श्रावण १५ आइतबार, काठ्माण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको गुह्येश्वरीको प्रशोधन केन्द्रकाे आइतबार उद्घाटन गर्नुभएकाे छ । पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हाे । प्रधानमन्त्री देउवाले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथकाे क्षेत्रमा स्वच्छ पानी बग्न थाले पछि धार्मिक पर्यटक बढ्ने बताए । ‘पशुपति क्षेत्रको बागमतीमा स्वच्छ पानी बगाउन एक करोड ६० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रले केही सहयोग गरेको थियो। अब नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर पानी प्रशोधन भएपछि यस क्षेत्रको बागमतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ,’ उनले भने। गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा पनि केन्द्र निर्माणमा तीव्रता दिन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिए। खानेपानीमन्त्री उमाकान्त चौधरीले बागमती र यसका सहायक नदी स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरू भएको बताए। सरकारको १५औं योजनाअनुसार प्रशोधनसहितको पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको बताए ।
-
जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्ति
श्रावण १५ आइतबार, काठ्माण्डाै । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पदभार सम्हालेका छन् । आइतबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार सम्हालेपछि आयोजित कार्यक्रममा बोल्दै शर्माले आफूले बनाएको बजेट कार्यान्वयनका लागि पनि मौका पाएको बताए । उनले अब नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने र आत्मनिर्भरताको दिशामा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेताहरूलाई आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा धन्यवाद दिए। साथै गत वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्दै अघि बढ्ने बताए।
-
पर्वतमा बने १४ झोलुंगे पुल
श्रावण १५ आइतबार, पर्वत । पर्वतमा याे आ.व. २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा पुलहरु निर्माण गरिएका हुन्। झोलुङ्गे पुलकाे निर्माणले स्थानीयवासीहरु वर्षायाममा बढेका खोला वारपार गर्न धेरै सहज हुनुका साथै दैनिक जीवननै सहज गराइदिएकाे छ। यि पुलहरु पर्वतका चार पालिकाहरुमा बनाइएका छन् । जसमा कुश्मा नगरपालिकामा तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा ६ वटा निर्माण भएका हुन्। युवा क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। शर्माका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको बताए।
-
नमुना पशु अस्पताल निर्माण हुँदै
श्रावण १४ शनिबार, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नमूना पशु अस्पताल निर्माण भइरहेको छ । याे अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । इको बिल्र्डस प्रालि चितवनले डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल निर्माणको जिम्मा पाएको छ । रु चार करोड ९० लाख लागतमा भ्याट बाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । साे भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिए । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने भएकाे छ ।
-
‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम अन्तिम चरणमा
श्रावण १४ शनिबार, काठ्माण्डाै । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनका लागि अन्तिम चरणमा पुगेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउन कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताए ।
उनका अनुसार यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पुँजी र बाह्य पुँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको बताए ।
-
दिनेश थापामगर राष्ट्रिय मगर संघको सभापतिमा चुनिए
श्रावण १४ शनिबार, काठ्माण्डाै । लोकतन्त्रवादी मगरहरूको साझा संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर चयन भएका छन् । आज बसेको संघको केन्द्रीय समितिको बसेको बैठकले केन्द्रीय सभापतिमा थापामगरलाई सर्वसम्मत चयन गरेको हो । दिनेश थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । उनी नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सर्वसंवतले सभापति चयन भएका हुन । उनका अनुसार लोकतन्त्रमा आस्था वान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका रहने बताए ।
-
‘संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन’ एमाले अध्यक्ष ओली
श्रावण १४ शनिबार , काठ्माण्डाै । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बहुमत र अल्पमतका आधारमा ल्याइएकाे प्रतिवेदन मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए । एघार सदस्यीय संसदीय समितिमा चारजना एमालेका सांसद र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए ।
संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।“करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन,” प्रतिवेदनमा उल्लेख छ, “करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।”
-
सुपारीको डीएनए परीक्षण गरिने
