माघ २३, बिहीबार, काठमाण्डाै । बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिईने भएकाे छ । अघिल्लो संस्करणमा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख दिइएको थियो । धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउने भएको छ । भिएआरको माध्यमबाट रेफ्रीले नदेखेका वा दोधार भएको कुरा थाहा पाउन सकिन्छ ।
-
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा
माघ २३, बिहीबार, काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क रहेकाे छ ।
-
“प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ” सांसद युटोल तामाङ
माघ २३, बिहीबार, काठमाण्डाै । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।” सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाउनुभयो ।
-
गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखियाे
माघ २३, बिहीबार, काठमाण्डाै। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो । प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए । ती फुलमा गिद्ध ओथारो बसिरहेको छ । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुका कारण के हुन सक्छ भनेर विदेशी विज्ञसँगसमेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निकुञ्जका निमित्त प्रमुख वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताउनुभयो । यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् । तीमध्ये दुई बच्चा, चार भाले र तीन पोथी नवलपरासीको जटायु रेस्टुराँमा प्रकृतिमा छाड्नका लागि लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।
-
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता
माघ २३, बिहीबार, काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान खुमलटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वप्रधानमन्त्री दाहालले बेलायतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको छ।साथै उहाँले बेलायती राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास लिएको, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ र देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको भन्नुभयाे । उक्त भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनुभयो ।
-
विश्व बैंकद्बारा भूकम्पपछि बस्ती पुनर्निर्माणलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग
माघ २३, बिहीबार, काठमाण्डाै। नेपाल सरकारलाई विश्व बैंकले रु २२ अर्ब ८२ करोड ऋण सहयोग दिने भएको छ । भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न काे लागी साे ऋण सहयोग दिने भएको हाे । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले बैंकले ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकाेमा हार्दिक आभार व्यक्त गर्नुभयो ।
-
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
माघ २३, बिहीबार, काठमाण्डाै । आज बिहान काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियाे । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।उक्त दुर्घटनामा परेका मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले दिएको छ ।
-
आइसिसी विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाद्बारा ओमानलाई २१४ रनको लक्ष्य
माघ २३, बिहीबार, काठमाण्डाै । आजको आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे थियाे ।ओमानले टस जितेर अमेरिकालाई पहिले ब्याटिङ गर्न दिएको थियो । अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाएकाे थियो । यसमा सात चौका सामेल छ । अक्षय होमराजले ३३ रन बनायो । उनले दुई छक्का र तीन चौका हानेकाे थियाे। यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिएका छन् । बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई।दुई तथा कलिमउल्लाहले एक विकेट लियो । अहिले अमोन अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।
-
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरु द्बारा सरकारलाई विभिन्न कुरामा ध्यानाकर्षण गराए
माघ १८, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोग विहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
