Author: prayatnayekkoshis

  • सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढे

    सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढे

    श्रावण १७ बिहीबार, काठमाण्डाै । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए ।

    यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक , जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

  • २८०० विन्दु छोएर फर्कियो नेप्से, कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्याे

    २८०० विन्दु छोएर फर्कियो नेप्से, कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्याे

    श्रावण १७ बिहीबार, काठमाण्डाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०० विन्दु छोएर फर्किएको छ। यस दिन कारोबार अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो। तर दिनकाे अन्त सम्ममा नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झरेको छ।

    त्यस्तै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ पटकको कारोबारमा २ लाख २९ हजार पटकको कारोबारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुमो मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ।

  • नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

    नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

    श्रावण १७ बिहीबार, काठमाण्डाै । नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत २०८०/८१ आवमा आयात भएको खाद्यान्न (चामल, मकै, गहुँ र धान ) अघिल्लो आव २०७९/०८०का तुलनामा करिब ५० करोडले बढी मूल्यको रहेकाे छ ।

    भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार गत आवमा चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजारको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको र यसबाट ४७ करोड २७ लाख २२ हजार राजस्व सङ्कलन भएको बताउनुभयाे । साथै अघिल्लो आव २०७९/०८० मा चार अर्ब ७३ करोड ६० लाख ११ हजारको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९/८०माभन्दा आव २०८०/८१ मा चामल आयातमा मूल्यमा कमी आए पनि परिमाणमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजारको धान आयात भएको छ । आव २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

    यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजारको मकै भारतबाट आयात भएको छ भने आव २०७९/८० मा दुई अर्ब ९ करोड ९९ लाख ९५ हजारको मकै आयात भएको थियो । त्यस्तै गत आवमा ८४ करोड ९१ लख ९३ हजारको गहुँ आयात भएको छ भने आव २०७९/८० मा ११ करोड ४१ लख ८८ हजारको मात्रै गहुँ आयात भएको थियो ।

  • काभा वुमन्स भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

    काभा वुमन्स भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

    श्रावण १७ बिहीबार, काठमाण्डाै । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले श्रीलंकालाइ पराजित गरि सानदार सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

    नेपालले श्रीलंकालाई पहिलो सेटमा २५-१९ ले जितेको थियाे भने दोस्रो सेटमा २५-१८ अंकले ल्याइ विजयी भयी, तेस्रो सेटमा २५-१९ ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्न सफल भएकाे थियाे।

    नेपालले दोस्रो खेल भारतसँग शनिबार खेल्नेछ। प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी रहेका छन्।

  • सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति

    सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति

    श्रावण १७ बिहीबार, काठमाण्डाै । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति भएको छ । गृह मन्त्रालयमा बिहिबार बसेको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलहरुले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जनाएकाे छ ।

    एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्ति प्रक्रिया छिटै टुङ्गोमा पुर्याउन सकिने बताउनुभयो । उनले गम्भीर मानव अधिकार उल्लङ्घन विषयमा सहमति भएको र सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने जानकारी दिनुभयो । साथै सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषय पृथक् र विशेष प्रकारको न्याय प्रणाली भएको बताउनुभयाे । यसलाई फौजदारी अभियोगसँग हेर्न नहुने पनि बताउनुभयाे ।

    उहाँका अनुसार समितिले विज्ञहरुका सुझावको आधारमा विषयहरू टुङ्ग्याइएको र सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रूपमा बुझाएर विधेयक अघि बढाइने जानकारी दिनुभयो ।

    साथै उहाँले सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लङ्घनजस्ता विषयमा सहमति भइसकेको भन्दै लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुङ्ग्याएको पनि बताउनुभयो ।

  • ऊर्जा उत्पादककाे मनोबल बढाउने काम गर्नुपर्छ: अर्थमन्त्री पौडेल

    ऊर्जा उत्पादककाे मनोबल बढाउने काम गर्नुपर्छ: अर्थमन्त्री पौडेल

    श्रावण १३ आइतबार, काठमाण्डाै । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने काम सरकारले गर्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा भएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इप्पानका पदाधिकारीसँगको भेटबार्तामा अर्थमन्त्री पौडेलले नेपालमा बिजुली पुग्यो भन्ने अवस्थामा नपुगिसकेकाले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताउनुभएको हो। अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विधुत खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको मनोबल बढ्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ । 

