Category: खेलकुद

  • गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

    गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

    पुष ५ शनिबार‚ काठमाण्डौ । गोकर्णको सहिद स्मारक पार्कमा माउन्टेन बाइकिङका लोकप्रिय विधा क्रस–कन्ट्री (XC) डाउनहिल (DH) अन्तर्गतको दुईदिने पुष ४ र ५ गते टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल साइक्लिङ संघको आयोजनामा भौतिक रूपमा सम्पन्न प्रतियोगितामा दुवै विधा गरी कुल १०० जना भन्दा बढि खेलाडी सहभागी भएका थिए। प्राकृतिक ट्रयाकमा आयोजना गरिएको यस प्रतियोगिताले माउन्टेन बाइकिङ प्रति खेलाडी तथा दर्शकहरुमा अझ आकर्षण बढाएको छ।

    प्रतियोगिताको पहिलो दिन पुष ४ गते क्रस–कन्ट्री विधा अन्तर्गत प्रतिस्पर्धा गरिएको थियो। यस विधामा खेलाडीहरूले लामो दूरी, उकालो–ओरालो, साँघुरा बाटो तथा प्राविधिक खण्डहरू पार गर्दै आफ्नो शारीरिक सहनशीलता, गति र रणनीतिक क्षमता प्रदर्शन गरे। निर्धारित लाप पूरा गर्ने क्रममा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

    त्यसैगरी, दोस्रो दिन पुष ५ गते डाउनहिल विधा अन्तर्गतको प्रतिस्पर्धा आयोजना गरिएको थियो। तीव्र गति, ढुंगायुक्त ट्र्याक, जम्प, तीखा मोड तथा प्राविधिक अवरोधहरूले भरिएको ट्र्याकमा खेलाडीहरूले समयसँग प्रतिस्पर्धा गरेका थिए। सुरक्षात्मक हेल्मेट, गार्ड र विशेष डिजाइन गरिएका डाउनहिल बाइक प्रयोग गरिएको यस विधाले दर्शकहरूलाई अत्यन्तै रोमाञ्चक अनुभव प्रदान गरेको थियो।

    डाउनहिल विधातर्फ का विजयी खेलाडीकाे तालिका –

    श्रेणीप्रथमदाेश्राेतेश्राे
    मेन युथराेनिक्स हाङप्रतिक पाेखरेलपुष्कर रेग्मी
    मेन जुनियरदिपसागर तामाङआरभ श्रेष्ठकबिर खड्का
    मेन मस्टरम‌ंगल कृष्ण लामाधनजित राईगाैरव श्रेष्ठ
    वुमन ईलाइटउषा खनालइन्द्रकुमारी तामाङ
    मेन ईलाइटराजेश मगरनिरभ श्रेष्ठप्रचित थापा मगर

    नेपाल साइक्लिङ संघका अध्यक्ष सुदिप पौडेलका अनुसार, यस प्रतियोगिताको मुख्य उद्देश्य माउन्टेन बाइकिङ खेलको प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नु हो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहन गर्ने र नेपालमा साहसिक खेलकुदको विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा सफलतापुर्वक सम्पन्न गराउन पाएकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याएको समेत जानकारी दिनुभयो।अझ भविश्यमा यसप्रकारका खेलहरु आयोजना गर्ने सधै नगरपालिका तयार रहेको बताउनुभयो ।

    दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएको छ। आगामी दिनमा अझ व्यवस्थित र ठूला स्तरका माउन्टेन बाइकिङ प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी पनि आयोजक पक्षले दिएको छ।

    यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

  • नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुँदै

    नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुँदै

    पुष १ मंगलबार‚ काठमाण्डौ । नेपालमा साइक्लिङ खेलको प्रवर्धन एवं विकासका लागि नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप २०२५ सञ्चालन हुने भएको छ। नेपाल साइक्लिङ संघले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पुस ४ र ५ गते (डिसेम्बर १९-२०) मा आयोजना हुने जानकारी गराएको हो। संघले जनाएअनुसार यो प्रतियोगिता काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको शहीद स्मारक पार्कमा आयोजना हुने भएको छ।

