भाद्र १ बुधबार, काठमाण्डाै । दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।दुर्घटनामा एक महिला र चार पुरूषको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घुम्तीमा दुर्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। घाइतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। घुम्तीमा केही समस्या भएर दुर्घटना भएको , अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका छन्।
Category: समसमायिक
-
सशस्त्र प्रहरी बलद्वारा तिन भक्तजनकाे उद्धार
श्रावण २८ शनिबार, काठमाण्डाै । गोसाइकुण्ड तिर्थबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । शुक्रबार गोसाइकुण्ड तिर्थबाट घर फर्कने क्रममा गोसाइकुण्ड गाँउपालिका-५ स्थित स्थानमा लेक लागेर तीन जना बेहोस भएका थिए । उनीहरूलाई सशस्त्र प्रहरीले पिठ्यूमा बोकेर ल्याइ सकुशल उद्धार गरेको थियाे । सशस्त्र प्रहरी बलले बताए अनुसार उनीहरूलाई धुन्चे अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्यमा सुधार आएपछि उनीहरूकाे आफन्तहरुलाइ जिम्मा लगाएको थियाे । बेहोस हुनेहरूमा नुवाकोटको ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका-११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी थिए ।
-
मिटरब्याजी समस्या पहिचान र नियन्त्रणकाे लागि कार्यदल गठन
श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।
-
२४ घण्टामा ७८१ जना कोरोना संक्रमित,२ जनाकाे मृत्यु
श्रावण २७ शुक्रबार, काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि र दुईजनाको मृत्यु भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज कोरोना संक्रमणबाट ५११ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको छ ।
-
विकास बोर्डका अध्यक्षमा भुवन केसीको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट
श्रावण २६ बिहिबार, काठमाणडाै । अभिनेता भुवन केसीको चलचित्र विकास बोर्डकाे अध्यक्ष पदमा नियुक्ति भए सँगै उनि विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनको शैक्षिक योग्यता बोर्डको अध्यक्ष हुनका लागि नपुग्ने भन्दै नरेश पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ । मन्त्रिपरिषदले केसीलाई साउन ९ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । साथै केसीलाई दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्तिमा विवाद भएको थियो । अभिनेता केसीले पनि आफ्नो मानहानी भएको भन्दै अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाह विरुद जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
-
उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई : केपी शर्मा ओली
श्रावण २५ बुधबार, काठमाण्डाै । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्राे देश उपचार अस्पतालको हव बनाउनुपर्ने बताएका छन् । उनले बुधबार काठमाडौँमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ। यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ। कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ। यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्दछ। जसले यसको उत्पादन लागत घटाउँछ। अन्नवालीको पनि नश्ल सुधार गराैं। उत्पादन र उत्पादकत्व बढाऔं। र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’ यसरी उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने साथै नेपालमा यसका लागि कृषि बजारको अभाव नरहेको बताए ।
-
विधुत प्राधिकरणको वार्षिक नाफा बढ्याे
श्रावण २५ बुधबार, काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा वृद्धि भएको छ । प्राधिकरणकाे आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा थियाे । प्राधिकरणकाे आर्थिक २०७८/७९ मा नाफालाई बढेर १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यसरी सार्वजनिक संस्थाहरूमध्ये बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।
निर्देशक घिसिङका अनुसार यसपालि ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’ । उनका अनुसार चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुनेछ । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।
-
निकोन एयरलाइन्स कालोसूचीमा
श्रावण २४ मंगलबार, काठमाण्डाै । निकोन एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले कालोसूचीमा राखेको छ। एयरलाइन्सले करिब पाँच करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले कालो सूचीमा राखेको हो। प्राधिकरणका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोनले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ छ। २०६० सालबाट यो एयरलाइन्स सञ्चालनमा छैन। एयरलाइन्सले सेवा बन्द गरेदेखि नै सञ्चालकहरू सम्पर्कमा आएका थिएनन् । निकोन एयरलाइन्सको पछिल्लो अवस्थाको अद्यावधिक विवरण कतै पनि नपाइएपछि यस कम्पनी सम्बन्धी कुनै पनि विवरण भए उपलब्ध गराइदिन प्राधिकरणले राष्ट्र बैंक र मालपोतमा पत्राचार समेत गरेको थियो।
