Author: prayatnayekkoshis

  • सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

    सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

    कार्तिक १६ बुधबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध परेको मुद्दामा आज देखि जिल्ला अदालत काठमाण्डाैमा थुनछेक बहस प्रारम्भ भएको छ । आज थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याइसकेकाेले भाेली बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । कात्तिक १४ गते लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । क्रिकेटर लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदावि लिई अभियाेगपत्र दायर गरिएको छ । तर क्रिकेटर लामिछानेले आफू विरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेकाे छ । उनले बलात्कार नगरेको, आफू निर्दोष रहेको र अनुसन्धानमा सहयाेग पुराउन आफै प्रहरीमा आत्मसमर्पन गरेकाे बयान दिएका छन् । उनी असोज २० गते देखी नाबालिग माथि जबर्जस्ती करणी गरेको आरोपमा न्यायिक हिरासतमा राखिएका छन् ।

  • जुद्ध शालिक नजिकै एक व्यक्ति मृत भेतिए

    कार्तिक १५ मंगलबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान एक व्यक्ति मृत फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मंगलबार बिहान बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले एक पुरूष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत व्यक्ति अन्दाजी ४५ वर्षीय रहेकाे जनाएकाे छ तर उक्त व्यक्तिकाे पहिचान भने खुलेको छैन । उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको सम्म खुलेको छ । एसपी मैनालीका अनुसार घटना शंकास्पद रहेको छ । मृतकको निधारमा चोट लागेको छ । थप अनुसन्धान भइरहेकाे र मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ । अनुसन्धानकाे लागि तालिम प्राप्‍त कुकुर समेत खटाइएको छ ।

  • नेपाल पञ्चांग निर्णायक विकास समितिकामा सात जनाको दरबन्दी स्वीकृत

    नेपाल पञ्चांग निर्णायक विकास समितिकामा सात जनाको दरबन्दी स्वीकृत

    कार्तिक १५ मंगलबार, काठमाण्डाै । नेपाल पञ्चांग निर्णायक विकास समितिकामा सात जनाको दरबन्दी स्वीकृत गरिएकाे छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्ले समितिका लागि सात जनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसपछि २०७८ साल साउन १८ गते उक्त गठन आदेश नेपाल राजपत्रमा प्रकाशन भएकाे थियाे । अनि याे गठन आदेश कार्यान्वयनमा आएकाे थियाे । गठन आदेशमा सात जनाको दरबन्दी स्वीकृत गरिएकाे जसमा समितिकाे कार्यालय प्रमुखका रूपमा कार्यकारी निर्देशकले काम गर्ने छ । साथै कार्यकारी निर्देशकले नै समितिको सदस्य सचिवका रूपमा पनि काम गर्ने व्यवस्था रहेकाे छ । गठित समितिमा पञ्चाङ्ग अधिकृत, वरिष्ठ कम्प्युटर सहायक , प्रशासन सहायक, लेखापाल, कार्यालय सहयोगी र चालक एक/एक गरी सात जनाको दरबन्दी कायम भएको छ ।

  • निर्वाचनका लागि दुई लाख भन्दा बढी जनशक्ति नियुक्त

    निर्वाचनका लागि दुई लाख भन्दा बढी जनशक्ति नियुक्त

    कार्तिक १५ मंगलबार, काठमाण्डाै । यहि आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ । नेपालको संविधान तथा निर्वाचन सम्बन्धी कानुनमा आयोगको जिम्मेवारी बमोजिम कार्य सम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था रहेको छ ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ मा ‘जनशक्ति’ भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी सम्झनुपर्छ र सो शब्दले त्यस्तो निकायमा काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत जनाउने उल्लेख गरिएको छ ।

    आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालनमा रहेको समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषद्को सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका रा.प. द्वितीय श्रेणीका कर्मचारीलाई खटाइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक, सहायक निर्वाचन अधिकृत, (राप. द्वितीय श्रेणी वा सो सरह वा राप. तृतीय श्रेणी वा सो सरह)– एक, लेखा अधिकृत वा लेखापाल (रा.प.तृ. श्रेणी वा सो सरह वा (रा.प.अनं प्रथम श्रेणी वा सो सरह) एक, सहायक कर्मचारी (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प।. अनं द्वितीय श्रेणी वा सो सरह) एकजना रहनेछन् ।

    यस्तै कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक, सवारी चालक (सवारी साधन भएमा) एक, सहयोगी कर्मचारी (श्रेणीविहीन) दुई, निजी सुरक्षा अधिकारी (पि.एस.ओ.) एकजना गरी नौजना रहनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि नौजना कर्मचारी दरबन्दी रहने भुसालले जनाउनुभयो ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन कार्यविधि), २०७९ मा भएको व्यवस्था अनुसार दुई सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित नौ, दुई सय ५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एकजना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था छ ।

