नेप्सेमा नयाँ कीर्तिमान झण्डै ३० अर्बको कारोबार

श्रावण ३१ बिहिबार, काठमाण्डाै । साताको अन्तिम दिन नेप्से कारोबारमा रेकर्ड ब्रेक भइ झण्डै ३० अर्बको कारोबार गरि नयाँ कीर्तिमान कायम गरेकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको हाे ।

नेप्सेका अनुसार कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ ।

साथै बैङ्किङ, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर, रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो ।

Comments

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.