• काठमाण्डाै जिल्ला अदालत बार एशाेिसिएशनकाे निर्वाचन सम्पन्न

    अषाढ ३२ शनिबार, काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालत बार एशाेषिएशनकाे निर्वाचन काठमाण्डाै जिल्ला अदालत परिसरमा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएकाे निर्वाचनमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षकाे प्यानल नै भारी मतले बिजयी भएकाे छ । जसमा अध्यक्षमा रामचन्द्र पाैडेल‍ , उपाध्यक्षमा पुरुषाेत्तम अधिकारी , सचिवमा उज्वल राम श्रेष्ठ , सहसचिव मा अन्जु रेग्मी अर्याल र काेषाध्यक्षमा सन्ताेष भण्डारी र अन्य १४ जना सदस्य गरी पुरा प्यानलनै भारी मतले बिजयी भएकाे छ ।

    सम्पन्न चुनाबमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षमा ९६४ मत प्राप्त गर्नु भएकाे छ । अध्यक्ष पाैडेलले कानुन व्यवसायी काे हकहितकाे का साथै स्वच्छ बार काे कल्पना साथ बार र बेन्चकाे सुमधुर सम्बन्ध साथ अघि बढ्ने प्रतिबध्दता जनाउनु भएकाे छ ।

  • मानव वेचबिखन तथा ह‌ि‌ंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच सम्बन्धि एक दिने कार्यशाला

    अषाढ ३०, बुधबार काठमाण्डाै । महान्याधिवक्ताकाे कार्यलय र शक्ति समुहकाे आयाेजनामा ”मानव वेचबिखन तथा ह‌ि‌ंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच” सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरिएकाे थियाे । उक्त कार्यक्रमकाे अध्यक्षता चरीमाया तामाङ्ले गर्नुभएकाे थियाे । यस कार्यक्रमकाेे मुख्य अथितिकाे रुपमा महान्यायधिवक्ता खम्ब बहादुर खाति रहनु भएकाे थियाे । अन्य अथितिहरुमा नायव महान्यायधिवक्ताहरु विश्वराज काेइराला र कृष्ण जि‍.वि घिमिरे, साहायक न्यायधिवक्ताहरु गाेपाल प्रसाद रिजाल र लाेकराज पराजुली,न्यायधिवक्ताहरु, अधिवक्ताहरु,शक्ति समुहका सदस्यहरु तथा हिंसा पिडित र तिनिहरुकाे परिवारका सदस्यहरु रहेका थिए ।

    कार्यक्रममा अध्यक्ष तामाङ्ले मानवबेचविखनमा परेका पिडितहरुकाे समस्या र तिनिहरुकाे न्यायमा सहज पहुँच नरहेकाे अवस्था बारे उजागर गराउनुभयाे । आफु र आफ्नाे संस्थाले यसमा निरन्तर रुपमा पिडित र तिनिहरुकाे हक हितकाे लागि कार्य गर्दै आएकाे र गर्दैजाने, तर हिंसा पिडितलाई न्यायमा सहज पहुँचकाे लागी यस सँग संबन्धित सराेकारवालाहरुलाई ध्यानाकर्षण गर्न जरुरी रहेकाे जानकारी गराउनु भयाे । यस्तै यस कार्यक्रमका मुख्य अथितिकाे रुपमा रहनुभएकाे महान्यायधिवक्ता ज्यू बाट पनि याे विषय गहन रहेकाे र हाल यसमा विभिन्न कार्यहरु सम्पादन गर्दै गरेकाे र पिडितकाे लागि न्यायमा सहज पहुँचकाे लागि ध्यानाकर्षण गरेकाे बताउनुभयाे । यस्तै शक्ति समुहबाट रिना वि.के ले जतिनै आजकाे युग विकास भएकाे भनिएपनि छाेरी चेलीहरु आजपनि आफ्नै परिवार, आफन्त र चिनेजानेकाबाट केहि आर्थिक प्रलाेभनमा परेर किनबेच भईरहेकाे जानकारी दिनुभयाे । संस‍्थाबाट हिंसा पिडितहरुलाई न्यायमा सहजता पुर्याउनकाे लागी धेरै कार्यहरु गर्दै गरेकाे तर कति कानूनी कठिनाईले गर्दा सहज रुपमा कार्यान्वयन गर्न असमर्थ रहेकाे जानकारी दिनुभयाे । उनका अनुसार सन् २०१८ मा विभिन्न अप्र‍ेसनहरु गरि १७ महिलाहरुलाई विदेशी मुलुक भारतमा उद्धार गरे पनि स्वदेश फिर्ता गर्न कानूनी प्रक्रिया नमिलेर ३ जनालाई मात्र नेपाल फर्काउन सफल रहेकाे र १४ जनालाई अझै नसकेकाे कुरा व्यक्त गर्नुभयाे । त्यसतै हिंसा पिडितहरुले पनि आफुलाई बेच्ने दलालीहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने , तिनिहरुले अझपनि फाेन गरि तर्साउने धम्काउने गरेकाे जसले गर्दा सहज वातावरणमा बाच्न गार्हाे भएकाे बताउनुभयाे । न्यायमा पनि सहजता नभएकाे जसले गर्दा धेरै समस्याहरु काे सामना गर्नुपरेकाे साथै सरकारले पिडितलाई क्षतिपुर्तीकाे व्यवस्था गरेकाे छ तर त्याे वापत पाउनुपर्ने केही पनि पिडितले हाल सम्म प्राप्त नगरेकाे गुनासाे पाेखेका थिए । सरल र शान्त वातावरणमा बाच्नकाे लागि सहयाेग गर्न गुहार मागेका थिए ।