    मतदान केन्द्रसम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदान केन्द्रका आधारमा लेखापाल वा सह लेखापाललाई काजमा ल्याउन सक्नेछ ।

    यस्तै कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक, सवारी चालक (सवारी साधन भएमा) एक, सहयोगी कर्मचारी (श्रेणीविहीन) दुई, निजी सुरक्षा अधिकारी (पि.एस.ओ.) एकजना गरी नौजना रहनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि नौजना कर्मचारी दरबन्दी रहने भुसालले जनाउनुभयो ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन कार्यविधि), २०७९ मा भएको व्यवस्था अनुसार दुई सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित नौ, दुई सय ५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एकजना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था छ ।

    मतदान केन्द्रसम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदान केन्द्रका आधारमा लेखापाल वा सह लेखापाललाई काजमा ल्याउन सक्नेछ ।

    सोका लागि एक सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको एक र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी जम्मा दुई, एक सय एकदेखि दुई सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी दुई र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी तीन, दुई सयभन्दा बढी मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी तीन र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी चारजना रहन सक्नेछन् ।

    आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचनसम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाका लागि कर्मचारी काजमा लिन सक्नेछ ।

    काममा नखटाइने कर्मचारी

    निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी सङ्घसंस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका सङ्घ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने व्यवस्था निर्देशिकाले गरेको छ । जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत्, टेलिफोन, बैङ्क, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाका लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा खटाउनु हुँदैन भनिएको छ ।

  • अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट

    अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट

    कार्तिक १४ सोमबार, काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार जेठ २ गते देखि विधिपूर्वक  रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा प्रयोगमा ल्याउन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।उहाका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान चाँही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने बताउनु भयाे ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक १३ गते देखि लागू गरेको हिउँदे उडान तालिकामा चार्टर्ड उडानसँगै काठमाण्डौबाट हुँदै आएका हरेक तीन उडानमा एक उडान समेत भैरहवाबाटै हुने भएकाेछ । प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स सहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।

  • भारतीय निर्माण कम्पनीद्वारा पीडित पक्षलाई १६ लाख क्षतिपूर्ति

    कार्तिक १४ सोमबार, काठमाण्डाै । भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणकाे क्रममा टाउकोमा ढुङ्गा लागि मृत्यु भएको पीडितपक्षलाई भारतीय निर्माण कम्पनीले १६ लाख क्षतिपूर्ति दिएकाे छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार शनिबार राती भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको थियाे । साेही सहमति अनुसार भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । उनका अनुसार रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ । छठ पर्वका कारण हिजाे बैङ्क बन्द भएकाले आज सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने बताउनु भयो । उक्त नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको जानकारी दिनुभयाे ।

    प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । दुवै देशका स्थानीय प्रशासन बीच समन्वय हुनुपर्ने हुन्छ । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कतै त्यसबारे कुनै जानकारी नदिएको बताउनुभयो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकाेमा नेपाली पक्षले आपत्ति जनाएको बताउनुभयाे ।

  • सूर्यदेवको पूजा गरी छठ मनाइँदै

    सूर्यदेवको पूजा गरी छठ मनाइँदै

    कार्तिक १३ आइतबार, काठमाण्डाै । हरेक वर्षझै यस वर्ष पनि कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म सूर्यदेवको पूजा, आराधना गरि छठ मनाइँदैछ । यस पर्व शुक्रबार देखि सुरु भएको थियाे । यस पर्वकाे प्रथम दिन कार्तिक शुक्ल चतुर्थीका दिन ब्रतालुहरुले स्नान गरी एक छाक खाएर बस्ने गर्छ । यसकाे दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा षष्ठी मातालाई खरना (सखर हालेर बनाइएको खीर) चढाई प्रसाद स्वरुप ब्रत बस्नेले एक छाक खान्छन् । त्यसपछि कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ र रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाएकाे सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिई समापन गरिन्छ ।

    छठ पर्व पहिले तराईकाे सिमित क्षेत्रमा मात्र मनाइन्थ्याे भने हाल याे देशकाे बिभिन्न क्षेत्रमा भब्यताका साथ मनाइन्छ । छठपर्वका लागि भनेर राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । यस दिन सरकारले सार्वजनिक बिदाकाे घाेषणा पनि गरेकाे छ ।

  • गृह मन्त्रालयद्वारा भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्रलाई आग्रह

