Category: राजनिति

  • समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न -निर्वाचन आयोग

    समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न -निर्वाचन आयोग

    मसिंर २० मंगलबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीका अनुसार १ करोड ५ लाख ६० हजार भन्दा बढी मतगणना भएको बताउनुभयाे । उनका अनुसार कूल मतदाता एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकोमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेको बताउनुभयो ।

    मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा (एमाले) २८ लाख ५४ हजार ६४१ मत ल्याइ अग्र स्थानमा रहेको छ भने नेपाली कांग्रेस २७ लाख १५ हजार २२५ मत प्राप्त गरि दोस्रो स्थानमा रहेको छ । त्यसै गरि नेकपा (माओवादी केन्द्र) ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा) ले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार ३६७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ मत पाएका छन् ।

    त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।

  • समानुपातिक तर्फ ८० प्रतिशत मतगणना

    समानुपातिक तर्फ ८० प्रतिशत मतगणना

    मसिंर ११ आईतबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना भएकाे र २४ लाख मत गणना हुन बाँकी छ ।

    सोमबार सम्ममा गणना भइरहेकाे छ वटा निर्वाचन क्षेत्रको गणना सम्पन्न हुने आकलन गरिएको छ । मङ्सिर १० गते बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएकाेले गणना हुन बाँकी रहेकाेछ । दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदान स्थलमा पुनः मतदान गराउने कि मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।

  • ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    मसिंर ९ शुक्रबार, काठमाण्डाै । मंसिर ४ गते भएकाे प्रतिनिधिसभा निर्वाचनकाे १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले जनाए अनुसार मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको छ । आयाेगबाट प्राप्त नतिजा अनुसार नेपाली काँग्रेस ४० , नेकपा एमाले २८, माओवादी केन्द्र १२, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, जनता समाजवादी पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २, नागरिक उन्मुक्ति २ र अन्यले ८ स्थानमा स्थानमा विजयी भएका छन् ।

    नेपाली कांग्रेस

    १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल ७. रसुवा– मोहन आचार्य ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ११. काठमाडौं १० – राजेन्द्र कुमार केसी १२. पर्सा ४ – रमेशकुमार रिजाल
    १३. सुर्खेत २ – हृदयराम थानी १४. ओखलढुंगा– रामहरि खतिवडा १५. झापा १– विश्वप्रकाश शर्मा १६. पर्सा १– अजयकुमार चौरसिया १७. गोरखा १– राजेन्द्र बजगाई १८. म्याग्दी– खमबहादुर गर्बुजा १९. अछाम २ – पुष्पबहादुर शाह २०. कैलाली ४ – बीरबहादुर बलायर २१. दार्चुला – दिलेन्द्र प्रसाद बडू २२. कञ्चनपुर ३ – रमेश लेखक २३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री २४. दैलेख २- दिक्पाल कुमार शाही
    २५. कञ्चनपुर २ – एनपी साउद २६. सिन्धुली १– श्यामकुमार घिमिरे २७. तनहुँ १ – रामचन्द्र पौडेल २८. बाँके ३– किशोरसिंह राठोर २९. नवलपरासी पूर्व १–शशांक कोइराला ३०. रौतहट ४ – देवप्रसाद तिमलसेना ३१. धादिङ २– रामनाथ अधिकारी ३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की ३३. दाङ ३ – दीपक गिरी ३४. नवलपरासी पश्चिम १– विनोद चौधरी ३५. बर्दिया १ – संजय गौतम ३६. सुर्खेत १ – पूर्णबहादुर खड्का ३७. सप्तरी ३ – दिनेशकुमार यादव ३८. मोरङ ६ – डा. शेखर कोइराला ३९. धनुषा २ – रामकृष्ण यादव ४०. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

    नेकपा एमाले

    १. उदयपुर २ – अम्बरबहादुर रायमाझी २.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ ३.ललितपुर २– प्रेमबहादुर महर्जन ४. गुल्मी २ – गोकर्ण विष्ट ५‍‍ .झापा २– देवराज घिमिरे ६. झापा ५– केपी शर्मा ओली ७. ताप्लेजुङ– योगेश भट्टराई ८. पर्सा ३ – राजकुमार गुप्ता ९. अर्घाखाँची– टोपबहादुर रायमाझी
    १०. प्युठान– सूर्य थापा ११. मकवानपुर २–महेशकुमार बर्तौला १२. कास्की २– विद्या भट्टराई १३. पर्वत – पदम गिरी १४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ १५. रुपन्देही ५ – बासुदेव घिमिरे १६. झापा ४–लालप्रसाद (एलपी)साँवा लिम्बु १७. सोलुखुम्बु–मानवीर राई १८. धनकुटा १–राजेन्द्रकुमार राई
    १९. सिरहा १ – रामशंकर यादव २०. कपिलवस्तु १–बलराम अधिकारी २१. बाँके १ – सूर्यप्रसाद ढकाल २२. कञ्चनपुर १ – तारा लामा तामाङ २३. बैतडी – दामोदर भण्डारी २४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ २५. सर्लाही ३ – हरिप्रसाद उप्रेती २६. कास्की ३ – दामोदर पौडेल वैरागी २७. बारा १ – अच्युतप्रसाद मैनाली २८. बारा ३ – ज्वालाकुमारी साह