    साथै इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभयो । उहाँले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र  ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विधुत प्राधिकरणसँग विधुत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको बताउनुभयाे । यस्तै सर्वेक्षण सम्पन्न भई निर्माणका लागि विधुत विकास विभागमा आवेदन दिएका १० हजार सात सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाइमा अघि बढिरहेको पनि बताउनुभयो ।

    निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रमक ढङ्गले अघि बढिरहेको बेला नेपाल सरकारले गत जेठमा सार्वजनिक गरेको वित्त नीति र नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र उत्साहित हुन नसकेकोले निजी क्षेत्र उत्साहित हुने गरी ऊर्जा उत्पादकका सवालहरू सम्बोधन गरिदिन इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले अर्थमन्त्री पौडेलसँग आग्रह गर्नुभयो ।

    उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल तथा कार्यसमिति सदस्यद्वय उत्तरकुमार श्रेष्ठ र भरत पराजुली सहभागी हुनुभएको थियो ।

  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

    श्रावण १३ आइतबार, काठमाण्डाै । प्रतिनिधि सभामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि सैद्धान्तिक रुपमा छलफल भएको छ । प्रतिनिधि सभाको आइतबार भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथी विचार गर्न प्रस्ताव राख्नु भएकाे थियो ।

    बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले मुलुकमा दक्ष जनशक्ति उत्पादन तथा सर्वसुलभ र सहज पहुँचको स्वास्थ्य सेवा विस्तारका लागि विधेयक महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    साथै बैठकमा सांसदहरुले स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले सङ्घीयताको मर्म अनुरुप सन्तुलित विकास र सबै क्षेत्र, वर्गलाई समेट्ने भन्दै नेपालको चिकित्सा शिक्षालाई अब्बल तुल्याउँदै अन्तर्राष्ट्रिय जनशक्तिलाई आकर्षित गर्ने अवसर समेत भएको बताउनुभयो ।त्यसैले यस विधेयकको परिणामात्मक कार्यान्वयनका लागि पूर्वाधार निर्माण र पर्याप्त बजेट व्यवस्थापनका लागि ठोस योजना बनाइनुपर्ने बारे पनि छलफल गरियाे ।

  • मुलुकलाई समृद्ध बनाउन नयाँ गठबन्धन बनेकाे- प्रदीप ज्ञवाली

    मुलुकलाई समृद्ध बनाउन नयाँ गठबन्धन बनेकाे- प्रदीप ज्ञवाली

    श्रावण ७ साेमबार, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थिर सरकार बनाएर मुलुकलाई समृद्ध बनाउन नयाँ गठबन्धन बनेको बताउनुभयाे । प्रेस चौतारी नेपाल गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले स्थिरता सहित जनताको अवस्था परिवर्तनका लागि नयाँ गठबन्धनको सरकार बनेको बताएका हुन् ।

    उनका अनुसार मुलुकलाई सबै क्षेत्रमा गतिशील बनाउन, विकास निर्माणमा भएको बेथिति हटाउन र विकासको गतिमा तीव्रता दिन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर सरकार बनेको हो ।

    साथै मुलुकमा देखिएको बाह्य जोखिम र विचलनलाई अन्त्य गरी राष्ट्रिय हितको सम्बर्द्धनका लागि एमाले सरकारमा गएको पनि उहाले बताउनुभयाे ।

  • बाढी र पहिरोमा परी हालसम्म १३१ जनाको मृत्यु

    श्रावण ७ साेमबार, काठमाण्डाै । बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । यस्ताे विपद्मामा परि मृत्यु हुने काे संख्या काठमाडौँ उपत्यकामा २ जना, कोशीमा २२, मधेसमा ५, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    विपद्मा परी १४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा ५ गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा २/२ तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ गरी ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।

    बाढीका कारण १८२ घर डुबानमा परेका छन् । २३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४००४ घर परिवार विस्थापित भएका छन् ।

  • उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने- प्रधानमन्त्री ओली

    उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने- प्रधानमन्त्री ओली

    श्रावण ७ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने बताउनु भएकाे छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले उक्त आयोजना नेपाल विधुत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेकाे बताउनुभयो ।