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र सुपारी उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको छ । नेपालमा उत्पादन नभएको सुपारीमा नेपालमा उत्पादित भनि उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले चासो बढाएको हाे । समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्याएर निर्यात गर्न दिने गरेको बताएका छन् ।
-
गौतमश्री सहकारीका सन्चालक गायब
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । काठ्माण्डाैको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सन्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् । सहकारी एक हप्ता विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सन्चालक गायब भएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरि बसेकाे अवस्था छ । सहकारी २३ वर्षदेखि सञ्चालनमा रहेकाेछ । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् ।
-
बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व शुरु
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । आजबाट काठमाडौँ उपत्यकामा बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू भएको छ । याे पर्व वर्षभरि दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् । यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा गरे पछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोल स्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट भक्तजनहरु आउने गर्छन् । याे पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककाल देखि नै अभ्यासमा रहेको जनविश्वास छ । नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।
-
गृह मन्त्रालय नै सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि पालना नगरेकाे
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गर्ने गृह मन्त्रालयले त्यसकाे पालना नगरेकाे पाइएकाेछ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले गृह मन्त्रालयलाई सिसिटिभी फुटेज मागेकाे थियाे । समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निर्देशिका जारी गर्ने गृह मन्त्रालयले सिंहदरबारको सिसिटिभी फुटेज नै १६ दिनसम्म मात्रै राख्ने गरेकाे उल्लेख गरेकाे छ। समितिले छानबिनका क्रममा अर्थ मन्त्रालयबाट सान्दर्भिक फुटेज प्राप्त नभएपछि २०७९ साउन ८ मा गृह मन्त्रालयबाट सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सिसिटिभीको फुटेज मागेको थियो। गृहले जवाफमा १६ दिनसम्म मात्र फुटेजको अभिलेख रहने र त्यसपछि क्रमशः आफैं डिलिट हुने बताएको थियो।
सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ले सिसिटिभी जडान गर्ने हरेक निकाय तथा व्यक्तिले कम्तीमा ३ महिनासम्म सिसिटिभीको अभिलेख राख्नुपर्ने र कुनै सरकारी निकायले अनुसन्धानको सिलसिलामा माग गरेमा तुरून्त उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले भने यो व्यवस्थाबारे आफूलाई जानकारी नै नभएको बताएका छन्। सरकारी सार्वजनिक निकायले सिसिटिभी जडान तथा सञ्चालन गरेमा सो को लिखित जानकारी १५ दिन भित्र नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ मा उल्लेख छ ।
-
सिद्धबाबाको महायज्ञमा मन्त्री, एमालेको आपत्ति
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । बलात्कार आरोपी कृष्ण गिरीको धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती पशुपतिमा सिद्धबाबाले लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्। पशुतपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न दिन नहुने उनकाे भनाइ रहेकाे छ । सांसद तुम्बाहाङ्फेका अनुसार ‘बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने सरकारकाे मन्त्री र महान्यायाधिवक्ताको कामप्रति नेकपा एमालेकाे आपत्ति छ । यसले पीडितलाई निकै ठूलो मनोवैज्ञानिक असर पुर्याउँछ ।बलात्कार मुद्दाका आरोपी सिद्धबाबालाई साधारण तारिखमा छोड्ने न्यायाधीशमाथि छानबिन हुनुपर्ने पनि उनको माग रहेकाेछ।
-
विधुतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न चारजना पक्राउ
श्रावण १२ बिहिबार, काठ्माण्डाै । काठमाडौं महानगरपालिकाे ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि सहित चारजना छन्, अरु तिन जना व्यक्तिहरुकाे जानकारी भने आउनु बाँकि नै छ ।
प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग गरिएको ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ मूल्यबराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।
-
सिटिजन्स बैंककाे काठमाडौं उपत्यकामा थप तीन शाखा बिस्तार
श्रावण १२ बिहिबार,काठ्माण्डाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा थप तीनवटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही, ललितपुरको थसिखेल र भक्तपुरको सूर्यविनायकमा तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे नयाँ तीन शाखा सञ्चालनमा आएसँगै अब उपत्यकामा बैंकको शाखाहरू ३५ वटा र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको छ ।
-
नेपाल धितोपत्र बोर्डकाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक
श्रावण १२ बिहिबार, काठ्माण्डाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुुसार बोर्डले चार खम्बे नीति अवलम्बन गरी बिहीबार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसमा संस्थागत नियमन क्षमता अभिवृद्धि, नियमन निकायको ‘वाच डग एजेन्सी’ भूमिका सशक्तीकरण, बजारको सन्तुलन तथा विस्तार र बजार पारदर्शिता तथा ‘मेरिट बेस’ प्रणालीको विकास जस्ता बजार सुधारका नीति अवलम्बन गरिएको छ ।
चालु आवको नीति तथा कार्यक्रममा पहिलेकाे आवको नीति तथा कार्यक्रमलाइ नै निरन्तरता दिइ केही नयाँ बुँदा थप गरिएको छ । यसमा नयाँ स्टक डिलर थप्ने, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तथा नेपाल स्टक एकस्चेञ्ज र सीडीएस एन्ड क्लिएरिङ को सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने भन्ने कुराहरु समेटिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई १० प्रतिशत आईपीओ आरक्षण गर्ने नीति तर्जुमा गरिने र साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्लेटफर्मका लागि आवश्यक व्यवस्था गरिने भन्ने कुरा पनि थप गरिएको छ ।
त्यस्तै व्यापक बहसमा रहेको वस्तु विनिमय बजारलाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चाल्न पनि नीति तथा कार्यक्रममा समेतिएकाे छ । कमोडिटी एक्सचेन्जलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि बोर्डले आगामी दिनमा आवेदन खुला गर्ने पनि उल्लेख गरेको छ । बोर्डले धितोपत्र बजार विस्तार र विकासका लागि भन्दै प्रत्येक वर्ष नीति तथा कार्यक्रमा सार्वजनिक गर्ने गरेको छ ।
-
राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित, राष्ट्रपतिद्वारा प्रमाणीकरण गर्न बाँकी
श्रावण १२ बिहिबार, काठ्माण्डाै । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव गरेका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।
नागरिकता विधेयक पारित भएपछि अब यि कुराहरु लागुहुने भएका छन् । १.जन्मसिद्धताकाे आधारमा व्यक्तिले नागरिकता पाउने छन्। २. आमाको नामबाट नागरिकता पाइने छ । तर यसरी नागरिकता पाउन नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने छ। ३. गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्। ४. नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएकाे छन्। ५. लैंगिक पहिचान व्यक्ति आफैले रोजेर राख्न पाउने गरि संशोधन गरिएकाे छ। ६. नागरिकता दिँदा अब सरकारले बावु र आमा दुबैको विवरण अभिलेखमा राख्ने भएको छ। ७. विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। ८. नेपालमा फेला परेकाे मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। ९. कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ।
-
रिसकाे झाेकमा श्रीमतीको हत्या
श्रावण १२ बिहिबार, बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीले रिसकाे झाेकमाा आफ्नाे श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेकाे आराेपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे छ । सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो । मृतक सावित्री आफ्नाे पति र छाेराकाे साथमा बस्दै आएकाे थियाे । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मृतक सावित्रीको शरीरकाे विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएकाे थियाे । अनुसन्धानकाे क्रममा यमबहादुरले पैसा चोरी गरेको आरोपमा श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइ र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन् । क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने बताएका छन् ।
-
परिक्षा नियन्त्रण कार्यलय बल्खुमा हेल्पडेस्क स्थापना
श्रावण ११ बुधबार, काठ्माण्डाै । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले हेल्पडेस्क सन्चालनमा ल्याएको छ । कार्यालयले विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यलयको सोधपुछ शाखामा हेल्प डेस्क सन्चालनमा ल्याएको सुचना पनि प्रकाशित गरेकाे छ । साथै कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने जनाएको छ ।

-
अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन मंसिर हुने
श्रावण ११ बुधबार, बुटवल । नेपालकाे लुम्बिनीमा २०७९ सालकाे मंसिर महिनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनी विकास परिषद कोषको बैठक बुधबार बसेको थियाे । बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेकाे बताएकाे छ । लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने देखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा कार्य गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा संघीय सरकारले बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने लक्ष्य रहेकाे बताए । साथै कोषले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको जनाएको छ ।
मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहनुकाे साथै लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न पनि जरुरी रहेको बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्न मन्त्रालयले विशेष महत्वका साथ अघि बढ्ने प्रतिबद्धता जनाएकाे बताएकाे छ ।
-
यम बुद्धकाे नाममा पार्क बनाइने
