यान्वयन पक्ष जटिल रहेको धारणा व्यक्त गर्नु का साथै संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार नरहेको भन्दै, सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको धारणा व्यक्त गर्नुभयो ।

    त्यस्तै अर्का राजपाका नेता वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्ने साथै राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्ति मन्त्रीहरु थिए जसमा उनीहरुले आआफ्ना कुराहरु व्यक्त गर्नुभएकाे थियाे ।

  • अमेरिका र ओमान भिड्दै

    माघ २८, काठमाण्डाै । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमान आइसीसी विश्वकप क्रिकेट लिग दुईमा भिड्दैछन् । ओमानसित अमेरिका दोस्रो पटक खेल्न लागेको हो । उनीहरु बिच माघ २३ गते पहिलो खेल भएकाे थियाे जसमा अमेरिका ओमान सँग छ विकेटले पराजित भएको थियो । ओमान १४ अङ्कसहित शीर्षस्थानमा रहेकाेछ भने अमेरिकाले १२ अङ्क बटुलेको छ। ओमानले टस जिती फिल्डिङ रोजेको छ। अमेरिका हारकाे बदला लिने दाउमा रहेकाे छ । गत वर्ष देखि ओमान र अमेरिकाले एकदिवसीय मान्यता पाएका हुन् ।

  • बागलुङका युवाले वैदेशिक रोजगारीलाई बिट मार्दै रु एक करोड २५ लाख लगानीमा पशुपालन शुरु गरे

    माघ २८, काठमाण्डाै । बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रु एक करोड २५ लाख लगानीमा पशुपालन शुरु गरेको छ । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन रु एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरीएको र आगामी दिनमा लगानी बढाएर रु चार करोडसम्म पुर्याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनकाे योजना बताउनुभयो ।हाल उनी रत्नेचौरमा वार्षिक रु तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनीजग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा लागेका हुन। जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको र हाल उनकाे व्यवस्थित रूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् ।

    उनले कृषिमा राम्रो सम्भावना रहेकाे उनी आफु जापान पुगेर देखी गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको भन्नुभयो । कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उहाँले बताउनुभयो। गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याउनुभएका श्रेष्ठले यहाँ रु चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिनुभयो । दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पुर्याउने उनको योजना छ । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङ बजारमा खपत हुने गरेको उहाँले बताउनु भयो ।

    “बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ”, श्रेष्ठले भन्नुभयो । स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उहाँले बताउनुभयो ।

  • पटिहानीमा दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार

    माघ २८, काठमाण्डाै ।राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा‘अम्ब्रेला स्ट्रिट’ तयार भएको छ ।भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदीको पटिहानीमा रु तीन करोड लगानीमा दुई वर्षकाे अवधीमा तयार पारीएकाे हाे। यही फागुन १ गतेबाट खाना महोत्सव सहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको बताइएको छ ।

    नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको छ । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहेका छन् । दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् । हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भरतपुर महानगरपालिका–२२ वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

    प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ । ९० मिटरको लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ । यहांँ पर्यटकीय स्तरका १२ वटा र साना २० भन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन् । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न अन्य विभिन्न कार्यहरु पनि भइरहेको छ ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा

    माघ २८ काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा रहेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । त्यसैगरी खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७० औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ । आठ अङ्क रहेको ब्रिगेड १२औँ स्थानमा छ ।

  • बूढासुब्बा गोल्डकपको २२औँ संस्करण धरानमा हुने

    माघ २३, बिहीबार, काठमाण्डाै । बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिईने भएकाे छ । अघिल्लो संस्करणमा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख दिइएको थियो । धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउने भएको छ । भिएआरको माध्यमबाट रेफ्रीले नदेखेका वा दोधार भएको कुरा थाहा पाउन सकिन्छ ।

  • शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा

    माघ २३, बिहीबार, काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क रहेकाे छ ।

  • “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ” सांसद युटोल तामाङ

    माघ २३, बिहीबार, काठमाण्डाै । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।” सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाउनुभयो ।

  • गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखियाे

    माघ २३, बिहीबार, काठमाण्डाै। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो । प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए । ती फुलमा गिद्ध ओथारो बसिरहेको छ । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुका कारण के हुन सक्छ भनेर विदेशी विज्ञसँगसमेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निकुञ्जका निमित्त प्रमुख वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताउनुभयो । यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् । तीमध्ये दुई बच्चा, चार भाले र तीन पोथी नवलपरासीको जटायु रेस्टुराँमा प्रकृतिमा छाड्नका लागि लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

  • अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता

    माघ २३, बिहीबार, काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान खुमलटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वप्रधानमन्त्री दाहालले बेलायतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको छ।साथै उहाँले बेलायती राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास लिएको, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ र देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको भन्नुभयाे । उक्त भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनुभयो ।

  • विश्व बैंकद्बारा भूकम्पपछि बस्ती पुनर्निर्माणलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग

    माघ २३, बिहीबार, काठमाण्डाै। नेपाल सरकारलाई विश्व बैंकले रु २२ अर्ब ८२ करोड ऋण सहयोग दिने भएको छ । भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न काे लागी साे ऋण सहयोग दिने भएको हाे । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले बैंकले ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।

    सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकाेमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

  • सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    माघ २३, बिहीबार, काठमाण्डाै । आज बिहान काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियाे । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।उक्त दुर्घटनामा परेका मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले दिएको छ ।

  • आइसिसी विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाद्बारा ओमानलाई २१४ रनको लक्ष्य

    माघ २३, बिहीबार, काठमाण्डाै । आजको आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे थियाे ।ओमानले टस जितेर अमेरिकालाई पहिले ब्याटिङ गर्न दिएको थियो । अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाएकाे थियो । यसमा सात चौका सामेल छ । अक्षय होमराजले ३३ रन बनायो । उनले दुई छक्का र तीन चौका हानेकाे थियाे। यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिएका छन् । बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई।दुई तथा कलिमउल्लाहले एक विकेट लियो । अहिले अमोन अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।

  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरु द्बारा सरकारलाई विभिन्न कुरामा ध्यानाकर्षण गराए

    माघ १८, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोग विहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

    नेकपाका इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल हुँदा माफिया मौलाएको उल्लेख गर्दै उहाँले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गर्नुभयो ।नेकपाका कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याउने भन्दै किसानलाई र बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो ? भन्दै जिज्ञासा राख्नुभयो । नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका सांसद घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गर्नुभयो ।नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाउनुभयो ।

  • “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ” पूर्वराष्ट्रपति डा रामवरण यादव

    माघ १७ काठमाण्डाै । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले भन्नुभयो “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ । उहाँले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षालाई प्राथमिता दिनुपर्ने भन्नुभयो ।

    नेपाली काँग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नुपर्छ भन्नुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, काँग्रेसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला सङ्घको केन्द्रीय प्रतिनिधि एवं काँग्रेस महाधिवेशन प्रतिनिधि चिनु पोख्रेरेल सबै उपस्थित थिए । सबैले विद्यालयको समग्र विकासको लागि निरन्तर लाग्नुपर्नेमा कुरामा जोड दिनुभयो ।

  • प्रतिनिधिसभामाआठ आयोगकाे वार्षिक प्रतिवेदन पेश

    माघ १७ काठमाण्डाै । प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभयो ।

    राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५।०७६ प्रथम वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

  • बलात्कार गर्ने बाबुलाई जन्मकैद

    माघ १७ काठमाण्डाै । अर्घाखाँची जिल्ला अदालत ले बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । शीतगङ्गा नगरपालिका–४ का एक बाबुले आफ्नै नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गरेकाे आराेप पुष्टि भएकाे छ। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो ।गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

    दश वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेकाेमा कानूनअनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनुभयो । त्यस्तै अर्काे एक मुद्दामा अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको उहाँले जानकारी दिनुभयो ।

  • प्रहरी नायब निरीक्षक १५,००० घुस रकम सहित नियन्त्रणमा

    पुष ६, काठमाण्डाै । जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय, यज्ञभूमि धारापानीमा कार्यारत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र जिल्ला धनुषा, जनकपुरधाम उ.म.नपा.वडा.नं. ८ बस्ने विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु‌.१५,०००।- सहित रङ्गेहात पक्राउ गरेकाे थियाे ।