    उनका अनुसार उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको पनि बताउनुभयो । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको पनि बताउनुभयाे। 

    उहाँले विधुत् उत्पादन अनुमतिपत्रको लागि विधुत् विकास विभागमा आवेदन दिइसकिएको बताउनुभयो । साथै विधुत् प्राधिकरण इञ्जिनियरिङ कम्पनी मार्फत आयोजनाको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण ढाँचा र लागत ढाँचा निर्क्योल गरी आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको पनि जानकारी गराउनुभयो ।

  • अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय- प्रधानमन्त्री ओली

    श्रावण ४ शुक्रबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली ले अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पार्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी का अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउनुभयाे । उहाँ केही नयाँ काम गरि मुलुकको समस्या समाधानमा योगदान गर्न भनी जिम्मेवारी लिएकाे साथै अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको पनि बताउनुभयो ।

    उहाँले नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति कठोर नहुने सङ्केत गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुने स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्रीसँगको भेटमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न निजी क्षेत्रका तर्फबाट आग्रह गर्नुभयो । उनले उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेकोले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । साथै मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने धारणा पनि राख्नुभयो ।

  • भारी वर्षाकाे सम्भावना सतर्कता अपनाउन आग्रह

    भारी वर्षाकाे सम्भावना सतर्कता अपनाउन आग्रह

    श्रावण २ बुधबार, काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर का बिभिन्न स्थानमा आंशिकदेखि भारी वर्षा हुने जनाएकाे छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रवारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

  • बादीपहिराेबाट १६३ राष्ट्रिय राजमार्ग प्रभावित

    बादीपहिराेबाट १६३ राष्ट्रिय राजमार्ग प्रभावित

    श्रावण २ बुधबार, काठमाण्डाै । देशकाे धेरै भुभागमा बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा १६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ । 

    सडक विभागको तथ्याङ्कअनुसार विपदका कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ । 

  • जनतामा आशा र विश्वास जागेको छ-  प्रधानमन्त्री केपी शर्माओली

    जनतामा आशा र विश्वास जागेको छ- प्रधानमन्त्री केपी शर्माओली

    श्रावण १ मंगलबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले जनतामा आशा र विश्वास जागेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलवार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा भएको बताउनुभयो । नयाँ सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उहाँको भनाइ छ ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशको विकास, सुशासन र आमजनताका निम्ति आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले यस अघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको प्रष्ट पार्नुभयो ।

    साथै यस पटक उहासँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको बताउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । हाल मनसुनको चापले गर्दा ठाउँठाउँमा बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको छ । नेपालको भौगोलिक स्थितिका कारणले यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको छ । तर आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले एक वर्ष भित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताउनुभयो । उहाँले भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिने कुरामा जोड दिने बताउनुभयाे।

    उहाँले सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गर्नुभयो । नागरिकको आत्मीयता र माया मर्न नदिने पनि विश्वास दिलाउनुभयो ।

  • नेपाल वुमन्स टोलीद्वारा श्रीलङ्का पराजित

    नेपाल वुमन्स टोलीद्वारा श्रीलङ्का पराजित

    श्रावण १ मंगलबार, काठमाण्डाै । श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई पराजित गरेकाे छ । नेपाली टाेलीले तेस्रो पटककाे अभ्यास खेलमा श्रीलङ्का वुमन्स डेभलप्मेन्टलाई २ रनले पराजित गरेकाे हो । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

    नेपाल सँग १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का वुमन्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सफल भएका थिए । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

    नेपाल यसअघि खेलेकाे पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले श्रीलङ्कासँग पराजित भएको थियो । श्रीलङ्कामा शुक्रबार देखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा परेकाे छ । ‘ए’ समूहमा नेपाल, भारत, पाकिस्तान ,र युएई छन् । नेपालले शुक्रबार युएईसँग खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ गते र भारतसँग साउन ८ गते खेल्नेछ ।

  • बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    श्रावण १ मंगलबार, काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले सबैलाइ सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