    गृह मन्त्रालयद्वारा भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्रलाई आग्रह

    कार्तिक १३ आइतबार, काठमाण्डाै । गृह मन्त्रालयले भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणकाे क्रममा टाउकोमा ढुङ्गा लागि मृत्यु भएकोले पीडितका परिबारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्रलाई आग्रह गरि पत्राचार गरेकाे छ । उक्त पत्रमा त्यस क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्व सावधानी अपनाउन र अन्य आवश्यक सुरक्षा र सतर्कताका अपनाइ कार्य गर्न गराउन पहल गरिदिन हुन पनि आग्रह गरेकाे छ ।

    भारत उत्तराखण्डको धारचुला क्षेत्रमा कात्तिक ११ गते सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ को दुम्लिङ गाउँमा बस्ने हिक्मत महराको १० वर्षका छोरा पवन महराको टाउकोमा ढुङ्गा लागेर मृत्यु भएको थियाे । उक्त घटनाको थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

  • बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु

    बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु

    कार्तिक १३ आइतबार, काठमाण्डाै । कालीगण्डकी करिडोर सडकखण्डमा बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमै मृत्यु भएकाे छ । पाल्पाबाट गोरखा जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीको बुलिङटार गाउँपालिका २ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको थियाे । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएकाे र २४ जना घाईते भएकाे बताइएकाे छ । घाईतेहरुलाई उपचारकाे लागि चितवन अस्पताल लगिएकाे छ । मृतककाे बारेमा थप जानकारि आउन बाँकि रहेकाे बताइएकाे छ ।

  • बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन अनुरोध

    बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन अनुरोध

    कार्तिक १२ शनिबार, काठमाण्डाै । ट्राफिक प्रहरीले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई पाङग्रे सवारी साधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाईएको छ । तीव्र गतिमा गुडेका दुई पाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गर्नुभएको छ ।प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

  • कागलाई पूजा गरि काग तिहार मनाइँदै

    कागलाई पूजा गरि काग तिहार मनाइँदै

    कार्तिक ६ आइतबार, काठमाण्डाै ।आज घर घरमा कागलाई पूजा गरि काग तिहार मनाइँदै छ। याे कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने गरिन्छ । यस दिन बिहान देखिनै कागलाई यमराजको दूत मानि पूजा गरि मिठाइ तथा अन्य मिठा खानेकुराहरु खान दिएर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बिहान सूर्योदय कालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाेले शास्त्र सम्मतरूपमा समितिले आज आइतबार यो पर्व मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधना सहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो । यस अवसरमा आजका दिन कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष रुपमा पूजा आराधना हुने गर्छ । साथै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकी देखि नै सुरु भएको थियाे ।

  • नेपथ्यकाे लाइभ कन्सर्ट अब १० शहरमा

    नेपथ्यकाे लाइभ कन्सर्ट अब १० शहरमा

    कार्तिक ५ शनिबार, काठमाण्डाै । मङ्सिरमा नेपथ्य ब्यान्डकाे लाइभ कन्सर्ट अब १० शहरमा हुने भएकाे छ । विगत तीन दशक देखि यस ब्यान्डले सङ्गीतको माध्यमबाट सकारात्मक परिवर्तनकालागि सक्रिय भइ कार्य गर्दै आएकाे छ । यसपटक पनि नेपथ्य ब्यान्ड र मानव सेवा आश्रम बिच सहकार्यमा कार्यक्रम हुने भएकाे हाे । सडकमा अलपत्र परेर बेसहारा जिबन बिताइ रहेका नागरिकको उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमकाे निर्माणाधीन भवन सम्पन्न गर्न र बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिने भएको हाे । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाण्डाैको भृकुटीमण्डपमा आयोजना गरिने भएकाे छ। हाल उक्त कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको पनि बताउनु भयाे ।

    अध्यक्ष अधिकारीले विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिइ पहल भइरहेको बताउनु भयाे । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्तिहरुले स‌ंरक्षण पाइरहेका छन् । यस साङ्गीतिक यात्रा कार्यक्रमले संस्था र यसमा आश्रित रहेकाहरुकाे लागि राहत मिल्ने आशा लिइएकाे छ ।आउदाे मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट यस साङ्गीतिक यात्रा कार्यक्रम सुरु हुने भएकाे छ । त्यस्तै मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको कालिका मानव ज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाण्डाैको भृकुटीमण्डपमा हुने भनिएकाे छ ।

  • निर्वाचन आयोगको पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्ति विषयमा स्पष्टीकरण माग

