Category: समसमायिक

  • बाढीपहिराेमा परी १५३ को मृत्यु ४२ सयभन्दा बढी परिवार विस्थापित

    बाढीपहिराेमा परी १५३ को मृत्यु ४२ सयभन्दा बढी परिवार विस्थापित

    श्रावण २० आईतबार, काठमाण्डाै । अविरल वर्षाको कारण बाढीपहिराेमा परी १५३ को मृत्यु र ४२ सयभन्दा बढी परिवार विस्थापित भएकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिराे लगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

    जसमा काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो । उहाँका अनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

    बाढीका कारण करिब तीन सय ८४ घर डुबानमा परेका छन् । प्रवक्ता कार्कीले यस अवधिमा चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएकाे बताउनु भयो ।

  • जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइ जात्रा मनाइयाे

    जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइ जात्रा मनाइयाे

    श्रावण २० आईतबार, काठमाण्डाै । जाउलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइ जात्रा भव्यताका साथ मनाइयाे । मच्छिन्द्रनाथलाई अन्नदाता,पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई हुन नखिने देवताका रुपमा मानिन्छ । त्यसैले यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहिआएको छ।

    पहिले देखी चल्दै आएकाे जनश्रुति अनुसार उहिले नागराज कर्कोटकी रानीको आँखा दुख्दा एकजना सामान्य किसानले रानीकाे आँखा निको पारेपछि नागराज खुसी भएर बहुमूल्य मणि जडित भोटो किसानलाई उपहार स्वरुप दिन्छन् । तर, एकदिन ति किसान खेतमा काम गरिरहेका बेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखी दाबी गर्छ । तर त्यस भाेटाेलाइ अन्य व्यक्तिले पनि दाबी गर्दा विवाद उत्पन्न हुन्छ । त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाण सहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ ।

    रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि आज अपराह्नमा आयोजित भोटो जात्रामा सरिक भइ प्रसाद ग्रहण गर्नुभयाे ।

    भाेटाे जात्रा अवलाेकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालपनि जाउलाखेल पुग्नुभएकाे थियाे । उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।

  • विधुत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

    विधुत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

    श्रावण २० आईतबार, काठमाण्डाै । नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त हुनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले मन्त्रिस्तरीय निर्णय गर्दै नेपाल विधुत प्राधिकरणका सञ्चालक द्वयमा गुरुङ र कार्कीलाई नियुक्ति दिनुभएकाे हाे।

    उहाँहरूलाई नेपाल विधुत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विधुत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विधुत उपभोक्ता मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

    उर्जामन्त्रीको साउन १८ गतेको निर्णय अनुसार देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो । नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरुङ विधुत विकास विभागका पूर्वमहानिर्देशक हुनुहुन्थ्याे ।

  • गुणस्तरमा ध्यान दिइ योजना निर्माण गर्नु – प्रधानमन्त्री ओली

    गुणस्तरमा ध्यान दिइ योजना निर्माण गर्नु – प्रधानमन्त्री ओली

    श्रावण २० आईतबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरमा ध्यान दिइ योजना निर्माण गर्न विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनकाे अवसरमा मन्तव्य राख्न्दै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्नु भनि निर्देशन दिनुभएको हो ।

    उहाँको अनुसार  मानिसलाई आवश्यक नै नपर्ने वन र भिरमा सडक खनेर कुनै फाइदा नहुने तर मानव बस्ती छुने र छोटो हुने गरी सडक निर्माण गर्नु भने धेरै आवश्यक रहेको बताउनुभयाे । उहाँले राजनीतिक  दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताउनुभयो । एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक रहेकाे बताउनुभयाे ।

    उहाँले आफू पहिलो पटक प्रधानमन्त्री  भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको बताउनुहुँदै अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गर्नुभयो । नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको पनि बताउनुभयाे। उहाँँले २०४६ सालपछि गरिएको निजीकरणले उपलब्धि दिन नसकेको बताउनुभयो । साथै ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक भएको पनि बताउनुभयो । 

  • सुत्केरीमा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च

    सुत्केरीमा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च

    श्रावण १९ शनिबार, काठमाण्डाै । सुत्केरी अवस्थामा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् । साताब्यापी विश्व स्तनपान दिवस अगस्ट १ देखि ७ तारिख सम्म नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

    कान्तिपुर हेल्थले विश्व स्तनपान सप्ताहको अवसरमा शनिबार भरतपुरमा आयोजना गरेको ‘स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तरक्रिया कार्यक्रम’ मा भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख प्रा.डा.सुनिलमणि पोखरेलका अनुसार महिलाले बच्चा जन्माएपछि पहिलो बिगौती दूधमा अक्सिडेसन हर्मोन बढी हुने र दूध चुसाउँदा पाठेघर खुम्चिने जसले गर्दा रक्तश्राव हुनबाट जोगाउछ । स्तनपान गराउँदा स्तनमा संक्रमण हुने, गाँठागुँठी हुने समस्या समेत नआउने पनि बताउनुभयाे । साथै स्तनपान गराउने महिलामा भन्दा नगराउने महिलामा क्यान्सरको जोखिम उच्च रहेको विभिन्न अध्ययनहरुले देखिएको जानकारी दिनुभयाे । यसरी स्तनपान गराउँदा आमाहरुको अक्सिडेसन हर्मोन वृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने पनि बताउनुभयाे ।

    बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक लगायत समग्र विकास गर्न तथा महिलालाई पाठेघरको क्यान्सर लगायत धेरै रोगको जोखिमबाट बचाउन स्तनपान महत्त्वपूर्ण रहेकाे छ। तर पछिल्लो समयमा व्यस्तता र सौन्दर्यमा असर पर्ने भन्दै नेपालमा महिलाहरुले बच्चालाई स्तनपान नगराउने चलन बढ्दै गएको छ । शिशु जन्मिए पछि स्तनपान गराउनुपर्छ, यो शिशुको अधिकारको कुरा हो, अर्कोतिर आमा र बच्चा दुबैलाई स्वास्थ्य दृष्टिले पनि फाइदा गर्छ।

  • मुलुकमा हैजा सङ्क्रमितको सङ्ख्या बढ्दै

    मुलुकमा हैजा सङ्क्रमितको सङ्ख्या बढ्दै

    श्रावण १९ शनिबार, काठमाण्डाै । मुलुकमा हैजा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएकाे छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिन अनुसार हाल मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। हैजा पछिल्लो २४ घण्टामा मात्र नै दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    इडिसिडीले जनाए अनुसार अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उप महानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको छ । 

    विज्ञका अनुसार हैजा ‘भित्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो । हैजा लगायत अन्य पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

  • अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपले पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ – प्रधानमन्त्री केपी शर्मा ओली

    अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपले पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ – प्रधानमन्त्री केपी शर्मा ओली

    श्रावण १८ शुक्रबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउनुभयाे । साथै यसका विकल्प र उपायबारे छलफल गरी दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन पनि दिनुभएको छ ।

    प्रधानमन्त्री ओलीका अनुसार निर्माण भएको लामो समयसम्म पनि यी दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिनु पर्ने बताउनुभयाे । साथै ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

    छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको उपस्थिति थियो ।

    छलफलमा प्राधिकरणका पदाधिकारीबाट विमानस्थल सञ्चालनमा भइरहेका समस्या, भइरहेको कामलगायत विभिन्न पक्षमा भइरहेको तयारीबारे ब्रिफिङ गरिएको थियो ।

  • बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखेपछि काठमाडौं फिर्ता

    बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखेपछि काठमाडौं फिर्ता

    श्रावण १८ शुक्रबार, काठमाण्डाै । काठमाण्डाैबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाण्डाै फर्काएर सुरक्षित अवतरण गराइएको छ । कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो ।

    बुद्ध एयरको एक उच्च अधिकारीका अनुसार जहाज काठमाण्डाैबाट पार हुने क्रममा इन्डिकेटरमा समस्या रहेकाे संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाण्डाैमै फर्काउने निर्णय लिइएको हो ।

    साथै अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यस जहाजमा यात्रा गरेका यात्रुहरुलाई अर्को जहाजबाट पोखरा पठाइएको पनि जानकारी दिनुभयाे । शुक्रबार तीव्र वायु चलेका कारण विभिन्न उडानहरू रद्द भएका छन् ।

  • सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढे

    सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढे

    श्रावण १७ बिहीबार, काठमाण्डाै । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए ।

    यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक , जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

  • ऊर्जा उत्पादककाे मनोबल बढाउने काम गर्नुपर्छ: अर्थमन्त्री पौडेल

    ऊर्जा उत्पादककाे मनोबल बढाउने काम गर्नुपर्छ: अर्थमन्त्री पौडेल

    श्रावण १३ आइतबार, काठमाण्डाै । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने काम सरकारले गर्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा भएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इप्पानका पदाधिकारीसँगको भेटबार्तामा अर्थमन्त्री पौडेलले नेपालमा बिजुली पुग्यो भन्ने अवस्थामा नपुगिसकेकाले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताउनुभएको हो। अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विधुत खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको मनोबल बढ्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ । 

    साथै इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभयो । उहाँले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र  ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विधुत प्राधिकरणसँग विधुत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको बताउनुभयाे । यस्तै सर्वेक्षण सम्पन्न भई निर्माणका लागि विधुत विकास विभागमा आवेदन दिएका १० हजार सात सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाइमा अघि बढिरहेको पनि बताउनुभयो ।

    निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रमक ढङ्गले अघि बढिरहेको बेला नेपाल सरकारले गत जेठमा सार्वजनिक गरेको वित्त नीति र नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र उत्साहित हुन नसकेकोले निजी क्षेत्र उत्साहित हुने गरी ऊर्जा उत्पादकका सवालहरू सम्बोधन गरिदिन इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले अर्थमन्त्री पौडेलसँग आग्रह गर्नुभयो ।

    उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल तथा कार्यसमिति सदस्यद्वय उत्तरकुमार श्रेष्ठ र भरत पराजुली सहभागी हुनुभएको थियो ।

  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

    श्रावण १३ आइतबार, काठमाण्डाै । प्रतिनिधि सभामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि सैद्धान्तिक रुपमा छलफल भएको छ । प्रतिनिधि सभाको आइतबार भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथी विचार गर्न प्रस्ताव राख्नु भएकाे थियो ।

    बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले मुलुकमा दक्ष जनशक्ति उत्पादन तथा सर्वसुलभ र सहज पहुँचको स्वास्थ्य सेवा विस्तारका लागि विधेयक महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    साथै बैठकमा सांसदहरुले स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले सङ्घीयताको मर्म अनुरुप सन्तुलित विकास र सबै क्षेत्र, वर्गलाई समेट्ने भन्दै नेपालको चिकित्सा शिक्षालाई अब्बल तुल्याउँदै अन्तर्राष्ट्रिय जनशक्तिलाई आकर्षित गर्ने अवसर समेत भएको बताउनुभयो ।त्यसैले यस विधेयकको परिणामात्मक कार्यान्वयनका लागि पूर्वाधार निर्माण र पर्याप्त बजेट व्यवस्थापनका लागि ठोस योजना बनाइनुपर्ने बारे पनि छलफल गरियाे ।

  • बाढी र पहिरोमा परी हालसम्म १३१ जनाको मृत्यु

    श्रावण ७ साेमबार, काठमाण्डाै । बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । यस्ताे विपद्मामा परि मृत्यु हुने काे संख्या काठमाडौँ उपत्यकामा २ जना, कोशीमा २२, मधेसमा ५, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    विपद्मा परी १४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा ५ गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा २/२ तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ गरी ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।

    बाढीका कारण १८२ घर डुबानमा परेका छन् । २३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४००४ घर परिवार विस्थापित भएका छन् ।

  • उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने- प्रधानमन्त्री ओली

    उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने- प्रधानमन्त्री ओली

    श्रावण ७ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने बताउनु भएकाे छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले उक्त आयोजना नेपाल विधुत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेकाे बताउनुभयो ।

    उनका अनुसार उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको पनि बताउनुभयो । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको पनि बताउनुभयाे। 

    उहाँले विधुत् उत्पादन अनुमतिपत्रको लागि विधुत् विकास विभागमा आवेदन दिइसकिएको बताउनुभयो । साथै विधुत् प्राधिकरण इञ्जिनियरिङ कम्पनी मार्फत आयोजनाको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण ढाँचा र लागत ढाँचा निर्क्योल गरी आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको पनि जानकारी गराउनुभयो ।

  • भारी वर्षाकाे सम्भावना सतर्कता अपनाउन आग्रह

    भारी वर्षाकाे सम्भावना सतर्कता अपनाउन आग्रह

    श्रावण २ बुधबार, काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर का बिभिन्न स्थानमा आंशिकदेखि भारी वर्षा हुने जनाएकाे छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रवारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

  • बादीपहिराेबाट १६३ राष्ट्रिय राजमार्ग प्रभावित

    बादीपहिराेबाट १६३ राष्ट्रिय राजमार्ग प्रभावित

    श्रावण २ बुधबार, काठमाण्डाै । देशकाे धेरै भुभागमा बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा १६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ । 

    सडक विभागको तथ्याङ्कअनुसार विपदका कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ । 

  • बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    श्रावण १ मंगलबार, काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले सबैलाइ सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

    महाशाखाका मौसमविद गोविन्द झा का अनुसार बुधबार बिहान सम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले अझ बाढी पहिरोको जोखिम बढ्नसक्ने बताउनुभयो । हाल मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ जसले गर्दा जमिनको माटो गलिसकेको हुन सक्ने, भारी वर्षा भएमा चनाखो रहनु पर्ने पनि बताउनु भयाे ।

    मौसमविद झा का अनुसार अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

  • बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरे सरकारले मृतकसरह राहत दिने

    बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरे सरकारले मृतकसरह राहत दिने

    असार ३१ साेमबार, काठमाण्डाै । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरेका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    नवगठित मन्त्रिपरिषदकाे बैठकले बाढीपहिरोमा मृत्यु हुने परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    साथै बैठकले विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री गुरुङका अनुसार विगतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतको व्यवस्था थिएन । सरकारले यो पटक नयाँ व्यवस्था गरेको हो ।

  • कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने-प्रधानमन्त्री केपी शर्मा ओली

    कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने-प्रधानमन्त्री केपी शर्मा ओली

    असार ३१ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने भनि निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीको अध्यक्षतामा साेमबार बसेकाे मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न खेल मैदान बनाउने निर्णय गरेको हाे ।

    सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेपछि प्रधानमन्त्री कार्यालय पुगेका उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    हाल त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त रंगशाला क्रिकेट एसोशिसएन अफ नेपाल (क्यान) ले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।

  • ”मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक”-डा प्रकाश शरण महत

    ”मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक”-डा प्रकाश शरण महत

    असार २६ बुधबार, काठमाण्डाै । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले मुलुकको विकासका लागि नयाँ समीकरण बनाउन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगर समितिले आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उहाँले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताउनुभएको हो ।

    डा महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभयाे । साथै नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने पनि बताउनुभयो ।

    साथै पूर्व अर्थमन्त्री डा महतले नेपाल हरेक कुरामा राम्रो सम्भावना भएको देश हाे जुन संसारमा अर्को भेट्टाउन नसकिने बताउनुभयाे । त्यसैले सबै जना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिने, विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्ने पनि बताउनुभयाे ।

  • निर्माणाधीन दुई सडकखण्डहरु समयमै सक्न प्रधानमन्त्री दाहालको निर्देशन

    निर्माणाधीन दुई सडकखण्डहरु समयमै सक्न प्रधानमन्त्री दाहालको निर्देशन

    पुस २ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्ड समयमै सक्न निर्देशन दिनुभएकाे छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन यि दुई सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको हाे ।