साथै आगामी दिनमा कम्पनी र यसका सञ्चालकहरूलाई हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धीत कुनै किसिमका काम कारवाही तथा व्यापार व्यवसायमा नै प्रवेश हुन नपाउने गरी कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ।
-
पूर्वबाट मौसमको नयाँ प्रणाली प्रवेश अब भारी बर्षा हुने
श्रावण २३ साेमबार, काठमाण्डाै । मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेकाेछ, आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखी सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने देखिएकाेछ । मौसमविद् श्रेष्ठकाले भोलि मंगलबार लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।
-
नेपाल दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौ: सन्चारमन्त्री कार्की
श्रावण २२ आईतबार, काठमाण्डाै । सन्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताएका छन्। बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारिता लगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका रहने बताउनुभयो । उनले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने बताए। अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञान सम्बन्धी विषयलाई समावेश गरिएको छ। मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पुर्याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
-
‘सरकारी जमिन हडप्न नदिने’ मन्त्रि यादब
श्रावण २१ शनिबार, काठमाण्डाै । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि हडप्न नदिने बताएका छन् । आज सशस्त्र वनरक्षक ब्यारेक भवनको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् । उनले भने, हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन र वन माफियालाई कानुनी दायरामा ल्याउनेछु । साथै सुकुम्बासीको नाममा भएकाे जग्गा अतिक्रमण निर्मुल गरि सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । यस्तै वनरक्षाकाे लागि जनशक्ति कम भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर कार्य गर्ने, उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरे । त्यसैगरी, वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
-
एकै दिनमा ६६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु
श्रावण २१ शनिबार, काठमाण्डाै । देशभरमा गरिएकाे परिक्षणमा एकै दिनमा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२६ जना र २ हजार ७७० एन्टिजेन परीक्षणका क्रममा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयकाे अनुसार कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९७१ जनाको मृत्यु भइसकेको छ । चौबीस घण्टामा ४४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
-
काठमाण्डौका सडकमा दुइ महिनाकाे फोहोर
श्रावण २१ शनिबार, काठमाण्डाै । काठमाण्डाैको सडकमा दुई महिनादेखि फोहर उठाउन नआउँदा याँहाका जनताहरुलाइ सडकमा हिड्न अप्ठेराे, गन्हाउने र आवतजावत गर्नसमेत समस्या भएको छ। काठमाण्डाै महानगरपालिकाले बाटो मर्मतको कारण देखाउँदै फाेहर व्यवस्थापन गर्न नसकेकाे जनाएकाे छ । सिसडोलबाट बञ्चरे डाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसकेकाेले काठमाण्डाैको मुख्य चोकमा फोहर थुप्रिन थालेको हाे । काठमाण्डाै महानगर पालिकाले यही साउन ४ गते सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम हुँदै गरेकाेले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। खास गरि काठमाण्डाैका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वर लगायतका स्थानकाे सडकमा लामो समय देखिको फोहरको थुप्रो हुँदा धेरै समस्याहरु आएको छ।
त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने भनेका छन्।कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगर पालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।
-
सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा
श्रावण १९ बिहिबार,काठमाण्डाै । सर्वोच्च अदालतले मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको जानकारी दिए । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्याेट हुने विश्वास लिएकाे बताए ।
-
बाढी पीडितको उद्धार कार्य जारी
श्रावण १९ बिहिबार, काठमाण्डाै। कोसी प्रभावित क्षेत्रमा बादी पीडितको उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य गरिरहेकाे छ । काेसी प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएकोछ । जसले उद्धार तथा राहत कार्य गर्न सहज भएकाे छ। बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो।