    नेकपा (माओवादी केन्द्र)

    १. सिन्धुली २- लेखनाथ दाहाल २. सिन्धुपाल्चोक १ – माधव सापकोटा ३. बाग्लुङ २ – देवेन्द्र पौडेल ४. रोल्पा – वर्षमान पुन ५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर ६. जाजरकोट – शक्तिबहादुर बस्नेत ७. गोरखा २ – पुष्पकमल दाहाल ८. दाङ २ – रेखा शर्मा ९. खोटाङ– रामकुमार राई १०. भोजपुर १ – सुदन किराँती ११. मोरङ ४ – अमनलाल मोदी १२. रुकुम पश्चिम – जनार्दन शर्मा

    नेकपा एकीकृत समाजवादी

    १. अछाम १ – शेरबहादुर कुँवर २ . बारा ४– कृष्णकुमार श्रेष्ठ ३. दैलेख १ – अमरबहादुर थापा ४. सल्यान – प्रकाश ज्वाला ५. डोटी– प्रेमबहादुर आले ६. बझाङ– भानुभक्त जोशी ७.रौतहट १– माधवकुमार नेपाल ८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे ९. दाङ १ – मेटमणि चौधरी १०. डोल्पा – धनबहादुर बुढा

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. काठमाडौं ७ – गणेश पराजुली २. काठमाडौं ८– विराजभक्त श्रेष्ठ ३. काठमाडौं २– सोबिता गौतम ४. काठमाडौं ६ – शिशिर खनाल ५. ललितपुर ३ – तोसिमा कार्की ६. चितवन २ – रवि लामिछाने ७. चितवन १ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १. बाँके २ – धवलसमशेर जबरा २. जुम्ला – ज्ञानबहादुर शाही ३. मकवानपुर १ – दीपकबहादुर सिंह ४. झापा ३ – राजेन्द्र लिङ्देन

    जनता समाजवादी पार्टी

    १. पर्सा १ – प्रदीप यादव २. सप्तरी १ – नवलकिशोर साह सुडी

    लोकतान्त्रिक समाजवादी पार्टी

    १. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला २. सर्लाही १ – रामप्रसाद चौधरी

    नागरिक उन्मुक्ति पार्टी
    १. कैलाली ३ – गंगाराम चौधरी २. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

    जनमत पार्टी-
    १. सप्तरी २- सिके राउत

    राष्ट्रिय जनमोर्चा-
    बाग्लुङ १ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी

    भक्तपुर १– प्रेम सुवाल

    स्वतन्त्र-
    १. बर्दिया २– लालवीर चौधरी २. मोरङ ५ – योगेन्द्र मण्डल ३. रौतहट २ – किरणकुमार साह ४. रौतहट ३ – प्रभु साह ५. सर्लाही ४ – अमरेशकुमार सिंह

  • २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

    मसिंर ७ बुधबार, काठमाण्डाै । मंसिर ४ गते भएकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकाे प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।

    बिजयी हुनेमा कांग्रेसतर्फ डडेल्धुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौं १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदयशमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौं ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगनकुमार थापा विजयी हुनुभएको छ । त्यस्तै एमालेतर्फ काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा-२ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी हुनुभएको छ ।

  • संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि गठबन्धन- मन्त्री कार्की

    संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि गठबन्धन- मन्त्री कार्की

    कार्तिक २६ शनिबार, काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन संविधानको रक्षा र राष्ट्रिय समृद्धिको लागि बनेको बताउनु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका ५ वसन्तपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले संविधानको रक्षा, सबै जाति, वर्ग, क्षेत्र र समुदायको हक अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री कार्कीले बिचार र अभिव्यक्ति स्वतन्त्रता तथा मुलुकको समृद्धिका लागि वर्तमान सत्ता गठबन्धनको सहकार्य दिगो बन्ने बताउनुभयो । 

  • प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    असाेज २७ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चार मन्त्रीहरुलाई पदमुक्त गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाकाे सिफारिसले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरि उहाँहरूले सम्हाल्नु भएको मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री देउवाले राख्नुभएको उल्लेख गरिएको छ । साथै सहायक प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले उहाँले सम्हाल्दै आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नुभएको पनि उल्लेख गरिएको छ ।

  • निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक मंगलबार दिउँसो ३ बजे मात्र बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास गरिने बताइएको छ। सोमबार बसेको बैठक निष्कर्ष विहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् । साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । जसमा साउन अन्तिमसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । साथै कतिपय क्षेत्रमा कांग्रेस र माओवादी बीचमा पनि सहमति जुट्न सकेको छैन।

  • सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    असाेज १७ साेमबार, काठमाण्डाै । निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम पेश गरेका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिन सोमबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । आज सूचीबाट २९ जनाले आफ्नाे नाम फिर्ता लिएका छन् । उनका अनुसार नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् भने अन्यमा नाम फिर्ता लिनेमा जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका छन् । साथै सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए । निर्वाचन आयोगले बन्दसूचीमा सूचीकृत उमेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन मन भएमा सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।

  • समानुपातिकतर्फ बन्दसूची बुझाउने कार्य सकियाे

    असाेज ४ मंगलबार, काठमाण्डाै । आउदाे मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ राजनितिक दलहरुले बन्दसूची पेस गरेका छन् । प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिए पनि ४८ वटा दलले मात्रै बन्दसूची बुझाएका छन्। प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन्। अव ति ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा , बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । साथै सातै प्रदेशबाट पनि बिभिन्न दलले बन्दसूची पेस गरेका छन् ।

  • राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा, उपत्यकाकाे ट्राफिक अस्तव्यस्त

    भाद्र २७ साेमबार, काठमाण्डाै । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिनेकाे नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अध्यक्ष ली नेपाल आए लगतै नेपाल र चीनबीच अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। नेपालकाे तर्फबाट सभामुख अग्नि सापकोटा र चीनको जनकंग्रेसको तर्फबाट ली चान्शुले ६ बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्।

    नयाँ बानेश्वर स्थित संसद भवनमा भएको भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, संसदीय मैत्री समूहहरूको संलग्नता अभिवृद्धि गर्ने, एकअर्काको विधायकी सुपरिवेक्षकीय र शासन सञ्चलान सम्बन्धी अभ्यासबारे जानकारी आदान प्रदान गर्ने लगायतका विषयमा समझदारी भएको हो। समझदारीमा बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ। समझदारी आगामी पाँच वर्षसम्म मान्य हुनेछ। समझदारीले नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास दुबै देशले लिएका छन्। नेपाल भ्रमणका आएका चान्शुले भोली देखि राजनीतिक भेटवार्ता गर्नेछन्।

    अध्यक्ष लीको सुरक्षाका लागि भन्दै आज करिब तिन घण्टा कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको थियाे । जसले गर्दा उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधन र यात्रुहरुले सोमबार निकै कष्ट बेहोर्न बाध्य भएका थिए ।अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहाननै स्वदेश फर्कने कार्यक्रम रहेकाेछ।

  • सर्वोच्चमा न्यायाधीश सिफारिस भएकाको सुनुवाइ अन्यौलमा

    भाद्र २२ बुधबार, काठमाण्डाै । सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएकाको सुनुवाइ अन्यौलमा रहने देखिएकाेछ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा नियुक्ति अघि संसदीय सुनुवाइ गरिदिन तीन न्यायाधीशको सिफारिस गरेको छ। न्यायपरिषद्ले मंगलबार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका विभागीय प्रमुख डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। साथै संसद सचिवालयले परिषद्ले सुनुवाइका लागि पत्र प्राप्त भएको जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक तथा समिति सन्चालन सम्बन्धि नियमावलीले यसरी पत्र प्राप्त भएको ४५ दिन भित्र सुनुवाइ गरिसक्नुपर्ने प्रावधान छ। तर प्रतिनिधि सभाको कार्यकालबारे देखिएको अन्योलले सुनुवाइमा समेत अन्यौलता देखिएको छ। संविधानले प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष हुने प्रावधान गरेको छ। तर निर्वाचनका बेला कार्यकालको अन्त्य कहिले हुन्छ भन्ने द्विविधा देखिएको छ।

  • नागरिकता विधेयक संविधान अनुसार रहेकाे- वर्षमान पुन

    भाद्र १६ बिहिबार, काठमाण्डाै। नेकपा का उपमहासचिव वर्षमान पुनले नागरिकता विधेयक संविधान अनुसार नै रहेकाे छ बताएका छन् । उनका अनुसार विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। पुनले शीतल निवासमा बुधबार राष्ट्रपतिसँग भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरूले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने बताए। संविधानमै नेपाली पुरूषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरूष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा मौन रहेको उल्लेख गरे। हाल बाहिर सर्वत्र भएकाे सार्वजनिक बहस र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि संविधान संशोधन नगरि संभव नभएकाे बताए।

    पुनका अनुसार हाल वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको छ। २००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको छ। जब सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने क्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुनपर्ने अवस्था रहेको बताए।