    कार्तिक ४ शुक्रबार, काठमाण्डाै ।निर्वाचन आयोगले विभिन्न दलका नेता, उम्मेदवारले आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

    आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलग रुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क) का उम्मेदवार दीर्घबहादुर सोडारी, नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेशका सभापति एवं कैलाली क्षेत्र नं ४ का प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको हो । उहाँहरूले कैलालीको क्षेत्र नं ४ (क) को चुनावी सभालाई सम्बोधन गर्दै आचारसंहिता विपरीत कार्य गरेको पाइएको छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ढ) मा “निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम बनेको निर्वाचन आचारसंहिता २०७९ असोज १२ गतेदेखि लागु गरिसकेको स्पष्ट गरिएको छ ।

    “तपाईँहरूले कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क) मा बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारी उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ?” उहाँहरूलाई सोधिएको पत्रमा भनिएको छ, “तपाईँले सार्वजनिक मञ्चमा दिनुभएको लाञ्छनापूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ढ) को उल्लङ्घन हुन गएकाले तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”

  • लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको पानामा मात्रै सीमित-बुद्धिजीवि वीरबहादुर राजवंशी

    कार्तिक २ बुधबार, काठमाण्डाै । थारु बुद्धिजीवि वीरबहादुर राजवंशीले लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको पानामा मात्रै सीमित रहेकाे बताउनु भएकाे छ । कञ्चनपुर थारु समुदायले आयाेजना गरेकाे कार्यक्रममा उनले थारु समुदायलाई अधिकार सम्पन्न बनाउनु पर्ने कुरामा जाेड दिनुभयाे । आउदाे चुनावमा पनि थारु समुदायकाे माग ‍पुरा गर्ने उम्मेदवारलाई प्राथमिकता दिने बताइएकाे छ । घोषणापत्र जारि गर्दै थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवारहरु रोजाइमा पर्ने बताएका छन् । थारु बुद्धिजीवि राजवंशीका अनुसार थारु समुदायलाई प्रतिनिधिसभामा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारका रुपमा ठूला राजनीतिक दलहरुले सहभागी नगराएर थारुका मुद्दा ओझेलमा पार्न खोजिएको छ । उहाँका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा थारुलाई उम्मेदवार नबनाउने बनाई हाले पनि सहयोग नगर्ने परिपाटी विद्यमान रहेको छ । साथै नियम पूरा गर्न समानुपातिकतर्फको निर्वाचनमा पुछारमा राखेर प्रतिनिधित्व गर्नबाट वञ्चित गराइन्छ । निर्वाचनमा जितेका थारु समुदायका उम्मेदवारलाई मन्त्रिमण्डलमा राज्यमन्त्री सम्म सीमित गराइन्छ । निर्णायक तहमा प्रतिनिधित्व नगराउने जसले गर्दा थारु समुदायले न्याय पाउन नसकेको पनि बताउनु भयाे ।

  • राप्ती नदीमा आएकाे बाढीले तीन सय परिवार डुबानमा

    राप्ती नदीमा आएकाे बाढीले तीन सय परिवार डुबानमा

    असाेज २८ शुक्रबार, काठमाण्डाै । अविरल वर्षाका कारण बाँकेकाे राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीकाे तीन सयभन्दा बढी परिवार डुबानमा परेकाे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारि दिए अनुसार राप्ती नदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । बाढी प्रभावित करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको छ । डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । जसले कच्ची घर भत्कन थालेका छन् । रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो । गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ ।

  • मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

    असाेज २८ शुक्रबार, काठमाण्डाै । रामपुर नगरपालिका सानीअमराईमा मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरले जनाए अनुसार मृत्यु हुनेमा रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनी थिइन् । उनलाइ उपचारका लागि तानसेन लैजाँदै गर्दा मृत्यु भएको थियाे । प्रहरीले जनाए अनुसार रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नं‍‌. को मोटरसाइकलले कालीगण्डकी करिडोर सडक अन्तर्गतकाे सानी अमराईमा बाटोमा उनी हिँडिरहेको अवस्थामा ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लगिएकाे थियो । हाल मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

  • प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    असाेज २७ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चार मन्त्रीहरुलाई पदमुक्त गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाकाे सिफारिसले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरि उहाँहरूले सम्हाल्नु भएको मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री देउवाले राख्नुभएको उल्लेख गरिएको छ । साथै सहायक प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले उहाँले सम्हाल्दै आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नुभएको पनि उल्लेख गरिएको छ ।

  • खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    असाेज २७ बिहिबार, काठमाण्डाै । काठमाण्डाैको सोह्रखुट्टेमा दुई बाउन्सरलाई खुकुरी प्रहार गरि फरार रहेकाे आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले आज पत्रकार सम्मेलन मार्फत असोज २५ गते दरबारमार्ग स्थित क्लब प्लाटिनमका दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइ फरार भएकाे आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले पक्राउ गरेकाे जानकारि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाण्डाैको चाबहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन् । त्यस्तै प्रहरी टाेलीले फरार रहेकाहरुलाई काठमाण्डाैको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी गराउनु भयाे । साथै प्रहरीले पक्राउ परेका अभियुक्तहरूको साथबाट तीन थान खुकुरी, दुई थान मोटरसाइकल बरामद गरेको पनि बताउनु भयाे ।

  • हक्की खेलमा महिला तर्फ गण्डकी प्रदेश विजयी तर पुरुषमा हार

    हक्की खेलमा महिला तर्फ गण्डकी प्रदेश विजयी तर पुरुषमा हार

    असाेज २७ बिहिबार, काठमाण्डाै । नवौं राष्ट्रिय खेलकुदकाे महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश विजयी भएकाे छ । पोखरामा बिहीबार देखि सुरु भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई ७– ० काे अन्तरले पराजित गरेको छ । गण्डकीकाे तर्फबाट सोनु बरालले १३ औँ मिनेटमा खाता खोलेकाे थियाे । खेलमा सोनु बराल दुई गाेल, सबिना पुन रानाले एक गाेल,कमला पुनले तिन गोल,दीपशिखा पौडेलले एक गोल गरेकाे थियाे ।प्रतियोगिता ७ टिम सहभागी रहेको छ ।

    त्यस्तै पुरुष हक्की तर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४– ० काे अन्तरले पराजित गरेको छ । खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । खेलमा राजेन्द्र कार्कीले दुई गाेल, प्रदीप राजवंशीले एक गोल र रोमन रानाले एक गोल गरेका थिए ।

  • नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी

    नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी

    असाेज २६ बुधबार, काठमाण्डाै । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी रहेकाे नेपाल धितोपत्र बोर्डले जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजार सञ्चालन गर्न नयाँ लाइसेन्स दिन सूचना जारी असोज २ गते आवेदन खुला गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ पाँचौँ पटक संशोधन गरि नयाँ ब्रोकरको लागि लाइसेन्स खुला गरेको हाे । नयाँ स्टक ब्रोकर लाइसेन्स लिने अन्तिम म्याद असोज ३१ गते रहेकाेले साे समय भित्र नै निवेदन दिइसक्नु पर्नेछ । तर स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि आगामी कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको न्यूनतम चुक्ता पुँजी कामको प्रकृति हेरेर २० करोडदेखि १५० करोड रुपैयाँसम्म तोकेको छ । बोर्डका अनुसार सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपैयाँ चाहिने भएको छ त्यस्तै मार्जिन लेन्डिङ, एडभाइजरी सेवा समेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपैयाँ र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

  • पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह- प्रमुख आयुक्त दिनेशकुमार थपलिया

    पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह- प्रमुख आयुक्त दिनेशकुमार थपलिया

    असाेज २६बुधबार, काठमाण्डाै । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता २०७९ को पालना गरि सहयाेग गर्न आग्रह गर्नुभयाे । मङ्सिर ४ गते हुने निर्वाचनकाे लागि आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले विगतकाे निर्वाचनहरूमा केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । साथै उहाँले पर्यवेक्षक निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभएकाे थियाे । कार्यक्रममा प्रवक्ता शालिग्राम पौडेलले पनि पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभएकाे थियाे । प्रशिक्षणमा निर्वाचनकाे लागि पर्यवेक्षण गर्न अनुमति पाएका ४३ संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

  • वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार

    वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार

    असाेज २५ मंगलबार, काठमाण्डाै । संस्कृतिविद् एवम् शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीकाे स्वास्थ्य अवस्थामा हाल केही सुधार भएकाे छ । उनलाई ललितपुरकाे ग्वार्को स्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारकाे लागि असोज ७ गते भर्ना गरिएकाे थियाे । हाल जोशी अस्पतालमा उपचाररत छन्। अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले मुटुको समस्याबाट ग्रसित रहेका जोशीको हाल स्वास्थ्य अवस्थामा सुधार देखिएकाे विज्ञप्ति मार्फत जानकारी दिएका छन्। अस्पतालले मंगलबार दिउँसो २ बजे उनको स्वास्थ्य बुलेटिन जारी गरेको हो। जारी स्वास्थ्य बुलेटिनमा जोशीकाे छातीमा निमोनिया संक्रमण नियन्त्रण गर्न दिइएको एन्टिबायोटिक्स कोर्स जारी रहेको र उनको मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखेको बताइएकाे छ।