    उक्त कार्यक्रम काठमाण्डाै स्थित हयात रेजिनेन्सीमा सम्पन्न भएकाे थियाे । यस कार्यक्रम सन्चालन गर्न सहयाेगी हातकाे रुपमा फ्रि अ गर्ल र एक्टप्याक्ट लग्जम्वर्गले आर्थिक रुपमा सहयाेग गरेकाे थियाे ।

  •  नेवा पत्रकार राष्ट्रिय दबूकाे १० बुँदे ललितपुर घाेषणा पत्र

    मंसिर २० साेमबार, काठमाण्डाै । मिति २०७८ मंसीर १८ गते नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरको सप्तपुर महाबिहारमा सम्पन्न गरेको ९ औं वार्षिक साधारणसभामार्फत १० बुँदे ललितपुर घोषणापत्र सार्वजनिक गरेको छ।दबूले सञ्चारमाध्यम पूर्ण समावेशी बनाएर मातृभाषाको पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएको छ ।

    पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न ९ औं वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्र मार्फत सो माग गरिएको हो । नवौं साधारणसभा र बन्दसत्रमा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो । अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
    घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
    त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पुर्याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
    सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने, राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
    त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ । यससंगै कीर्तिपुर नगरपालिकाले सो कार्यको शुरुआत गरेको छ ।
    सो कार्यको सराहना गर्दै विभिन्न स्थानीय तहमा नेपाल भाषाकासाथै आआफ्नो स्थानीय तहमा चलनचल्तीमा रहेको मातृभाषाको माध्यमबाट पढाउने व्यवस्थाको लागि ध्यान आकृष्ट हुनुपर्ने पनि घोषणापत्रमा भनिएको छ ।

  • शान्तलाल मुल्मीको ” म भित्रको म ” लोकार्पण

    २९ कार्त्तिक,काठमाण्डौ । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्वन्ध लगायतमा मर्मस्पर्शी ढंगले इमान्दारिताका साथ आत्मवृतान्त पस्केका छन् ।


    कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि उनले स्पष्ट पारे । उनले राजनीतिबाट हामी असुरक्षित हुँदै गइरहेको र नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताए । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरे । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताए ।
    छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो ।

  • चाडपर्वमा बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी गृहमन्त्रि खाण

    आश्विन ७ बिहिबार, काठमाण्डाै । आज मिति २०७८ आश्विन ७ गते गृहमन्त्रि बालकृष्ण खाणकाे अध्यक्षतामा गृहमन्त्रालयमा बसेकाे बैठकमा नजिकिदै गरेकाे दशै,तिहार र छठ लगायतका पर्वहरुलाई दृष्टिगत गरी आपुर्ति, बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी रहेकाे बताउनु भयाे । उक्त बैठकमा उधाेग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिबहरु,सुरक्षा निकायका प्रमुखहरु,संवद्ध विभागका प्रमुखहरु,काठमाण्डाै उपत्यका प्रमुख अधिकारीहरु,काठमाण्डाै र ललितपुर महानगरपालिकाका प्रतिनिधिहरु,उपभाेक्ता अधिकार सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरु,यातायात तथा उधाेग व्यवसाय सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरु सबैकाे उपस्थिती रहेकाे थियाे ।

    बैठकमा उपभाेक्ता अधिकारकर्मीहरुकाे तर्फबाट बजारमा हुने मुल्यवृद्धि ,कृतिम अभाव जस्ता समस्याहरु देखिएकाले समाधानका एकिकृत प्रभावकारि अनुगन र नियमनकाे आवश्यक्ता रहेकाे धारणा व्यक्त गर्याे । उधाेगी व्यवसायीहरुकाे आफ्नाे समस्याहरु व्यक्त गर्दै समस्याकाे समाधानहुनुपर्ने मागका साथ कानुनबमाेजिम हुने सरकारकाे अनुगन र नियमनकाे पुर्ण समर्थन रहने बताउनुभयाे । यातायात व्यवसायीका तर्फका प्रतिनिधिहरुले पनि आफ्ना रहेका समस्याहरु व्यक्त गर्दै समस्याकाे समाधानहुनुपर्ने मागका साथ आफ्नाे तर्फबाट गर्नुपर्ने कार्य प्रति जिम्मेवार रहि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । बैठकमा उपस्थित अन्य नियामक निकायका प्रतिनिधिहरुले बजारलाई व्यवस्थित गरि उपभाेक्ताहरुकाे अधिकार रक्षा गर्ने कार्य गरिरहेकाे व्यक्त गर्नुभयाे ।