प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्। स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ । कतिपय घरपरिवार उच्च जोखिम भएपनि सुरक्षित स्थान सर्न मानेका छैनन् । उनीहरूलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले लागी परेको छ ।
-
मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखे
श्रावण १८ बुधबार, काठमाण्डाै । ललितपुर महानगरपालिकाकाे मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखेका छन् । मेयर महर्जनका अनुसार यो क्षेत्रमा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताएका छन् । तर एकाएक छापामार शैलीमा नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाए । यसरी प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गरि साे बाेर्ड हताए पछी मेयर महर्जनले आइजी धीरज प्रताप सिंहसँग कुरा गरी यस कार्यबाट कसलाई के हानी भएको छ ,कारण दिनुहोस् आएर बसेर छलफल गरौं, तर यसरी छापामार शैलीमा काममा बाधा नपुर्याउन भनेकाे बताएका छन् । र केही समयपछि आफै मेयर महर्जन नगरप्रहरी सहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरू गरे ।

मेयर चिरीबाबु महर्जन वान बे काे वाेर्ड राख्दै ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर श्रावण १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारी साधनलाई वान वे गरेको थियो। ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको जानकारी दिए । त्यसतै महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र वान वे बनाइसकेको छ ।
-
उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ
श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।
-
चक्रवर्ती कलेजले झन्डै ५० प्रतिशत शुल्क बृद्धि बिधार्थीकाे बिराेध
श्रावण १७ मंगलबार, काठ्माण्डाै । काठमाडौंको बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखिकाे शुल्क वृद्धि गरेका छन् । यसकारण विद्यार्थीहरूले याे गलत भएकाे भन्दै विरोध गरेका छन्। कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने गरि साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार वृद्धि गरिएको शुल्क कानून सम्मत नरहेको र कानून सम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका छन् । चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको छ । पहिले कलेजले बिए एल एल बीका लागि सात लाख १६ हजार चार सय शुल्क लिएकाे थियो । तर अहिले नयाँ भर्ना २०७९ साल ब्याचमा बढाएर १० लाख ७० हजार पुर्याएको छ। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार पुर्याएको छ।
कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर कलेज प्रमुख देवेन्द्र भण्डारीले साउन ९ मा आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको बताएकाछन्। कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर विद्यार्थीहरू माथि हातपात गर्न लगाएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेकाे विद्यार्थी माथि कलेजले हस्तक्षेप गरि श्रावण ९ मा विद्यार्थी, कलेजका सुरक्षा गार्ड तथा प्रहरीबीच झडप पनि भएको थियो। जसमा एक जनाको विद्यार्थीको हाँत र अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,र हाल अस्पताल भर्ना गरिएको छ। यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।
चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबीका साथै शुल्क समायोजना मात्र गरेको बताएका छन्। उनका अनुसार पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ। अझ अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको स्विकारे । कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको बताए। उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ। अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ ।
-
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गुह्येश्वरीको प्रशोधन केन्द्र उद्घाटन
श्रावण १५ आइतबार, काठ्माण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको गुह्येश्वरीको प्रशोधन केन्द्रकाे आइतबार उद्घाटन गर्नुभएकाे छ । पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हाे । प्रधानमन्त्री देउवाले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथकाे क्षेत्रमा स्वच्छ पानी बग्न थाले पछि धार्मिक पर्यटक बढ्ने बताए । ‘पशुपति क्षेत्रको बागमतीमा स्वच्छ पानी बगाउन एक करोड ६० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रले केही सहयोग गरेको थियो। अब नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर पानी प्रशोधन भएपछि यस क्षेत्रको बागमतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ,’ उनले भने। गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा पनि केन्द्र निर्माणमा तीव्रता दिन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिए। खानेपानीमन्त्री उमाकान्त चौधरीले बागमती र यसका सहायक नदी स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरू भएको बताए। सरकारको १५औं योजनाअनुसार प्रशोधनसहितको पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको बताए ।