    महाशाखाका मौसमविद गोविन्द झा का अनुसार बुधबार बिहान सम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले अझ बाढी पहिरोको जोखिम बढ्नसक्ने बताउनुभयो । हाल मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ जसले गर्दा जमिनको माटो गलिसकेको हुन सक्ने, भारी वर्षा भएमा चनाखो रहनु पर्ने पनि बताउनु भयाे ।

    मौसमविद झा का अनुसार अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

  • बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरे सरकारले मृतकसरह राहत दिने

    बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरे सरकारले मृतकसरह राहत दिने

    असार ३१ साेमबार, काठमाण्डाै । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरेका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    नवगठित मन्त्रिपरिषदकाे बैठकले बाढीपहिरोमा मृत्यु हुने परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    साथै बैठकले विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री गुरुङका अनुसार विगतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतको व्यवस्था थिएन । सरकारले यो पटक नयाँ व्यवस्था गरेको हो ।

  • कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने-प्रधानमन्त्री केपी शर्मा ओली

    कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने-प्रधानमन्त्री केपी शर्मा ओली

    असार ३१ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने भनि निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीको अध्यक्षतामा साेमबार बसेकाे मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न खेल मैदान बनाउने निर्णय गरेको हाे ।

    सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेपछि प्रधानमन्त्री कार्यालय पुगेका उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    हाल त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त रंगशाला क्रिकेट एसोशिसएन अफ नेपाल (क्यान) ले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।

  • ”मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक”-डा प्रकाश शरण महत

    ”मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक”-डा प्रकाश शरण महत

    असार २६ बुधबार, काठमाण्डाै । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगर समितिले आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उहाँले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताउनुभएको हो ।

    डा महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभयाे । साथै नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने पनि बताउनुभयो ।

    साथै पूर्व अर्थमन्त्री डा महतले नेपाल हरेक कुरामा राम्रो सम्भावना भएको देश हाे जुन संसारमा अर्को भेट्टाउन नसकिने बताउनुभयाे । त्यसैले सबै जना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिने, विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्ने पनि बताउनुभयाे ।

  • विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड साढे १२ महिनाको वस्तु आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड साढे १२ महिनाको वस्तु आयात धान्ने

    असार २६ बुधबार, काठमाण्डाै । नेपालको विदेशी विनिमय (विदेशी मुद्रा) सञ्चिति खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०८०/८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ जेठ मसान्तमा आउँदा २७.८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

    प्रस्तुत प्रतिवेदनमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको देखाएकाेछ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले  जनाएको छ ।

    साथै हाल मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

  • राष्ट्र बैंकद्वारा समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव

    असार २४ साेमबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभयो ।

    बैठकमा गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो । जसमा पहिलो चरणमा रु एक लाखसम्म, दोस्रो चरणमा रु पाँच लाखसम्म र तेस्रो चरणमा रु पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने बताउनुभयो । उनका अनुसार समस्या समाधान गर्न सबभन्दा पहिले ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने र भूगोलको सीमा नराखी कारोबार गरेका सहकारीका विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयाे।

    त्यस्तै सहकारीलाई नियमन गर्ने निकायको स्थापना गरिनुपर्ने, सहकारी स्वनियममा चल्छन् भनी छोड्न नहुने, ऋणीका बारेमा सहकारीलाई कुनै जानकारी नहुने गरेकाले त्यो समस्या समाधानको उपाय विषय निश्चित गर्न पनि विज्ञले सुझाएका थियाे ।

    कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले कर्जा सूचना केन्द्रमा एकीकृत सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने र विद्यमान स्थितिमा एउटै केन्द्रले काम गर्न सकिने, साथै यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

    बैठकमा बीमा र सहकारीका विषयमा छुट्टै सूचना केन्द्र स्थापना गरिनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनील केसीले सहकारीको जस्तो समस्या अरू वित्तीय संस्थामा पनि आउनसक्ने तर्फ सचेत गराउँदै त्यसअघि नै छिटो समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।

    अघिल्लो सहकारी सुझाव कार्यदलका संयोजक डा जयकान्त राउतले सुझाव कार्यान्वयन नभएकैले सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताउनुभयो । सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीमा समस्या नरहेको र सिद्धान्त विपरीत चलेका सबैजसो सहकारी समस्यामा रहेको जानकारी दिनुभयो ।सहकारी क्षेत्रमा पनि ऋण असुली न्यायाधिकरणको स्थापना गरिनुपर्ने पनि विज्ञहरूको राय थियो । 