  • दसैं भ्रमण प्याकेज खरिदमा शेयरमा लगानी सित्तैमा

    आश्विन ५ मंगलबार, काठमाण्डाै । भक्तपुर टुर्सले आफ्ना सेवाग्राहीहरुलाई नेपाल लगानी कोषको शेयर निशुल्क दिने ब्यबस्था गरेको छ । भक्तपुर टुर्सका सन्चालक रविन राचलिका का अनुसार दसैं भ्रमण प्याकेज खरीदकर्ताकाे खरीद मुल्यको ८ प्रतिशत बराबरको रकम शेयरमा लगानी गरिने निर्णय गरिएकाेछ । नेपाल लगानी कोष, नेपाल भ्रमणको बजेटबाट बचत भएको रकमलाई बैदेशिक ऋण कम गर्ने लक्ष्य राखी स्थापित भएकाे संस्था हाे । याे संस्था भ्रमणकर्ताहरुको बचत रकमबाट सञ्चालित हुदै आएको छ । यसले आफ्नाे कोषबाट न्यून ब्याजदरमा उद्यम गर्नको लागि सञ्चयकर्ताहरुलाई ऋण प्रदान गर्दै आएको छ । साथै यसले शैक्षिक क्षेत्रमा लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    हाल दसैं भ्रमणका दश हजार देखि पन्ध्र हजार रुपैयाँ बराबरका टुर प्याकेजहरु उपलब्ध छ । पाँच दिने टुर प्याकेजमा खाना, बस्न र यातायातको सुबिधा दिइएको छ । दसैं भ्रमण प्याकेज बिक्री प्रर्बद्धनलाई अझ सहज बनाउन प्याकेज सिफारीस गर्नेहरुको लागि पनि बिक्री मुल्यको २ प्रतिशत रकम बराबरको शेयर निशुल्क प्रदान गरिने निर्णय गरिएकाेछ । दसैंको लागि मुस्ताग र पाथीभाराको प्याकेज बुकिग असोज ३ गतेबाट सुरु भएको छ । अन्य स्थानको बुकिग असोज ८ गतेदेखि खुल्नेछ ।

  • अफगानिस्तानबाट थप ३ जना उद्धार गरियाे

    भाद्र १८ शुक्रबार, काठमाण्डाै । आज अफगानिस्तानकाे कतार एयरको नियमित उडानबाट १ जना र हिजो साँझ टर्किस एयरको नियमित उडानबाट २ जना गरी थप ३ जना उद्धार गरि स्वदेश फर्काइएको छ । नेपाली नागरिकहरु अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ ल्याइने क्रम जारि रहेकाे छ हालसम्म कूल ८६० जना नेपाली नागरिक उद्धार भई काठमाण्डौ आइपुगेकाे छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।

    उद्धार भई काठमाण्डौ ल्याइएका नागरिकहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।

  • तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जनाउपर भ्रष्टाचार गरेको आरोप

    भाद्र १० शुक्रबार, काठमाण्डाै । शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएकाे छ । तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लिएर प्रायाेग गरी ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाे थियाे ।

    त्यस सम्बन्धमा अनुसन्धान हुँदा शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत गरि कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा उपभोक्ता समितिका पदाधिकारीहरुले गैरकानुनी लाभ लिने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेल समेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई पेश गरेकाे र भुक्तानी लिइकाे प्रमाणित भएकोले आरोपितहरु विरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

  • अफगानिस्तानबाट ११ जना नेपाली नागरिकहरू उद्धार

    भाद्र ९ बिहिबार, काठमाण्डाै । आज ११ जना नेपाली नागरिकहरू अफगानिस्तानकाे काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ । अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी नै रहेको छ । काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैईरहेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन ।

    अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

  • अफगानिस्तानबाट ५०४ जना नेपाली नागरिककाे उद्धार

    भाद्र ७ साेमबार, काठमाण्डाै । हिजाे भाद्र ६ गते सम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको छ । मिति २०७८।५।६ मा परराष्ट्र मन्त्रालका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक बसेकाे थियाे । उक्त बैठकमा अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्ने, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल गरिएकाे थियाे ।

    अफगानिस्तानबाट हालसम्म कूल ५०४ जना नेपाली नागरिक उद्धार गरि नेपाल फर्की सकेकाे र थप नेपाली नागरिकहरू फर्कने प्रकृया पनि जारी रहेको छ । त्याहाबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौ सम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा हिजाे साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएको छ । उद्धारको लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्य सम्म पुगिसकेकाहरुकाे विवरण रुजु गरी, उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ । काबुलमा नागरिक उड्डयान सेवाको हवाई जहाजको आगमन अवतरण खुली सकेको अवस्था भने छैन ।

    अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । यसका साथै नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।

  • नेपालमा अब Mobile Device Management system (MDMs) लाई व्यवस्थित गरिने

    भाद्र ३ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयका सचिव श्री शिशिर कुमार ढुङ्गाना ज्युकाे संयाेजकत्वमा Mobile Device Management system (MDMs) काे प्रयाेगलाई व्यवस्थित गर्ने सम्बन्धमा नेपाल दुरसन्चार प्राधिकरण, भन्सार विभाग, माेबाइल आयात संघका प्रतिनिधिहरु सहितकाे बैठक मिति २०७८ भाद्र १ गते बसेकाे थियाे । बैठकमा MDMs अन्तर्गत lmport Module यहि भाद्र १५ गते भित्र सन्चालनमा ल्याउन सर्भर व्यावस्थापन लगायतका सबै कार्य सम्पन्न गर्ने, माेबाईलकाे IMEI Number दर्ता नभएका सबै माेबाईल प्रयाेगकर्ताहरुलाई दुई महिना भित्र आफ्नाे माेबाईलकाे IMEI Number दर्ता गराउन SMS मार्फत जानकारी गराउने र साे समय भित्र दर्ता नगराएमा त्यस माेबाईलमा प्रयाेग गरेकाे सिम प्रयाेग नहुने प्रणाली सन्चालनमा ल्याउने साथै माेबाईल सेटकाे पैठारी अनुमति लगायतकाे सेवाकाे लागि नेपाल दुरसन्चार प्राधिकरणले भन्सार विभागकाे Nepal National single window प्रणालीमा एक महिना भित्र आवद्ध गराउने निर्णय भएकाे छ।