-
पर्वतमा बने १४ झोलुंगे पुल
श्रावण १५ आइतबार, पर्वत । पर्वतमा याे आ.व. २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा पुलहरु निर्माण गरिएका हुन्। झोलुङ्गे पुलकाे निर्माणले स्थानीयवासीहरु वर्षायाममा बढेका खोला वारपार गर्न धेरै सहज हुनुका साथै दैनिक जीवननै सहज गराइदिएकाे छ। यि पुलहरु पर्वतका चार पालिकाहरुमा बनाइएका छन् । जसमा कुश्मा नगरपालिकामा तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा ६ वटा निर्माण भएका हुन्। युवा क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। शर्माका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको बताए।
-
नमुना पशु अस्पताल निर्माण हुँदै
श्रावण १४ शनिबार, तनहुँ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नमूना पशु अस्पताल निर्माण भइरहेको छ । याे अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । इको बिल्र्डस प्रालि चितवनले डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल निर्माणको जिम्मा पाएको छ । रु चार करोड ९० लाख लागतमा भ्याट बाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । साे भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिए । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने भएकाे छ ।
-
‘संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन’ एमाले अध्यक्ष ओली
श्रावण १४ शनिबार , काठ्माण्डाै । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बहुमत र अल्पमतका आधारमा ल्याइएकाे प्रतिवेदन मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए । एघार सदस्यीय संसदीय समितिमा चारजना एमालेका सांसद र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए ।
संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।“करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन,” प्रतिवेदनमा उल्लेख छ, “करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।”
-
सुपारीको डीएनए परीक्षण गरिने
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र सुपारी उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको छ । नेपालमा उत्पादन नभएको सुपारीमा नेपालमा उत्पादित भनि उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले चासो बढाएको हाे । समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्याएर निर्यात गर्न दिने गरेको बताएका छन् ।
-
गृह मन्त्रालय नै सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि पालना नगरेकाे
श्रावण १३ शुक्रबार, काठ्माण्डाै । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गर्ने गृह मन्त्रालयले त्यसकाे पालना नगरेकाे पाइएकाेछ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले गृह मन्त्रालयलाई सिसिटिभी फुटेज मागेकाे थियाे । समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निर्देशिका जारी गर्ने गृह मन्त्रालयले सिंहदरबारको सिसिटिभी फुटेज नै १६ दिनसम्म मात्रै राख्ने गरेकाे उल्लेख गरेकाे छ। समितिले छानबिनका क्रममा अर्थ मन्त्रालयबाट सान्दर्भिक फुटेज प्राप्त नभएपछि २०७९ साउन ८ मा गृह मन्त्रालयबाट सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सिसिटिभीको फुटेज मागेको थियो। गृहले जवाफमा १६ दिनसम्म मात्र फुटेजको अभिलेख रहने र त्यसपछि क्रमशः आफैं डिलिट हुने बताएको थियो।
सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ले सिसिटिभी जडान गर्ने हरेक निकाय तथा व्यक्तिले कम्तीमा ३ महिनासम्म सिसिटिभीको अभिलेख राख्नुपर्ने र कुनै सरकारी निकायले अनुसन्धानको सिलसिलामा माग गरेमा तुरून्त उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले भने यो व्यवस्थाबारे आफूलाई जानकारी नै नभएको बताएका छन्। सरकारी सार्वजनिक निकायले सिसिटिभी जडान तथा सञ्चालन गरेमा सो को लिखित जानकारी १५ दिन भित्र नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ मा उल्लेख छ ।
-
अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन मंसिर हुने
श्रावण ११ बुधबार, बुटवल । नेपालकाे लुम्बिनीमा २०७९ सालकाे मंसिर महिनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनी विकास परिषद कोषको बैठक बुधबार बसेको थियाे । बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेकाे बताएकाे छ । लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने देखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा कार्य गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा संघीय सरकारले बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने लक्ष्य रहेकाे बताए । साथै कोषले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको जनाएको छ ।
मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहनुकाे साथै लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न पनि जरुरी रहेको बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्न मन्त्रालयले विशेष महत्वका साथ अघि बढ्ने प्रतिबद्धता जनाएकाे बताएकाे छ ।
-
जनकपुर चुरोट कारखाना सन्चालनकाे तयारीमा
श्रावण ११ बुधबार,काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुुसार जनकपुर चुरोट कारखानालाई अब सरकारले नै सन्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । उनका अनुुसार लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षण गर्ने , कारखानाका मेसिनहरूको अध्ययन गर्ने, उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताएका छन् । देशमा रहेका पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने , नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई विभिन्न सहुलियत दिएर आकर्षित गर्ने र सरकारको स्वामित्वमा रहेकाे उद्योगहरु निजी क्षेत्रसँग सहकार्य गरेर सन्चालनमा ल्याउने बताएका छन् । देशकाे आयातमा अन्य राष्ट्रसँगकाे परनिर्भरता हटाइ उत्पादन बढाउनको लागि याहा भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र बन्द उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताएका छन् ।
मन्त्री बडूका अनुसार सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग हाल बन्द रहेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सन्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले उद्योग चलाउनको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर चलाउनु पर्छ । साथै निजी क्षेत्रलाई सहुलियत दिएर हाेस वा लिजमा दिएर सरकारले राजश्व संकलन, वेराेजगारी नियन्त्रण र देशकाे विकाश कार्य गर्न सहयाेग मिल्ने बताए ।
अहिलको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ। उत्पादित बस्तु तथा सेवा निर्यात गर्नसक्छ, त्यस्ता उद्योग बढाउन सक्छ । सरकारले निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति ल्याएकाे बताएको छ । मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरूरी रहेको बताए । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए । त्यसतै मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सन्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताएका छन् ।
-
शान्तीकाे कामना गर्दै गठामुंगः पर्व मनाईदै
श्रावण १० मंगलबार, काठमाण्डाै । नेवार समुदायले श्रावण कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन् । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको पनि छ । नेवार समुदायले हर्षोल्लासका साथ आज आफ्नो घरमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्ण राक्षसको पूजा गर्दछन् । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । घण्टाकर्ण चतुर्दशीमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाइ मन्दिरबाट जल ल्याई घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । घरलाई चोखो बनाएपछि भुत पन्छाउने कार्य गर्दछ जसमा काँचो माटोको सानो दहीको कटारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । साथै घरको मूल ढोका र मुख्य निदालमा मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन पनि छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी कली लगाइदिने चलन पनि छ । आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ।
काठमाडौं उपत्यकामा हजाराैं वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको र पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने जनविश्वास रहेकाेछ । कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व पनि भनिएको हो । याे पर्व मनाउनेकाे संख्या भने आजकाे आधुनिक समाजमा धेरै घटेकाे छ । यसलाइ जाेगाइ यसले दिने सन्देस र माैलिक परम्परा जाेगाउनु आजकाे आवश्यक्ता रहेकाेछ ।
-
परीक्षा नियन्त्रक जाेशी लाई २० हजार रुपैयाँ जरिवाना
श्रावण १० मंगलबार, काठमाण्डाै । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । रौतहट मलोहिया–५ का राजीव दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सक शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो? यससम्बन्धी व्यवस्था कस्तो छ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए । तर दासले उक्त सुचना प्राप्त नगरेपछि राष्ट्रिय सुचना आयाेगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए । त्यसपछि आयोगको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली सहित बसेको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम परीक्षा नियन्त्रक जोशीलाई जरिवाना हुने निर्णय गरेको हो ।