    संघका अध्यक्ष सुदिप पौडेलले जानकारी दिएअनुसार प्रतियोगिता डाउनहिल र क्रसकन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा डाउनहिलमा ५० जना (महिला, पुरुष, मास्टर र युथ) र क्रस कन्ट्रीमा ५० जना (महिला पुरुष, मास्टर र युथ) खेलाडीले सहभागिता जनाउने छन्। जसमा विभिन्न प्रदेश र जिल्लाहरूबाट राष्ट्रियस्तरीय खेलाडीहरू सहभागी हुनेछन्।

    अध्यक्ष पौडेलका अनुसार यस प्रतियोगिताको माध्यमबाट नेपालमा माउन्टेन बाइकिङ खेलको स्तर उकास्ने, नयाँ प्रतिभाहरू चिनाउने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीहरू तयार पार्ने लक्ष्य रहेको बताउनुभयो। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। 

    पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा हुन लागेकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याउने समेत जानकारी दिनुभयो।

    संघका महासचिव रञ्जन राजभण्डारीका अनुसार यो प्रतिस्पर्धाको महत्व धेरै नै महत्व रहेकोछ। उहाँका अनुसार यसमा विजयी हुने खेलाडीको नाम अन्तर्राष्ट्रिय स्तरमा पठाईने र यसबाट खेलाडीले १०० अंक पाउनेछ जुन आगामी २९ जुलाइ सम्म भ्यालिद हुनेछ । जस्ले खेलाडीहरुलाइ ओलम्पिक र एशियन गेममा सम्मेलित हुन पनि सपोर्ट गर्ने बताउनुभयो। यसले गर्दा यो प्रतियोगिता अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सेलेक्सन टुर्नामेन्टको रुपमा पनि रहेको जानकारी दिनुभयो ।

    यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

    यस प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले अझै पनि आफ्नो नाम नेपाल साइक्लिङ संघको आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्नेछन्। https://www.nepalcycling.org.np/mtb-2025/

  • लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा

    लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा

    मंसिर २५ बिहिबार, काठमाण्डाै।नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको भएकाे खेलमा लुम्बिनी लायन्स विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा पुग्न सफल भएकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएकाे थियाे। एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।

    लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए , निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे र रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए । बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशोधित जिसिले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

    विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।

    एनपिएलको फाइनल खेल शनिवार हुनेछ । जसमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग खेल खेल्ने छ ।

  • पोखरा एभेन्जर्स विजयी, कर्णाली भए बाहिरिने पहिलो टोली

    पोखरा एभेन्जर्स विजयी, कर्णाली भए बाहिरिने पहिलो टोली

    मंसिर १६ मंगलबार, काठमाण्डाै। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा आज भएकाे खेलमा पोखरा एभेन्जर्स ३४ रनले विजयी भएकाे छ । पोखरा एभेन्जर्ससँग पराजित भएपछी कर्णाली याक्स एनपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।

    पोखराले पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै प्राप्त गर्न सफल भएकाे छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएकाे थियाे । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरेकाे छ।

    खेलमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । कर्णालीकालागि मार्क वाटले सर्वाधिक ५९ रन बनाएका थिए ।

    आजकाे खेलकाे स्काेर यो जारी सिजनको नै दोस्रो उच्च स्कोर हुन पुग्याे । यसअघि विराटनगर किङ्ग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासमै उच्च थियाे ।

  • नेपालद्वारा हङकङ पराजित

    नेपालद्वारा हङकङ पराजित

    मंसिर ११ बिहिबार, काठमाण्डाै। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । नेपालको यो जारी प्रतियोगितामा दोस्रो जीत हो ।

    टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको बनाए । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे ।

    जीतका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याच भए ।

    नेपालले यसअघिकाे खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो। १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

  • दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट – भारत बिजयी

    दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट – भारत बिजयी

    मंसिर ७ आईतबार, काठमाण्डाै। दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइनल खेल नेपाल र भारत विच भएकाे थियाे ।

    नेपालले टस हारेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाए। यसरी नेपालले ११५ रनको लक्ष्य दिएकाे थियाे ।

    नेपालले दिएको लक्ष्य भारतले तीन विकेटको क्षतिमा ११७ रन बनाएर १२ ओभरमा पूरा गरेकाे थियाे । फाइनल खेलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।