    सेवाग्राहीलाई सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस माग गरेकाे भन्ने सुचना एवं उजुरीकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासबाट खटिई गएकाे टाेलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु‌.१५,०००।- घुस रकम लिईसकेकाे अवस्थामा ट्राफिक प्रहरी कार्यालय, ढल्केवर, धनुषाकाे कार्यालय भवनकाे पुर्व कासले छाएकाे काठकाे गाेल घरबाट मिति २०७६।०९।०४ गते रङ्गेहात पक्राउ गरेकाे थियाे । हाल थप अनुसन्धान भईरहेकाे छ।

  • “टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ” शताब्दी पुरुष सत्यमोहन जोशी

    माघ १५ काठमाण्डाैं । शताब्दी पुरुष सत्यमोहन जोशीले टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ भनी बताउनु भयाे। राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे ।

    उक्त कार्यक्रम जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

    विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बिताएकाे पनि स्मरण गर्नुभएको छ । विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गर्नुभयो ।हाल अग्ला घरका कारण हिमाल छेकिन पुगेको साथै हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने गुनासो जोशीले गर्नु भयो ।

    ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताउनुभयो । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो ।

  • विराट सडक महोत्सव भव्यताका साथ विराटनगरमा शुरु

    माघ ३ काठमाण्डाै । मन्जिना मुभिज क्रिएशनद्वारा विराटनगरमा ‘विराट सडक महोत्सव’ माघ १ गते देखी ४ गते सम्म सन्चालन गरिनेछ । विराटनगरकाे ट्राफिकचोक देखि शुरु भई महेन्द्र चोकसम्म राखिएकाे छ साथ सजाइएकाे छ ।

    यसकाे मुख्य उदेश्य स्वदेशी तथा विदेशी पर्यटकहरुलाई विभिन्न प्रकारका नेपाली खानाहरुकाे स्वाद बारे जानकारी गराउने रहेकाे छ। नेवारी, थारू, मारवाडी, थकाली राजवंशी आदीको परम्परागत परिकार राखिएकाे छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

    महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्नुभयाे । उहाँले यस महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवर्धनमा सहयोग पुर्याउने बताउनुभयो ।

    महोत्सव दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने र यसमा तीन दर्जन प्रदर्शनीकक्ष रहकाे क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो । महोत्सव एक लाख दर्शकले प्रत्यक्षरूपमा अवलोकन गर्ने र रु एक करोडको कारोवार हुने लक्ष्य राखिएको छ ।

  • क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न

    माघ २, काठमाण्डाै । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित १९औँ माछापुच्छ्रे गण्डकी प्रदेशस्तरीय फुल कन्ट्रयाक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाल क्योकुशिन कान कराँते सङ्घ कास्की शाखाको आयोजनामा पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न भएकाे थियाे । प्रतियाेगितामा १५० खेलाडीले भाग लिएका थिए ।

    क्र सपुरुष तर्फ
    (ताैल के.जी)
    प्रथमदाश्राेतृतिया
    २५शालिन केसीसत्कार पत्यलप्रमेश मगर र नसिब थापा मगर
    ३०रोहन आचार्यअबिशेक तामाङसाेबिन प्रत्येल र प्रनिल श्रेष्ठ
    ३५राेशन गरुङरकान्त मगरविद्यान घिमिरे र निषेस थापा मगर
    ४०राजन पाेखरेलसुदिप तिमिल्सनाआदित्य मल्ल र निराजन खत्री
    ४५राजेश गाैतमराजन बिकमिराज परियार र सितल कुमाल
    ५०युवराज गुरुङसुमित सिग्देलसम्राट सेन र संगम श्रेष्ठ
    ५५सुमन बरामदिपेश गरुङह्युमन मस्य्राङदी
    खुलागाेविन्द राेकासंगम गुरुङगणेश अधिकारी र नवराज गुरुङ
    क्र समहिला तर्फ
    ताैल (के.जी}
    प्रथमदाेश्राेतृतिय
    ४०मातृका शाहीज्कसिना क्षेत्रीललीता छत्याल र अंशु कार्की
    ४५मनिषा तामाङसर्वधा पाैडेलसिम्रन खत्री र पुष्पा बिसी
    ५०सरगम कुमालसदिक्षा कुमालसीता बिक र ममता पाैडेल
    खुल्लायुनिका शेरचनरचना मगरसृजना पुन र रुबी क्षेत्री

