Category: खेलकुद

  • तेह्रौँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता किराँत राई खेलाडी सम्मानित

    तेह्रौँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता किराँत राई खेलाडी सम्मानित

    माघ १२ विहिबार, काठमाण्डाै । नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता किराँत राई खेलाडीहरूलाई नगद सहित सम्मान गरिएको छ । किराँत राई खेलकुद सङ्घले आफ्नो १०औँ स्थापना दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग खेलमा पदक जितेका १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभएकाे थियाे । कार्यक्रममा उहाँले खेलक्षेत्र राष्ट्रको सान भएकाे र यस क्षेत्रको विकास गर्न सके देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएकाे थियाे ।

    सम्मानित हुने खेलाडीमा उसु खेलकी जुनी राई, गल्फका शुक्रबहादुर राई, शारीरिक सुगठनका उमेश राई र सुरेशदेव पराजुली, आर्चरीकी इमायुङग राई, बास्केटबलकी आशा राई हुनुहुन्छ । त्यसैगरी ह्यान्डबलकी बन्दना राई, निशा राई, माला राई, उमा राई र रन्जना राई, भारोत्तोलनकी अस्मिता राई र सङ्गीता राई, बक्सिङका पुरन राई, ब्याडमिन्टनकी सीता राई र अनुमाया राई, तेक्वान्दोकी युनिशा राई, करातेका एस्तर राई सम्मानित हुनुभयो । बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित हुने खेलाडी एवं प्रशिक्षकले सम्मानपत्र सहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभएकाे थियाे ।

  • प्रधानमन्त्री कप महिला टी–२० काे उपाधि सुदूरपश्चिमले जित्याे

    प्रधानमन्त्री कप महिला टी–२० काे उपाधि सुदूरपश्चिमले जित्याे

    माघ ८ आइतबार, काठमाण्डाै । इटहरीमा सम्पन्न भएकाे प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक सुदूरपश्चिमले जितेको छ । आज जनता पार्क मैदानमा सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । खेलमा जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा २ चौका सहित २७ रनमा अविजित रहिन् । डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए ।

    प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, सङ्गीता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

    प्रतियोगितामा कविता कुँवरले विधागत पुरस्कारमा वर्चस्व कायम राखिन् । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रुपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट सङ्घले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् । कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार नगद पुरस्कार पाइन् । सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेका छन् ।

  • नेपाल टी–२० लिग क्रिकेट :  लुम्बिनी अल स्टार विजयी

    पुष २० बुधबार, काठमाण्डाै । नेपाल टी–२० लिग क्रिकेटमा लुम्बिनी अल स्टारद्वारा काठमाण्डाै नाईट्स पराजित भएकाे छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाण्डाैलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डाै १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो । काठमाण्डाैका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले  १६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए । बलिङतर्फ काठमाण्डाैका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए । 

    जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाण्डाैले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ । काठमाण्डाै अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

  • नेपाल टी–ट्वान्टी लिगमा : पोखरा एभेन्जर्स र जनकपुर रोयल्स विजयी

    पुष १६ शनिबार, काठमाण्डाै । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत शनिवार भएका खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सले बिजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो । पोखराका आसिफ शेखले ७७ र आरिफ शेखले २६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

    त्यसतै त्रिवि क्रिकेट मैदानमै भएको अर्काे खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित हासिल गरेको छ । खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदीप सिंह ऐरीले अविजित ३६ र गौराशुं शर्माले ३३ रनमा आउट भए ।त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रनमा अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९, सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ र खडक बोहोराले १२ रनको योगदान गरे ।

  • काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित

    काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित

    पुष ९ शनिबार, काठमाण्डाै । नेपाल टी-२० लिगमा काठमाण्डाै नाइट्सद्वारा पोखरा एभेन्जर्स पराजित भएकाे छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा काठमाण्डाै नाइट्स २६ रनले विजयी भएको छ । टस जितेर पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गरेको थियो । खेलमा काठमाण्डाै नाइट्स १९ ‌ओभरमा ५ विकेट गुमाइ १६२ रन बनाएकाे थियो । त्यसपछि पोखरा एभेन्जर्स सामु १६३ रनको लक्ष्य रहेकाेमा पोखराले ७ विकेटको क्षतिमा १३६ रनमात्रै बनाउन सफल भयाे । काठमाण्डाैका अज्मातुल्लाह ओमरजाइ प्लेयर अफ डि म्याच भए । उनले काठमाण्डाैका लागि अविजित रही ८५ रन बनाएका थिए ।

  • ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा

    ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा

    मसिंर २० मंगलबार, काठमाण्डाै । कतारमा जारि विश्वकप फुटबल २०२२ मा ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रि-क्वाटर फाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलकाे अन्तरले पराजित गरेको थियाे । खेलको ७औँ मिनेटमा ब्राजिलका लागि भिनी जुनियरले पहिलाे गोल गरेकाे थियाे । त्यसपछि खेलको १३औँ मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गरेकाे थियाे । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेकाे थियाे र ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लिएकाे थियाे । खेलको ७६औँ मिनेटमा दक्षिण कोरियाका लागि पाइक सेउङले एक गाेल गरे । अब क्वाटर फाइनलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ ।

  • फ्रान्सद्वारा डेनमार्क पराजित

    फ्रान्सद्वारा डेनमार्क पराजित

    मसिंर ११ आईतबार, काठमाण्डाै । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा फ्रान्सद्वारा डेनमार्क पराजित भएको छ । कतारकाे दोहा स्थित ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ काे गोल अन्तरले पराजित गरेको थियाे । फ्रान्स जीतसँगै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

    फ्रान्सका खेलाडी किलियन एमबाप्पेले फ्रान्सकाे लागि दुई गोल गरेका थिए । खेलको पहिलाे हाफ सम्म कुनै पनि गाेल हुन सकेन । खेलकाे दोस्रो हाफको ६१औं मिनेटमा फ्रान्सका एमबाप्पेले पहिलाे गोल गर्दै सुरुआती अग्रता दिलाएकाे थियाे । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ भने यसै समूहमा रहेका अष्ट्रेलिया ३ तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक रहेकाेछ ।

  • रिचार्लिसनकाे उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी

    रिचार्लिसनकाे उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी

    मसिंर ९ शुक्रबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जी मा रहेको ब्राजिलका रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी अभियान सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलकाे अन्तरले पराजित गर्यो । रिचार्लिसनले ब्राजिलका लागि दुवै गोल गरेका थिए ।  

    पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेन । दोस्रो हाफमा खेलको ६३औँ मिनेटमा र ७३औँ मिनेटमा ब्राजिलका रिचार्लिसनले एक/एक गोल गर्दै ब्राजिललाई जित दिलाए । समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ । 

  • साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

    साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

    मसिंर ६ मंगलबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा भएको उक्त खेलमा विश्वकप उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएकाे थियाे । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएकाे थियाे । खेल पहिलो हाफमा १–०मा टुंगिएकाे थियाे ।

    खेलकाे दोस्रो हाफमा साउदीले अर्जेन्टिना बिरुद्ध दुई गोल गरेकाे थियाे । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । खेलको ४९औँ मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ५४औँ मिनेटमा साउदीका अर्का खेलाडि सालेम अल दसारी गोल गर्दै खेलमा २-१ गोलको अग्रता बनाएकाे थियाे । त्यसपछि कुनै खेलमा कुनै गाेल हुन सकेन । जितसँगै साउदीले तीन अङ्क जोडको छ ।

  • एकदिवसीय सिरिज उपाधि नेपालले जित्याे

    एकदिवसीय सिरिज उपाधि नेपालले जित्याे

    मंसिर २ शुक्रबार, काठमाण्डाै । नेपालले युएईलाई पराजित गर्दै एकदिवसीय सिरिज उपाधि जितेकाे छ । नेपाल र युएई बिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियाे । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । शुक्रबार भएकाे तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको छ । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको तर्फबाट आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले एक १९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन । अर्का खेलाडी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्का सहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २र२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १र१ विकेट लिएका थिए । युएईका हजरत बिलाल र आयन अफजल खानले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो ।

  • एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे नेपाली टिम घोषणा

    एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे नेपाली टिम घोषणा

    कार्तिक २६ शनिबार, काठमाण्डाै । नोभेम्बर १४ देखि काठमाडौंमा हुने युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली टिम घोषणा भएकाे छ । शुक्रबार राति नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा ज्ञानेन्द्र मल्लसहित १६ सदस्सीय टोलीको घोषणा गरेको हो । टाेलीमा रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंहे ऐरी, आसिफ शेख, भिम सार्की,कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद, गुलसन झा रहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय खेल कात्तिक २८ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय कात्तिक ३० र अन्तिम तथा तेस्रो एकदिवसीय मंसिर २ गते हुनेछ ।

  • यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी

    यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी

    कार्तिक २५ शुक्रबार, काठमाण्डाै । बङ्गलादेशकाे ढाकामा भएकाे यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी भइ उपाधी हात पारेकाे छ । शुक्रबार ढाकामा भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशलाई १–१ गोलको बराबरीमा राेक्दै नेपालले उपाधी जितेकाे हो । सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछी खेलको ५४ औँ मिनेटमा बङ्गलादेशकाे रुमा अख्तरले गोल गर्दै बङ्गलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन् । तर बङ्गलादेशले खेलको ८९ औँ मिनेटमा श्रीमोती तृष्णा रानीको क्रसलाई पेनाल्टी बक्समा विपना स्नेहीले ह्यान्ड गरेपछि पेनाल्टी पाएको थियो । नेपालकाे गोलकिपर सुजता तामाङले उत्कृष्ट बचाउ गरि बङ्गलादेशकी बीबी रिताको पेनाल्टी बिफल गरिदिइन् । यसरि खेल बराबरीमा तुङ्गियाे । बराबरी सँगै नेपाल ४ खेलमा अपराजित रहँदै १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भयो । बङ्गलादेश ४ खेलमा ७ अङ्कका साथ उपविजेता भए । भने भुटान अङ्क विहीन रहयाे ।

  • हक्की खेलमा महिला तर्फ गण्डकी प्रदेश विजयी तर पुरुषमा हार

    हक्की खेलमा महिला तर्फ गण्डकी प्रदेश विजयी तर पुरुषमा हार

    असाेज २७ बिहिबार, काठमाण्डाै । नवौं राष्ट्रिय खेलकुदकाे महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश विजयी भएकाे छ । पोखरामा बिहीबार देखि सुरु भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई ७– ० काे अन्तरले पराजित गरेको छ । गण्डकीकाे तर्फबाट सोनु बरालले १३ औँ मिनेटमा खाता खोलेकाे थियाे । खेलमा सोनु बराल दुई गाेल, सबिना पुन रानाले एक गाेल,कमला पुनले तिन गोल,दीपशिखा पौडेलले एक गोल गरेकाे थियाे ।प्रतियोगिता ७ टिम सहभागी रहेको छ ।

    त्यस्तै पुरुष हक्की तर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४– ० काे अन्तरले पराजित गरेको छ । खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । खेलमा राजेन्द्र कार्कीले दुई गाेल, प्रदीप राजवंशीले एक गोल र रोमन रानाले एक गोल गरेका थिए ।

  • बागमतीलाई पहिलो स्वर्ण

    बागमतीलाई पहिलो स्वर्ण

    असाेज २५ मंगलबार, काठमाण्डाै । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । वाग्मतीकाे तर्फबाट शिक्षा नापितले पहिलो स्वर्ण जितेकी हुन् । उनले एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यस्तै प्रतियोगितकाे ईपी महिला व्यक्तिगत तर्फ सेनाका इन्दिरा पौडेलले सिता पाठकलाई पराजित गर्दै स्वर्ण जिते।पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले वाग्ममतीका सञ्जीव लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।फेन्सिङ अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । प्राविधिक सुत्रका अनुसार प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने जनाईएकाे छ।