    प्रधानमन्त्री दाहालले निरीक्षणपछि भन्नुभयो, “हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ । फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ। ” 

    प्रधानमन्त्री दाहालले गिटी, बालुवा ढुङ्गा, विधुतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उनले परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्ने , विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने र याे तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन पनि दिनुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको र राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौँ । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौँ ।”

  • विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक-प्रधानमन्त्री दाहाल

    विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक-प्रधानमन्त्री दाहाल

    मंसिर २७ बुधबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक रहेकाे बताउनु भएकाे छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित काठमाण्डाै विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सम्बन्धी खोज–अनुसन्धान गर्न काठमाण्डाै विश्वविद्यालयलाई आग्रह गर्नुभएको हाे । 

    उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न आवश्यक रहेकाे हुनाले प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभयो । साथै विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको पनि बताउनुभयाे । जसले गर्दा आर्टिफिसियल इन्टेलिजेन्स देखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको पनि बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताउनुभयो । विश्वविद्यालयले एक हजार शैय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउनुभयाे । उहाँले विश्वविद्यालयले चुस्ततापूर्ण बहु विशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वास व्यक्त गर्नुभयो । साथै आफूले आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि अर्पण गर्न आह्वान गर्नुभयाे।

    प्रधानमन्त्री दाहालले अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो ।

  • ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    ‘कोप’ २८ मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

    मंसिर १७ आईतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई स्वदेश फर्कनुभयाे । मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्च स्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

    उहाँको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको बताउनुभयो। उहाँले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’ लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्नुभएको बताउनुभयो ।

    उहाँले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित हुनुभएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपति लगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

  • भुकम्प पीडित चिसोबाट थप पीडित छन् – मन्त्री बस्नेत

    कार्तिक २३ बिहिबार, काठमाण्डाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले भूकम्पबाट पीडित भएका जनता चिसाेले थप पीडित भएकाे बताउनुभयाे । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तरक्रियामा कार्यक्रममा उहाँले सरकारले पीडितहरुलाई चिसो तथा हिमपातबाट जोगाउने कार्य प्राथमिकताका साथ अगाडी बढाएकाे बताउनुभयाे ।

    मन्त्री बस्नेतले यसअघि आएका भूकम्पको समयमा गरिएका सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने पनि बताउनुभयो । पुनःनिर्माणको अभियानमा सबै निकायको भूमिका महत्वपूर्ण हुने र तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।

    उनका अनुसार राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्या भएकोले सानो हेलिकप्टर प्रयोग गर्नु परेकाे छ । जसले गर्दा राहत व्यवस्थापनमा ढिला भएको बताउनुभयो । साथै प्राप्त सामग्री सदरमुकामबाट सबै ठाउँका लागि पठाइएको पनि बताउनुभयाे । तर पठाइएका सामग्रीहरु सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट हुँदै पीडितसम्म पुग्नका लागि ढिलाे भएकाे बताउनुभयो । साथै उहाँका अनुसार बारेकोट, कुशे गाउँपालिकामा खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बढी देखिएको पनि बताउनुभयो ।

    मन्त्री बस्नेतले दुःखमा साथ र सहयाेग दिने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई धन्यवाद दिनुभयो । साथै आपतकाे समयमा दिनरात नभनी सुरक्षा गरि साथ दिने सुरक्षाकर्मी मित्रको योगदानलाई भुल्नै नसक्ने भन्दै विशेष धन्यवाद पनि दिनुभयो ।

  • दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

    दसै‌ंकाे नवाैँ दिन देश भरका शक्ति पिठहरुमा पूजा गरि मनाइदै

    कार्तिक ६ साेमबार, काठमाण्डाै । दसैँ काे नवौँ दिन अर्थात आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गा भगवतीका यिनै नौ रुपलाई नवदुर्गा भन्ने गरिएको हो ।

    प्रत्येक वर्षझै यस वर्ष पनि आज दसैँ घर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवी भागवत एवं देवी स्तोत्र पाठ गरी मनाइँदै छ ।

    महानवमीका दिन काठमाण्डाै उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनहरु पुगेका थिए ।

    नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर जसो शक्तिपीठमा भक्तनहरुको भीड लागेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

  • खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक

    खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक

    फाल्गुण ५ शुक्रबार, काठमाण्डाै । खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न गुनासो कल सेन्टरको स्थापना गरि टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । खानेपानी मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गर्नुभएको हो । उहाका अनुसार अबदेखी खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेकाे छ, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सकिने बताउनुभयो ।

    उहाँले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिनुभयो । उहाँले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

    मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने बताउनुभयो । त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलका अनुसार हाल मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने छ । साथै एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भइरहेकाे र छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उहाँले बताउनुभयो ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको – नागरिक उड्डयनमन्त्री सुदन किराँती

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको – नागरिक उड्डयनमन्त्री सुदन किराँती

    फाल्गुण ४ बिहिबार, काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । उहाँले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताउनुभयो ।

    उहाँले नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको जानकारी दिनुभयो । पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको पनि बताउनुभयो । 

    विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिनुभयो । आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चुनौती तथा अप्ठ्यारा भए पनि समाधान असम्भव छैन भनेर आफू लागिपरेको उहाँले बताउनुभयो ।

  • लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले पहल गर्ने- प्रधानमन्त्री पुष्प कमल दाहाल

    लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले पहल गर्ने- प्रधानमन्त्री पुष्प कमल दाहाल

    फाल्गुण २ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । काठमाण्डाैको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहज रुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिनु भएकाे थियो । उनले लघु, घरेलु तथा साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत पहल गरेको बताउनुभयो । त्यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको बताउनुभयाे । साथै अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उनका अनुसार निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता रहेकाे बताउनुभयाे । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ ।

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेला करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

  • जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि असरहरू अरू सरह बेहोर्नुपर्ने- नेपाल वातावरण पत्रकार समूह

    जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि असरहरू अरू सरह बेहोर्नुपर्ने- नेपाल वातावरण पत्रकार समूह

    माघ २६ बिहिबार, काठमाण्डाै । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको छ । यस समुहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरी प्रधानमन्त्री समक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ । जसमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय भएको जनाउँदै भौगोलिक बनोट र गरिबीले गर्दा नेपाल यस समस्याबाट प्रभावित मुलुकहरूको अग्रस्थानमा रहेको उल्लेख छ । साथै भजलवायु परिवर्तनमा नेपालको खासै भूमिका नभए पनि नेपालमा यसबाट पर्ने असरहरू भने अरू सरह बेहोर्नुपर्ने भएकाेछ । यो अवस्था नेपालजस्तो कमजोर आर्थिक तथा भौतिक पूर्वाधार एवं प्राकृतिक र हिमालयमा पर्ने प्रभाव हाम्रो लागि सङ्कटको विषय बन्नेछ ।

    नेपालको शिरशोभाका रूपमा रहेका यी हिम पर्वतहरूमा हिउँ रहेन भने भविष्यमा नेपालले पर्यटनबाट प्राप्त गर्ने ठूलो आयस्रोत गुमाउनुपर्ने निश्चित छ । त्यसैगरी दक्षिण एसियाको वाटर टावर भनिने हिमालको हिउँ लोप हुने मात्र होइन, विश्वको एक तिहाइ जनसङ्ख्या पिउने पानीबाट समेत वञ्चित हुने खतरा छ । हिमनदीहरू पग्लने र त्यसको प्रभाव हिमताल विस्फोटन हुने हाम्रो अघिल्तिरको अर्को विपत्तिको सूचक हो, एवं त्यतिखेर हाम्रा थुप्रै नदीमा बनेका बाँध र नदी आसपासका बस्तीहरूको भविष्य अनिश्चित बन्ने खतरा छ भन्दै ज्ञापनपत्रमा यसले जलविद्युत्मा गरिने लगानीका सम्भावनाहरूमा ठूलो प्रश्न उठ्ने र कतै बाढी त कतै पानीको स्रोत सुक्दै गएको अवस्था छ भनिएको छ । ज्ञापनपत्रमा मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक (मेलम्ची)लगायतका स्थानहरूमा देखिएका प्राकृतिक प्रकोपहरूले जलवायु परिवर्तनका उच्चतम प्रभावहरूलाई पुष्टि गरेको तथा नेपालको प्राकृतिक प्रकोपको चक्रले बर्सेनि खाद्य सुरक्षा, जैविक विविधता, खानेपानी, कृषि, महामारीलगायत मानिसको जीविकोपार्जनमा हरेक वर्ष नयाँ नयाँ चुनौतीहरू थपिँदै गएका भन्दै यसबाट बर्सेनि मानवीय क्षति पनि भइरहेको छ र यसमा पनि बालबालिका तथा महिलाहरू अझ बढी प्रभावित छन् भनिएको छ । नेपालको सामुदायिक वनलाई विश्व समुदायमा नमुनाका रूपमा लिन थालिएकै बेला चुरे र तराई क्षेत्रमा भने वन विनाशको व्यथा घट्नुको सट्टा बढिरहेको, नेपालका वनमा रहेका स्रोतहरू कुहिने र ह्रास हुने क्रम बढिरहेको, विदेशबाट बर्सेनि अर्बौँ रुपैयाँका काठ आयात भइरहेको तथा नेपालका प्राकृतिक स्रोतका रूपमा रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण र सदुपयोगसमेत हुन सकिरहेको छैन, ज्ञापनपत्रमा भनिएको छ । 

    नेवापसले विगत ३७ वर्षदेखि वातावरण संरक्षण र दिगो विकासका बारेमा जनचेतना जगाउन सञ्चारका विभिन्न माध्यममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले सन् २०२३ मा नेपालमा संरक्षण क्षेत्रको ५०औँ वर्षगाँठको अवसरमा विविध कार्यक्रम गर्ने तथा वातावरण क्षेत्रमा कलम चलाउँदै आएका दक्षिण पूर्वी एसिया र अन्य केही मुलुकका पत्रकारहरूलाई नेपालमा भेला गराएर नेपालका जलवायुजन्य मुद्दाहरूमा केन्द्रित रहेर स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट संसारभरि सूचना सम्प्रेषण गर्ने लक्ष्य लिएको पनि जानकारी गराएको थियो । वरिष्ठ पत्रकार भैरव रिसाल, समूहका अध्यक्ष रोशनी अधिकारी समेत समूहका पदाधिकारीको नेतृत्वमा गएको टोलीले त्यस अवसरमा प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वकाल सफल हुने भन्दै बधाई एवं शुभकामना दिएको थियो । 