श्रावण ११ बुधबार, काठ्माण्डाै । चर्चित र्यापर यम बुद्धकाे नाममा पार्क बनाइने भएकाे छ । काठ्माण्डौ महानगरपालिकाले काठ्माण्डाैकाे खुसिबुँ स्थित नयाँबजारमा पार्क बनाउने निर्णय गरेकाे छ । पार्क निर्माणकाे लागि काठ्माण्डौ महानगरपालिकाले साढे १ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नयाँबजारकाे सात रोपनी जग्गामा पार्क निर्माण गरिने भएकाे छ । यसकाे लागि आर्थिक वर्ष २०७९/२०८० काे बजेटमा नै छुट्याइएको छ ।
-
रानीपोखरीमा हाँस र माछा पालिने
श्रावण ११ बुधबार ,काठमाण्डाै । काठमाण्डाैै स्थित रानी पाेखरीमा अब हाँस र माछा पालिने भएकाे छ । काठमाडौं महानगरपालिकाले रानीपोखरीकाे साैन्दर्यता मा अविवृद्धि गर्न विभिन्न कार्य याेजनाहरु बनाइ सन्चालनमा ल्याउने तयारि गरेकाे छ । आर्थिक वर्ष २०७९/२०८० को बजेटमा रानीपोखरीमा माछा र हाँस पाल्न काे लागि मात्रै पनि छुट्टै बजेट छुट्याइएको छ । यसपाली माछा र हाँस पाल्नका लागि पाँच लाख रुपैयाँ छुत्याएकाे छ । महानगरका अनुसार पाँच लाख बजेटले माछाका भुरा र हाँस खरिद गरेर रानी पोखरीमा छोडिने याेजना बनाएकाे छ ।
-
जनकपुर चुरोट कारखाना सन्चालनकाे तयारीमा
श्रावण ११ बुधबार,काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुुसार जनकपुर चुरोट कारखानालाई अब सरकारले नै सन्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । उनका अनुुसार लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षण गर्ने , कारखानाका मेसिनहरूको अध्ययन गर्ने, उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताएका छन् । देशमा रहेका पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने , नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई विभिन्न सहुलियत दिएर आकर्षित गर्ने र सरकारको स्वामित्वमा रहेकाे उद्योगहरु निजी क्षेत्रसँग सहकार्य गरेर सन्चालनमा ल्याउने बताएका छन् । देशकाे आयातमा अन्य राष्ट्रसँगकाे परनिर्भरता हटाइ उत्पादन बढाउनको लागि याहा भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र बन्द उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताएका छन् ।
मन्त्री बडूका अनुसार सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग हाल बन्द रहेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सन्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले उद्योग चलाउनको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर चलाउनु पर्छ । साथै निजी क्षेत्रलाई सहुलियत दिएर हाेस वा लिजमा दिएर सरकारले राजश्व संकलन, वेराेजगारी नियन्त्रण र देशकाे विकाश कार्य गर्न सहयाेग मिल्ने बताए ।
अहिलको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ। उत्पादित बस्तु तथा सेवा निर्यात गर्नसक्छ, त्यस्ता उद्योग बढाउन सक्छ । सरकारले निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति ल्याएकाे बताएको छ । मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरूरी रहेको बताए । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए । त्यसतै मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सन्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताएका छन् ।
-
नागरिकता विधेयकमा रहेका विभेद र विवाद
श्रावण १० मंगलबार, काठमाण्डाै । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि यसमा विभिन्न विभेद र विवादहरु देखापरेका छन् । यसले मुलुकको स्वाभिमानमा आँच आउने र मुलुकको भविष्यमा नै खतरा पर्ने धेरैले तर्क गरिरहेका छन् । विधेयकले नेपाली महिला र पुरुष बिच विभेद गरेकाे प्रष्टै देखिन्छ , किनकी नेपाली पुरूषले विदेशी महिला बिहे गरेर ल्याउने बित्तिकै उनकाे श्रीमतीले नेपाली नागरिकता सजिलै पाउँछिन् । तर नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरिन् भने ती पुरूष नेपालमै बसे पनि उनले आजीवन नागरिकता पाउँदैनन् । साथै विदेशी महिला बिहे गरेर ल्याउने नेपाली पुरूषका सन्तानले वंशजको नागरिकता पाउँछन्। ती विदेशी महिलाले नेपालको नागरिकता लिन मानिनन् भने पनि उनीहरूबाट जन्मिएका सन्तानले वंशजकै नागरिकता पाउँछन् । तर नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरिन् र उनीहरू दुवै नेपालमै बस्छन् भने पनि नेपाली महिलाका सन्तानले वंशजको नागरिकता पाउँदैनन्, अंगीकृत नागरिकता पाउँछन् ।
जसले गर्दा याहा वंशज नागरिकता धारी सन्तानहरूले भोलि आफ्नो क्षमताअनुसार मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुख बन्न पाउँछन् । तर अंगीकृत नागरिकता धारी सन्तानहरुले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुखजस्ता प्रमुख सार्वजनिक पदमा नियुक्ति पाउदैनन् । यसलनै महिला पुरुष विच समानता नरहेकाे प्रष्टै देखिन्छ । साथै नेपाली पुरूषले आफ्नो सन्तानलाई नागरिकता सजिलै दिलाउन सक्छ याहा बच्चाकाे आमाकाे प्रश्न साेधिदैन । तर नेपाली महिलाले आफुले जन्माएकाे सन्तानलाइ नागरिकता दिलाउन बच्चाकाे बाबु काे हाे त्यसकाे जवाफ सवुत सहित पेश गर्नुपर्छ । जबकी देशकाे संविधानमा नै महिला र पुरुषलाई लिङ्गकाे आधारमा विभेद नगर्ने भनि सबैलाई समानताकाे साथ बाच्नु पाउने माैलिक हक प्रदान गरेकाे छ । तर आफ्नाे सन्तानलाइ नागरिकता दिलाउने कुरामा समानताकाे हक काे विपरित रहेर नागरिकता एन आउनु कति सहि हाे ,याे कसरि, किन कानून विपरित वनाइएकाे हाे विवादकाे विषय रहेकाे छ । यस्तै संसदमा फास्ट ट्रयाकबाट नागरिकता जस्तो कानुन पास गर्नु कतिकाे जायज हो, यस विषयमा त जति धेरै छलफल भए, जति धेरै तर्कहरू आए उती बेश हुन्छ, जसले गर्दा कानून संवत् रुपमा सार्वजनिक भ्रमहरू हताइ विभेद विना नै ल्याइनु पर्दछ ।