राजीव दासले पुनरावेदन दर्ता गरेपछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै सुचना आयोगबाट पटक–पटक आदेश भएको थियाे र कारबाहीका बारेमा सजग गराइनुकाे साथै चेतावनी दिँदा समेत प्रमुखले सूचना नदिएको जसले गर्दा यहा संविधानले प्रदान गरेकाे नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको थियाे ।
यदि आयोगको निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश पनि जारी गरिएकाे थियाे ।
-
सिन्धुपाल्चाेकमा खोलामा खसेर दुई जनाको मृत्यु
श्रावण ९ साेमबार, काठमाण्डाै । सिन्धुपाल्चाेकमा सोमबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीबाट इन्द्रावती गाउँपालिका–५ नयाँबस्ती जोड्ने झोलुंगे पुल तर्ने क्रममा दुई जना चिप्लिएर इन्द्रावती खोलामा खसेर दुई जनाको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमादेवी धिताल र उनकी बहिनी पार्वती चालिसेका ५ वर्षीय छोरा विशेष चालिसे खसेका थिए ।
दुईजना व्यक्तीहरु खोलामा खसेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरी निरीक्षक सहितको टोली खटिएको थियो । खटिएका टोलीले उनीहरू खसेको स्थान भन्दा अन्दाजी दुई किलोमिटर तल विशेष चालिसे र तीन किलोमिटर तल गोमादेवी धितालको शव फेला परेको थियाे । प्रहरीले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ।
-
”विश्व शान्ति र एकता जोगाउन असंलग्न आन्दोलनको अहम भुमिका ” उपाध्यक्ष बस्नेत
श्रावण ९ साेमबार,काठमाण्डाै । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विश्व शान्ति र एकतालाई जोगाउन असंलग्न आन्दोलनले अहम भुमिका निर्वाह गर्ने बताएका छन् । उनले नेपालकाे तर्फबाट अजरवैजानको राजधानी बाकुमा भएको असंलग्न आन्दोलनमा संलग्न राष्ट्रका युवाहरूको शिखर सम्मेलन ‘नन अलाइन मुभमेन्ट युथ समिट–२०२२’मा प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । याे जुलाई २५ देखि २९ तारिखसम्म बाकुमा हुने छ ।
उपाध्यक्ष बस्नेतका अनुसार ”हामी भुगोलमा सानो वा विकासमा पछि परेका कारणले मात्र असंलग्न आन्दोलनमा लागेका होइनौं , हामी यस मार्फत सिंगो विश्वलाई यस्तो बनाउन चाहन्छौं जहाँ सबैले सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गराेस् । नेपाल विश्वशान्तिकाे अग्रदुत गौतम बुद्धकाे शान्ति सन्देश देखि विगतमा विश्व समुदाय माझ नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव सम्म आइपुग्दा असंलग्न आन्दोलनको एउटा नेतृत्वदायी राष्ट्रको रूपमा रहेको छ । त्यस्तै असंलग्न आन्दोलनको सफलताले मात्र विश्वमा दिगो शान्ति, विकास, भातृत्व र एकतालाई सुनिश्चित गर्न सक्दछ ।”
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेले पनि यस युवा शिखर सम्मेलनमा भाग लिएका छन् । जुलाई २५ देखि जुलाई २९ सम्म हुने यस सम्मेलनमा असंलग्न आन्दोलन युवा नेटवर्क समेत गठन हुने भएकाे छ।
-
नेवा पत्रकार राष्ट्रिय दबूकाे १० बुँदे ललितपुर घाेषणा पत्र
मंसिर २० साेमबार, काठमाण्डाै । मिति २०७८ मंसीर १८ गते नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरको सप्तपुर महाबिहारमा सम्पन्न गरेको ९ औं वार्षिक साधारणसभामार्फत १० बुँदे ललितपुर घोषणापत्र सार्वजनिक गरेको छ।दबूले सञ्चारमाध्यम पूर्ण समावेशी बनाएर मातृभाषाको पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएको छ ।
पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न ९ औं वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्र मार्फत सो माग गरिएको हो । नवौं साधारणसभा र बन्दसत्रमा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो । अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पुर्याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने, राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ । यससंगै कीर्तिपुर नगरपालिकाले सो कार्यको शुरुआत गरेको छ ।
सो कार्यको सराहना गर्दै विभिन्न स्थानीय तहमा नेपाल भाषाकासाथै आआफ्नो स्थानीय तहमा चलनचल्तीमा रहेको मातृभाषाको माध्यमबाट पढाउने व्यवस्थाको लागि ध्यान आकृष्ट हुनुपर्ने पनि घोषणापत्रमा भनिएको छ । -
शान्तलाल मुल्मीको ” म भित्रको म ” लोकार्पण

२९ कार्त्तिक,काठमाण्डौ । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्वन्ध लगायतमा मर्मस्पर्शी ढंगले इमान्दारिताका साथ आत्मवृतान्त पस्केका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि उनले स्पष्ट पारे । उनले राजनीतिबाट हामी असुरक्षित हुँदै गइरहेको र नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताए । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरे । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताए ।
छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो । -
चाडपर्वमा बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी गृहमन्त्रि खाण
आश्विन ७ बिहिबार, काठमाण्डाै । आज मिति २०७८ आश्विन ७ गते गृहमन्त्रि बालकृष्ण खाणकाे अध्यक्षतामा गृहमन्त्रालयमा बसेकाे बैठकमा नजिकिदै गरेकाे दशै,तिहार र छठ लगायतका पर्वहरुलाई दृष्टिगत गरी आपुर्ति, बजार अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी रहेकाे बताउनु भयाे । उक्त बैठकमा उधाेग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिबहरु,सुरक्षा निकायका प्रमुखहरु,संवद्ध विभागका प्रमुखहरु,काठमाण्डाै उपत्यका प्रमुख अधिकारीहरु,काठमाण्डाै र ललितपुर महानगरपालिकाका प्रतिनिधिहरु,उपभाेक्ता अधिकार सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरु,यातायात तथा उधाेग व्यवसाय सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरु सबैकाे उपस्थिती रहेकाे थियाे ।
बैठकमा उपभाेक्ता अधिकारकर्मीहरुकाे तर्फबाट बजारमा हुने मुल्यवृद्धि ,कृतिम अभाव जस्ता समस्याहरु देखिएकाले समाधानका एकिकृत प्रभावकारि अनुगन र नियमनकाे आवश्यक्ता रहेकाे धारणा व्यक्त गर्याे । उधाेगी व्यवसायीहरुकाे आफ्नाे समस्याहरु व्यक्त गर्दै समस्याकाे समाधानहुनुपर्ने मागका साथ कानुनबमाेजिम हुने सरकारकाे अनुगन र नियमनकाे पुर्ण समर्थन रहने बताउनुभयाे । यातायात व्यवसायीका तर्फका प्रतिनिधिहरुले पनि आफ्ना रहेका समस्याहरु व्यक्त गर्दै समस्याकाे समाधानहुनुपर्ने मागका साथ आफ्नाे तर्फबाट गर्नुपर्ने कार्य प्रति जिम्मेवार रहि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । बैठकमा उपस्थित अन्य नियामक निकायका प्रतिनिधिहरुले बजारलाई व्यवस्थित गरि उपभाेक्ताहरुकाे अधिकार रक्षा गर्ने कार्य गरिरहेकाे व्यक्त गर्नुभयाे ।
-
दसैं भ्रमण प्याकेज खरिदमा शेयरमा लगानी सित्तैमा
आश्विन ५ मंगलबार, काठमाण्डाै । भक्तपुर टुर्सले आफ्ना सेवाग्राहीहरुलाई नेपाल लगानी कोषको शेयर निशुल्क दिने ब्यबस्था गरेको छ । भक्तपुर टुर्सका सन्चालक रविन राचलिका का अनुसार दसैं भ्रमण प्याकेज खरीदकर्ताकाे खरीद मुल्यको ८ प्रतिशत बराबरको रकम शेयरमा लगानी गरिने निर्णय गरिएकाेछ । नेपाल लगानी कोष, नेपाल भ्रमणको बजेटबाट बचत भएको रकमलाई बैदेशिक ऋण कम गर्ने लक्ष्य राखी स्थापित भएकाे संस्था हाे । याे संस्था भ्रमणकर्ताहरुको बचत रकमबाट सञ्चालित हुदै आएको छ । यसले आफ्नाे कोषबाट न्यून ब्याजदरमा उद्यम गर्नको लागि सञ्चयकर्ताहरुलाई ऋण प्रदान गर्दै आएको छ । साथै यसले शैक्षिक क्षेत्रमा लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हाल दसैं भ्रमणका दश हजार देखि पन्ध्र हजार रुपैयाँ बराबरका टुर प्याकेजहरु उपलब्ध छ । पाँच दिने टुर प्याकेजमा खाना, बस्न र यातायातको सुबिधा दिइएको छ । दसैं भ्रमण प्याकेज बिक्री प्रर्बद्धनलाई अझ सहज बनाउन प्याकेज सिफारीस गर्नेहरुको लागि पनि बिक्री मुल्यको २ प्रतिशत रकम बराबरको शेयर निशुल्क प्रदान गरिने निर्णय गरिएकाेछ । दसैंको लागि मुस्ताग र पाथीभाराको प्याकेज बुकिग असोज ३ गतेबाट सुरु भएको छ । अन्य स्थानको बुकिग असोज ८ गतेदेखि खुल्नेछ ।
-
अफगानिस्तानबाट थप ३ जना उद्धार गरियाे
भाद्र १८ शुक्रबार, काठमाण्डाै । आज अफगानिस्तानकाे कतार एयरको नियमित उडानबाट १ जना र हिजो साँझ टर्किस एयरको नियमित उडानबाट २ जना गरी थप ३ जना उद्धार गरि स्वदेश फर्काइएको छ । नेपाली नागरिकहरु अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ ल्याइने क्रम जारि रहेकाे छ हालसम्म कूल ८६० जना नेपाली नागरिक उद्धार भई काठमाण्डौ आइपुगेकाे छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।
उद्धार भई काठमाण्डौ ल्याइएका नागरिकहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।
-
तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जनाउपर भ्रष्टाचार गरेको आरोप
भाद्र १० शुक्रबार, काठमाण्डाै । शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएकाे छ । तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लिएर प्रायाेग गरी ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाे थियाे ।
त्यस सम्बन्धमा अनुसन्धान हुँदा शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत गरि कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा उपभोक्ता समितिका पदाधिकारीहरुले गैरकानुनी लाभ लिने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेल समेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई पेश गरेकाे र भुक्तानी लिइकाे प्रमाणित भएकोले आरोपितहरु विरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
-
अफगानिस्तानबाट ११ जना नेपाली नागरिकहरू उद्धार