  • अनलाइन समाचार प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण

    जेष्ठ १२ बुधबार , काठमाण्डाै । सर्वाेच्च अदालतले विभिन्न अनलाइन समाचार पत्रिकाहरुमा प्रकाशित समाचारहरु प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण गराएकाे जानकारि दिएकाे छ । सर्वाेच्च अदालतले आफ्नाे प्रेष विज्ञप्तिमा यस्ताे भनेकाे हाे ।

    जसमा “प्रधानमन्त्री र प्रधान न्यायाधीश बिच बालुवाटारमा छलफल ‌,ओलीले गाडी पठाए पछी आए राणा” र “प्रधान न्यायाधीससँग सवा घण्टाकाे छलफल पछी राती ११ बजे बाहिरिए प्रधान न्यायाधिश राणा” भन्ने शिर्षक राखी इमेज खबर अनलाइनले मिति २०७८।०२।१० गते मा, “प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश बिच अर्थपूर्ण भेट” शिर्षक राखी पहिलाे क्लिक अनलाइन पत्रिका र “प्रधान न्यायाधीस राणालाई बालुवाटार बाेलाएर ओलीले भने मलाई सहयाेग गर्नुहाेस”‍ शिर्षक राखी नेपाल समय अनलाइनले मिति २०७८।०२।११ मा र अन्य केही अनलाइनपत्रिकाहरुले बिभिन्न समाचार हरु प्रकाशित गरेकाेमा गम्भिर ध्यानाकर्षण भएकाे भनि जानकारी गराएकाे छ ।

    उल्लेखित विषयमा कुनै पनि सत्यता नरहेकाे न्यायपालिकाकाे स्वच्छता एवम् यस प्रतिकाे आस्था र विश्वासमा प्रभाव पार्ने गरि अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेद जन्य विषय हाे । यस प्रकारका कार्यहरु संबिधान कानून र स्वयम पत्रकार आचार संहिताकाे समेत प्रतिकुल हुने हुँदा कानूनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछाै । साथै यस्ता भ्रमपुर्ण कपाेकलल्पित भ्रममा नपर्न सबैमा अनुराेध गर्दछाै । साथै न्यायपालिका आम नागरिककाे आस्था विस्वास र भराेसाबाट सन्चालन हुने राज्यकाे स्वतन्त्र संस्था हाे । न्यायपालिका प्रतिकाे जनआस्था अभिबृद्धिमा अदालत सदैव गम्भिर सचेत र संबेदनशील एवम् पुर्णरुपमा प्रतिबद्ध रहेकाेमा विश्वस्त हुन सबैमा अनुराेेध गर्दछाै । न्यायपालिकाकाे गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहिन र भ्रामक समाचार सच्चाउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउदछाै ।

  • सर्वाेच्च अदालतमा भिडियाे कन्फरेन्सिङ मार्फत बहस पैरबी

    जेष्ठ १०,काठमाण्डाै । सर्वाेच्च अदालतकाे मिति २०७८।०१।३१ गते बसेकाे पुर्ण बैठकले भिडियाे कन्फरेन्सिङ मार्फत बहस पैरबी गराउने भए अनुसार मिति २०७८।०२।०४ गते देखि सुरुवात गरिएकाे छ ।

    सर्वच्च अदालतकाे मिति २०७८।०२।०४ गते प्रेस विज्ञप्ती अनुसार न्यायपालिकाकाे चाैथाे पन्चवर्षिय रणनीतिक याेजनाकाे लक्ष्य १ रणनीतिक उद्धेश्य १.२ मुद्दा ब्यवस्थापन पद्धतिमा सुधार गर्नु अन्तर्गत अदालतहरुमा भिडियाे कन्फरेन्सिङबाट बहस सन्चालन गर्न सम्भाब्यता अध्ययन गरि लागु गर्ने भन्ने ब्यवस्था रहे अनुसार र सर्वच्च अदालतकाे पुर्ण बैठकले हाल विश्वब्यापी रुपमा फैलिरहेकाे काेरोना भाइरस काेभिड १९ र त्यसकाे नयाँ भेरियन्टकाे संक्रमण तिब्र रुपमा फैलिरहेकाे अवस्थामा स्वास्थ सुरक्षालाई ध्यानमा राखी यसकाे सुरुवात गरिएकाे छ ।

    आगामी दिनहरुमा थप ईजलासहरुमा पनि भिडियाे कन्फरेन्सिङबाट बहस सन्चालन गराउने उद्देश्य रहेकाे जानकारी गराउनु भयाे ।

  • कैदीबन्दी रामलखन जैसवालकाे मृत्यु शंकास्पद नभएको

    असोज ७,काठमाण्डाै । गत असोज ३ गते राति ११ः ५५ बजे कैदीबन्दी रामलखन जैसवालको मृत्यु कारागारमा भएकाे थियाे । आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको हाे ,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भने जस्ताे शंकास्पद नभएको बताएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, घाँटी काटिएको र शरीरका विभिन्न भागमा चोटपटक लागेको, जस्ता भ्रमक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ । उनले कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको बताएकाेछ । पोष्टमार्टम रिपोर्ट पछि सबै कुरा थाहा हुने बताए । 