    प्रतियोगितामा विजयी खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय अध्यक्ष विनय मल्ल, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय प्रशिक्षण प्रमुख राजेन्द्र सुवेदी, सङ्घ कास्कीका अध्यक्ष बेलबहादुर थापा, गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीलगायतले विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

  • पाँचखाल मा सुनकाेशी पाँचखाल बृहत् खानेपानी योजना कार्यान्वयनमा आउने

    माघ २ काठमाण्डाै । पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना कार्यान्वयनमा आउने भएको छ ।यसबाट पाँचखाल क्षेत्रका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

    याेजनाले खानेपानीकाे समस्याकाे हल हुने बिश्वास लिएकाे छ जसले गर्दा पाँचखालका बासिन्दाहरु धेरैनै लाभान्वित हुने भएका छन् । याेजनामा नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागत मा रहनेछ ।सुनकोशी–पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार यस याेजना रु दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएकोछ ।

     भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ ।

  • नेपाल मेलमिलापकर्ता समाजकाे तेह्राैं बार्षिक साधारण सभा

    पुस १९ काठमाण्डाै । मिति २०७६ साल पुस १८ गते नेपाल मेलमिलापकर्ता समाजकाे तेह्राैं बार्षिक साधारण सभा साफ फल्चा क्याफे काठमाण्डाैमा सम्पन्न गरियाे । उक्त्त कार्यक्रममा मुख्य अथितिकाे रुपमा सर्बाेच्च अदालतका माननिय न्यायधिस श्री ईश्वर प्रसाद खतिवडा रहनुभएकाे थियाे । सभाकाे अध्यक्षता श्री शकंर सुबेदीले गर्नुभएकाे थियाे । साथै सर्बाेच्च अदालतका माननिय न्यायधिस श्री तेज बहादुर केसी उच्च अदालत पाटनका माननिय न्यायधिस श्री बामदेव ज्ञवाली र अन्य सल्लाकार र सदस्यहरु रहेकाे थियाे । कार्यक्रम सन्चालन संस्थाका महासचिव लक्ष्मण थपलिया ले गर्नुभएकाे थियाे ।

    साधारण सभाबाट नँया कार्यसमितीकाे गठन भएकाे थियाे। जसमा विष्णुमणी अधिकारीकारी अध्यक्ष सहित १५ जनाकाे कार्यसमितीकाे गठन भएकाे छ । नेपालमा मेलमिलापकाे माध्यमबाट कसरी बदी भन्दा बदी समस्या समाधान गर्ने र यसकाे विकासकाे लागी गर्नुपर्ने कुराहरुकाे बारेमा छलफल गरीयाे ।

  • उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ

    पुस १८ काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । उनलाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने सम्बन्धमा अनुसन्धानकाे लागि मिति २०७६।०९।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

  • श्री हाजी ऐनायतल्लाह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँसहित ३ जना उपर विगाे रु‌.४,२२,३८४।- कायम गरी आराेपपत्र दायर ।

    पुष ५ काठमाण्डाै । श्री हाजी ऐनायतल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक (हालका प्र.अ.) महमुद आलम खाँ तथा पूर्व प्र.अ. तथा हालका अंग्रेजी शिक्षक श्रीकान्त दुवे समेत ३ जना उपर विगाे रु‌.४,२२,३८४।- (चार लाख बाइस हजार तिन सय चाैरासी रुपैयाँ) बराबरकाे सरकारी रकम बदिनयतसाथ हिनामिना गरी नेपाल सरकारकाे सम्पत्ति हानिनाेक्सानी गरेकाे तथ्य प्रमाणित भएकाेले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ बमाेजिमकाे कसुरमा हिनामिना हानिनाेक्सानी गरेकाे रु‌.४,२२,३८४।- विगाे कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ मा उल्लेख भए बमाेजिम साेहि ऐनकाे दफा ३ काे उपदफा(१) र दफा ३ काे उपदफा(१) खण्ड (घ) बमाेजिम सजाय हुन एवं हिनामिना हानिनाेक्सानी भएकाे विगाे रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ बमाेजिम असुल उपर हुन समेत मागदाबी लिई आज विशेष अदालत,काठमाण्डाैमा आराेप पत्र दायर गरेकाे छ।