    यस प्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटरले बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । यसमा पनि अन्य क्रिकेटमा जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिविहीन हुनुपर्ने नियम रहेकाेछ । भारत र श्रीलङ्कामा आयोजित यस प्रतियोगितामा नेपाल र भारतसँगै अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी छन् ।

  • विराटनगरको दोस्रो जित

    विराटनगरको दोस्रो जित

    मंसिर ६ शनिबार, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित हासिल गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डाै गोर्खाजलाई पाँच विकेटले पराजित गरेकाे छ ।

    काठमाण्डाै गोर्खाजले १३५ रनको लक्ष्य दिएको थियाे । जसलाई विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पुरा गरेकाे थियाे । खेलमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिएकाे थियाे । बलिङमा काठमाण्डाैका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक/एक विकेट लिए ।

    विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।यस जितसँगै विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ भने काठमाण्डाै तेस्रो स्थानमा छ।

  • अमेरिकासँग नेपाल चार विकेटले पराजित

    अमेरिकासँग नेपाल चार विकेटले पराजित

    कार्तिक १५ शनिबार, काठमाण्डाै ।आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गतको भएकाे खेलमा अमेरिकासँग नेपाल चार विकेटले पराजित भएको छ ।

    दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा जितका लागि नेपालले २७२ रनको लक्ष्य दिएकाे थियाे । अमेरिकाले साे लक्ष्य ४९ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्याे ।

    अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै मिलिन्द कुमारले ७० रन ,साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए । नेपालकाे तर्फबाट सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाएकाे थियाे । त्यस्तै करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाएकाे थियाे ।

    हाल जारी शृङ्खलामा नेपालले तिन खेल खेलेको मा तिनवाेटै खेलमा लगातार हार व्यहोरेकाे छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

    साथै लगातार तेस्रो जित निकालेको अमेरिका लिग-२ तालिकाको शीर्ष स्थानमा छ । यसरी अमेरिकाले २३ खेलमा ३४ अङ्क जोडेको छ । भने नेपाल १९ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेकाे छ ।

  • महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

    महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

    आश्विन २१ मंगलबार, काठमाण्डाै । महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा भएको आजकाे खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको थियाे ।

    योसँगै नेपाल र मलेसियाबिचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यस शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

    यस शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

  • अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा

    अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा

    आश्विन २ बिहिबार, काठमाण्डाै । अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा परेको छ । एएफसी फुटसल एसियन (एएफसी) कप छनोट प्रतियोगितामा नेपालले सहभागिता नजनाएका कारण एन्फा कारबाहीमा परेको हाे ।

    एएफसी को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना सहितको कारबाही गरिएको हो ।

    एएफसीका अनुसार नेपालले छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।

    एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कारबाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरिवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन ।

    आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म फुटसल एसियन कप इन्डोनेसियामा हुँदैछ । यस प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । साथै छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।

  • फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

    फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

    श्रावण २२ बिहिबार, काठमाण्डाै । फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औँ स्थान हासिल गरेकाे थियो ।

    स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । यसैगरी स्विडेन छैटौँबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौँ स्थानबाट इङ्गल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौँ स्थानमा झरेको छ ।

    दक्षिण एसियाली देशमा भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा रहकाे छ। नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ ।

  • नेपाल उप–विजेतामै सीमित

    नेपाल उप–विजेतामै सीमित

    श्रावण ५ साेमबार, काठमाण्डाै । नेपाल यू–२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उप–विजेतामै सीमित भएको छ ।

    सोमबार बंगलादेशको ढाकास्थिति बसुन्धरा किङ्स एरेनामा भएको खेलमा बंगलादेशकाे टिमसँग ४–० पराजित भएसँगै नेपालले उप विजेतामा नै चित्त बुझाउनुपरेकाे थियाे ।

    नेपाललाई उपाधि जित्नका लागि बंगलादेश विरुद्धको खेलमा जित आवश्यक रहेकाे थियाे । तर बंगलादेशलाइ त्यति दवाव थिएन । बंगलादेशको तर्फबाट सागोरिकाले खेलको ८, ५१, ५८ र ७७ औं मिनेटमा गोल गरेकाे थियाे ।