-
शान्तीकाे कामना गर्दै गठामुंगः पर्व मनाईदै
श्रावण १० मंगलबार, काठमाण्डाै । नेवार समुदायले श्रावण कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन् । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको पनि छ । नेवार समुदायले हर्षोल्लासका साथ आज आफ्नो घरमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्ण राक्षसको पूजा गर्दछन् । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । घण्टाकर्ण चतुर्दशीमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाइ मन्दिरबाट जल ल्याई घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । घरलाई चोखो बनाएपछि भुत पन्छाउने कार्य गर्दछ जसमा काँचो माटोको सानो दहीको कटारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । साथै घरको मूल ढोका र मुख्य निदालमा मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन पनि छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी कली लगाइदिने चलन पनि छ । आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ।
काठमाडौं उपत्यकामा हजाराैं वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको र पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने जनविश्वास रहेकाेछ । कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व पनि भनिएको हो । याे पर्व मनाउनेकाे संख्या भने आजकाे आधुनिक समाजमा धेरै घटेकाे छ । यसलाइ जाेगाइ यसले दिने सन्देस र माैलिक परम्परा जाेगाउनु आजकाे आवश्यक्ता रहेकाेछ ।
-
परीक्षा नियन्त्रक जाेशी लाई २० हजार रुपैयाँ जरिवाना
श्रावण १० मंगलबार, काठमाण्डाै । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । रौतहट मलोहिया–५ का राजीव दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सक शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो? यससम्बन्धी व्यवस्था कस्तो छ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए । तर दासले उक्त सुचना प्राप्त नगरेपछि राष्ट्रिय सुचना आयाेगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए । त्यसपछि आयोगको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली सहित बसेको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम परीक्षा नियन्त्रक जोशीलाई जरिवाना हुने निर्णय गरेको हो ।
राजीव दासले पुनरावेदन दर्ता गरेपछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै सुचना आयोगबाट पटक–पटक आदेश भएको थियाे र कारबाहीका बारेमा सजग गराइनुकाे साथै चेतावनी दिँदा समेत प्रमुखले सूचना नदिएको जसले गर्दा यहा संविधानले प्रदान गरेकाे नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको थियाे ।
यदि आयोगको निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश पनि जारी गरिएकाे थियाे ।
-
सिन्धुपाल्चाेकमा खोलामा खसेर दुई जनाको मृत्यु
श्रावण ९ साेमबार, काठमाण्डाै । सिन्धुपाल्चाेकमा सोमबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीबाट इन्द्रावती गाउँपालिका–५ नयाँबस्ती जोड्ने झोलुंगे पुल तर्ने क्रममा दुई जना चिप्लिएर इन्द्रावती खोलामा खसेर दुई जनाको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमादेवी धिताल र उनकी बहिनी पार्वती चालिसेका ५ वर्षीय छोरा विशेष चालिसे खसेका थिए ।
दुईजना व्यक्तीहरु खोलामा खसेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरी निरीक्षक सहितको टोली खटिएको थियो । खटिएका टोलीले उनीहरू खसेको स्थान भन्दा अन्दाजी दुई किलोमिटर तल विशेष चालिसे र तीन किलोमिटर तल गोमादेवी धितालको शव फेला परेको थियाे । प्रहरीले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ।
-
”विश्व शान्ति र एकता जोगाउन असंलग्न आन्दोलनको अहम भुमिका ” उपाध्यक्ष बस्नेत
श्रावण ९ साेमबार,काठमाण्डाै । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विश्व शान्ति र एकतालाई जोगाउन असंलग्न आन्दोलनले अहम भुमिका निर्वाह गर्ने बताएका छन् । उनले नेपालकाे तर्फबाट अजरवैजानको राजधानी बाकुमा भएको असंलग्न आन्दोलनमा संलग्न राष्ट्रका युवाहरूको शिखर सम्मेलन ‘नन अलाइन मुभमेन्ट युथ समिट–२०२२’मा प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । याे जुलाई २५ देखि २९ तारिखसम्म बाकुमा हुने छ ।
उपाध्यक्ष बस्नेतका अनुसार ”हामी भुगोलमा सानो वा विकासमा पछि परेका कारणले मात्र असंलग्न आन्दोलनमा लागेका होइनौं , हामी यस मार्फत सिंगो विश्वलाई यस्तो बनाउन चाहन्छौं जहाँ सबैले सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गराेस् । नेपाल विश्वशान्तिकाे अग्रदुत गौतम बुद्धकाे शान्ति सन्देश देखि विगतमा विश्व समुदाय माझ नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव सम्म आइपुग्दा असंलग्न आन्दोलनको एउटा नेतृत्वदायी राष्ट्रको रूपमा रहेको छ । त्यस्तै असंलग्न आन्दोलनको सफलताले मात्र विश्वमा दिगो शान्ति, विकास, भातृत्व र एकतालाई सुनिश्चित गर्न सक्दछ ।”
