Category: Uncategorized

  • सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं बैठक सम्पन्न

    असोज १,काठमाण्डाै । आज सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठक सम्पन्न भयो । माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा याे बैठक सम्पन्न गरियाे। उक्त बैठकमा उदघाटन मन्तव्य दिनुहुदै माननीय परराष्ट्र मन्त्रीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताउनु भयाे । यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु भयो। नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्नुहुँदै वहाँले कोभिड-१९को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको र वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुर्न्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।


    उक्त बैठकमा सार्कका महासचिव श्री इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राख्नु भएको थियो भने “कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो। उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधी मण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।


    सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधि मण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।

  • स्वास्थ्यकर्मीहरु माथि धम्की तथा अमानवीय व्यवहार नगर्न आग्रह

    भाद्र ८, काठमाण्डाै । मानव अधिकार आयोगद्वारा देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण गर्दै सहयाेग गर्न आग्रह गरेकाे छ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाण्डाै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको छ । सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको छ । जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो ।

    अतः कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेकाे छ । साथै, हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गरेकाे छ ।

  • नेपाल पत्रकार महासंघद्वारा सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह

    भाद्र ८, काठमाण्डाै । नेपाल पत्रकार महासंघद्वारा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेकाे छ । कोभिड – १९ को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको छ । संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।

    महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेकाे छ। हालकाे यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम सञ्चारकर्मिहरुमा अपिल गरेकाे छ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गरेकाे छ।

  • विचाराधिन अबस्थामा रहेकाे मुद्दाकाे गलत टिकाटिप्पनी नगर्नु – सर्वाेच्च अदालत

    १२ श्रावण, काठमाण्डाै । सर्बाेच्च अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केहि दिन देखी प्रवाह भइरहेकाे टिकाटिप्पणी र गतिविधिहरूकाे सम्बन्धमा ध्यानाकर्षण भएकाे छ । अदालतमा दर्ता हुने विवादहरूकाे निरूपन संविधान, कानून र न्यायका मान्य सिद्धान्त बमाेजिम हुने र अदालतबाट हुने फैसला र अादेश उपर चित्त नबुझेमा निर्धारित विधि र प्रकृया अनुरूप उपचारकाे मार्ग अनुसरण गर्ने हुन्छ । त्यसैले विचाराधिन अबस्थामा रहेकाे मुद्दाकाे गलत टिकाटिप्पनी नगर्नु भनि मिति २०७७ साल श्रावण १२ गतेकाे प्रेष विज्ञप्तिमा अनुराेध गरिएकाे छ ।

  • शहीद कृष्ण सेन इच्छुकको १८औँ स्मृति दिवस

    १३ जेठ,कास्की। आज पोखरामा पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन (इच्छुक)लाई स्मरण गरि पे्रस सङ्गठन नेपाल कास्कीले इच्छुकको १८औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी शहीद इच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले जहिले पनि जनपक्षीय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले शहीद इच्छुकले जनपक्षीय पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सञ्चारकर्मीले उहाँको आदर्श र व्यक्तित्वको जहिले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिर्वतन भएर सङ्घीयता कार्यान्वयनको अहिलेको अवस्थामा समेत जनपक्षीय पत्रकारिताको खाँचो रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शहीदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलीपविक्रम शाही, सङ्गठनका जिल्ला संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ लगायतले सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । इच्छुक स्मृति दिवसमा प्रेस सङ्गठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेष स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिनुभयो । सो पुरस्कारका लागि आज प्रतिभा छनोट समिति गठन गरिएको छ । समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल तथा सङ्गठनका संयोजक र सहसंयोजक सदस्य रहनुभएको छ । विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई नियन्त्रणमा लिएर चरम यातनापछि महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या गरेको थियो ।

  • पोखरामा लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी

    पोखरा, १३ चैत । पोखरामा कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्ड भित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाए सँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भन्नुभयो । उहाँका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् । पोखरामा लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सवारी साधनलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उहाँले सडकमा पैदल निस्कने क्रम पनि दिनप्रतिदिन कम हुँदै गएको बताउनुभयो । लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उहाँको भनाइ छ । यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ । पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ ।

    प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उहाँले जानकारी दिनुभयो । “मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए”, उहाँले भन्नुभयो, “हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।” आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

  • ओमसतिया गाउँपालिकाद्वारा मास्क, डेटोल, एन्टिसेप्टिक र साबुन वितरण

    भैरहवा,१३ चैत । रुपन्देहीमा ओमसतिया गाउँपालिकाले गाउँपालिका भरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताउनुभयो । विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भन्नुभयो । ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन्् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताउनुभयो । जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।

  • महोत्तरी जिल्लाका भारतीय सीमा नाका बन्द

    महोत्तरी, ९ चैत । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार महोत्तरी जिल्लाकाे भारतीय सीमानाका बन्द गरिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाकाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएकोछ । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको हाे। करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवा सहित तीन नगरपालिका एवं एकडारा र सम्सी सहित दुई गाउँपालिका समेत पाँच स्थानीय तह पर्दछन् । जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरण सहितको स्वास्थ टोली यस अघि नै सञ्चालनमा आइसकेका छन् ।

  • सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    माघ २३, बिहीबार, काठमाण्डाै । आज बिहान काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियाे । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।उक्त दुर्घटनामा परेका मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले दिएको छ ।

  • उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ

    पुस १८ काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । उनलाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने सम्बन्धमा अनुसन्धानकाे लागि मिति २०७६।०९।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।