  • चीन सरकारद्वारा राखेपलाई रु ८५ लाख बराबरका खेल सामग्री सहयोग

    चीन सरकारद्वारा राखेपलाई रु ८५ लाख बराबरका खेल सामग्री सहयोग

    असार ३१ म‌ंगलबार, काठमाण्डाै । चीन सरकारद्वारा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई रु ८५ लाख बराबरका खेल सामग्री सहयोग गरेकाे छ ।

    अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा आज नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई करिब रु ८५ लाख बराबरका विभिन्न ३४ प्रकारका खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले यस सहयोगले थोरै भए पनि नेपाली खेलकुदको विकासमा टेवा पुग्ने बताउनुभयो ।

    सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिनुभयाे ।

    उहाँले प्राप्त सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै २० औँ एसियाली खेलकुद आउन थाेरै मात्र समय बाँकी रहेकाेले दृढ सङ्कल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

  • दशौँ राष्ट्रिय खेलकुद नहुने

    दशौँ राष्ट्रिय खेलकुद नहुने

    चैत २९ शुक्रबार,काठमाण्डाै। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका छन् ।

    गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

    तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा हुन नसकि पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । फेरि आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्‍याइएको थियो ।

  • साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

    साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

    फाल्गुण २७ मंगलबार, काठमाण्डाै । साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् । काठमाण्डौको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल र भारत समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का पनि रहेकाे छ ।

    समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भुटान छन् । यस प्रतियोगितामा पाकिस्तान सहभागी हुने छैन ।

    भारतको उत्तराञ्चल प्रदेशमा हुने उक्त प्रतियोगितामा कुल छ देश सहभागी हुने छन् । उक्त खेल अगामी मे ९ देखि १८ तारिख सम्म हुनेछ ।

  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- नेपाल र म्यानमार बिच रोमाञ्चक बराबरी

    अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- नेपाल र म्यानमार बिच रोमाञ्चक बराबरी

    फाल्गुण ११ आईतबार, काठमाण्डाै । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीच भएको खेल रोमाञ्चक रुपले बराबरीमा टुङ्गिएको छ । काठमाण्डाैकाे दशरथ रङ्गशालामा जारी उक्त खेलमा दुबै देशकाे तर्फबाट २-२ गाेल हानेकाे थियाे ।

    घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले खेलकाे छैटौँ मिनेटमा गोल गरेको थियो । साे गोल म्यानमारका म्याट नोइ खिनले गरेकी थिइन् । त्यस लगतै नेपालकाे तर्फबाट खेलको ११ औँ मिनेटमा सविता रानामगरले गोल गरिन् ।

    त्यस्तै म्यानमारलका लागि मे टेट लुले नेपालविरुद्ध खेलको १७औँ मिनेटमा अर्काे गोल गरिन। त्यसकाे जवाफमा खेलको ४१औँ मिनेटमा नेपालकाे तर्फबाट प्रीति राईको उत्कृष्ट पासमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरि बराबरीमा ल्याएकाे थियाे । योसँगै पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएकाे थियाे । पहिलो हाफपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् ।

    यी दुवै टोली बिच फाइनल खेल बुधबार हुनेछ ।

  • आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट: बङ्गलादेशसँग नेपाल पराजित

    आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट: बङ्गलादेशसँग नेपाल पराजित

    माघ ५ बार, शनिबार काठमाण्डाै। आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट खेलमा बङ्गलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गी युकेएम ओभल क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५३ रनको लक्ष्य दिएकाे थियाे जसलाइ बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेकाे थियाे ।

    बङ्गलादेशका लागि सादिया इस्लामले १६ रन, सुमैया अत्तरले १२ र अफिया अशिमा इराले ९ रन जोडेकी थिइन । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिएका थिए।

    नेपालले दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । नेपाल प्रतियोगिताको समूह ‘डी’मा रहेको छ र सुपर–६ मा पुग्न एउटा खेल कम्तीमा जित्नुपर्ने हुन्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।

  • लुम्बिनी कप राष्ट्रिय महिला फुटबल नेपालगञ्जमा हुने

    लुम्बिनी कप राष्ट्रिय महिला फुटबल नेपालगञ्जमा हुने

    पाैष १० बुधबार, काठमाण्डाै। लुम्बिनी कप राष्ट्रिय महिला फुटबल आगामी फागुन १९ गते देखि नेपालगञ्जमा हुने भएकाे छ । उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