  • फास्ट ट्र्याकमा विधेयक पारित गरेर संसदमा लैजाने – सांसद सुरेश आले

    भाद्र १२ आइतबार, काठमाण्डाै । माओवादी केन्द्रका सांसद सुरेश आलेले विधेयकलाई फास्ट ट्र्याकमा पारित गरेर संसदमा लैजाने बताए। राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे। सांसद सुरेश आलेले ‘हामीले फास्ट ट्र्याकबाट विधेयक पारित गर्छौं। राष्ट्रपतिले अलिकिति विधि प्रक्रिया मिलाउने भनेर फिर्ता पठाउनु भयाे ,तर समितिले त्यही विधेयक पारित गर्ने हो, त्यसमा परिवर्तन हुँदैन।’ समितिमा १५ सांसद रहेकाे छ, जसमा गठबन्धनमा रहेका दलहरूका १० सांसद , एमालेबाट ४ र १ जना स्वतन्त्रका छन्। समितिको बैठक भोलि बस्दैछ।

    कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मिश्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी रहेका छन्। एमालेका तर्फबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ र विमला राई पौडेल छन्। साथै स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् । यसरि १५ सदस्य रहेकाे समितिको सभापति जेष्ठ सदस्य नारायण दत्त मिश्र रहेका छन्।

  • सभामुख सापकोटा र राजदूत यान्छीबीच भेट वार्ता

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छी बीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको छ । सभामुख सापकोटाले चिनियाँ राजदूत यान्छीसँगको भेटमा नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन् । उनले भेटमा नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताएका छन् । साथै चिनियाँ राजदूत यान्छीले पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने, नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका

    श्रावण २४ मंगलबार,काठमाण्डाै । संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले आशंका व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनका अनुसार राष्ट्रपतिले नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउन सक्ने छ । यति दिन भइसक्दा पनि उहाँले प्रमाणीकरण नगर्नुको अर्थ फिर्ता पठाउन लाग्नुभएको देखिन्छ । तर राष्ट्रपतिले फिर्ता पठाए पनि सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्‍याउँनेछ। त्यसो भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ । उपराष्ट्रपतिले नागरिकताविहीन संघर्ष समितिका टोलीसँगको भेटमा उक्त विधेयक फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।

    संसदको दुबै सदनबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक गत साउन १५ गतेनै सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर एक साता बिती सक्दा पनि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएकाे छैन । उक्त नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कानुन बन्नेछ।

  • `एक सामान किन्न एक झाेला पैसा चाहिन सक्छ´सांसद चाैधरी

    श्रावण २२आईतबार, काठमाण्डाै । सांसद शान्ता चाैधरीले एक झोला सामान किन्न एक झोला पैसा बाेकेर जाने समय आउने बताएका छन् । उनले प्रतिनिधि सभाकाे शुन्य समय मा बाेल्दै भने अहिले बजारभाउ असाध्यै बढेकाे छ , यसरी बजारभाउ आकाशिदा पनि सरकार टुलुटुलु हेरी बसेकाे अवस्था छ । उनले भनिन नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुनसक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महंगीले गरिवको घरमा चुलो नबल्ने अवस्था आउने छ। महंगीको नाममा भोकमरी आउन सक्ने जसले समाजमा अमनचयन विथोल्ने खतरा हुनेछ। सरकार महंगीको साक्षी बसी टुलुटुलु हेरि नबसी यसलाइ नियन्त्रण गर्ने तर्फ लाग्नुपर्दछ ।

  • ‘सरकारी जमिन हडप्न नदिने’ मन्त्रि यादब

    श्रावण २१ शनिबार, काठमाण्डाै । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि हडप्न नदिने बताएका छन् । आज सशस्त्र वनरक्षक ब्यारेक भवनको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् । उनले भने, हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन र वन माफियालाई कानुनी दायरामा ल्याउनेछु । साथै सुकुम्बासीको नाममा भएकाे जग्गा अतिक्रमण निर्मुल गरि सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । यस्तै वनरक्षाकाे लागि जनशक्ति कम भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर कार्य गर्ने, उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरे । त्यसैगरी, वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

  • ‘मेरो घरमा बम प्रहार भयो’ सांसद रेणुका गुरूङ

    श्रावण १७ म‌ंगलबार, काठ्माण्डाै । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरूङको महाराजगञ्ज स्थित आफ्नो घरमा सोमबार बेलुकी ८ः२५ गते राति ’बम प्रहार’ भएको प्रतिनिधि सभाकाे बैठकमा बताएकी छन् । बम प्रहारले गर्दा घरका सबै आतंकित भएकाछन् । उनका अनुसार दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखेँकाे तर अध्याँरो भएकाले चिन्न नसकेकाे बताइन् । गुरूङले बैठकमा भनिन्, ’महाराजगञ्जमा प्रहरीलाई फोन गरेकाे प्रहरी आइ कम्पाउण्ड भित्र रकेट बमको खोल भेटाइ लिएर गएकाे थियाे ’। उनले आफु संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले आफु र आफ्नाे घरपरिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले अनिवार्य पाउनुपर्ने आजीवन व्यक्तिगत सुरक्षाकर्मीका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गरेका छन ।

