कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने

भाद्र २० साेमबार, काठमाण्डाै । पोखरा पर्यटन परिषदले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्धन तथा कोरला नाका सम्बन्धि सरोकारवाला सँग गरेकाे छलफल कार्यक्रममा मुस्ताङका जनप्रतिनिधि हरुले कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने बताएका छन् । कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले ‘यो नाका (कोरला–त्रिवेणी) खुलाउने हो भने त्यसको लाभ पर्यटनबाट सबैभन्दा बढी लिन सकिन्छ,’ भनेका छन् । उनले कोरला नाका संचालनमा ल्याउन सके गण्डकीको मुकाम पोखरा केन्द्र बन्ने बताए। उनका अनुसार कोरला देखि गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी नाकाम्मको दूरी ४५७ किलोमिटर छ। उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो रुट नै कोरला–त्रिवेणी हुने उनले बताए। ‘उत्तरी र दक्षिणी मुलुकलाई जोड्दै व्यवसाय गर्न सकिन्छ। उनका अनुसार कोरला नाकामा नेपालतर्फ १३ सय रोपनी जग्गा सरकारको नाममा छ। तर, जग्गा भएपनि काम केही पूर्वाधर तयार नभएको उनले बताए।चीनले आफ्नोतिरको सडक यसअघि नै कालोपत्रे गरिसकेको भएपनि नेपालतर्फ भने आवश्यक भौतिक पूर्वाधारको नामोनिसान समेत नभएको उनको भनाइ छ। तिब्बततिर चीनले भन्सार, अध्यागमन सहित सुरक्षा निकायका लागि आवश्यक संरचना बनाईसकेको छ। तर, नेपालतर्फ भने खासै गतिला संरचना नबनेको उनले बताए।

२०७२ को नाकाबन्दीले भारतबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका प्राथमिकता परेको हो। त्यही प्रयास पछि चीनले आफ्नो क्षेत्रमा भव्य संरचना बनाइ सक्दा नेपालतिर भने सुनसान रहेको छ। सरकारले यस तिर त्यति चासाे दिएकाे छैन । जसले गर्दा भौतिक पूर्वाधार बनाउने कार्य ठप्प नै छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.