  • गुठी जग्गा संरक्षण र देवस्वको सही उपयोग गरिने – सचिव डा दामोदर रेग्मी

    गुठी जग्गा संरक्षण र देवस्वको सही उपयोग गरिने – सचिव डा दामोदर रेग्मी

    माघ २० बिहिबार, काठमाण्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्गा संरक्षण गरी त्यसबाट प्राप्त हुने देवस्वको सही उपयोग गरिने भएकाे छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र गुठी भएकाले मन्त्रालयले यसको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो । उनका अनुसार गुठीका जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई पनि अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिनुभयो ।

    साथै मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको बताउनुभयाे । मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन पनि दिएको छ ।

    गुठी संस्थानका प्रशासक किरण शाक्यले भने नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न समस्या र अप्ठ्याराे परेको बताउनुभएकाे छ ।

  • पश्चिमी वायुको प्रभावले ह्वात्तै बढ्यो चिसो

    पश्चिमी वायुको प्रभावले ह्वात्तै बढ्यो चिसो

    माघ १७ म‌ग‍ंलबार, काठमाण्डाै । पश्चिमी वायुको प्रभावले देशभर ह्वात्तै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको हाे । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

    महाशाखाले जनाएअनुसार आगामी तिन दिनकाे माैसम यस प्रकार रहेकाे छ-

    २०७९ माघ १७ गते (मंगलबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७९ माघ १८ गते (बुधबार) दिउँसोː प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७९ माघ १९ गते (बिहीबार) दिउँसोː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

  • सेवाग्राहीको भिड घटाउन कार्ययोजना तयार गरिदै- राहदानी विभाग

    सेवाग्राहीको भिड घटाउन कार्ययोजना तयार गरिदै- राहदानी विभाग

    माघ १२ विहिबार, काठमाण्डाै । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाउने तयारी गरेको छ। विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाका अनुसार राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको बताउनु भएकाेछ । उनका अनुसार विभागमा सधैं सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण सेवाग्राहीको घण्टौं लामो लाइन तथा भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेकाे छ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ बताउनुभयाे । कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको सम्वन्धित सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने र दुई/तीन महिनामा नै लागु हुने उनको दाबी छ।

    राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड दिनानु दिन बढ्दै गएकाे छ । सेवाग्राहीहरूका अनुसार विभागको सफ्टवेयरमा आउने समस्या देखि अन्य विविध कारणले घण्टौं  लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको गुनासो छ । अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको छ।

  • वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाइदै

    वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाइदै

    माघ १२ विहिबार, काठमाण्डाै । माघ शुक्ल पञ्चमीका दिन सधैझै यसपाली पनि विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरि वसन्त पञ्चमी पर्व मनाइदै छ । माघ शुक्ल पञ्चमीका दिन पर्नेहुनाले यसदिनलाइ ‘श्रीपञ्चमी’ पनि भनिन्छ । आजका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी माता सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    आजका दिन विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई विद्या र सिर्जनाकी देवी सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी माता सरस्वतीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता पनि रहेकाे छ । साथै बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    आजका दिन उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी बिध्यार्थीवर्गको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि रहेकाेछ ।

  • रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    माघ ८ आइतबार, काठमाण्डाै । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । शनिबार राती प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण तयार पार्नकालागि सरकार तत्पर रहेको बताउनुभयो । 

    मन्त्री पौडेलेका अनुसार रेमिट्यान्सकाे ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेकाे छैन । तर सरकार लिगल च्यानलबाट रेमिट्यान्स भित्राउनका लागि लिनुपर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न तयार रहेकाे बताउनुभयाे । उनले कार्यक्रममा रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गराउन नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने पनि बताउनुभयो । 

    साथै कार्यक्रममा गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा रहेकाे व्यवस्था अनुसार गर्न तयारि गरेकाे बताउनुभयाे । यसबाट सहज ढंगमा नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ बताउनुभयाे । साथै वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरूलाई विदेशी नागरिक सरह लिएको विषयप्रति ध्यानाकर्षण गराएको र त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रमका उपस्थित अन्य सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतका कुरामा जोड दिनु पर्ने सुझाव दिनुभएको थियो ।

  • विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइदै

    विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइदै

    माग २ साेमबार, काठमाण्डाै । पाेखरामा आइतबार भएकाे यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौँ ल्याइने भएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार निधन भएकाहरू मध्ये विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ भने । पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । उहाँका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । 

    माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोताखोरको टोलीसहित विमानस्थलको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

  • सुकुम्बासीहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी

    सुकुम्बासीहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी

    पुष २३ शनिबार, काठमाण्डाै । तनहुँको म्याग्दे गाउँपालिकाका भूमिहीन सुकुम्बासी परिवाररू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी भएका छन् । गाउँपालिकाले हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको हाे । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको बताउनुभयो । उनका अनुसार निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए अनुसार म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुकुम्वासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेकाे थियाे । फारम भरेका सबैलाई निस्सा वितरण सकिएको पनि जानकारी दिनुभयो ।

