Category: कानून

  • निर्वाचन आयोगद्वारा माघ ३ देखि आचारसंहिता लागू गराउन तयारी गरिदै

    निर्वाचन आयोगद्वारा माघ ३ देखि आचारसंहिता लागू गराउन तयारी गरिदै

    पुष २६ शनिबार‚ काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।

    उहाँका अनुसार निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।

    साथै आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्री कार्कीलाई शुक्रबार जानकारी गराउनुभएको थियो ।

    त्यसतै आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहने पनि बताउनुभयाे ।

  • सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त

    सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त

    श्रावण १२ साेमबार, काठमाण्डाै । सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त हुनु भएकाे छ। न्याय परिसदका प्रवक्ता डा.अशोककुमार क्षेत्रीले जानकारी दिए अनुसार न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

    उनका अनुसार मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार देखि अनिवार्य अवकाशमा लिएका थिए। बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

  • सभापति लामिछानेलाई धरौटीमा रिहा गर्नु – कास्की जिल्ला अदालत

    सभापति लामिछानेलाई धरौटीमा रिहा गर्नु – कास्की जिल्ला अदालत

    पाैष २५ बिहिबार, काठमाण्डाै। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार न्यायाधीश नितिज राईको इजलासले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादीहरु सभापति लामिछाने सहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।

    खनालका अनुसार इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको बताउनुभयो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

  • श्रमसम्बन्धी ऐन संशोधन समयमा हुन आवश्यक : मन्त्री भण्डारी

    श्रमसम्बन्धी ऐन संशोधन समयमा हुन आवश्यक : मन्त्री भण्डारी

    भाद्र १ शनिबार, काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले संसदबाट श्रमसम्बन्धी ऐन संशोधन गर्न आवश्यक रहेकाे बताउनुभयाे । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले समयमा हुन नसक्दा म्यानपावर व्यवसायीको नवीकरण लगायतका काममा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ ।

    मन्त्री भण्डारीले ऐन अनुसार लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भएपनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत नवीकरण गर्नु परिरहेको बताउनुभयो ।

    बैठकमा सांसदहरुले विभिन्न देशका कूटनीतिक नियोगहरूबाट मागपत्र प्रमाणीकरण हुनु पूर्व ती देशमा जाने कामदारले तिर्नुपर्ने शुल्क निर्धारण गर्नुपर्ने, गैर कानुनी रुपमा वैदेशिक रोजगारीमा जान रोक्नुपर्ने, एक वर्षमा १०० जना कामदार वैधानिक रुपमा नपठाउने तर कर्मचारी राखेर म्यानपावर संस्था कसरी सञ्चालन भइरहेको छ खोजी हुनुपर्ने, महिला कामदारलाई गैरकानुनी रुपमा खाडी मुलुक पठाउन पूर्ण रुपमा रोक लगाउनुपर्ने कुरामा जोड दिएकाे थियाे।

  • प्राधिकरणका सञ्चालक द्वय पुन र आचार्यलाई हटाउने निर्णय कार्यान्वयन नगर्नु- सर्वोच्च अदालत

    प्राधिकरणका सञ्चालक द्वय पुन र आचार्यलाई हटाउने निर्णय कार्यान्वयन नगर्नु- सर्वोच्च अदालत

    श्रावण २४ बिहिबार, काठमाण्डाै । सर्वोच्च अदालतले नेपाल विधुत प्राधिकरणका सञ्चालक समितिका सदस्य द्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज उक्त आदेश दिएको हो । अदालतले सदस्य द्वय पुन र आचार्यलाई हटाउनुको कारण माग गरेको छ ।

    प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय पुन र आचार्यले आफूहरूलाइ सरकारले गैरकानुनी तरीकाले हटाएको भन्दै बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । बिहीबार बसेकाे इजलासले दुई सदस्यको माग बमोजिम अन्तरिम आदेश जारी भएको छ ।