  • नेपाल पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

    नेपाल पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

    असाेज २४ साेमबार, काठमाण्डाै । नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको बनाएकाे थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभए पछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा सर्वादीक २५ रन बनाएकी थिईन् । उनी प्लेयर अफ द म्याच पनि भइन् ।

  • महिला भलिबलको उपाधि मकवानपुरगढीले जिते

    महिला भलिबलको उपाधि मकवानपुरगढीले जिते

    असाेज १२ बुधबार, काठमाण्डाै । जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ । बुधबार हेटौँडाको हुप्रचौरमा सम्पन्न भएकाे फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो । फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता बन्दै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बकैया गाउँपालिकाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    मकवानपुरगढीका सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी, सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन भए। प्रतियोगिताको उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की भएका छन् ।

  • झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु – क्रिकेटर सन्दीप लामिछाने

    झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु – क्रिकेटर सन्दीप लामिछाने

    असाेज ९ आइतबार, काठमाण्डाै । क्रिकेटर सन्दीप लामिछाने आफु बिरुद्ध भएकाे झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेकाे बताएका छन्। आफ्नाे सामाजिक सन्जालमा स्त्याटस् लेख्दै उनले भनेका छन् आफु बिरामी परेकाेले केहि समय आइसोलेसनमा रहेकाे र अब छिट्टै नेपाल फर्केर सबै कुराकाे स्पष्टिकरण दिन आउनेछु । सन्दीप लामिछाने आफु बिरुद्ध भएकाे झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेकाे बताएका छन्। सन्दीप लामिछानेले आफ्नाे स्त्याटस् मा ”मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु। म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।” लेखेका छन् ।

  • यू-१७ च्याम्पियनसिप समूह चरणमा नेपालद्वारा भारत पराजित

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । हाल श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको गरेका थिए । नेपालले सुरुमा १ गोल खाए पनि त्यसपछि लगतै ३ गोल गरेको थियो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेकाेछ। नेपाल र भारतले भुटानलाई पराजित गर्दै पहिलेनै सेमिफाइनलमा स्थान बनाएका थिए। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराएकाे थियाे भने भारतले ३-० गोलको जितेकाे थियो। नेपालसँग पराजित भइ भारत समूह उपविजेता बनेकाेछ।

    खेलको १७ मिनेटमा भारतका तर्फबाट ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा पहिलाे गोल फर्काइ बराबरी गरेका थिए। त्यसपछी ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। यस्तै खेलको ६८ मिनेटमा सुवास बमले तेश्राे गाेल गरि नेपाललाइ ३-१ अग्रता दिलायो। नेपालले अब सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। साथै नेपालले जित हात पारे बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। समूहमा उपविजेता भारतले सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

  • केन्या विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजय

    भाद्र १८ शनिबार, काठमाण्डाै । नेपालले शनिबार केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा १७ रनको विजय हासिल गरेको छ । योसँगै नेपालले तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । नेपालले यसअघि पनि पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितकुमारले नेपालको नेतृत्व गरेका थिए ।रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । उनले ९५ बलमा सात चौका सहित ७८ रन बनाएका थिए । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । साथै २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाए ।