  • भुटानी शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

    भुटानी शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

    पुष २३ शनिबार, काठमाण्डाै । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेकाे छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रतिनिधिमण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । फाउण्डेशनले यस विषयमा ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री लामिछानेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

    साे ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ । साथै पत्रमा “आफ्नै समुदायका व्यक्तिहरू अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचान सहित काम गरिरहेकालाई पनि पीडा दिएको छ । नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित यो फाउण्डेशन आफ्नै समुदायका व्यक्तिहरू अझै पनि नेपालको झापा र मोरङका शिविरमा अति कष्टकर शरणार्थी जीवन बिताउन बाध्य भएकोप्रति हामी माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ” ।

    पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन् । यस फाउन्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नामका दुईवटा ‘रियालिटी शो’ गरेर संसारभरका नेपाली भाषी प्रतिभालाई हालसम्मकै सर्वाधिक (रु एक करोड) राशिको पुरस्कार दिने घोषणा पनि गरेको छ ।

  • इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले गरि आत्मदाह

    मसिंर २० मंगलबार, काठमाण्डाै । काठमाण्डाैकाे धुम्वाराहिमा इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले आत्मदाह गरेकिछिन। तर महिलाका परिबार पक्षले उक्त घटना आत्मदाह नभइ हत्या भएकाे बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृतक महिला दरबारमार्ग स्थित केल्मी ब्राण्डका शोरुममा कार्यरत २६ वर्षकी पुष्पा न्यौपाने हुन । उनि गत आइतबार साँझ ५ बजे धुम्बाराहीमा ८० प्रतिशत जलेको अवस्थामा प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो । प्रहरी बृत महाराजगञ्जबाट खटिएको टोलीले आत्महत्या गर्न दुरुत्साहन दिने २९ वर्षीय सुधन संग्रौला प्रक्राउ गरेकाे छ । संग्रौलालाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएकाेछ ।

    घटनामा संग्लन भएको आरोपमा पीडितका परिवारले प्रहरी बृत महाराजगञ्जमा सुधनका बुबा-आमा दिनेश र बिन्दु संग्रौला, दाजु मधु संग्रौला र सुधन संगौला विरुद्ध ज्यानसम्बन्धी कसुरको आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरि दोषी माथि कडा कारबाहीको माग गरिएको छ। प्रहरीले घटनास्थलबाट ५ लिटरको खाली ग्यालेन बरामद गरेको छ । थप अनुसन्धान कार्य जारि रहेकाे बताएका छन् ।

  • नेपालमा बाली उत्पादनको लागि उपयुक्त माटो ४०–४५ प्रतिशत मात्र

    नेपालमा बाली उत्पादनको लागि उपयुक्त माटो ४०–४५ प्रतिशत मात्र

    मसिंर १६ शुक्रबार, काठमाण्डाै । नेपालको खेतीयोग्य जमिनको ४० देखि ४५ प्रतिशत माटो मात्र बाली उत्पादनको लागि उपयुक्त रहेको छ । डिजिटल सोइल म्यापको पछिल्लो तथ्याङ्क अनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको रहेकाे पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।

    कृषि विभागका महानिर्देशक डा रेवतीरमण पौडेलका अनुसार नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको बताउनुभयाे । उनका अनुसार खेती गरिने जमिनमा फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ । पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको पनि उहाँले बताउनुभयो । साथै गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रने बताउनु भयाे ।

    स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्बराशक्तिको दीगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ ।यसै सन्दर्भमा नेपालमा पनि १९ मसिंरमा ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउन लागिएको छ । हाल नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्बराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ । यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा विभिन्न कार्यक्रम तय गरिएको छ ।

  • ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    मसिंर ९ शुक्रबार, काठमाण्डाै । मंसिर ४ गते भएकाे प्रतिनिधिसभा निर्वाचनकाे १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले जनाए अनुसार मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको छ । आयाेगबाट प्राप्त नतिजा अनुसार नेपाली काँग्रेस ४० , नेकपा एमाले २८, माओवादी केन्द्र १२, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, जनता समाजवादी पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २, नागरिक उन्मुक्ति २ र अन्यले ८ स्थानमा स्थानमा विजयी भएका छन् ।

    नेपाली कांग्रेस

    १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल ७. रसुवा– मोहन आचार्य ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ११. काठमाडौं १० – राजेन्द्र कुमार केसी १२. पर्सा ४ – रमेशकुमार रिजाल
    १३. सुर्खेत २ – हृदयराम थानी १४. ओखलढुंगा– रामहरि खतिवडा १५. झापा १– विश्वप्रकाश शर्मा १६. पर्सा १– अजयकुमार चौरसिया १७. गोरखा १– राजेन्द्र बजगाई १८. म्याग्दी– खमबहादुर गर्बुजा १९. अछाम २ – पुष्पबहादुर शाह २०. कैलाली ४ – बीरबहादुर बलायर २१. दार्चुला – दिलेन्द्र प्रसाद बडू २२. कञ्चनपुर ३ – रमेश लेखक २३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री २४. दैलेख २- दिक्पाल कुमार शाही
    २५. कञ्चनपुर २ – एनपी साउद २६. सिन्धुली १– श्यामकुमार घिमिरे २७. तनहुँ १ – रामचन्द्र पौडेल २८. बाँके ३– किशोरसिंह राठोर २९. नवलपरासी पूर्व १–शशांक कोइराला ३०. रौतहट ४ – देवप्रसाद तिमलसेना ३१. धादिङ २– रामनाथ अधिकारी ३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की ३३. दाङ ३ – दीपक गिरी ३४. नवलपरासी पश्चिम १– विनोद चौधरी ३५. बर्दिया १ – संजय गौतम ३६. सुर्खेत १ – पूर्णबहादुर खड्का ३७. सप्तरी ३ – दिनेशकुमार यादव ३८. मोरङ ६ – डा. शेखर कोइराला ३९. धनुषा २ – रामकृष्ण यादव ४०. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