    वीरअस्पतालमा पीसीआर परीक्षण र पोष्टमार्टम गर्न लगिएकाे मा शव उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा गर्मी मौसम भएकाले शव सुनिएकाे, फोका आएकाे, विभिन्न भागमा दाग देखिएको जेलर बास्कोटाले बताए । त्यस्तै वीरअस्पतालका फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठका अनुसार शव तीन दिनपछि सुन्निएको, फोकाहरु देखिएको र सुन्निएर चिन्नै नसकिने अवस्था भएको हाे, साथै अन्य थप कुराहरू पोष्टमार्टम काे रिपाेर्ट आएपछि थाहा हुनेछ ।

  • पहिलो पटक हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमित थपियाे

    असोज २,काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार शुक्रबार देशभर २ हजार बढी कोरोना भाइरस संक्रमित थपिएका छन् जुन हालसम्मकै उच्च संख्या हाे । एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे। पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।अाजकाे दिन मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ।

  • दिगो ‘इ८’ विधुतीय कारको बुकिङ सुरु

    असोज २,काठमाण्डाै । नेपालमा सिटी कार दिगो इ८ को बुकिङ सुरु भएको छ । दिगोका सिइओ हेमन्त पुरानिक अनुसार दिगो इ८ मा आधुनिक र ताजा डिजाइन छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्नेछ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो ।

    दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ । यसका ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसमा स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसन जसले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै छ । पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले इ८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ । साथै चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम,हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस ,पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम छ। समग्रमा यसको भित्री भागमा महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ ।

    इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कल अलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट) ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । इ८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

    दिगो इ८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । यसमा थ्री फेज एसिंक्रोनस मोटर छ जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्छ । यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ जसलाई जहाँ पनि सजिलै चार्ज गर्न सकिन्छ । दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।दिगो इ८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ । सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा८ मात्रै बिजुली खर्च हुन्छ । यसरी याे नेपालकाे लागी बनेकाे उपयुक्त कार हाे ।

  • सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं बैठक सम्पन्न

    असोज १,काठमाण्डाै । आज सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठक सम्पन्न भयो । माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा याे बैठक सम्पन्न गरियाे। उक्त बैठकमा उदघाटन मन्तव्य दिनुहुदै माननीय परराष्ट्र मन्त्रीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताउनु भयाे । यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु भयो। नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्नुहुँदै वहाँले कोभिड-१९को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको र वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुर्न्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।


    उक्त बैठकमा सार्कका महासचिव श्री इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राख्नु भएको थियो भने “कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो। उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधी मण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।


    सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधि मण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।

  • हालसम्मकै उच्च संख्यामा संक्रमित थपियाे

    भाद्र ३१, काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरण अनुसार बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् जुन हालसम्मकै उच्च संख्या हाे । देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ , संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ र मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । साथै उपत्यकामा, काठमाण्डौमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  जुनकुरा बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

  • विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९२२,५२५ पुग्याे

    भाद्र २९, काठमाण्डाै । कोरोना भाइरसका कारण विश्वभरी मृत्यु हुनेको संख्या ९२२,५२५ पुगेकाे छ । विश्वभर कोरोना भाइरस संक्रमित काे संख्या २८,८९२,८१० पुगेकाे छ भने निकाे हुनेकाे संख्या १९,५३९,३५८ रहेकाे छ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४५, संक्रमित काे संख्या ५४,१५९ र निकाे हुनेकाे संख्या ३८,६९७ रहेकाे छ ।

  • महामारीमा कैदीबन्दीको सजायमा छुट दिन सर्वाेच्चकाे निर्देशनात्मक आदेश जारी

    भाद्र २५, काठमाण्डाै । कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुटकोलागी विशेष निर्णय लिन सरकारका नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । गत साउन १९ गते न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गरेको आदेशको पूर्णपाठ आज सार्वजनिक गरिएको छ ।

    जसमा कारागारको भीडभाड कम गर्न नाजुक अवस्थाका बालबालिका, गर्भवती, दुध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्याका कैदीलाई प्राथमिकताका आधारमा छुटको निर्णय गर्न भनिएको छ । “कैदीबन्दीको अवस्थाको अत्यन्त सतर्कतापूर्वक पहिचान गरी निजहरुको स्वास्थ्यमा हुने जोखिमतासँग कसूरको प्रकृती र सार्वजनिक सुरक्षासमेतलाई ध्यानमा राखी दुवैबीच सन्तुलन कायम गरी संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरी अहिले महामारी रोकथामको लागि नेपाल सरकारबाट आदेश तथा निर्णयहरु भैरहेको सन्दर्भ छ”, पूर्णपाठमा भनिएको छ, “तत्काल छोड्ने वा सजाय कम वा छुट गर्ने वा अन्य कुनै उपयुक्त विशेष निर्णय लिनको लागि निर्देशनात्मक आदेशसमेत जारी गरिएको छ, प्रस्तुत रिट निवेदनमा भएका आदेशको कार्यान्वयनको स्थिति देखिने प्रतिवेदन दुई महिनाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको अनुगमन तथा निरीक्षण महाशाखामा पठाउनू।”