  • फिफा विश्वकप २०२२ एक दिन अगाडि सुरु हुने

    श्रावण २५ बुधबार, काठमाण्डाै । फिफा विश्वकप २०२२ ताेकिएकाे मिति भन्दा एक दिन अगाडि सुरु हुने भएको छ । नोभेम्बर २० तारिख आइतबार आयोजक राष्ट्र कतार र इक्वेडर बिच पहिलाे खेल खेल्दै विश्वकपको सुरुआत हुने बताइएको छ । पुर्व तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान १०ः०० बजे नेदरल्याण्ड्स र सेनेगलबीच हुने थियो । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रशासनिक शाखाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको छ । दक्षिण अमेरिकी कन्फेडेरेसनको अनुरोधमा फिफाले कतार र प्रतिद्वन्द्वी इक्वेडरसँग छलफल गरेको थियो । जसले गर्दा परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग पनि मेल खानेछ ।यदि यो अपेक्षित रूपमा उक्त प्रस्ताव स्वीकृत भयो भने खेलाडी रिलिजको मिति परिवर्तन हुँदैन ।तर, नेदरल्यान्ड्स र सेनेगलबीच सोमबार हुने खेलको समय भने परिवर्तन हुनेछ । सोमबार चार खेलको सट्टा केवल तीन खेल हुनेछन् । नोभेम्बर २१ मा दिउँसो १ बजे हुने भनिएको इरान र इङ्ल्यान्डबीचको खेल भने प्रभावित हुनेछैन ।

  • पूर्वकप्तान ज्ञानेन्द्र मल्लकाे कमब्याक

    श्रावण २४ मंगलबार, काठमाण्डाै । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टिममा कमब्याक गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार केन्याविरूद्ध हुने सिरिजका लागि मल्ललाई टिममा समेटेको हो। आउँदो अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म नेपाली टोलीले केन्यासँग सिरिज खेल्नेछ। नेपालले केन्यासँग पाँच वटा टी-ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ। पूर्वकप्तान मल्लले सन् २०२२ मा मार्चमा भएको युएई विरूद्धको सिरिजपछि कुनै पनि खेल खेलेका छैनन्। यस पटककाे नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउँद, साहब आलम, किशोर महतो र विवेक यादवले स्थान बनाएका छन्।

  • विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक भुमिकामा

    श्रावण ८ आइतबार, काठमाण्डाै । अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसैले अशोक खड्का बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा श्रावण १२ देखि १५ गतेसम्म हुनेछ । श्रावण १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुने छन् ।

    सदस्य–सचिव टंकलाल घिसिङ (बायाँ) अशोक खड्कालाई बिदाइ गर्दै

    अशोक खड्काकाे अनुसार निर्णायकका लागि विश्व तेक्वान्दोले नै उनलाई छनोट गरेको जानकारी दिए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । बैशाख एता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए ।

  • नेपाली जुडो टोली स्वदेश फर्कियो

    श्रावण ८ आइतबार, काठमाण्डाै । नेपाली जुडो टोली थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको छ । श्रावण १ गते देखि सुरु भएकाे प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाएकाे थियाे । त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसंग पराजित भएका थिए । त्यस्तै महिला तर्फ ४८ केजीमुनि निशा श्रेष्ठ पदक नजिक पुगेकी थिइन् । तर रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसंग चुकिन् । रिपाचेज अघि निशा उज्वेकिस्तानकी खेलाडीसंग पछि परेकी थिइन् । नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठकाे भनाइ अनुसार यदि याे भिडन्त जितेका भए निशाको कांस्य पदक पक्का हुने थियाे ।
    त्यस्तै जुनियरको पुरुष ६० केजी मुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन् । तर सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसंग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन् । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसंग चुकिन् । देवकी र निशा दिदीबहिनी हुन् । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

    थाइल्यान्डबाट स्वदेश फर्किएको नेपाली जुडो टोली
  • नेपाली काँग्रेसद्बारा साग स्वर्ण विजेतालाई सम्मान गरिने

    साउन ६,काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्बारा नगद सहित सम्मान गरिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको साउन ५ गते बसेको बैठकको पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए । एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार र चार स्वर्ण विजेतालाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।
    त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

    विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । पत्रकार सम्मेलनमा विभागका उप–प्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।