    बैठकमा सभापति थापाले सरकारले पीडित बचतकर्तालाई पैसा दिन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल भई नसकेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा रु पाँच लाखसम्म बचत हुनेलाई फिर्ता गर्ने विषय उल्लेख भई आएपछि केही सहकारीले बचत टुक्रा बनाएर रु पाँच लाखभन्दा कम बनाउने बदमासी गर्न थालेको सूचना पनि समितिले पाएको त्यसअवसरमा जानकारी गराइएको थियो ।

    समितिको भोलिको बैठकमा सहकारी विभागको रजिष्ट्रार भई २०४८ पछि काम गरेका अधिकारीहरूलाई बोलाइएको छ । त्यसपछिको बैठकमा सहकारी पीडितलाई बोलाएर छलफल गरिने जनाइएको छ ।

  • निर्माणाधीन दुई सडकखण्डहरु समयमै सक्न प्रधानमन्त्री दाहालको निर्देशन

    निर्माणाधीन दुई सडकखण्डहरु समयमै सक्न प्रधानमन्त्री दाहालको निर्देशन

    पुस २ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्ड समयमै सक्न निर्देशन दिनुभएकाे छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन यि दुई सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको हाे ।

    प्रधानमन्त्री दाहालले निरीक्षणपछि भन्नुभयो, “हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ । फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ। ” 

    प्रधानमन्त्री दाहालले गिटी, बालुवा ढुङ्गा, विधुतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उनले परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्ने , विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने र याे तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन पनि दिनुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको र राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौँ । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौँ ।”

  • उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

    उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

    पुस १ आईतबार, काठमाण्डाै । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल नै भुक्तानी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित हुनुहुन्थ्यो।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गर्नुभएको छ।

  • पूर्व गृहमन्त्री खाण ३० लाख धरौटीमा रिहा – उच्च अदालत पाटन

    पूर्व गृहमन्त्री खाण ३० लाख धरौटीमा रिहा – उच्च अदालत पाटन

    मंसिर २८ बिहीबार, काठमाण्डाै । उच्च अदालत पाटनले पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश दिएकाे हो । पुर्व गृहमन्त्री खाण नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

    उच्च अदालत पाटन का प्रवक्ता तिर्थराज भट्टराईका अनुसार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताउनुभयाे ।

    काठमाण्डाै जिल्ला अदालतले २०८०/०३/०१ मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दिएकाे थियाे । पुर्व गृहमन्त्री खाण समेत जिल्लाको आदेश विरुद्ध २०८० साउन १६ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए।

  • चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि

    चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि

    मंसिर २८ बिहीबार, काठमाण्डाै । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि भएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कार्त्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियाे । यसरी विदेशी विनिमय सञ्चितिमा १०‍‌.२ प्रतिशतले वृद्धि भइ रु १ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ सञ्चिति थपिएको छ ।

    बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । कूल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ । यस्तै बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब पाँच अर्ब ९५ करोड रहेको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत छ ।

    आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

  • विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक-प्रधानमन्त्री दाहाल

    विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक-प्रधानमन्त्री दाहाल

    मंसिर २७ बुधबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक रहेकाे बताउनु भएकाे छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित काठमाण्डाै विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सम्बन्धी खोज–अनुसन्धान गर्न काठमाण्डाै विश्वविद्यालयलाई आग्रह गर्नुभएको हाे । 

    उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न आवश्यक रहेकाे हुनाले प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभयो । साथै विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको पनि बताउनुभयाे । जसले गर्दा आर्टिफिसियल इन्टेलिजेन्स देखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको पनि बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताउनुभयो । विश्वविद्यालयले एक हजार शैय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउनुभयाे । उहाँले विश्वविद्यालयले चुस्ततापूर्ण बहु विशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वास व्यक्त गर्नुभयो । साथै आफूले आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि अर्पण गर्न आह्वान गर्नुभयाे।

    प्रधानमन्त्री दाहालले अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो ।

  • समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक – सञ्चार मन्त्री शर्मा

    समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक – सञ्चार मन्त्री शर्मा

    मंसिर २६ म‌ंगलबार, काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक भएको बताउनुभयाे । काठमाण्डाै स्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्य बढाउनका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयाे ।

    मन्त्री शर्माका अनुसार दुई राष्ट्र बिच प्रविधिको विकास र प्रयोगमा सहकार्य गरि, यसबाट समुन्नत राष्ट्र बनाउनु पर्छ । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।

    नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो ।

    भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सह अध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

    प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेका अनुसार नेपालबाट विश्व बजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको बताउनुभयाे । साथै हाल युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रकाे बिकाशले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढेको पनि बताउनुभयो ।

  • अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

    अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

    मंसिर २६ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभयाे । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रममा सम्बोधन गर्दै उहाँले बताउनुभयो, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।”

    उहाँले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रूपले शान्तिका निम्ति अपिल गर्नुभएकाे छ । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिविद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेको पनि बताउनु भयाे ।

    प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको बताउनुभयाे । संयुक्त राष्ट्र सङ्घका महासचिवको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भएकाे बताउनुभयाे ।

    प्रधानमन्त्री दाहालले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएकाे पनि बताउनुभयो । उहाँले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताउनुभयो ।

  • ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    मंसिर १७ आईतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई स्वदेश फर्कनुभयाे । मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्च स्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

    उहाँको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको बताउनुभयो। उहाँले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’ लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्नुभएको बताउनुभयो ।

    उहाँले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित हुनुभएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपति लगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

  • एसिया रग्बीद्वारा सचिव टङ्कलाल घिसिङ पुरस्कृत

    एसिया रग्बीद्वारा सचिव टङ्कलाल घिसिङ पुरस्कृत

    मंसिर ११ साेमबार, काठमाण्डाै । एसिया रग्बीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलाई प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मानित गरेको छ । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई उहाँको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याए बापत सम्मानित गरिएको हो । सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एशोसिएट मेम्बर प्राप्त गर्दा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । साथै उहाँकाे विषेस पहलमा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

  • भुकम्प पीडित चिसोबाट थप पीडित छन् – मन्त्री बस्नेत

    कार्तिक २३ बिहिबार, काठमाण्डाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले भूकम्पबाट पीडित भएका जनता चिसाेले थप पीडित भएकाे बताउनुभयाे । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तरक्रियामा कार्यक्रममा उहाँले सरकारले पीडितहरुलाई चिसो तथा हिमपातबाट जोगाउने कार्य प्राथमिकताका साथ अगाडी बढाएकाे बताउनुभयाे ।

    मन्त्री बस्नेतले यसअघि आएका भूकम्पको समयमा गरिएका सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने पनि बताउनुभयो । पुनःनिर्माणको अभियानमा सबै निकायको भूमिका महत्वपूर्ण हुने र तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।

    उनका अनुसार राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्या भएकोले सानो हेलिकप्टर प्रयोग गर्नु परेकाे छ । जसले गर्दा राहत व्यवस्थापनमा ढिला भएको बताउनुभयो । साथै प्राप्त सामग्री सदरमुकामबाट सबै ठाउँका लागि पठाइएको पनि बताउनुभयाे । तर पठाइएका सामग्रीहरु सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट हुँदै पीडितसम्म पुग्नका लागि ढिलाे भएकाे बताउनुभयो । साथै उहाँका अनुसार बारेकोट, कुशे गाउँपालिकामा खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बढी देखिएको पनि बताउनुभयो ।

    मन्त्री बस्नेतले दुःखमा साथ र सहयाेग दिने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई धन्यवाद दिनुभयो । साथै आपतकाे समयमा दिनरात नभनी सुरक्षा गरि साथ दिने सुरक्षाकर्मी मित्रको योगदानलाई भुल्नै नसक्ने भन्दै विशेष धन्यवाद पनि दिनुभयो ।

  • दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

    दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

    कार्तिक ६ साेमबार, काठमाण्डाै । दसैँ काे नवौँ दिन अर्थात आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गा भगवतीका यिनै नौ रुपलाई नवदुर्गा भन्ने गरिएको हो ।

    प्रत्येक वर्षझै यस वर्ष पनि आज दसैँ घर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवी भागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।

    महानवमीका दिन काठमाण्डाै उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनहरु पुगेका थिए ।

    नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर जसो शक्तिपीठमा भक्तनहरुको भीड लागेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

  • नेपालद्वारा यूएई पाँच विकेटले पराजित

    नेपालद्वारा यूएई पाँच विकेटले पराजित

    कार्तिक ६ साेमबार, काठमाण्डाै । काठमाण्डाैकाे मुलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाइ पाँच विकेटले पराजित गरेको छ ।

    यूएईले टस हारेर पहिले ब्याटिङको गरेकाे थियाे। यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो ।

    नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेकाे थियाे । नेपालको लागि असिफ शेखले सर्वाधिक ६२ रन, कप्तान रोहितकुमार पौडेलले ४७ रन र दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडेकाे थियाे ।

  • जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे-राष्ट्रपति विद्यादेवी भण्डारी

    जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे-राष्ट्रपति विद्यादेवी भण्डारी

    फाल्गुण ७ आइतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे यस मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने बताउनुभएको छ ।

    राष्ट्रपतिको सन्देशमा “हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ । सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।” भनिएको छ ।

    उहाँले सन्देशमा प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको उल्लेख गर्नुभएको छ ।नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गर्नुभएको छ ।

    साथै उनले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।

  • संविधानको कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार रहेकाे -प्रधानमन्त्री पुष्पकमल दाहाल

    संविधानको कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार रहेकाे -प्रधानमन्त्री पुष्पकमल दाहाल

    फाल्गुण ७ आइतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । साथै ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयाे ।

    प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताउनुभएको छ ।

    उहाँकाे सन्देशमा “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२-६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ । आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ”

    साथै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको बताउनुभयाे । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमति मार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभयाे ।

  • खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक

    खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक

    फाल्गुण ५ शुक्रबार, काठमाण्डाै । खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । खानेपानी मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गर्नुभएको हो । उहाका अनुसार अबदेखी खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेकाे छ, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सकिने बताउनुभयो ।

    उहाँले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिनुभयो । उहाँले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

    मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने बताउनुभयो । त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलका अनुसार हाल मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने छ । साथै एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भइरहेकाे र छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उहाँले बताउनुभयो ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको – नागरिक उड्डयनमन्त्री सुदन किराँती

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको – नागरिक उड्डयनमन्त्री सुदन किराँती

    फाल्गुण ४ बिहिबार, काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । उहाँले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताउनुभयो ।

    उहाँले नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको जानकारी दिनुभयो । पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको पनि बताउनुभयो । 

    विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिनुभयो । आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चुनौती तथा अप्ठ्यारा भए पनि समाधान असम्भव छैन भनेर आफू लागिपरेको उहाँले बताउनुभयो ।

  • नेपालद्वारा नामिबिया पराजित

    नेपालद्वारा नामिबिया पराजित

    फाल्गुण २ म‌ंगलबार, काठमाण्डाै । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले नामिबियालाइ पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको हाे । खेलमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ११५ रनको योगदान दियाे । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्दतमा ११५ रनको योगदान दिएका हुन ।

    त्यसै कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन/तीन विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो ।

    जितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ ।

  • लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले पहल गर्ने- प्रधानमन्त्री पुष्प कमल दाहाल

    लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले पहल गर्ने- प्रधानमन्त्री पुष्प कमल दाहाल

    फाल्गुण २ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । काठमाण्डाैको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहज रुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिनु भएकाे थियो । उनले लघु, घरेलु तथा साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत पहल गरेको बताउनुभयो । त्यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको बताउनुभयाे । साथै अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उनका अनुसार निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता रहेकाे बताउनुभयाे । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेला करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

  • जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि असरहरू अरू सरह बेहोर्नुपर्ने- नेपाल वातावरण पत्रकार समूह

    जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि असरहरू अरू सरह बेहोर्नुपर्ने- नेपाल वातावरण पत्रकार समूह