    आदेशमा भनिएको छ, “संविधान र ऐनले गरेको व्यवस्थालाई निस्प्रवाही तुल्याउने छुट कसैलाई नहुने हुँदा यो महामारीमा उमेर, शारीरिक अवस्था, स्वास्थ्यको अवस्था आदिको कारण अत्यन्त जोखिमका ज्येष्ठ नागरिक कैदीको हकमा कैद छुटको सुविधा दिनुपर्छ । सर्वाेच्च अदालतले याे आदेश केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाणडाै थुनामा रहेका गोपाल शिवाकोटी (चिन्तन) समेतले दायर गरेको रिट निवेदन माथिको सुनुवाई पछि जारी गरेको हाे ।

  • स्वास्थ्यकर्मीहरु माथि धम्की तथा अमानवीय व्यवहार नगर्न आग्रह

    भाद्र ८, काठमाण्डाै । मानव अधिकार आयोगद्वारा देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण गर्दै सहयाेग गर्न आग्रह गरेकाे छ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाण्डाै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको छ । सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको छ । जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो ।

    अतः कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेकाे छ । साथै, हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गरेकाे छ ।

  • नेपाल पत्रकार महासंघद्वारा सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह

    भाद्र ८, काठमाण्डाै । नेपाल पत्रकार महासंघद्वारा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेकाे छ । कोभिड – १९ को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको छ । संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।

    महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेकाे छ। हालकाे यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम सञ्चारकर्मिहरुमा अपिल गरेकाे छ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गरेकाे छ।

  • विश्वभरि कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ८ हजार नाघ्याे

    भाद्र ७, काठमाण्डाै । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ८ हजार ६ सय ९७ पुगेको छ भने संक्रमितको संख्या २ करोड ३३ लाख ८० हजार ५ सय ६९ पुगेको छ । विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ५९ लाख ६ हजार ४ सय ७९ जना उपचारपछि निको भएका छन् ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरमा मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट अमेरिका, ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् ।

  • काठमाण्डौका सडकहरू फेरि सुनसान

    भदौ १, काठमाण्डाै । काठमाण्डौका सडकहरू फेरि सुनसान हुन थालेका छन । काठमाण्डाैमा कोरोना भाइरसको संक्रमण धरै बढेको छ । एक दिनमा कम्तीमा पनि सय जनाकाे दरले नयाँ संक्रमित काठमाण्डौ उपत्यकामा थपिरहेका छन् ।

    संक्रमण बढ्दै जाँदा लकडाउननै नभए पनि विभिन्न प्रतिबन्धहरु थप गरिएकाे छ। संक्रमण देखिएको स्थानलाई शिल गर्ने देखि यसअघि खुकुलो बनाइएका सेवाहरुमा समेत कडाइ शुरु गरिएको छ । जिल्ला प्रशासनले भीडभाडलाई कम गर्न प्रतिबन्धका नियम कडाइ साथ लागू गर्न थालेकाे छ। जसले गर्दा मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्कन छाडेकाे छ। काठमाण्डौकाे सडकहरु केही दिन अघिसम्म भरिभराउ हुन्ठे भने हाल सुनसान देखिन थालेकाे छ।

  • विश्वभर कोरोना भाइरसबाट ७ लाख ७३ हजार बढिको मृत्यु

    भदौं १,काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट ७ लाख ७३ हजार बढिको मृत्यु भएकाे छ । एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार ३२ पुगेको हाे । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या भने २ करोड १८ लाख नाघेको छ ।

    संक्रमित मध्ये १ करोड ४५ लाख ५८ हजार ३२८ जना संक्रमण मुक्त भएका छन् , निको हुनेको यो संख्या ६६।७० प्रतिशत हो । यस्तै ६४ लाख सक्रिय संक्रमितमध्ये ६४ हजार संक्रमितको अवस्था गम्भीर रहेको वल्डोमिर्टसले जनाएको छ ।

  • विचाराधिन अबस्थामा रहेकाे मुद्दाकाे गलत टिकाटिप्पनी नगर्नु – सर्वाेच्च अदालत

    १२ श्रावण, काठमाण्डाै । सर्बाेच्च अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केहि दिन देखी प्रवाह भइरहेकाे टिकाटिप्पणी र गतिविधिहरूकाे सम्बन्धमा ध्यानाकर्षण भएकाे छ । अदालतमा दर्ता हुने विवादहरूकाे निरूपन संविधान, कानून र न्यायका मान्य सिद्धान्त बमाेजिम हुने र अदालतबाट हुने फैसला र अादेश उपर चित्त नबुझेमा निर्धारित विधि र प्रकृया अनुरूप उपचारकाे मार्ग अनुसरण गर्ने हुन्छ । त्यसैले विचाराधिन अबस्थामा रहेकाे मुद्दाकाे गलत टिकाटिप्पनी नगर्नु भनि मिति २०७७ साल श्रावण १२ गतेकाे प्रेष विज्ञप्तिमा अनुराेध गरिएकाे छ ।

  • हिड्दा मास्क लगाउनु पर्ने नत्र कार्बाहीमा परिने -गृह मन्त्रालय

    साउन ११ ,काठमाण्डौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क नलगाई हिड्नेलाई कार्बाही गर्न निर्देशन गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार मास्क नलगाई हिड्दा कोभिड महामारीको जोखिम अझ बढ्ने भएकाले जिल्ला प्रशासनहरुलाई निर्देशन गरिएको बताए । हाल जोखिम बढेको छ, तर मास्क नलगाई हिड्नेहरु बदी देखिएकाले गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन अनुसार कार्बाही गरिनेछ।