    श्री हाजी ऐनायतल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालयमा शिक्षक भर्नामा अनियमितता, विज्ञान सामाग्री खरिद , शिक्षा नियमावली विपरीत विना अभिभावक विधालय व्यवस्थापन समितिकाे अध्यक्ष भएकाे र भवन निर्माणकाे रकम हिनामिना गरेकाे भन्ने उजुरी निवेदन परेकाे थियाे । साे सम्बन्धमा अनुसन्धान हुँदा विज्ञान सामाग्री खरिदकाे लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आव ०७२।०७३ मा प्राप्त रु‌.६,५०,०००।- बाट खरिद गरेका भनिएका विज्ञान सामाग्री मध्ये रु‌.२,८२,३८४।- बराबरकाे सामाग्रीहरु विधालयमा नभेटिएकाे/नभएकाे, निकासा रकम मध्ये रु‌.५,१०,०००।- विज्ञान सामाग्री खरिदकाे लागि पेश्की तथा भुक्त्तानी भएकाे, बाँकी रु‌.१,४०,०००।- काे कसलाई कुन शीर्षकमा भुक्त्तानी गरियाे त्यसकाे अभिलेख नरहेकाे पाइएकाे थियाे ।

  • लगानीका लागी नेपाल उपयुक्तः अर्थमन्त्री

    मंसिर २६, काठमाण्डाै । न‍ेपाल लगानीका लागि उपयुक्त्त वातावरण भएकाे अर्थमन्त्री डा युवराज खतिवडा जानकारी गराउनु भयाे । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त कुरा इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले सँगकाे भेटवार्तामा बताउनुभएकाे थियाे ।

    अर्थमन्त्री डा युवराज खतिवडाले नेपालसँग जल,पानी,मानव,जमिन जस्ता श्राेतहरु पर्याप्त रहेकाे तर प्रविधिकाे न्यून प्रयाेगले गर्दा कृषि क्षेत्रमा उत्पादन बढाउन नसकेकाे साथै कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण गर्नका लागी इजरायली लगानीकर्ताहरुलाई अनुराेध गर्नुभयाे साथै उहाँले नेपालमा कृषिक्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापनाकाे लागि नेपाल सरकार सकारात्मक रहेकाे जानकारी गराउनुभयाे । इजरायलल‍े नेपाललाई पुराउँदै आएकाे सहयाेगकाे लागि धन्यबाद पनि दिनुभयाे ।

    इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले नेपालमा कृषि क्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापना गर्नमा कसरी सहयाेग गर्न सकिन्छ भन्ने सन्दर्भमा नेपाल भ्रमण गरेकाे बताउनु भयाे । उँहाले इजरायल कम पानी र माटाे भएकाे देश भएकाे र थाेरै जनसंख्या मात्र कृषि क्षेत्रमा लागेकाेमा समेत कृषिमा आत्मनिर्भर मात्र नभएर प्रशस्त मात्रामा कृषि उपजहरु निर्यात गरिरहेकाे बताउँदै यसकाे मुख्य काड्रडण नै प्रविधिकाे प्रयाेग हाे , त्यसबाट नेपालले पनि फाइदा लिन सक्ने जानकारी गराउनु भयाे । सिक र कमाउँ (learn and Earn) कार्यक्रम अन्तर्गत हरेक वर्ष ५०० जना नेपाली युवाहरु इजरायल जाने र त्याहा उनीहरुले राम्राे कार्य सम्पादन गरिरहेकाे बताउँदै इजरायली लगानीकर्ताहरु नेपालकाे कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाे बताउनुभयाे ।

    साे भेटमा नेपालका लागि इजरायली राजदूत बेनी ओमार , इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य लगायतका अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।