  • नेपालको संविधान अनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध -बालकृष्ण खाण

    नेपालको संविधान अनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध -बालकृष्ण खाण

    असाेज २५ मंगलबार, काठमाण्डाै । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधान अनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध रहेकाे बताउनु भएकाे छ । उनले गैरआवासीय नेपाली सङ्घ दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले नागरिकता सम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराउनुभयो । मन्त्री खाणका अनुसार कुनै पनि नेपाली नागरिकले नागरिकता विहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधान अनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले नागरिकता विधेयक ल्याएको बताउनु भयाे । साथै उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्नुभयाे । सरकारले यसको लागि पुर्ण साथ र सहयाेग प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यसतै सङ्घका अध्यक्ष कूल आचार्यले सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानी मैत्री कानून निर्माणका लागि आग्रह गर्नुभयो । साथै कार्यक्रममा गैरआवासीय नेपालीलाई पनि निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयाे ।

  • विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा हाे -कुलमान घिसिङ

    विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा हाे -कुलमान घिसिङ

    असाेज २५ मंगलबार, काठमाण्डाै । विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा रहेकाे बताएका छन् । निर्देशक घिसिङका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विधुत भारतमा निर्यात गरी ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको छ । उनका अनुसार मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विधुत निर्यात भएको छ । नेपाल विधुत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विधुत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे अहेड बजारमा बिक्री सुरु गरेको थियो । प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसामा विधुतको निर्यात गरिएको छ । साथै नेपालले भारतसँगको विधुत व्यापारबाट भारतीय रुपैयाँ ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्राएको छ ।

  • उम्मेदवारले सामाजिक सञ्जालमा गरेको विज्ञापन खर्चकाे पनि हिसाब बुझाउनुपर्ने

    उम्मेदवारले सामाजिक सञ्जालमा गरेको विज्ञापन खर्चकाे पनि हिसाब बुझाउनुपर्ने

    असाेज २५ मंगलबार, काठमाण्डाै । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनकाे लागि सामाजिक सञ्जालबाट गरिएकाे विज्ञापन खर्च निर्वाचन सम्पन्न भएपछि कानुन बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्पन्न भए लगतै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालककाे पनि प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गर्न थालिसकेको छ । आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ मा निर्वाचनका सबै चरण, प्रक्रियामा सामाजिक सञ्जालको समुचित प्रयाेग गर्ने बारे ब्यवस्था गरेकाे छ । साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च सम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था पनि गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललेका अनुसार आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागी राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेकाे बताउनु भएकाे छ।

  • बागमतीलाई पहिलो स्वर्ण

    बागमतीलाई पहिलो स्वर्ण

    असाेज २५ मंगलबार, काठमाण्डाै । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । वाग्मतीकाे तर्फबाट शिक्षा नापितले पहिलो स्वर्ण जितेकी हुन् । उनले एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यस्तै प्रतियोगितकाे ईपी महिला व्यक्तिगत तर्फ सेनाका इन्दिरा पौडेलले सिता पाठकलाई पराजित गर्दै स्वर्ण जिते।पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले वाग्ममतीका सञ्जीव लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।फेन्सिङ अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । प्राविधिक सुत्रका अनुसार प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने जनाईएकाे छ।

  • नेपाल पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

    नेपाल पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

    असाेज २४ साेमबार, काठमाण्डाै । नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको बनाएकाे थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभए पछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा सर्वादीक २५ रन बनाएकी थिईन् । उनी प्लेयर अफ द म्याच पनि भइन् ।

  • जिल्ला अदालत काठमाण्डाैद्वारा सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    जिल्ला अदालत काठमाण्डाैद्वारा सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    असाेज २४ साेमबार, काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर  सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ। जिल्ला अदालतले प्रहरीलाई सन्दीप लामिछाने विरूद्द ठाेस प्रमाण जुटाउन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।

    दसैँकाे बिदाका कारण अदालत बन्द भएकाेले लामिछानेलाई आज अदालतमा उपस्थित गराएको हो ।  उनी अमेरिकाबाट असाेज २० गते नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पक्राउ परेका थिए । उनलाई प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछाने विरूद्द भदाै ५ गते काठमाण्डौको एक होटलमा १७ बर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सहित भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

  • कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरो पीडितको तत्काल उद्धार र उपचारको व्यवस्था गर्न गृहमन्त्रालयकाे निर्देशन

    कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरो पीडितको तत्काल उद्धार र उपचारको व्यवस्था गर्न गृहमन्त्रालयकाे निर्देशन

    असाेज २४ साेमबार, काठमाण्डाै । गृहमन्त्रालयले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न गृह प्रशासन, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।गृहमन्त्रालयले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधन उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएको छ ।

    मन्त्रालयले गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएकाे हो ।

    प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना वेपत्ता भएको खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जानकारी दिनुभयो । सुरक्षा टोली घटनास्थलमा पुग्न ठाँउ ठाँउमा पहिरो गऐकाेले समस्या परेकाे जानकारी दिनुभयो ।

    त्यस्तै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार कालिकोटको तिलगुफा नगरपालिका वडा नं ४ राचुली भन्ने स्थानमा मलामीहरूले लास जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएको खबर आए लगतै सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको जानकारी दिनुभयो । पहिरो तिला नदीसम्म पुगेको र सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेकाे बताउनुभयो । साथै हुम्लाको चखेली वडा नं ६ मेलथममा मानबिर बिकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकामा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको , घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको पनि डिआइजी पोखरेलले बताउनुभयो ।

  • राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    असाेज २३ आईतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ओटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयले आज प्रेस विज्ञप्ति जारि गरि सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको जानकारी गराएकाेछ । प्रमाणित भएका तीन विधेयकहरुमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

  • देशभर वर्षा हुने सतर्कता अपनाउन आग्रह

    देशभर वर्षा हुने सतर्कता अपनाउन आग्रह

    असाेज १८ मंगलबार, काठमाण्डाै । देशभर आज र भोलि वर्षा हुने सम्भावना रहेकाेले मौसम पूर्वानुमान महाशाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हाे। असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ र राति लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै बुधबार असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

  •  निर्वाचन आयोगद्वारा सूचना सम्प्रेषण प्रभावकारी बनाँउदै

     निर्वाचन आयोगद्वारा सूचना सम्प्रेषण प्रभावकारी बनाँउदै

    असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन आयोगले सूचना सम्प्रेषण प्रभावकारी बनाँउन पैसा नलाग्ने गरि फोनबाटै कुरा गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञाशा र अन्योलबारे मतदाताका प्रश्नहरु भएमा दसैँलगत्तै समाधान गराउने तयारी गरेकाे छ । आयोगले सञ्चारमाध्यमसँग सहजीकरण गर्न र निर्वाचनबारे सही तथा प्रभावकारी सूचना सम्प्रेषण गर्न यही असोज १४ गतेबाट बहादुर भवनमा प्रेस अफिस स्थापना गरी सञ्चालन गरिरहेको छ । सूचनामा सहजीकरणका लागि आयोग नियमित प्रवक्ता शालिग्राम शर्मा पौडेलका अतिरित्त, समानुपातिक प्रणालीका लागि बेग्लै प्रवक्ता गुरुप्रसाद वाग्ले ,सूर्यप्रसाद अर्याल, ऋषि भुसाल र कमल भट्टराईलाई सहायक प्रवक्ता तोेकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदानलगायतको कार्य गरेर मतदातालाई सूचना प्रवाहको कामसमेत गर्नेछन् । आयोगले निर्वाचनका लागि डिजिटल माध्यमलाई बढी प्रयोग गरेर मतदाता शिक्षा सञ्चालनको योजना अघि सारेको छ ।   

    साथै निर्वाचन आयोगले आफ्नो वेभसाइट http://www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ मतदाता नामावली सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदान स्थल अन्तर्गत खोजी गर्दा भेट्न सकिनेछ ।    

  • निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक मंगलबार दिउँसो ३ बजे मात्र बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास गरिने बताइएको छ। सोमबार बसेको बैठक निष्कर्ष विहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् । साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । जसमा साउन अन्तिमसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । साथै कतिपय क्षेत्रमा कांग्रेस र माओवादी बीचमा पनि सहमति जुट्न सकेको छैन।

  • राष्ट्रपतिद्वारा महानवमीमा नव कन्याको पूजा

    राष्ट्रपतिद्वारा महानवमीमा नव कन्याको पूजा

    असाेज १८ मंगलबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ । शीलत निवास राष्ट्रपति कार्यालयमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले नव कन्यालाई नवदुर्गाको अवतार स्वरूप मानेर पूजा गर्नुभएको हो । सो अवसरमा नौ जना कन्याहरुकाे राष्ट्रपति भण्डारीले गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।

  • निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक हुने

    असाेज १७ साेमबार, काठमाण्डाै । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगका सह प्रवक्ता कमल भट्टराईले दिनुभएकाे जानकारी अनुसार पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने बताउनु भयो । विदेशीतर्फ हालसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उहाँले केही संस्थाहरू पर्यवेक्षकलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभई दूर दराजका मतदान स्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो । आयोगले भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ उनले बताए।

  • सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    असाेज १७ साेमबार, काठमाण्डाै । निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम पेश गरेका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिन सोमबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । आज सूचीबाट २९ जनाले आफ्नाे नाम फिर्ता लिएका छन् । उनका अनुसार नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् भने अन्यमा नाम फिर्ता लिनेमा जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका छन् । साथै सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए । निर्वाचन आयोगले बन्दसूचीमा सूचीकृत उमेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन मन भएमा सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।

  • राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

    राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

    असाेज १७ साेमबार, काठमाण्डाै । बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेकी छन्। आजका दिन राष्ट्रप्रमुखबाट पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिमनै राष्ट्रपति भण्डारीले पूजाआजा र दर्शन गरेकी हुन्। काभ्रेपलाञ्चोक जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठ मध्येको एक हो। काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो। राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर मार्फत वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । यस मन्दिरमा पूजाआजा गर्न आज दर्शनार्थीको भीड लागेको थियाे।

  • महाअष्टमीको अवसरमा गहवामाई शक्ति पीठमा भक्तजनहरूको भिड

    महाअष्टमीको अवसरमा गहवामाई शक्ति पीठमा भक्तजनहरूको भिड

    असाेज १७ साेमबार, काठमाण्डाै । ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा महाअष्टमीको अवसरमा बिहानै देखि दिनभर भक्तजनहरूको भीड लागेको थियाे । वीरगञ्जको ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा श्रद्धालुहरू भाकल गरि पशुपंक्षीको बलि चढाउने चलन रहँदैआएकाे छ । मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधि अनुसार पूजा अर्चना गरेर पञ्चबलि दिइसके पछि श्रद्धालुहरूकाे भाकल गरेको पशुपक्षीको बलि दिने कार्य सुरु भएको थियाे । बारा, पर्सा, रौतहट लगायत अन्य जिल्लाहरु र भारतबात समेत हजारौँको सङ्ख्यामा सर्वसाधारणहरू वीरगंजमा मेला भर्न आएका थिए ।

  • निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    असाेज १४ शुक्रबार, काठमाण्डाै । निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन सरकारले कानुन मा संसाेधन गर्न अध्यादेश जारी गर्ने तयारी गर्दैछ । विधुत ऐन, २०४९ मा विधुत व्यापारसम्बन्धी प्रावधान छैन । त्यसैले साेहि ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विधुत व्यापारसम्बन्धी प्रावधान भएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विधुत व्यापारको अनुमति दिन सकेको थिएन ।अध्यादेश राष्ट्रपति कार्यालयमा पेश गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ अध्यादेश जारी गर्न लागिएको हो । हाल दैनिक रुपमा दुई हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । सो बिजुलीमध्ये देशभित्र एक हजार सात सय मेगावाट मात्रै खपत भइरहेको छ । औसतमा तीन सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भइरहँदा पनि बाँकी रहेको दुई सय मेगावाट बिजुली खेर जाने अवस्था रहेकाेछ । देशभित्रका सबै आयोजनाबाट उत्पादित बिजुली उपयोग गर्न नसकिने भएकाले छिमेकी देशमा व्यापारका लागि निजी क्षेत्रलाई सहभागी गराउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको ऊर्जा मन्त्रालयको भनाइ छ । जलविधुत विकास नीति, २०५८ मा विधुत व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था गरिने भनिए पनि सो बमोजिम हालसम्म कानुनी व्यवस्था हुन सकेको छैन । हाल नेपाल, भारत र बङ्गलादेश सरकारको ऊर्जा सचिवस्तरीय वार्ता भई विधुतआयात निर्यात गर्ने सम्बन्धमा सहमति समेत भइसकेको छ ।

  • स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

    स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

    असाेज १३ बिहीबार, काठमाण्डाै । स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई निःशुल्क वितरण गरेको छ। डेङ्गुको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराएको छ । साथै सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा सिटामोल निःशुल्क वितरणका लागि उपलब्ध गराएको छ ।  मन्त्रालयले उपत्यकामा डेङ्गुको सङ्क्रमण अन्य स्थानको तुलनामा बढी रहेको बताएको छ । यो एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेङ्गु भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने,धेरै कमजोरि हुने जस्ता लक्षणहरू देखापर्छ ।