भाद्र ९ बिहिबार, काठमाण्डाै । आज ११ जना नेपाली नागरिकहरू अफगानिस्तानकाे काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ । अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी नै रहेको छ । काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैईरहेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन ।
अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।
-
नेपालमा अब Mobile Device Management system (MDMs) लाई व्यवस्थित गरिने
भाद्र ३ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयका सचिव श्री शिशिर कुमार ढुङ्गाना ज्युकाे संयाेजकत्वमा Mobile Device Management system (MDMs) काे प्रयाेगलाई व्यवस्थित गर्ने सम्बन्धमा नेपाल दुरसन्चार प्राधिकरण, भन्सार विभाग, माेबाइल आयात संघका प्रतिनिधिहरु सहितकाे बैठक मिति २०७८ भाद्र १ गते बसेकाे थियाे । बैठकमा MDMs अन्तर्गत lmport Module यहि भाद्र १५ गते भित्र सन्चालनमा ल्याउन सर्भर व्यावस्थापन लगायतका सबै कार्य सम्पन्न गर्ने, माेबाईलकाे IMEI Number दर्ता नभएका सबै माेबाईल प्रयाेगकर्ताहरुलाई दुई महिना भित्र आफ्नाे माेबाईलकाे IMEI Number दर्ता गराउन SMS मार्फत जानकारी गराउने र साे समय भित्र दर्ता नगराएमा त्यस माेबाईलमा प्रयाेग गरेकाे सिम प्रयाेग नहुने प्रणाली सन्चालनमा ल्याउने साथै माेबाईल सेटकाे पैठारी अनुमति लगायतकाे सेवाकाे लागि नेपाल दुरसन्चार प्राधिकरणले भन्सार विभागकाे Nepal National single window प्रणालीमा एक महिना भित्र आवद्ध गराउने निर्णय भएकाे छ।
-
अनलाइन समाचार प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण
जेष्ठ १२ बुधबार , काठमाण्डाै । सर्वाेच्च अदालतले विभिन्न अनलाइन समाचार पत्रिकाहरुमा प्रकाशित समाचारहरु प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण गराएकाे जानकारि दिएकाे छ । सर्वाेच्च अदालतले आफ्नाे प्रेष विज्ञप्तिमा यस्ताे भनेकाे हाे ।
जसमा “प्रधानमन्त्री र प्रधान न्यायाधीश बिच बालुवाटारमा छलफल ,ओलीले गाडी पठाए पछी आए राणा” र “प्रधान न्यायाधीससँग सवा घण्टाकाे छलफल पछी राती ११ बजे बाहिरिए प्रधान न्यायाधिश राणा” भन्ने शिर्षक राखी इमेज खबर अनलाइनले मिति २०७८।०२।१० गते मा, “प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश बिच अर्थपूर्ण भेट” शिर्षक राखी पहिलाे क्लिक अनलाइन पत्रिका र “प्रधान न्यायाधीस राणालाई बालुवाटार बाेलाएर ओलीले भने मलाई सहयाेग गर्नुहाेस” शिर्षक राखी नेपाल समय अनलाइनले मिति २०७८।०२।११ मा र अन्य केही अनलाइनपत्रिकाहरुले बिभिन्न समाचार हरु प्रकाशित गरेकाेमा गम्भिर ध्यानाकर्षण भएकाे भनि जानकारी गराएकाे छ ।
उल्लेखित विषयमा कुनै पनि सत्यता नरहेकाे न्यायपालिकाकाे स्वच्छता एवम् यस प्रतिकाे आस्था र विश्वासमा प्रभाव पार्ने गरि अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेद जन्य विषय हाे । यस प्रकारका कार्यहरु संबिधान कानून र स्वयम पत्रकार आचार संहिताकाे समेत प्रतिकुल हुने हुँदा कानूनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछाै । साथै यस्ता भ्रमपुर्ण कपाेकलल्पित भ्रममा नपर्न सबैमा अनुराेध गर्दछाै । साथै न्यायपालिका आम नागरिककाे आस्था विस्वास र भराेसाबाट सन्चालन हुने राज्यकाे स्वतन्त्र संस्था हाे । न्यायपालिका प्रतिकाे जनआस्था अभिबृद्धिमा अदालत सदैव गम्भिर सचेत र संबेदनशील एवम् पुर्णरुपमा प्रतिबद्ध रहेकाेमा विश्वस्त हुन सबैमा अनुराेेध गर्दछाै । न्यायपालिकाकाे गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहिन र भ्रामक समाचार सच्चाउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउदछाै ।
-
कैदीबन्दी रामलखन जैसवालकाे मृत्यु शंकास्पद नभएको
असोज ७,काठमाण्डाै । गत असोज ३ गते राति ११ः ५५ बजे कैदीबन्दी रामलखन जैसवालको मृत्यु कारागारमा भएकाे थियाे । आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको हाे ,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भने जस्ताे शंकास्पद नभएको बताएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, घाँटी काटिएको र शरीरका विभिन्न भागमा चोटपटक लागेको, जस्ता भ्रमक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ । उनले कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको बताएकाेछ । पोष्टमार्टम रिपोर्ट पछि सबै कुरा थाहा हुने बताए ।
वीरअस्पतालमा पीसीआर परीक्षण र पोष्टमार्टम गर्न लगिएकाे मा शव उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा गर्मी मौसम भएकाले शव सुनिएकाे, फोका आएकाे, विभिन्न भागमा दाग देखिएको जेलर बास्कोटाले बताए । त्यस्तै वीरअस्पतालका फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठका अनुसार शव तीन दिनपछि सुन्निएको, फोकाहरु देखिएको र सुन्निएर चिन्नै नसकिने अवस्था भएको हाे, साथै अन्य थप कुराहरू पोष्टमार्टम काे रिपाेर्ट आएपछि थाहा हुनेछ ।