    नेकपा एमाले

    १. उदयपुर २ – अम्बरबहादुर रायमाझी २.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ ३.ललितपुर २– प्रेमबहादुर महर्जन ४. गुल्मी २ – गोकर्ण विष्ट ५‍‍ .झापा २– देवराज घिमिरे ६. झापा ५– केपी शर्मा ओली ७. ताप्लेजुङ– योगेश भट्टराई ८. पर्सा ३ – राजकुमार गुप्ता ९. अर्घाखाँची– टोपबहादुर रायमाझी
    १०. प्युठान– सूर्य थापा ११. मकवानपुर २–महेशकुमार बर्तौला १२. कास्की २– विद्या भट्टराई १३. पर्वत – पदम गिरी १४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ १५. रुपन्देही ५ – बासुदेव घिमिरे १६. झापा ४–लालप्रसाद (एलपी)साँवा लिम्बु १७. सोलुखुम्बु–मानवीर राई १८. धनकुटा १–राजेन्द्रकुमार राई
    १९. सिरहा १ – रामशंकर यादव २०. कपिलवस्तु १–बलराम अधिकारी २१. बाँके १ – सूर्यप्रसाद ढकाल २२. कञ्चनपुर १ – तारा लामा तामाङ २३. बैतडी – दामोदर भण्डारी २४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ २५. सर्लाही ३ – हरिप्रसाद उप्रेती २६. कास्की ३ – दामोदर पौडेल वैरागी २७. बारा १ – अच्युतप्रसाद मैनाली २८. बारा ३ – ज्वालाकुमारी साह

    नेकपा (माओवादी केन्द्र)

    १. सिन्धुली २- लेखनाथ दाहाल २. सिन्धुपाल्चोक १ – माधव सापकोटा ३. बाग्लुङ २ – देवेन्द्र पौडेल ४. रोल्पा – वर्षमान पुन ५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर ६. जाजरकोट – शक्तिबहादुर बस्नेत ७. गोरखा २ – पुष्पकमल दाहाल ८. दाङ २ – रेखा शर्मा ९. खोटाङ– रामकुमार राई १०. भोजपुर १ – सुदन किराँती ११. मोरङ ४ – अमनलाल मोदी १२. रुकुम पश्चिम – जनार्दन शर्मा

    नेकपा एकीकृत समाजवादी

    १. अछाम १ – शेरबहादुर कुँवर २ . बारा ४– कृष्णकुमार श्रेष्ठ ३. दैलेख १ – अमरबहादुर थापा ४. सल्यान – प्रकाश ज्वाला ५. डोटी– प्रेमबहादुर आले ६. बझाङ– भानुभक्त जोशी ७.रौतहट १– माधवकुमार नेपाल ८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे ९. दाङ १ – मेटमणि चौधरी १०. डोल्पा – धनबहादुर बुढा

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. काठमाडौं ७ – गणेश पराजुली २. काठमाडौं ८– विराजभक्त श्रेष्ठ ३. काठमाडौं २– सोबिता गौतम ४. काठमाडौं ६ – शिशिर खनाल ५. ललितपुर ३ – तोसिमा कार्की ६. चितवन २ – रवि लामिछाने ७. चितवन १ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १. बाँके २ – धवलसमशेर जबरा २. जुम्ला – ज्ञानबहादुर शाही ३. मकवानपुर १ – दीपकबहादुर सिंह ४. झापा ३ – राजेन्द्र लिङ्देन

    जनता समाजवादी पार्टी

    १. पर्सा १ – प्रदीप यादव २. सप्तरी १ – नवलकिशोर साह सुडी

    लोकतान्त्रिक समाजवादी पार्टी

    १. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला २. सर्लाही १ – रामप्रसाद चौधरी

    नागरिक उन्मुक्ति पार्टी
    १. कैलाली ३ – गंगाराम चौधरी २. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

    जनमत पार्टी-
    १. सप्तरी २- सिके राउत

    राष्ट्रिय जनमोर्चा-
    बाग्लुङ १ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी

    भक्तपुर १– प्रेम सुवाल

    स्वतन्त्र-
    १. बर्दिया २– लालवीर चौधरी २. मोरङ ५ – योगेन्द्र मण्डल ३. रौतहट २ – किरणकुमार साह ४. रौतहट ३ – प्रभु साह ५. सर्लाही ४ – अमरेशकुमार सिंह

  • २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    मसिंर ७ बुधबार, काठमाण्डाै । मंसिर ४ गते भएकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकाे प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।

    बिजयी हुनेमा कांग्रेसतर्फ डडेल्धुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौं १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदयशमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौं ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगनकुमार थापा विजयी हुनुभएको छ । त्यस्तै एमालेतर्फ काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा-२ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी हुनुभएको छ ।