नेकपाका इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल हुँदा माफिया मौलाएको उल्लेख गर्दै उहाँले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गर्नुभयो ।नेकपाका कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याउने भन्दै किसानलाई र बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो ? भन्दै जिज्ञासा राख्नुभयो । नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका सांसद घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गर्नुभयो ।नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाउनुभयो ।
-
“आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ” पूर्वराष्ट्रपति डा रामवरण यादव
माघ १७ काठमाण्डाै । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले भन्नुभयो “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ । उहाँले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षालाई प्राथमिता दिनुपर्ने भन्नुभयो ।
नेपाली काँग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नुपर्छ भन्नुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, काँग्रेसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला सङ्घको केन्द्रीय प्रतिनिधि एवं काँग्रेस महाधिवेशन प्रतिनिधि चिनु पोख्रेरेल सबै उपस्थित थिए । सबैले विद्यालयको समग्र विकासको लागि निरन्तर लाग्नुपर्नेमा कुरामा जोड दिनुभयो ।
-
प्रतिनिधिसभामाआठ आयोगकाे वार्षिक प्रतिवेदन पेश
माघ १७ काठमाण्डाै । प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभयो ।
राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५।०७६ प्रथम वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
-
बलात्कार गर्ने बाबुलाई जन्मकैद
माघ १७ काठमाण्डाै । अर्घाखाँची जिल्ला अदालत ले बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । शीतगङ्गा नगरपालिका–४ का एक बाबुले आफ्नै नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गरेकाे आराेप पुष्टि भएकाे छ। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो ।गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
दश वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेकाेमा कानूनअनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनुभयो । त्यस्तै अर्काे एक मुद्दामा अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको उहाँले जानकारी दिनुभयो ।
-
प्रहरी नायब निरीक्षक १५,००० घुस रकम सहित नियन्त्रणमा
पुष ६, काठमाण्डाै । जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय, यज्ञभूमि धारापानीमा कार्यारत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र जिल्ला धनुषा, जनकपुरधाम उ.म.नपा.वडा.नं. ८ बस्ने विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु.१५,०००।- सहित रङ्गेहात पक्राउ गरेकाे थियाे ।
सेवाग्राहीलाई सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस माग गरेकाे भन्ने सुचना एवं उजुरीकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासबाट खटिई गएकाे टाेलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु.१५,०००।- घुस रकम लिईसकेकाे अवस्थामा ट्राफिक प्रहरी कार्यालय, ढल्केवर, धनुषाकाे कार्यालय भवनकाे पुर्व कासले छाएकाे काठकाे गाेल घरबाट मिति २०७६।०९।०४ गते रङ्गेहात पक्राउ गरेकाे थियाे । हाल थप अनुसन्धान भईरहेकाे छ।
-
“टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ” शताब्दी पुरुष सत्यमोहन जोशी
माघ १५ काठमाण्डाैं । शताब्दी पुरुष सत्यमोहन जोशीले टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ भनी बताउनु भयाे। राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे ।
उक्त कार्यक्रम जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।
विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बिताएकाे पनि स्मरण गर्नुभएको छ । विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गर्नुभयो ।हाल अग्ला घरका कारण हिमाल छेकिन पुगेको साथै हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने गुनासो जोशीले गर्नु भयो ।
ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताउनुभयो । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो ।
-
विराट सडक महोत्सव भव्यताका साथ विराटनगरमा शुरु
माघ ३ काठमाण्डाै । मन्जिना मुभिज क्रिएशनद्वारा विराटनगरमा ‘विराट सडक महोत्सव’ माघ १ गते देखी ४ गते सम्म सन्चालन गरिनेछ । विराटनगरकाे ट्राफिकचोक देखि शुरु भई महेन्द्र चोकसम्म राखिएकाे छ साथ सजाइएकाे छ ।