    यसअगाडि पनि मास्क नलगाई हिड्नेलाई कार्बाही गर्न गृह मन्त्रालयले पत्राचार गरेको थियो । हाल लकदाउन अन्त्य गरिए पछि महामारीको जोखिम अझ बढ्ने भएकाले मास्क अनिवार्य गराउन निर्देशन दिइएको हाे।

  • साउन ७ देखि लकडाउन सकियो, केही क्षेत्र अझै नखुल्ने

    साउन ७,काठमाडौं । आज साउन ७ बाट लकडाउन सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ५ गते लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियाे । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि लकडाउन जारी भएको थियाे। लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य भएकाेछ भने कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।

    यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

    साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न पाइने छैन। विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द नै रहनेछन्। संक्रमण बढे खुला गरिएका क्षेत्र पुनः बन्द गर्न सक्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा‍‍ युवराज खतिवडाले जानकारी दिए।

  • नेपाली काँग्रेसद्बारा साग स्वर्ण विजेतालाई सम्मान गरिने

    साउन ६,काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्बारा नगद सहित सम्मान गरिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको साउन ५ गते बसेको बैठकको पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए । एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार र चार स्वर्ण विजेतालाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।
    त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

    विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । पत्रकार सम्मेलनमा विभागका उप–प्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।

  • ‘रेडियोधर्मी पदार्थको उपयोग नियमन सम्बन्धी विधेयक, २०७६’ स्वीकृत

    १४ जेठ,काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले सो विधेयकको संशोधन माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । यसअघि संशोधन माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विकीरण बाट उत्पन्न जोखिम न्यूनीकरण गर्न अति जरुरी भएको र पारामाणिक पदार्थको नियमन तथा रेडियोधर्मी पदार्थको सुरक्षा, अनुसन्धान र नियमनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएर विधेयक ल्याइएको बताउनुभयो । संशोधन माथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले सो विधेयक गम्भीर महत्वको भएकाले विस्तृत छलफलपछि मात्रै पास गर्न आग्रह गर्नुभयो ।

    सांसद दिव्यमणि राजभण्डारीले कोरोना जोखिममा विश्व परिरहेको सन्दर्भमा हाल यस्ता विधेयक प्राथमिकतामा नपर्ने बताउनुभयो । दुई प्रतिवेदन पेश बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो । प्रतिवेदन पेश गर्दै सभापति पोखरेलले जनतालाई शक्तिको स्रोत मान्ने प्रकारको शासकीय स्वरुप हुनुपर्ने सुझाव दिनुभयो । उहाँले समितिले दिएका सुझाव र निर्देशनले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गर्नुभयो ।

  • कोरोनासँग डराएर, ढोका थुनेर वा लुकेर मात्र नहुने मुख्य मन्त्री पौडेल

    १४ जेठ,हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यस विरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदै कोरोना विरुद्धको लडाइमा अन्य प्रदेशको तुलनामा यो प्रदेशमा धेरै काम भएको बताउनुभयो । हाल सम्म प्राप्त कोरोना सङ्क्रमितको विवरण अनुसार वाग्मती प्रदेशमा कम सङ्क्रमित पाइएको भन्दै उहाँले बढी जनसङ्ख्या तथा सङ्घीय राजधानी समेत यही प्रदेशमा हुँदाहुँदै पनि सङ्क्रमितको सङ्ख्या कम हुनुमा सरकारको सक्रियता र क्रियाशीलता मुख्य कारक भएको बताउनुभयो ।

    मुख्यमन्त्री पौडेलले कोरोनाको कहर कम गर्न प्रदेश सरकारले स्थानीय तहमार्फत रु ३० करोड खर्च गरिसकेको र आवश्यक भए अन्य रकम पठाउन सकिने बताउँदै रकम आवश्यक हुने स्थानीय तहले केका लागि र कति रकम चाहिएको हो भन्ने स्पष्ट योजना ल्याएमा प्रदेश सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशमा उज्यालो ल्याउने दाबी गर्नुभयो । “नीति तथा कार्यक्रममा एउटा पनि बुँदा त्यस्तो छैन, जसले कसैको मन नछोओस्”, उहाँले भन्नुभयो । प्रदेशसभा सदस्यले उठाएका पिसीआर परीक्षणको दायरा बढाउनुप¥यो भन्ने सुझावमा पौडेलले प्रदेशमा प्रतिसङ्क्रमित २२५ का दरले पिसीआर परीक्षण भइरहेको तथा चिकित्सकलाई शङ्का लागेका वा सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ (सङ्क्रमितसँगको सम्पर्कमा रहेकाहरुको खोजी) का आधारमा आवश्यक सबैको परीक्षण भइरहेको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री पौडेलले विकास निर्माण र मर्मत सम्भारका लागि द्रुत कार्य गर्न आवश्यक साधन सहितको कम्पनी आवश्यक परेको हुँदा सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । सभामा १५ जना प्रदेशसभा सदस्यले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका पक्ष र विपक्षमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै प्रदेशसभा सदस्य रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, राधा घले, जीवन डङ्गोल, रीता माझी, रिना गुरुङ र शोभा शाक्यले विभिन्न सात बुँदामा संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभएकामा प्रदेशसभाले त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रदेशसभाले बहुमतले पारित गरेको छ ।