    माघ २६ बिहिबार, काठमाण्डाै । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको छ । यस समुहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरी प्रधानमन्त्री समक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ । जसमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय भएको जनाउँदै भौगोलिक बनोट र गरिबीले गर्दा नेपाल यस समस्याबाट प्रभावित मुलुकहरूको अग्रस्थानमा रहेको उल्लेख छ । साथै भजलवायु परिवर्तनमा नेपालको खासै भूमिका नभए पनि नेपालमा यसबाट पर्ने असरहरू भने अरू सरह बेहोर्नुपर्ने भएकाेछ । यो अवस्था नेपालजस्तो कमजोर आर्थिक तथा भौतिक पूर्वाधार एवं प्राकृतिक र हिमालयमा पर्ने प्रभाव हाम्रो लागि सङ्कटको विषय बन्नेछ ।

    नेपालको शिरशोभाका रूपमा रहेका यी हिम पर्वतहरूमा हिउँ रहेन भने भविष्यमा नेपालले पर्यटनबाट प्राप्त गर्ने ठूलो आयस्रोत गुमाउनुपर्ने निश्चित छ । त्यसैगरी दक्षिण एसियाको वाटर टावर भनिने हिमालको हिउँ लोप हुने मात्र होइन, विश्वको एक तिहाइ जनसङ्ख्या पिउने पानीबाट समेत वञ्चित हुने खतरा छ । हिमनदीहरू पग्लने र त्यसको प्रभाव हिमताल विस्फोटन हुने हाम्रो अघिल्तिरको अर्को विपत्तिको सूचक हो, एवं त्यतिखेर हाम्रा थुप्रै नदीमा बनेका बाँध र नदी आसपासका बस्तीहरूको भविष्य अनिश्चित बन्ने खतरा छ भन्दै ज्ञापनपत्रमा यसले जलविद्युत्मा गरिने लगानीका सम्भावनाहरूमा ठूलो प्रश्न उठ्ने र कतै बाढी त कतै पानीको स्रोत सुक्दै गएको अवस्था छ भनिएको छ । ज्ञापनपत्रमा मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक (मेलम्ची)लगायतका स्थानहरूमा देखिएका प्राकृतिक प्रकोपहरूले जलवायु परिवर्तनका उच्चतम प्रभावहरूलाई पुष्टि गरेको तथा नेपालको प्राकृतिक प्रकोपको चक्रले बर्सेनि खाद्य सुरक्षा, जैविक विविधता, खानेपानी, कृषि, महामारीलगायत मानिसको जीविकोपार्जनमा हरेक वर्ष नयाँ नयाँ चुनौतीहरू थपिँदै गएका भन्दै यसबाट बर्सेनि मानवीय क्षति पनि भइरहेको छ र यसमा पनि बालबालिका तथा महिलाहरू अझ बढी प्रभावित छन् भनिएको छ । नेपालको सामुदायिक वनलाई विश्व समुदायमा नमुनाका रूपमा लिन थालिएकै बेला चुरे र तराई क्षेत्रमा भने वन विनाशको व्यथा घट्नुको सट्टा बढिरहेको, नेपालका वनमा रहेका स्रोतहरू कुहिने र ह्रास हुने क्रम बढिरहेको, विदेशबाट बर्सेनि अर्बौँ रुपैयाँका काठ आयात भइरहेको तथा नेपालका प्राकृतिक स्रोतका रूपमा रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण र सदुपयोगसमेत हुन सकिरहेको छैन, ज्ञापनपत्रमा भनिएको छ । 

    नेवापसले विगत ३७ वर्षदेखि वातावरण संरक्षण र दिगो विकासका बारेमा जनचेतना जगाउन सञ्चारका विभिन्न माध्यममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले सन् २०२३ मा नेपालमा संरक्षण क्षेत्रको ५०औँ वर्षगाँठको अवसरमा विविध कार्यक्रम गर्ने तथा वातावरण क्षेत्रमा कलम चलाउँदै आएका दक्षिण पूर्वी एसिया र अन्य केही मुलुकका पत्रकारहरूलाई नेपालमा भेला गराएर नेपालका जलवायुजन्य मुद्दाहरूमा केन्द्रित रहेर स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट संसारभरि सूचना सम्प्रेषण गर्ने लक्ष्य लिएको पनि जानकारी गराएको थियो । वरिष्ठ पत्रकार भैरव रिसाल, समूहका अध्यक्ष रोशनी अधिकारी समेत समूहका पदाधिकारीको नेतृत्वमा गएको टोलीले त्यस अवसरमा प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वकाल सफल हुने भन्दै बधाई एवं शुभकामना दिएको थियो ।