    लुम्बिनी कपको लोगो मङ्सिर १६ गते सार्वजनिक गरिएकाे थियो जसमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झन्डाको रङ्ग निलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।

    बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बताउनुभयाे । उहाले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गर्नुभयाे । साथै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको पनि बताउनुभयो ।

  • यु–१९ एसिया कपमा नेपालसँग अफगानिस्तान पराजित

    यु–१९ एसिया कपमा नेपालसँग अफगानिस्तान पराजित

    मंसिर १८ मंगलबार, काठमाण्डाै। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

    दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै एक सय २३ रन बनाएकाे थियो । नेपालले एक सय २४ रनको लक्ष्य ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा गरेकाे थियाे ।

    नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ/नौ तथा सन्तोष यादवले सात रन बनाएकाे थियाे । साथै खेलमा नेपालले १२ अतिरिक्त रन प्राप्त गरेकाे थियाे । 

  • नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

    नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

    कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) को अजमानमा भएको खेलमा घरेलु टोली युएई लाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

    टस हारेर ब्याटिङ गरेकाे घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको जाेडेकाे थियो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

    नेपालको तर्फबाट ओपनर साना प्रवीणले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । त्यस्तै ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

    यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुअरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बङ्गलादेश विरुद्ध रहेको छ ।

  • नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    भाद्र १६ आइतबार, काठमाण्डाै। आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।

    भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किएको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।क्यानका अनुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।

    टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।

  • पौडी खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्छ-पूर्वमन्त्री बस्नेत

    पौडी खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्छ-पूर्वमन्त्री बस्नेत

    भाद्र १५ शनिबार, काठमाण्डाै। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पाैडी खेलाडीको भविष्य उज्ज्वल बनाउन पौडी खेलको विकास र विस्तार गर्नुपर्ने बताउनुभयाे । नेपाल पौडी सङ्घले सातदोबाटोमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले बताउनुभएकाे हाे ।

    पूर्वमन्त्री बस्नेतले पौडी जस्तो स्वास्थ्यका लागि महत्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरिनुपर्ने र पौडी क्षेत्रका प्रशिक्षक र खेल पूर्वाधार विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे ।

    सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले सङ्घले यस क्षेत्रका खेलाडीको क्षमता अभिवृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागिरहेको बताउनुभयो । त्यस्तै सङ्घका महासचिव ईश्वर कार्कीले दिनहुँ पौडी खेल्न सक्दा मुटु र फोक्सो स्वस्थ रहने जानकारी गराउनुभयो ।

  • प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता पलेशा गोवर्धनलाई बधाई

    प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता पलेशा गोवर्धनलाई बधाई

    भाद्र १५ शनिबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिनुभएको हो ।

    पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।

    पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

  • साफ यू–२० च्याम्पियनसिप- बङ्गलादेश विजयी

    साफ यू–२० च्याम्पियनसिप- बङ्गलादेश विजयी

    भाद्र १३ बिहिबार, काठमाण्डाै। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा बङ्गलादेशले नेपाललाई ४–१ ले पराजित गर्दै विजयी भएकाे छ । सातदोबाटो स्थित एन्फा मैदानमा बुधबार भएको साफ यु–२० को फाइनलमा नेपाललाई हराउँदै बङ्गलादेशले उपाधि जितेको हो ।

    बङ्गलादेशले उमेर समूहको प्रतियोगितामा पहिलो पटक उपाधि जितेकाे हो । नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको थियाे भने तेस्रोपटक उपाधि जित्न चुकेको छ ।

    बङ्गलादेशकाे तर्फबाट खेलमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरेकाे थियाे । नेपालकाे लागि समीर तामाङले एक गोल गरेका थिए ।

    नेपालले समूह चरणमा बङ्गलादेशलाई २–१ ले हराएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सको सहभागिता रहेकाे थियो ।

  • साफ यू–२० च्याम्पियनसिप-भुटानलाई हराउँदै नेपाल फाइनलमा

    साफ यू–२० च्याम्पियनसिप-भुटानलाई हराउँदै नेपाल फाइनलमा

    भाद्र ९ आइतबार, काठमाण्डाै। नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएकाे खेलमा नेपालले भुटानलाइ ४–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।

    निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानकाे तर्फबाट जेत्सन दोर्जीले र नेपालका लागि निराजन धामीले गोल गरेका थिए ।

    टाई ब्रेकरको पहिलो प्रहारमा नेपालका तर्फबाट राम थापाले गाेल गरे भने भुटानका लागि जेत्सन दोर्जीले गोल गरे । नेपालकाे तर्फबाट दोस्रो गाेल अभिनाश स्याङतान, तेस्रो गोल सेमन्त थापा र चौथो गाेल जियारत शेखले गरे भने भुटानकाे तर्फबाट अन्य गाेल हुन सकेन।

    सोमबार भारत र बङ्गलादेश सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।

  • यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटानको सामना

    यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटानको सामना

    भाद्र ८ शनिबार, काठमाण्डाै। नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ ।

    सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार साविक भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे हाे। भारतले दुई खेलमा जितसँगै ६ अङ्क जोडी समूह ‘बी’ को विजेता बनेकाे छ । दुवै खेलमा पराजित माल्दिभ्स अङ्कविहीन हुँदै बाहिरिएकाे छ ।

    नेपाल समूह ‘ए’ बाट विजेता र भुटान समूह ‘बी’ को उपविजेता हाे । समूह चरणमा नेपालले दुवै खेलमा जित हासिल गर्याे भने भुटानले एक जित र एक हार ब्यहाेरेकाे छ । समूह ‘ए’ को श्रीलङ्का अङ्कविहीन हुँदै बाहिरिएकाे थियाे ।

  • नेपाललेसँग बङ्गलादेश पराजित

    नेपाललेसँग बङ्गलादेश पराजित

    भाद्र ६ बिहिबार, काठमाण्डाै। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई हराएकाे छ ।

    सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको दुई खेलमा ६ अङ्क भएको छ ।

    यस हारसँगै बङ्गलादेश पनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेशले तीन अङ्क बटुलेको छ । श्रीलङ्का भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएकाे छ।

    नेपालको तर्फ समिर तामाङ र निराजन धामीले एक/ एक गोल गरेकाे थियाे । त्यस्तै बङ्गलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल गरेकाे थियो ।

  • अशोक खड्का किमुनयोङ कपमा निर्णायक चुनिए

    अशोक खड्का किमुनयोङ कपमा निर्णायक चुनिए

    श्रावण ३१ बिहिबार, काठमाण्डाै । तेक्वान्दाेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का किमुनयोङ कप जी–१ वरीयता अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा निर्णायक चुनिएका छन् ।

    अगस्ट १७ देखि दक्षिण कोरियाको मुजुमा शुरु हुने प्रतियोगितामा अशोक खड्का ग्यारोगी र पुम्सेमा निर्णायकका रुपमा रहनेछन् । भने दक्षिण कोरियामै हुने १४ औं आईओएफटीसी तेक्वान्दो प्रतियोगितामा पनि खड्काले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

  • अमेरिका ३० स्वर्ण सहित पेरिस ओलम्पिक शीर्ष स्थानमा

    अमेरिका ३० स्वर्ण सहित पेरिस ओलम्पिक शीर्ष स्थानमा

    श्रावण २५ शुक्रबार, काठमाण्डाै । पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण सहित शीर्ष स्थानमा रहेकाे छ । बिहीबारसम्मको विभिन्न प्रतिस्पर्धापछि खेलमा अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्य सहित सबैभन्दा बढी १०३ पदक सहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको हाे ।

    चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा रहेकाे चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक जितेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदक सहित कुल ४५ पदक जित्दै अहिले सम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

    त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौँ स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।  

    पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

    आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।

  • एएफसी च्यालेन्ज लिग प्लेअफका लागि तयारी अन्तिम चरणमा – चर्च ब्वाइज युनाइटेड

    एएफसी च्यालेन्ज लिग प्लेअफका लागि तयारी अन्तिम चरणमा – चर्च ब्वाइज युनाइटेड

    श्रावण २५ शुक्रबार, काठमाण्डाै । एएफसी च्यालेन्ज लिग प्लेअफका लागि नेपाली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानकारी गराएको हो ।

