काभा महिला भलिबलमा भारत बिजयी

श्रावण २४ बिहिबार, काठमाण्डाै । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा जितेकाे थियाे । खेलको पाँचौँ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । 

खेलको पहिलो सेट नेपालले जितेकाे थियाे। खेलको दोस्रो सेट भने नेपालले गुमायो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो ।  खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।  नेपालले यस अघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । 

फाइनल खेल हेर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ लगायतको उपस्थिति थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.