  • अमेरिका र ओमान भिड्दै

    माघ २८, काठमाण्डाै । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमान आइसीसी विश्वकप क्रिकेट लिग दुईमा भिड्दैछन् । ओमानसित अमेरिका दोस्रो पटक खेल्न लागेको हो । उनीहरु बिच माघ २३ गते पहिलो खेल भएकाे थियाे जसमा अमेरिका ओमान सँग छ विकेटले पराजित भएको थियो । ओमान १४ अङ्कसहित शीर्षस्थानमा रहेकाेछ भने अमेरिकाले १२ अङ्क बटुलेको छ। ओमानले टस जिती फिल्डिङ रोजेको छ। अमेरिका हारकाे बदला लिने दाउमा रहेकाे छ । गत वर्ष देखि ओमान र अमेरिकाले एकदिवसीय मान्यता पाएका हुन् ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा

    माघ २८ काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा रहेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । त्यसैगरी खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७० औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ । आठ अङ्क रहेको ब्रिगेड १२औँ स्थानमा छ ।

  • बूढासुब्बा गोल्डकपको २२औँ संस्करण धरानमा हुने

    माघ २३, बिहीबार, काठमाण्डाै । बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिईने भएकाे छ । अघिल्लो संस्करणमा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख दिइएको थियो । धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउने भएको छ । भिएआरको माध्यमबाट रेफ्रीले नदेखेका वा दोधार भएको कुरा थाहा पाउन सकिन्छ ।

  • शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा

    माघ २३, बिहीबार, काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क रहेकाे छ ।

  • आइसिसी विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाद्बारा ओमानलाई २१४ रनको लक्ष्य

    माघ २३, बिहीबार, काठमाण्डाै । आजको आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे थियाे ।ओमानले टस जितेर अमेरिकालाई पहिले ब्याटिङ गर्न दिएको थियो । अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाएकाे थियो । यसमा सात चौका सामेल छ । अक्षय होमराजले ३३ रन बनायो । उनले दुई छक्का र तीन चौका हानेकाे थियाे। यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिएका छन् । बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई।दुई तथा कलिमउल्लाहले एक विकेट लियो । अहिले अमोन अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।

  • क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न

    माघ २, काठमाण्डाै । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित १९औँ माछापुच्छ्रे गण्डकी प्रदेशस्तरीय फुल कन्ट्रयाक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाल क्योकुशिन कान कराँते सङ्घ कास्की शाखाको आयोजनामा पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न भएकाे थियाे । प्रतियाेगितामा १५० खेलाडीले भाग लिएका थिए ।

    क्र सपुरुष तर्फ
    (ताैल के.जी)
    प्रथमदाश्राेतृतिया
    २५शालिन केसीसत्कार पत्यलप्रमेश मगर र नसिब थापा मगर
    ३०रोहन आचार्यअबिशेक तामाङसाेबिन प्रत्येल र प्रनिल श्रेष्ठ
    ३५राेशन गरुङरकान्त मगरविद्यान घिमिरे र निषेस थापा मगर
    ४०राजन पाेखरेलसुदिप तिमिल्सनाआदित्य मल्ल र निराजन खत्री
    ४५राजेश गाैतमराजन बिकमिराज परियार र सितल कुमाल
    ५०युवराज गुरुङसुमित सिग्देलसम्राट सेन र संगम श्रेष्ठ
    ५५सुमन बरामदिपेश गरुङह्युमन मस्य्राङदी
    खुलागाेविन्द राेकासंगम गुरुङगणेश अधिकारी र नवराज गुरुङ
    क्र समहिला तर्फ
    ताैल (के.जी}
    प्रथमदाेश्राेतृतिय
    ४०मातृका शाहीज्कसिना क्षेत्रीललीता छत्याल र अंशु कार्की
    ४५मनिषा तामाङसर्वधा पाैडेलसिम्रन खत्री र पुष्पा बिसी
    ५०सरगम कुमालसदिक्षा कुमालसीता बिक र ममता पाैडेल
    खुल्लायुनिका शेरचनरचना मगरसृजना पुन र रुबी क्षेत्री

    प्रतियोगितामा विजयी खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय अध्यक्ष विनय मल्ल, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय प्रशिक्षण प्रमुख राजेन्द्र सुवेदी, सङ्घ कास्कीका अध्यक्ष बेलबहादुर थापा, गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीलगायतले विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।