यसकाे मुख्य उदेश्य स्वदेशी तथा विदेशी पर्यटकहरुलाई विभिन्न प्रकारका नेपाली खानाहरुकाे स्वाद बारे जानकारी गराउने रहेकाे छ। नेवारी, थारू, मारवाडी, थकाली राजवंशी आदीको परम्परागत परिकार राखिएकाे छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्नुभयाे । उहाँले यस महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवर्धनमा सहयोग पुर्याउने बताउनुभयो ।
महोत्सव दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने र यसमा तीन दर्जन प्रदर्शनीकक्ष रहकाे क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो । महोत्सव एक लाख दर्शकले प्रत्यक्षरूपमा अवलोकन गर्ने र रु एक करोडको कारोवार हुने लक्ष्य राखिएको छ ।
-
क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न
माघ २, काठमाण्डाै । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित १९औँ माछापुच्छ्रे गण्डकी प्रदेशस्तरीय फुल कन्ट्रयाक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाल क्योकुशिन कान कराँते सङ्घ कास्की शाखाको आयोजनामा पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न भएकाे थियाे । प्रतियाेगितामा १५० खेलाडीले भाग लिएका थिए ।
क्र स पुरुष तर्फ
(ताैल के.जी)प्रथम दाश्राे तृतिया १ २५ शालिन केसी सत्कार पत्यल प्रमेश मगर र नसिब थापा मगर २ ३० रोहन आचार्य अबिशेक तामाङ साेबिन प्रत्येल र प्रनिल श्रेष्ठ ३ ३५ राेशन गरुङ रकान्त मगर विद्यान घिमिरे र निषेस थापा मगर ४ ४० राजन पाेखरेल सुदिप तिमिल्सना आदित्य मल्ल र निराजन खत्री ५ ४५ राजेश गाैतम राजन बिक मिराज परियार र सितल कुमाल ६ ५० युवराज गुरुङ सुमित सिग्देल सम्राट सेन र संगम श्रेष्ठ ७ ५५ सुमन बराम दिपेश गरुङ ह्युमन मस्य्राङदी ८ खुला गाेविन्द राेका संगम गुरुङ गणेश अधिकारी र नवराज गुरुङ क्र स महिला तर्फ
ताैल (के.जी}प्रथम दाेश्राे तृतिय १ ४० मातृका शाही ज्कसिना क्षेत्री ललीता छत्याल र अंशु कार्की २ ४५ मनिषा तामाङ सर्वधा पाैडेल सिम्रन खत्री र पुष्पा बिसी ३ ५० सरगम कुमाल सदिक्षा कुमाल सीता बिक र ममता पाैडेल ४ खुल्ला युनिका शेरचन रचना मगर सृजना पुन र रुबी क्षेत्री प्रतियोगितामा विजयी खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय अध्यक्ष विनय मल्ल, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय प्रशिक्षण प्रमुख राजेन्द्र सुवेदी, सङ्घ कास्कीका अध्यक्ष बेलबहादुर थापा, गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीलगायतले विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
-
पाँचखाल मा सुनकाेशी पाँचखाल बृहत् खानेपानी योजना कार्यान्वयनमा आउने
माघ २ काठमाण्डाै । पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना कार्यान्वयनमा आउने भएको छ ।यसबाट पाँचखाल क्षेत्रका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।
याेजनाले खानेपानीकाे समस्याकाे हल हुने बिश्वास लिएकाे छ जसले गर्दा पाँचखालका बासिन्दाहरु धेरैनै लाभान्वित हुने भएका छन् । याेजनामा नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागत मा रहनेछ ।सुनकोशी–पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार यस याेजना रु दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएकोछ ।
भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ ।
-
नेपाल मेलमिलापकर्ता समाजकाे तेह्राैं बार्षिक साधारण सभा

पुस १९ काठमाण्डाै । मिति २०७६ साल पुस १८ गते नेपाल मेलमिलापकर्ता समाजकाे तेह्राैं बार्षिक साधारण सभा साफ फल्चा क्याफे काठमाण्डाैमा सम्पन्न गरियाे । उक्त्त कार्यक्रममा मुख्य अथितिकाे रुपमा सर्बाेच्च अदालतका माननिय न्यायधिस श्री ईश्वर प्रसाद खतिवडा रहनुभएकाे थियाे । सभाकाे अध्यक्षता श्री शकंर सुबेदीले गर्नुभएकाे थियाे । साथै सर्बाेच्च अदालतका माननिय न्यायधिस श्री तेज बहादुर केसी उच्च अदालत पाटनका माननिय न्यायधिस श्री बामदेव ज्ञवाली र अन्य सल्लाकार र सदस्यहरु रहेकाे थियाे । कार्यक्रम सन्चालन संस्थाका महासचिव लक्ष्मण थपलिया ले गर्नुभएकाे थियाे ।
साधारण सभाबाट नँया कार्यसमितीकाे गठन भएकाे थियाे। जसमा विष्णुमणी अधिकारीकारी अध्यक्ष सहित १५ जनाकाे कार्यसमितीकाे गठन भएकाे छ । नेपालमा मेलमिलापकाे माध्यमबाट कसरी बदी भन्दा बदी समस्या समाधान गर्ने र यसकाे विकासकाे लागी गर्नुपर्ने कुराहरुकाे बारेमा छलफल गरीयाे ।