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेले पनि यस युवा शिखर सम्मेलनमा भाग लिएका छन् । जुलाई २५ देखि जुलाई २९ सम्म हुने यस सम्मेलनमा असंलग्न आन्दोलन युवा नेटवर्क समेत गठन हुने भएकाे छ।
-
विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक भुमिकामा
श्रावण ८ आइतबार, काठमाण्डाै । अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसैले अशोक खड्का बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा श्रावण १२ देखि १५ गतेसम्म हुनेछ । श्रावण १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुने छन् ।

सदस्य–सचिव टंकलाल घिसिङ (बायाँ) अशोक खड्कालाई बिदाइ गर्दै अशोक खड्काकाे अनुसार निर्णायकका लागि विश्व तेक्वान्दोले नै उनलाई छनोट गरेको जानकारी दिए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । बैशाख एता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए ।
-
नेपाली जुडो टोली स्वदेश फर्कियो
श्रावण ८ आइतबार, काठमाण्डाै । नेपाली जुडो टोली थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको छ । श्रावण १ गते देखि सुरु भएकाे प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाएकाे थियाे । त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसंग पराजित भएका थिए । त्यस्तै महिला तर्फ ४८ केजीमुनि निशा श्रेष्ठ पदक नजिक पुगेकी थिइन् । तर रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसंग चुकिन् । रिपाचेज अघि निशा उज्वेकिस्तानकी खेलाडीसंग पछि परेकी थिइन् । नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठकाे भनाइ अनुसार यदि याे भिडन्त जितेका भए निशाको कांस्य पदक पक्का हुने थियाे ।
त्यस्तै जुनियरको पुरुष ६० केजी मुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन् । तर सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसंग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन् । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसंग चुकिन् । देवकी र निशा दिदीबहिनी हुन् । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।
थाइल्यान्डबाट स्वदेश फर्किएको नेपाली जुडो टोली -
काठमाण्डाै जिल्ला अदालत बार एशाेिसिएशनकाे निर्वाचन सम्पन्न
अषाढ ३२ शनिबार, काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालत बार एशाेषिएशनकाे निर्वाचन काठमाण्डाै जिल्ला अदालत परिसरमा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएकाे निर्वाचनमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षकाे प्यानल नै भारी मतले बिजयी भएकाे छ । जसमा अध्यक्षमा रामचन्द्र पाैडेल , उपाध्यक्षमा पुरुषाेत्तम अधिकारी , सचिवमा उज्वल राम श्रेष्ठ , सहसचिव मा अन्जु रेग्मी अर्याल र काेषाध्यक्षमा सन्ताेष भण्डारी र अन्य १४ जना सदस्य गरी पुरा प्यानलनै भारी मतले बिजयी भएकाे छ ।
सम्पन्न चुनाबमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षमा ९६४ मत प्राप्त गर्नु भएकाे छ । अध्यक्ष पाैडेलले कानुन व्यवसायी काे हकहितकाे का साथै स्वच्छ बार काे कल्पना साथ बार र बेन्चकाे सुमधुर सम्बन्ध साथ अघि बढ्ने प्रतिबध्दता जनाउनु भएकाे छ ।
-
मानव वेचबिखन तथा हिंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच सम्बन्धि एक दिने कार्यशाला
अषाढ ३०, बुधबार काठमाण्डाै । महान्याधिवक्ताकाे कार्यलय र शक्ति समुहकाे आयाेजनामा ”मानव वेचबिखन तथा हिंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच” सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरिएकाे थियाे । उक्त कार्यक्रमकाे अध्यक्षता चरीमाया तामाङ्ले गर्नुभएकाे थियाे । यस कार्यक्रमकाेे मुख्य अथितिकाे रुपमा महान्यायधिवक्ता खम्ब बहादुर खाति रहनु भएकाे थियाे । अन्य अथितिहरुमा नायव महान्यायधिवक्ताहरु विश्वराज काेइराला र कृष्ण जि.वि घिमिरे, साहायक न्यायधिवक्ताहरु गाेपाल प्रसाद रिजाल र लाेकराज पराजुली,न्यायधिवक्ताहरु, अधिवक्ताहरु,शक्ति समुहका सदस्यहरु तथा हिंसा पिडित र तिनिहरुकाे परिवारका सदस्यहरु रहेका थिए ।
कार्यक्रममा अध्यक्ष तामाङ्ले मानवबेचविखनमा परेका पिडितहरुकाे समस्या र तिनिहरुकाे न्यायमा सहज पहुँच नरहेकाे अवस्था बारे उजागर गराउनुभयाे । आफु र आफ्नाे संस्थाले यसमा निरन्तर रुपमा पिडित र तिनिहरुकाे हक हितकाे लागि कार्य गर्दै आएकाे र गर्दैजाने, तर हिंसा पिडितलाई न्यायमा सहज पहुँचकाे लागी यस सँग संबन्धित सराेकारवालाहरुलाई ध्यानाकर्षण गर्न जरुरी रहेकाे जानकारी गराउनु भयाे । यस्तै यस कार्यक्रमका मुख्य अथितिकाे रुपमा रहनुभएकाे महान्यायधिवक्ता ज्यू बाट पनि याे विषय गहन रहेकाे र हाल यसमा विभिन्न कार्यहरु सम्पादन गर्दै गरेकाे र पिडितकाे लागि न्यायमा सहज पहुँचकाे लागि ध्यानाकर्षण गरेकाे बताउनुभयाे । यस्तै शक्ति समुहबाट रिना वि.