    क्लबका अध्यक्ष रुबेन राईका अनुसार लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको र यसमा दर्शकहरुको उपस्थिति उल्लेख्य रुपमा रहने विश्वास व्यक्त गरे । उनले रंगशालामा अन्तर्राष्ट्रिय अप्रुभल पछि लामो ग्यापपछि खेल हुने भएकाे र यसमा नेपाली टिमले राम्रो गर्ने विश्वास लिएकाे पनि बताउनुभयाे ।

    मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताउनुभयाे । उहाँले साउन १ गते देखि ट्रेनिङ शुरु गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नु भयाे हाम्राे टिमले राम्रो प्रदर्शन गर्नेछ ।

  • काभा महिला भलिबलमा भारत बिजयी

    काभा महिला भलिबलमा भारत बिजयी

    श्रावण २४ बिहिबार, काठमाण्डाै । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा जितेकाे थियाे । खेलको पाँचौँ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । 

    खेलको पहिलो सेट नेपालले जितेकाे थियाे। खेलको दोस्रो सेट भने नेपालले गुमायो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो ।  खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।  नेपालले यस अघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । 

    फाइनल खेल हेर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ लगायतको उपस्थिति थियो ।

  • नेपाल काभा महिला नेसन्स भलिबल लिगकाे फाइनलमा प्रबेश

    नेपाल काभा महिला नेसन्स भलिबल लिगकाे फाइनलमा प्रबेश

    श्रावण २२ मंगलबार, काठमाण्डाै । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ । नेपालले इरानलाइ ३–० को सोझो सेटमा जित हासिल गरेकाे हाे ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा भएकाे मङ्गलवारकाे खेलमा नेपालले २५–२१, २८–२६, २५–२० ले खेल आफ्नो पक्षमा परेकाे हाे ।

    नेपालले लिग चरणमा श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो , भने इरानसँग काे खेलमा ३–२ को सेटमा पराजित भएको थियो ।

    मंगलबार नै भएकाे अर्काे खेलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको छ । फाइनल खेल बुधबार हुनेछ । नेपाल फाइनलमा भारतसँग भिड्ने छ ।

  • नेपालद्वारा माल्दिभ्स पराजित

    नेपालद्वारा माल्दिभ्स पराजित

    श्रावण २१ साेमबार, काठमाण्डाै । काभा महिला नेसन्स भलिबल लिग अन्तर्गत खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियाे ।

    नेपालले मल्दिभ्सलाइ पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गरेकाे थियाे । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रहेकाे छ । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो । तर इरानसँग पराजित भएको थियो ।

    अब सेमिफाइनलमा भने नेपाल इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रहेकाे छ। नेपालका प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्ने विश्वास रहेकाे व्यक्त गर्नुभयो । त्यस्तै नेपाली टोलीकाे कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरान विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो । अर्को सेमिफाइनलमा भारत र श्रीलङ्का बीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रहेकाे छ भने श्रीलङ्काले चौथो स्थानमा रहेकाे छ।

    भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझा ५:१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरान बीच प्रतिस्पर्धा हुनेछ ।

  • काभा वुमन्स लिगमा नेपाल पराजित

    काभा वुमन्स लिगमा नेपाल पराजित

    श्रावण २० आईतबार, काठमाण्डाै । काभा वुमन्स लिगमा नेपाल इरानसँगकाे खेलमा पराजित भएकाे छ । इरानले नेपाललाई ३-२ को नतिजामा हराइ महत्वपूर्ण जित हात पारेको थियाे । यस काभा वुमन्स लिगमा याे नेपालकाे पहिलो हार हाे ।

    आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो ।

    प्रतियोगितामा इरानले सात खेल बाट ७ अंक जाेडेकाे छ । नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । त्यसतै भारतले ७ अंक जोडेको छ भने श्रीलंकाले ४ अंक बटुलेको छ । तर माल्दिभ्स अंक विहीन रहेकाेछ ।

  • काभा बिच भलिबलमा नेपाली टाेलीकाे जित

    काभा बिच भलिबलमा नेपाली टाेलीकाे जित

    श्रावण १८ शुक्रबार, काठमाण्डाै । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानकाे थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले उज्बेकिस्तान विरुद्ध २–० को सोझो सेटमा जित हासिल गरेकाेछ।