  • नेपाल एयरलाइन्स ले जापानको फुकुओका शहरमा चार्टर्ड उडान गर्ने

    १३ जेठ, काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज राति जापानको फुकुओका शहरमा पहिलो पटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौँ उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको , यो उडानमा २६० हाराहारी यात्रु रहेको जानकारी गराएका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।

  • शहीद कृष्ण सेन इच्छुकको १८औँ स्मृति दिवस

    १३ जेठ,कास्की। आज पोखरामा पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन (इच्छुक)लाई स्मरण गरि पे्रस सङ्गठन नेपाल कास्कीले इच्छुकको १८औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी शहीद इच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले जहिले पनि जनपक्षीय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले शहीद इच्छुकले जनपक्षीय पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सञ्चारकर्मीले उहाँको आदर्श र व्यक्तित्वको जहिले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिर्वतन भएर सङ्घीयता कार्यान्वयनको अहिलेको अवस्थामा समेत जनपक्षीय पत्रकारिताको खाँचो रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शहीदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलीपविक्रम शाही, सङ्गठनका जिल्ला संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ लगायतले सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । इच्छुक स्मृति दिवसमा प्रेस सङ्गठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेष स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिनुभयो । सो पुरस्कारका लागि आज प्रतिभा छनोट समिति गठन गरिएको छ । समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल तथा सङ्गठनका संयोजक र सहसंयोजक सदस्य रहनुभएको छ । विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई नियन्त्रणमा लिएर चरम यातनापछि महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या गरेको थियो ।

  • निर्माण सामग्री र ढुवानीमा कृत्रिम अभाव गरी अत्यधिक मूल्यवृद्धि

    १३ जेठ,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्री र ढुवानीमा मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएका प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गर्नु भएको हो । बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा रु ८० देखि रु १२० र रड प्रति केजी रु १० देखि रु १५ सम्म मूल्यवृद्धि भएको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दीअघिको मुल्यभन्दा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासङ्घले जनाएको छ । विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासचिव दाहालले बताउनुभयो ।

    कोरोना सङ्क्रमणका कारण काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । सिङ्गो मुलुक र विश्व नै कोरोना सङ्क्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणमा थप लागत बढ्न गई सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासङ्घले गरेको छ । केही व्यक्तिले फाइदा उठाउन गरिएको मूल्यवृद्धिलाई तत्काल नरोके विषम परिस्थितिमा काम नभई ‘ओभरहेड’ खर्च मात्र बढ्ने महासङ्घले जनाएको छ । बन्दाबन्दीको समयमा अति आवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएकाले त्यसका लागि पुनः सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको महासङ्घले जनाएको छ ।

  • कोरोनापछिको आर्थिक अवस्था उकास्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने

    १३ जेठ, लुम्बिनी ।   कोरोना भाइरसका कारण देशमा परेकाे आर्थिक सङ्कटबाट पार पाउन र याहाँका पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको ‘कोर्भिड –१९ ले पारेको असर र त्यसपछिको उद्यम’ का विषयमा अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकाे, किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै प्राविधिक खेतीको बीमा जरुरी भएको , आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएकोछ भनी छलफलमा मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ, तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ , ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ ।

    मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले उन्नत बीउ र मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताउनुभयो । अनलाइनमार्फत जुम एपमा भएको छलफलमा कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने कृषि नै भएको तर्क गर्नुभयो । भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराउनुभयो ।

  • प्रदेश नं १ सरकारद्वारा रु १० करोडको कोष खडा गर्ने निर्णय

    विराटनगर, १३ चैत । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ । कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पुर्याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवदेन परेबमोजिम जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।

  • पोखरामा लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी

    पोखरा, १३ चैत । पोखरामा कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्ड भित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाए सँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भन्नुभयो । उहाँका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् । पोखरामा लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सवारी साधनलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उहाँले सडकमा पैदल निस्कने क्रम पनि दिनप्रतिदिन कम हुँदै गएको बताउनुभयो । लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उहाँको भनाइ छ । यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ । पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ ।

    प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उहाँले जानकारी दिनुभयो । “मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए”, उहाँले भन्नुभयो, “हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।” आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

  • चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गरे घरधनीलाई कारवाही गरिने

    चितवन, १३ चैत । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो । बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उहाँले भन्नुभयो, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो । बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो । कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिनुभयो । बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ । कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो ।

  • ओमसतिया गाउँपालिकाद्वारा मास्क, डेटोल, एन्टिसेप्टिक र साबुन वितरण

    भैरहवा,१३ चैत । रुपन्देहीमा ओमसतिया गाउँपालिकाले गाउँपालिका भरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताउनुभयो । विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भन्नुभयो । ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन्् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताउनुभयो । जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।

  • महोत्तरी जिल्लाका भारतीय सीमा नाका बन्द

    महोत्तरी, ९ चैत । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार महोत्तरी जिल्लाकाे भारतीय सीमानाका बन्द गरिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाकाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएकोछ । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको हाे। करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवा सहित तीन नगरपालिका एवं एकडारा र सम्सी सहित दुई गाउँपालिका समेत पाँच स्थानीय तह पर्दछन् । जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरण सहितको स्वास्थ टोली यस अघि नै सञ्चालनमा आइसकेका छन् ।