के ले जतिनै आजकाे युग विकास भएकाे भनिएपनि छाेरी चेलीहरु आजपनि आफ्नै परिवार, आफन्त र चिनेजानेकाबाट केहि आर्थिक प्रलाेभनमा परेर किनबेच भईरहेकाे जानकारी दिनुभयाे । संस्थाबाट हिंसा पिडितहरुलाई न्यायमा सहजता पुर्याउनकाे लागी धेरै कार्यहरु गर्दै गरेकाे तर कति कानूनी कठिनाईले गर्दा सहज रुपमा कार्यान्वयन गर्न असमर्थ रहेकाे जानकारी दिनुभयाे । उनका अनुसार सन् २०१८ मा विभिन्न अप्रेसनहरु गरि १७ महिलाहरुलाई विदेशी मुलुक भारतमा उद्धार गरे पनि स्वदेश फिर्ता गर्न कानूनी प्रक्रिया नमिलेर ३ जनालाई मात्र नेपाल फर्काउन सफल रहेकाे र १४ जनालाई अझै नसकेकाे कुरा व्यक्त गर्नुभयाे । त्यसतै हिंसा पिडितहरुले पनि आफुलाई बेच्ने दलालीहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने , तिनिहरुले अझपनि फाेन गरि तर्साउने धम्काउने गरेकाे जसले गर्दा सहज वातावरणमा बाच्न गार्हाे भएकाे बताउनुभयाे । न्यायमा पनि सहजता नभएकाे जसले गर्दा धेरै समस्याहरु काे सामना गर्नुपरेकाे साथै सरकारले पिडितलाई क्षतिपुर्तीकाे व्यवस्था गरेकाे छ तर त्याे वापत पाउनुपर्ने केही पनि पिडितले हाल सम्म प्राप्त नगरेकाे गुनासाे पाेखेका थिए । सरल र शान्त वातावरणमा बाच्नकाे लागि सहयाेग गर्न गुहार मागेका थिए ।
उक्त कार्यक्रम काठमाण्डाै स्थित हयात रेजिनेन्सीमा सम्पन्न भएकाे थियाे । यस कार्यक्रम सन्चालन गर्न सहयाेगी हातकाे रुपमा फ्रि अ गर्ल र एक्टप्याक्ट लग्जम्वर्गले आर्थिक रुपमा सहयाेग गरेकाे थियाे ।
-
नेवा पत्रकार राष्ट्रिय दबूकाे १० बुँदे ललितपुर घाेषणा पत्र
मंसिर २० साेमबार, काठमाण्डाै । मिति २०७८ मंसीर १८ गते नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरको सप्तपुर महाबिहारमा सम्पन्न गरेको ९ औं वार्षिक साधारणसभामार्फत १० बुँदे ललितपुर घोषणापत्र सार्वजनिक गरेको छ।दबूले सञ्चारमाध्यम पूर्ण समावेशी बनाएर मातृभाषाको पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएको छ ।
पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न ९ औं वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्र मार्फत सो माग गरिएको हो । नवौं साधारणसभा र बन्दसत्रमा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो । अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पुर्याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने, राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ । यससंगै कीर्तिपुर नगरपालिकाले सो कार्यको शुरुआत गरेको छ ।
सो कार्यको सराहना गर्दै विभिन्न स्थानीय तहमा नेपाल भाषाकासाथै आआफ्नो स्थानीय तहमा चलनचल्तीमा रहेको मातृभाषाको माध्यमबाट पढाउने व्यवस्थाको लागि ध्यान आकृष्ट हुनुपर्ने पनि घोषणापत्रमा भनिएको छ । -
शान्तलाल मुल्मीको ” म भित्रको म ” लोकार्पण

२९ कार्त्तिक,काठमाण्डौ । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्वन्ध लगायतमा मर्मस्पर्शी ढंगले इमान्दारिताका साथ आत्मवृतान्त पस्केका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि उनले स्पष्ट पारे । उनले राजनीतिबाट हामी असुरक्षित हुँदै गइरहेको र नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताए । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरे । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताए ।
छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो । -
चाडपर्वमा बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी गृहमन्त्रि खाण
आश्विन ७ बिहिबार, काठमाण्डाै । आज मिति २०७८ आश्विन ७ गते गृहमन्त्रि बालकृष्ण खाणकाे अध्यक्षतामा गृहमन्त्रालयमा बसेकाे बैठकमा नजिकिदै गरेकाे दशै,तिहार र छठ लगायतका पर्वहरुलाई दृष्टिगत गरी आपुर्ति, बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी रहेकाे बताउनु भयाे । उक्त बैठकमा उधाेग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिबहरु,सुरक्षा निकायका प्रमुखहरु,संवद्ध विभागका प्रमुखहरु,काठमाण्डाै उपत्यका प्रमुख अधिकारीहरु,काठमाण्डाै र ललितपुर महानगरपालिकाका प्रतिनिधिहरु,उपभाेक्ता अधिकार सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरु,यातायात तथा उधाेग व्यवसाय सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरु सबैकाे उपस्थिती रहेकाे थियाे ।
बैठकमा उपभाेक्ता अधिकारकर्मीहरुकाे तर्फबाट बजारमा हुने मुल्यवृद्धि ,कृतिम अभाव जस्ता समस्याहरु देखिएकाले समाधानका एकिकृत प्रभावकारि अनुगन र नियमनकाे आवश्यक्ता रहेकाे धारणा व्यक्त गर्याे । उधाेगी व्यवसायीहरुकाे आफ्नाे समस्याहरु व्यक्त गर्दै समस्याकाे समाधानहुनुपर्ने मागका साथ कानुनबमाेजिम हुने सरकारकाे अनुगन र नियमनकाे पुर्ण समर्थन रहने बताउनुभयाे । यातायात व्यवसायीका तर्फका प्रतिनिधिहरुले पनि आफ्ना रहेका समस्याहरु व्यक्त गर्दै समस्याकाे समाधानहुनुपर्ने मागका साथ आफ्नाे तर्फबाट गर्नुपर्ने कार्य प्रति जिम्मेवार रहि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । बैठकमा उपस्थित अन्य नियामक निकायका प्रतिनिधिहरुले बजारलाई व्यवस्थित गरि उपभाेक्ताहरुकाे अधिकार रक्षा गर्ने कार्य गरिरहेकाे व्यक्त गर्नुभयाे ।
-
दसैं भ्रमण प्याकेज खरिदमा शेयरमा लगानी सित्तैमा