    नेपालकाे तर्फबाट मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शुक्रवारको पहिलो खेलमा घरेलु टोली भुटानलाई २१–१४, २१–१४ ले पराजित गरेकाे थियो । त्यसतै दोस्रो खेलमा पनि यही जोडीले उज्बेकिस्तानलाई २१–१५, २१–१४ ले पराजित गरेकाे थियाे ।

    साथै नेपाली महिला टोलीले पनि थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शुक्रबार भएकाे खेलमा घरेलु टोली भुटान विरुद्ध २–० को सोझो सेटमा जित हासिल गरेकाे छ । नेपालकाे तर्फबाट कमला पुन र मनिषा चौधरीको जोडीले एकतर्फी खेल २१–५, २१–४ ले जित हासिल गरेकाे थियाे ।

  • काभा वुमन्स भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

    काभा वुमन्स भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

    श्रावण १७ बिहीबार, काठमाण्डाै । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले श्रीलंकालाइ पराजित गरि सानदार सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

    नेपालले श्रीलंकालाई पहिलो सेटमा २५-१९ ले जितेको थियाे भने दोस्रो सेटमा २५-१८ अंकले ल्याइ विजयी भयी, तेस्रो सेटमा २५-१९ ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्न सफल भएकाे थियाे।

    नेपालले दोस्रो खेल भारतसँग शनिबार खेल्नेछ। प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी रहेका छन्।

  • नेपाल वुमन्स टोलीद्वारा श्रीलङ्का पराजित

    नेपाल वुमन्स टोलीद्वारा श्रीलङ्का पराजित

    श्रावण १ मंगलबार, काठमाण्डाै । श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई पराजित गरेकाे छ । नेपाली टाेलीले तेस्रो पटककाे अभ्यास खेलमा श्रीलङ्का वुमन्स डेभलप्मेन्टलाई २ रनले पराजित गरेकाे हो । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

    नेपाल सँग १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का वुमन्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सफल भएका थिए । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

    नेपाल यसअघि खेलेकाे पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले श्रीलङ्कासँग पराजित भएको थियो । श्रीलङ्कामा शुक्रबार देखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा परेकाे छ । ‘ए’ समूहमा नेपाल, भारत, पाकिस्तान ,र युएई छन् । नेपालले शुक्रबार युएईसँग खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ गते र भारतसँग साउन ८ गते खेल्नेछ ।

  • नेपालद्वारा यूएई पाँच विकेटले पराजित

    नेपालद्वारा यूएई पाँच विकेटले पराजित

    कार्तिक ६ साेमबार, काठमाण्डाै । काठमाण्डाैकाे मुलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाइ पाँच विकेटले पराजित गरेको छ ।

    यूएईले टस हारेर पहिले ब्याटिङको गरेकाे थियाे। यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो ।

    नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेकाे थियाे । नेपालको लागि असिफ शेखले सर्वाधिक ६२ रन, कप्तान रोहितकुमार पौडेलले ४७ रन र दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडेकाे थियाे ।

  • नेपालद्वारा नामिबिया पराजित

    नेपालद्वारा नामिबिया पराजित

    फाल्गुण २ म‌ंगलबार, काठमाण्डाै । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले नामिबियालाइ पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको हाे । खेलमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ११५ रनको योगदान दियाे । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्दतमा ११५ रनको योगदान दिएका हुन ।

    त्यसै कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन/तीन विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो ।

    जितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ ।

  • फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

    फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

    माघ २५ बुधबार, काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि फ्रेन्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । फ्रेन्ड्सले बुधबार उर्जनसँग सम्झौता गरि मुख्य प्रशिक्षकाे रुपमा नियुक्त गरेको घोषणा गरेको छ । फ्रेन्ड्सले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । नेपाली यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए ।

    यो सिजनको लिग आगामी फागुन १९ गतेदेखि सुरु हुँदैछ। लिगका लागि फ्रेण्ड्सले अमित तामाङ, प्रेम भण्डारी, आरोन थापा, दोना थापा, रुपेश केसी, असिम भुषाल, विशाल सुनार र राजेश परियारसँग सम्झौता गरिसकेको छ। फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।