    तर प्रहरी वृत महाराजगञ्जका प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टले भने सांसद गुरूङको घरमा पटका भेटिएको बताएको छ। जुन एक्सिडेन्टली त्यहाँ पुगेको हाे जानजानी होइन ।

  • जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्ति

    श्रावण १५ आइतबार, काठ्माण्डाै । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पदभार सम्हालेका छन् । आइतबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार सम्हालेपछि आयोजित कार्यक्रममा बोल्दै शर्माले आफूले बनाएको बजेट कार्यान्वयनका लागि पनि मौका पाएको बताए । उनले अब नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने र आत्मनिर्भरताको दिशामा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेताहरूलाई आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा धन्यवाद दिए। साथै गत वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्दै अघि बढ्ने बताए।

  • ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम अन्तिम चरणमा

    श्रावण १४ शनिबार, काठ्माण्डाै । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनका लागि अन्तिम चरणमा पुगेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउन कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताए ।

    उनका अनुसार यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पुँजी र बाह्य पुँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको बताए ।

  • दिनेश थापामगर राष्ट्रिय मगर संघको सभापतिमा चुनिए

    श्रावण १४ शनिबार, काठ्माण्डाै । लोकतन्त्रवादी मगरहरूको साझा संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर चयन भएका छन् । आज बसेको संघको केन्द्रीय समितिको बसेको बैठकले केन्द्रीय सभापतिमा थापामगरलाई सर्वसम्मत चयन गरेको हो । दिनेश थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । उनी नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सर्वसंवतले सभापति चयन भएका हुन । उनका अनुसार लोकतन्त्रमा आस्था वान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका रहने बताए ।

  • ‘संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन’ एमाले अध्यक्ष ओली

    श्रावण १४ शनिबार , काठ्माण्डाै । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बहुमत र अल्पमतका आधारमा ल्याइएकाे प्रतिवेदन मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए । एघार सदस्यीय संसदीय समितिमा चारजना एमालेका सांसद र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए ।

    संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।“करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन,” प्रतिवेदनमा उल्लेख छ, “करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।”

  • सिद्धबाबाको महायज्ञमा मन्त्री, एमालेको आपत्ति

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । बलात्कार आरोपी कृष्ण गिरीको धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती पशुपतिमा सिद्धबाबाले लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्। पशुतपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न दिन नहुने उनकाे भनाइ रहेकाे छ । सांसद तुम्बाहाङ्फेका अनुसार ‘बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने सरकारकाे मन्त्री र महान्यायाधिवक्ताको कामप्रति नेकपा एमालेकाे आपत्ति छ । यसले पीडितलाई निकै ठूलो मनोवैज्ञानिक असर पुर्याउँछ ।बलात्कार मुद्दाका आरोपी सिद्धबाबालाई साधारण तारिखमा छोड्ने न्यायाधीशमाथि छानबिन हुनुपर्ने पनि उनको माग रहेकाेछ।

  • काठमाण्डाै जिल्ला अदालत बार एशाेिसिएशनकाे निर्वाचन सम्पन्न

    अषाढ ३२ शनिबार, काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालत बार एशाेषिएशनकाे निर्वाचन काठमाण्डाै जिल्ला अदालत परिसरमा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएकाे निर्वाचनमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षकाे प्यानल नै भारी मतले बिजयी भएकाे छ । जसमा अध्यक्षमा रामचन्द्र पाैडेल‍ , उपाध्यक्षमा पुरुषाेत्तम अधिकारी , सचिवमा उज्वल राम श्रेष्ठ , सहसचिव मा अन्जु रेग्मी अर्याल र काेषाध्यक्षमा सन्ताेष भण्डारी र अन्य १४ जना सदस्य गरी पुरा प्यानलनै भारी मतले बिजयी भएकाे छ ।

    सम्पन्न चुनाबमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षमा ९६४ मत प्राप्त गर्नु भएकाे छ । अध्यक्ष पाैडेलले कानुन व्यवसायी काे हकहितकाे का साथै स्वच्छ बार काे कल्पना साथ बार र बेन्चकाे सुमधुर सम्बन्ध साथ अघि बढ्ने प्रतिबध्दता जनाउनु भएकाे छ ।

  • अफगानिस्तानबाट ११ जना नेपाली नागरिकहरू उद्धार

    भाद्र ९ बिहिबार, काठमाण्डाै । आज ११ जना नेपाली नागरिकहरू अफगानिस्तानकाे काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ । अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी नै रहेको छ । काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैईरहेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन ।

    अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

  • अफगानिस्तानबाट ५०४ जना नेपाली नागरिककाे उद्धार

    भाद्र ७ साेमबार, काठमाण्डाै । हिजाे भाद्र ६ गते सम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको छ । मिति २०७८।५।६ मा परराष्ट्र मन्त्रालका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक बसेकाे थियाे । उक्त बैठकमा अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्ने, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल गरिएकाे थियाे ।

    अफगानिस्तानबाट हालसम्म कूल ५०४ जना नेपाली नागरिक उद्धार गरि नेपाल फर्की सकेकाे र थप नेपाली नागरिकहरू फर्कने प्रकृया पनि जारी रहेको छ । त्याहाबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौ सम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा हिजाे साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएको छ । उद्धारको लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्य सम्म पुगिसकेकाहरुकाे विवरण रुजु गरी, उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ । काबुलमा नागरिक उड्डयान सेवाको हवाई जहाजको आगमन अवतरण खुली सकेको अवस्था भने छैन ।

    अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । यसका साथै नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।

  • अनलाइन समाचार प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण

    जेष्ठ १२ बुधबार , काठमाण्डाै । सर्वाेच्च अदालतले विभिन्न अनलाइन समाचार पत्रिकाहरुमा प्रकाशित समाचारहरु प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण गराएकाे जानकारि दिएकाे छ । सर्वाेच्च अदालतले आफ्नाे प्रेष विज्ञप्तिमा यस्ताे भनेकाे हाे ।

    जसमा “प्रधानमन्त्री र प्रधान न्यायाधीश बिच बालुवाटारमा छलफल ‌,ओलीले गाडी पठाए पछी आए राणा” र “प्रधान न्यायाधीससँग सवा घण्टाकाे छलफल पछी राती ११ बजे बाहिरिए प्रधान न्यायाधिश राणा” भन्ने शिर्षक राखी इमेज खबर अनलाइनले मिति २०७८।०२।१० गते मा, “प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश बिच अर्थपूर्ण भेट” शिर्षक राखी पहिलाे क्लिक अनलाइन पत्रिका र “प्रधान न्यायाधीस राणालाई बालुवाटार बाेलाएर ओलीले भने मलाई सहयाेग गर्नुहाेस”‍ शिर्षक राखी नेपाल समय अनलाइनले मिति २०७८।०२।११ मा र अन्य केही अनलाइनपत्रिकाहरुले बिभिन्न समाचार हरु प्रकाशित गरेकाेमा गम्भिर ध्यानाकर्षण भएकाे भनि जानकारी गराएकाे छ ।

    उल्लेखित विषयमा कुनै पनि सत्यता नरहेकाे न्यायपालिकाकाे स्वच्छता एवम् यस प्रतिकाे आस्था र विश्वासमा प्रभाव पार्ने गरि अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेद जन्य विषय हाे । यस प्रकारका कार्यहरु संबिधान कानून र स्वयम पत्रकार आचार संहिताकाे समेत प्रतिकुल हुने हुँदा कानूनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछाै । साथै यस्ता भ्रमपुर्ण कपाेकलल्पित भ्रममा नपर्न सबैमा अनुराेध गर्दछाै । साथै न्यायपालिका आम नागरिककाे आस्था विस्वास र भराेसाबाट सन्चालन हुने राज्यकाे स्वतन्त्र संस्था हाे । न्यायपालिका प्रतिकाे जनआस्था अभिबृद्धिमा अदालत सदैव गम्भिर सचेत र संबेदनशील एवम् पुर्णरुपमा प्रतिबद्ध रहेकाेमा विश्वस्त हुन सबैमा अनुराेेध गर्दछाै । न्यायपालिकाकाे गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहिन र भ्रामक समाचार सच्चाउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउदछाै ।

  • सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं बैठक सम्पन्न

    असोज १,काठमाण्डाै । आज सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठक सम्पन्न भयो । माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा याे बैठक सम्पन्न गरियाे। उक्त बैठकमा उदघाटन मन्तव्य दिनुहुदै माननीय परराष्ट्र मन्त्रीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताउनु भयाे । यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु भयो। नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्नुहुँदै वहाँले कोभिड-१९को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको र वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुर्न्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।


    उक्त बैठकमा सार्कका महासचिव श्री इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राख्नु भएको थियो भने “कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो। उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधी मण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।


    सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधि मण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।