-
उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ
पुस १८ काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । उनलाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने सम्बन्धमा अनुसन्धानकाे लागि मिति २०७६।०९।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
-
श्री हाजी ऐनायतल्लाह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँसहित ३ जना उपर विगाे रु.४,२२,३८४।- कायम गरी आराेपपत्र दायर ।
पुष ५ काठमाण्डाै । श्री हाजी ऐनायतल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक (हालका प्र.अ.) महमुद आलम खाँ तथा पूर्व प्र.अ. तथा हालका अंग्रेजी शिक्षक श्रीकान्त दुवे समेत ३ जना उपर विगाे रु.४,२२,३८४।- (चार लाख बाइस हजार तिन सय चाैरासी रुपैयाँ) बराबरकाे सरकारी रकम बदिनयतसाथ हिनामिना गरी नेपाल सरकारकाे सम्पत्ति हानिनाेक्सानी गरेकाे तथ्य प्रमाणित भएकाेले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ बमाेजिमकाे कसुरमा हिनामिना हानिनाेक्सानी गरेकाे रु.४,२२,३८४।- विगाे कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ मा उल्लेख भए बमाेजिम साेहि ऐनकाे दफा ३ काे उपदफा(१) र दफा ३ काे उपदफा(१) खण्ड (घ) बमाेजिम सजाय हुन एवं हिनामिना हानिनाेक्सानी भएकाे विगाे रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ बमाेजिम असुल उपर हुन समेत मागदाबी लिई आज विशेष अदालत,काठमाण्डाैमा आराेप पत्र दायर गरेकाे छ।
श्री हाजी ऐनायतल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालयमा शिक्षक भर्नामा अनियमितता, विज्ञान सामाग्री खरिद , शिक्षा नियमावली विपरीत विना अभिभावक विधालय व्यवस्थापन समितिकाे अध्यक्ष भएकाे र भवन निर्माणकाे रकम हिनामिना गरेकाे भन्ने उजुरी निवेदन परेकाे थियाे । साे सम्बन्धमा अनुसन्धान हुँदा विज्ञान सामाग्री खरिदकाे लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आव ०७२।०७३ मा प्राप्त रु.६,५०,०००।- बाट खरिद गरेका भनिएका विज्ञान सामाग्री मध्ये रु.२,८२,३८४।- बराबरकाे सामाग्रीहरु विधालयमा नभेटिएकाे/नभएकाे, निकासा रकम मध्ये रु.५,१०,०००।- विज्ञान सामाग्री खरिदकाे लागि पेश्की तथा भुक्त्तानी भएकाे, बाँकी रु.१,४०,०००।- काे कसलाई कुन शीर्षकमा भुक्त्तानी गरियाे त्यसकाे अभिलेख नरहेकाे पाइएकाे थियाे ।
-
लगानीका लागी नेपाल उपयुक्तः अर्थमन्त्री
मंसिर २६, काठमाण्डाै । नेपाल लगानीका लागि उपयुक्त्त वातावरण भएकाे अर्थमन्त्री डा युवराज खतिवडा जानकारी गराउनु भयाे । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त कुरा इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले सँगकाे भेटवार्तामा बताउनुभएकाे थियाे ।
अर्थमन्त्री डा युवराज खतिवडाले नेपालसँग जल,पानी,मानव,जमिन जस्ता श्राेतहरु पर्याप्त रहेकाे तर प्रविधिकाे न्यून प्रयाेगले गर्दा कृषि क्षेत्रमा उत्पादन बढाउन नसकेकाे साथै कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण गर्नका लागी इजरायली लगानीकर्ताहरुलाई अनुराेध गर्नुभयाे साथै उहाँले नेपालमा कृषिक्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापनाकाे लागि नेपाल सरकार सकारात्मक रहेकाे जानकारी गराउनुभयाे । इजरायलले नेपाललाई पुराउँदै आएकाे सहयाेगकाे लागि धन्यबाद पनि दिनुभयाे ।
इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले नेपालमा कृषि क्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापना गर्नमा कसरी सहयाेग गर्न सकिन्छ भन्ने सन्दर्भमा नेपाल भ्रमण गरेकाे बताउनु भयाे । उँहाले इजरायल कम पानी र माटाे भएकाे देश भएकाे र थाेरै जनसंख्या मात्र कृषि क्षेत्रमा लागेकाेमा समेत कृषिमा आत्मनिर्भर मात्र नभएर प्रशस्त मात्रामा कृषि उपजहरु निर्यात गरिरहेकाे बताउँदै यसकाे मुख्य काड्रडण नै प्रविधिकाे प्रयाेग हाे , त्यसबाट नेपालले पनि फाइदा लिन सक्ने जानकारी गराउनु भयाे । सिक र कमाउँ (learn and Earn) कार्यक्रम अन्तर्गत हरेक वर्ष ५०० जना नेपाली युवाहरु इजरायल जाने र त्याहा उनीहरुले राम्राे कार्य सम्पादन गरिरहेकाे बताउँदै इजरायली लगानीकर्ताहरु नेपालकाे कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाे बताउनुभयाे ।
साे भेटमा नेपालका लागि इजरायली राजदूत बेनी ओमार , इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य लगायतका अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।