आश्विन ५ मंगलबार, काठमाण्डाै । भक्तपुर टुर्सले आफ्ना सेवाग्राहीहरुलाई नेपाल लगानी कोषको शेयर निशुल्क दिने ब्यबस्था गरेको छ । भक्तपुर टुर्सका सन्चालक रविन राचलिका का अनुसार दसैं भ्रमण प्याकेज खरीदकर्ताकाे खरीद मुल्यको ८ प्रतिशत बराबरको रकम शेयरमा लगानी गरिने निर्णय गरिएकाेछ । नेपाल लगानी कोष, नेपाल भ्रमणको बजेटबाट बचत भएको रकमलाई बैदेशिक ऋण कम गर्ने लक्ष्य राखी स्थापित भएकाे संस्था हाे । याे संस्था भ्रमणकर्ताहरुको बचत रकमबाट सञ्चालित हुदै आएको छ । यसले आफ्नाे कोषबाट न्यून ब्याजदरमा उद्यम गर्नको लागि सञ्चयकर्ताहरुलाई ऋण प्रदान गर्दै आएको छ । साथै यसले शैक्षिक क्षेत्रमा लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हाल दसैं भ्रमणका दश हजार देखि पन्ध्र हजार रुपैयाँ बराबरका टुर प्याकेजहरु उपलब्ध छ । पाँच दिने टुर प्याकेजमा खाना, बस्न र यातायातको सुबिधा दिइएको छ । दसैं भ्रमण प्याकेज बिक्री प्रर्बद्धनलाई अझ सहज बनाउन प्याकेज सिफारीस गर्नेहरुको लागि पनि बिक्री मुल्यको २ प्रतिशत रकम बराबरको शेयर निशुल्क प्रदान गरिने निर्णय गरिएकाेछ । दसैंको लागि मुस्ताग र पाथीभाराको प्याकेज बुकिग असोज ३ गतेबाट सुरु भएको छ । अन्य स्थानको बुकिग असोज ८ गतेदेखि खुल्नेछ ।
-
अफगानिस्तानबाट थप ३ जना उद्धार गरियाे
भाद्र १८ शुक्रबार, काठमाण्डाै । आज अफगानिस्तानकाे कतार एयरको नियमित उडानबाट १ जना र हिजो साँझ टर्किस एयरको नियमित उडानबाट २ जना गरी थप ३ जना उद्धार गरि स्वदेश फर्काइएको छ । नेपाली नागरिकहरु अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ ल्याइने क्रम जारि रहेकाे छ हालसम्म कूल ८६० जना नेपाली नागरिक उद्धार भई काठमाण्डौ आइपुगेकाे छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।
उद्धार भई काठमाण्डौ ल्याइएका नागरिकहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।
-
तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जनाउपर भ्रष्टाचार गरेको आरोप
भाद्र १० शुक्रबार, काठमाण्डाै । शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएकाे छ । तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लिएर प्रायाेग गरी ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाे थियाे ।
त्यस सम्बन्धमा अनुसन्धान हुँदा शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत गरि कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा उपभोक्ता समितिका पदाधिकारीहरुले गैरकानुनी लाभ लिने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेल समेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई पेश गरेकाे र भुक्तानी लिइकाे प्रमाणित भएकोले आरोपितहरु विरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
-
अफगानिस्तानबाट ११ जना नेपाली नागरिकहरू उद्धार
भाद्र ९ बिहिबार, काठमाण्डाै । आज ११ जना नेपाली नागरिकहरू अफगानिस्तानकाे काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ । अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी नै रहेको छ । काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैईरहेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन ।
अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।
-
अफगानिस्तानबाट ५०४ जना नेपाली नागरिककाे उद्धार
भाद्र ७ साेमबार, काठमाण्डाै । हिजाे भाद्र ६ गते सम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको छ । मिति २०७८।५।६ मा परराष्ट्र मन्त्रालका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक बसेकाे थियाे । उक्त बैठकमा अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्ने, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल गरिएकाे थियाे ।
अफगानिस्तानबाट हालसम्म कूल ५०४ जना नेपाली नागरिक उद्धार गरि नेपाल फर्की सकेकाे र थप नेपाली नागरिकहरू फर्कने प्रकृया पनि जारी रहेको छ । त्याहाबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौ सम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा हिजाे साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएको छ । उद्धारको लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्य सम्म पुगिसकेकाहरुकाे विवरण रुजु गरी, उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ । काबुलमा नागरिक उड्डयान सेवाको हवाई जहाजको आगमन अवतरण खुली सकेको अवस्था भने छैन ।
अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । यसका साथै नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।
-
नेपालमा अब Mobile Device Management system (MDMs) लाई व्यवस्थित गरिने
भाद्र ३ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयका सचिव श्री शिशिर कुमार ढुङ्गाना ज्युकाे संयाेजकत्वमा Mobile Device Management system (MDMs) काे प्रयाेगलाई व्यवस्थित गर्ने सम्बन्धमा नेपाल दुरसन्चार प्राधिकरण, भन्सार विभाग, माेबाइल आयात संघका प्रतिनिधिहरु सहितकाे बैठक मिति २०७८ भाद्र १ गते बसेकाे थियाे । बैठकमा MDMs अन्तर्गत lmport Module यहि भाद्र १५ गते भित्र सन्चालनमा ल्याउन सर्भर व्यावस्थापन लगायतका सबै कार्य सम्पन्न गर्ने, माेबाईलकाे IMEI Number दर्ता नभएका सबै माेबाईल प्रयाेगकर्ताहरुलाई दुई महिना भित्र आफ्नाे माेबाईलकाे IMEI Number दर्ता गराउन SMS मार्फत जानकारी गराउने र साे समय भित्र दर्ता नगराएमा त्यस माेबाईलमा प्रयाेग गरेकाे सिम प्रयाेग नहुने प्रणाली सन्चालनमा ल्याउने साथै माेबाईल सेटकाे पैठारी अनुमति लगायतकाे सेवाकाे लागि नेपाल दुरसन्चार प्राधिकरणले भन्सार विभागकाे Nepal National single window प्रणालीमा एक महिना भित्र आवद्ध गराउने निर्णय भएकाे छ।