  • हिड्दा मास्क लगाउनु पर्ने नत्र कार्बाहीमा परिने -गृह मन्त्रालय

    साउन ११ ,काठमाण्डौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क नलगाई हिड्नेलाई कार्बाही गर्न निर्देशन गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार मास्क नलगाई हिड्दा कोभिड महामारीको जोखिम अझ बढ्ने भएकाले जिल्ला प्रशासनहरुलाई निर्देशन गरिएको बताए । हाल जोखिम बढेको छ, तर मास्क नलगाई हिड्नेहरु बदी देखिएकाले गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन अनुसार कार्बाही गरिनेछ।

    यसअगाडि पनि मास्क नलगाई हिड्नेलाई कार्बाही गर्न गृह मन्त्रालयले पत्राचार गरेको थियो । हाल लकदाउन अन्त्य गरिए पछि महामारीको जोखिम अझ बढ्ने भएकाले मास्क अनिवार्य गराउन निर्देशन दिइएको हाे।

  • साउन ७ देखि लकडाउन सकियो, केही क्षेत्र अझै नखुल्ने

    साउन ७,काठमाडौं । आज साउन ७ बाट लकडाउन सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ५ गते लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियाे । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि लकडाउन जारी भएको थियाे। लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य भएकाेछ भने कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।

    यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

    साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न पाइने छैन। विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द नै रहनेछन्। संक्रमण बढे खुला गरिएका क्षेत्र पुनः बन्द गर्न सक्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा‍‍ युवराज खतिवडाले जानकारी दिए।

  • नेपाली काँग्रेसद्बारा साग स्वर्ण विजेतालाई सम्मान गरिने

    साउन ६,काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्बारा नगद सहित सम्मान गरिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको साउन ५ गते बसेको बैठकको पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए । एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार र चार स्वर्ण विजेतालाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।
    त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

    विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । पत्रकार सम्मेलनमा विभागका उप–प्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।

  • ‘रेडियोधर्मी पदार्थको उपयोग नियमन सम्बन्धी विधेयक, २०७६’ स्वीकृत

    १४ जेठ,काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले सो विधेयकको संशोधन माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । यसअघि संशोधन माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विकीरण बाट उत्पन्न जोखिम न्यूनीकरण गर्न अति जरुरी भएको र पारामाणिक पदार्थको नियमन तथा रेडियोधर्मी पदार्थको सुरक्षा, अनुसन्धान र नियमनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएर विधेयक ल्याइएको बताउनुभयो । संशोधन माथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले सो विधेयक गम्भीर महत्वको भएकाले विस्तृत छलफलपछि मात्रै पास गर्न आग्रह गर्नुभयो ।

    सांसद दिव्यमणि राजभण्डारीले कोरोना जोखिममा विश्व परिरहेको सन्दर्भमा हाल यस्ता विधेयक प्राथमिकतामा नपर्ने बताउनुभयो । दुई प्रतिवेदन पेश बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो । प्रतिवेदन पेश गर्दै सभापति पोखरेलले जनतालाई शक्तिको स्रोत मान्ने प्रकारको शासकीय स्वरुप हुनुपर्ने सुझाव दिनुभयो । उहाँले समितिले दिएका सुझाव र निर्देशनले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गर्नुभयो ।

  • “नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णयमा मराे कुनै संलग्नता छैन” सभापति शेरबहादुर देउवा

    फागुन १८ , काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको बताउनु भएकाे छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर सभापति देउवाले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको आरोप लगाउँदै दुःख व्यक्त गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोरखेलले केही दिनअघि श्वेतपत्र सार्वजनिक गर्दै यति होल्डिङ्सलाई दिइएको भनिएको जग्गासम्बन्धी निर्णयमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले देउवा जोडिएको उल्लेख छ । सभापति देउवाले सुरक्षण मुद्रण खरिद प्रक्रियामा ठूलो अनियमिताको आरोप लगाउँदै उहाँले तत्कालीन सञ्चारमन्त्रीको ‘अडियो टेप’का विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । विश्वका ५० भन्दाबढी मुलुकमा कोरानो भाइरस फैलिएको र विश्वस्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिमा रहेका जनाइसकेको अवस्थामा उच्च सतर्कता अपनाउन र तयारीको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्नुभयो ।

    समाजवादी पार्टीकी सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा कर बढाएर मूल्यवृद्धि गर्न खोजको बताउनुभयो । पेट्रोलियम पदार्थमा कर लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो । पूर्वाधार करले अप्रत्यक्षरुपमा मूल्यवृद्धि हुने जिकिर गर्दै उहाँले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसक्ने भएकाले सरकारले इन्धनमा थप कर लगाएको आरोप लगाउनुभयो । “पूर्वाधार कर सरकारले फिर्ता लिनुपर्छ”, “दोहोरो करको मारमा जनतालाई पार्नुहुँदैन ।” यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर रु १० पूर्वाधार कर लिने निर्णय गरेको थियो ।

  • “नेपाली जनताको भावना संविधानमा नसमेटिएको” अध्यक्ष उपेन्द्र यादव

    माघ २८, काठमाण्डाै । नेपाली जनताको भावना संविधानमा नसमेटिएको भनी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा भन्नुभयाे । वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यशालामा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको भन्नुभयो । अध्यक्ष यादवले संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रता लगायत उपलब्धिमूलक धारा भए पनि यसको कार्यान्वयन पक्ष जटिल रहेको धारणा व्यक्त गर्नु का साथै संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार नरहेको भन्दै, सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको धारणा व्यक्त गर्नुभयो ।

    त्यस्तै अर्का राजपाका नेता वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्ने साथै राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्ति मन्त्रीहरु थिए जसमा उनीहरुले आआफ्ना कुराहरु व्यक्त गर्नुभएकाे थियाे ।

  • “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ” सांसद युटोल तामाङ

    माघ २३, बिहीबार, काठमाण्डाै । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।” सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाउनुभयो ।

  • अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता

    माघ २३, बिहीबार, काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान खुमलटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वप्रधानमन्त्री दाहालले बेलायतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको छ।साथै उहाँले बेलायती राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास लिएको, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ र देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको भन्नुभयाे । उक्त भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनुभयो ।

  • विश्व बैंकद्बारा भूकम्पपछि बस्ती पुनर्निर्माणलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग

    माघ २३, बिहीबार, काठमाण्डाै। नेपाल सरकारलाई विश्व बैंकले रु २२ अर्ब ८२ करोड ऋण सहयोग दिने भएको छ । भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न काे लागी साे ऋण सहयोग दिने भएको हाे । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले बैंकले ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।

    सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकाेमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरु द्बारा सरकारलाई विभिन्न कुरामा ध्यानाकर्षण गराए

    माघ १८, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोग विहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

    नेकपाका इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल हुँदा माफिया मौलाएको उल्लेख गर्दै उहाँले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गर्नुभयो ।नेकपाका कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याउने भन्दै किसानलाई र बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो ? भन्दै जिज्ञासा राख्नुभयो । नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका सांसद घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गर्नुभयो ।नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाउनुभयो ।

  • प्रतिनिधिसभामाआठ आयोगकाे वार्षिक प्रतिवेदन पेश

    माघ १७ काठमाण्डाै । प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभयो ।

    राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५।०७६ प्रथम वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

  • लगानीका लागी नेपाल उपयुक्तः अर्थमन्त्री

    मंसिर २६, काठमाण्डाै । न‍ेपाल लगानीका लागि उपयुक्त्त वातावरण भएकाे अर्थमन्त्री डा युवराज खतिवडा जानकारी गराउनु भयाे । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त कुरा इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले सँगकाे भेटवार्तामा बताउनुभएकाे थियाे ।

    अर्थमन्त्री डा युवराज खतिवडाले नेपालसँग जल,पानी,मानव,जमिन जस्ता श्राेतहरु पर्याप्त रहेकाे तर प्रविधिकाे न्यून प्रयाेगले गर्दा कृषि क्षेत्रमा उत्पादन बढाउन नसकेकाे साथै कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण गर्नका लागी इजरायली लगानीकर्ताहरुलाई अनुराेध गर्नुभयाे साथै उहाँले नेपालमा कृषिक्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापनाकाे लागि नेपाल सरकार सकारात्मक रहेकाे जानकारी गराउनुभयाे । इजरायलल‍े नेपाललाई पुराउँदै आएकाे सहयाेगकाे लागि धन्यबाद पनि दिनुभयाे ।

    इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले नेपालमा कृषि क्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापना गर्नमा कसरी सहयाेग गर्न सकिन्छ भन्ने सन्दर्भमा नेपाल भ्रमण गरेकाे बताउनु भयाे । उँहाले इजरायल कम पानी र माटाे भएकाे देश भएकाे र थाेरै जनसंख्या मात्र कृषि क्षेत्रमा लागेकाेमा समेत कृषिमा आत्मनिर्भर मात्र नभएर प्रशस्त मात्रामा कृषि उपजहरु निर्यात गरिरहेकाे बताउँदै यसकाे मुख्य काड्रडण नै प्रविधिकाे प्रयाेग हाे , त्यसबाट नेपालले पनि फाइदा लिन सक्ने जानकारी गराउनु भयाे । सिक र कमाउँ (learn and Earn) कार्यक्रम अन्तर्गत हरेक वर्ष ५०० जना नेपाली युवाहरु इजरायल जाने र त्याहा उनीहरुले राम्राे कार्य सम्पादन गरिरहेकाे बताउँदै इजरायली लगानीकर्ताहरु नेपालकाे कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाे बताउनुभयाे ।

    साे भेटमा नेपालका लागि इजरायली राजदूत बेनी ओमार , इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य लगायतका अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।