    सदस्य द्वय कपिल आचार्य र भक्तबहादुर पुन

    डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा उहाँहरूले प्राधिकरणको निर्णय विरुद्ध फरक मत राख्नुभएको थियो । फरक मत राखेपछि ऊर्जामन्त्री खडकाले उहाँहरूलाई यही साउन १५ गते स्पष्टीकरण सोध्नुभएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले मन्त्रि स्तरीय निर्णय गर्दै साउन १८ गते सञ्चालक समिति सदस्यबाट सदस्यद्वय पुन र आचार्यलाइ हटाएकाे थियाे । भने साउन २० गते सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको थियो ।

  • सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति

    सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति

    श्रावण १७ बिहीबार, काठमाण्डाै । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति भएको छ । गृह मन्त्रालयमा बिहिबार बसेको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलहरुले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जनाएकाे छ ।

    एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्ति प्रक्रिया छिटै टुङ्गोमा पुर्याउन सकिने बताउनुभयो । उनले गम्भीर मानव अधिकार उल्लङ्घन विषयमा सहमति भएको र सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने जानकारी दिनुभयो । साथै सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषय पृथक् र विशेष प्रकारको न्याय प्रणाली भएको बताउनुभयाे । यसलाई फौजदारी अभियोगसँग हेर्न नहुने पनि बताउनुभयाे ।

    उहाँका अनुसार समितिले विज्ञहरुका सुझावको आधारमा विषयहरू टुङ्ग्याइएको र सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रूपमा बुझाएर विधेयक अघि बढाइने जानकारी दिनुभयो ।

    साथै उहाँले सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लङ्घनजस्ता विषयमा सहमति भइसकेको भन्दै लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुङ्ग्याएको पनि बताउनुभयो ।

  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

    श्रावण १३ आइतबार, काठमाण्डाै । प्रतिनिधि सभामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि सैद्धान्तिक रुपमा छलफल भएको छ । प्रतिनिधि सभाको आइतबार भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथी विचार गर्न प्रस्ताव राख्नु भएकाे थियो ।

    बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले मुलुकमा दक्ष जनशक्ति उत्पादन तथा सर्वसुलभ र सहज पहुँचको स्वास्थ्य सेवा विस्तारका लागि विधेयक महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    साथै बैठकमा सांसदहरुले स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले सङ्घीयताको मर्म अनुरुप सन्तुलित विकास र सबै क्षेत्र, वर्गलाई समेट्ने भन्दै नेपालको चिकित्सा शिक्षालाई अब्बल तुल्याउँदै अन्तर्राष्ट्रिय जनशक्तिलाई आकर्षित गर्ने अवसर समेत भएको बताउनुभयो ।त्यसैले यस विधेयकको परिणामात्मक कार्यान्वयनका लागि पूर्वाधार निर्माण र पर्याप्त बजेट व्यवस्थापनका लागि ठोस योजना बनाइनुपर्ने बारे पनि छलफल गरियाे ।

  • हवाई यातायात सञ्चालन सम्बन्धी सुरक्षा मापदण्डको संशोधनमा परेकाे रिटमा सर्वोच्चले माग्याे लिखित जवाफ

    हवाई यातायात सञ्चालन सम्बन्धी सुरक्षा मापदण्डको संशोधनमा परेकाे रिटमा सर्वोच्चले माग्याे लिखित जवाफ

    माघ २५ बुधबार, काठमाण्डाै । सर्वोच्च अदालतले हवाई यातायात सञ्चालन सम्बन्धी सुरक्षा मापदण्डको संशोधनमा परेकाे रिटमा लिखित जवाफ मगाउने आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ ।

    वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले दायर गर्नुभएको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्ज गर्न माग गरिएको छ । रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

    विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्ययमान कानुन, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्न गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड पालना भए नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेट रिट निवेदनमा माग गरिएको छ । साथै हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ ।

  • इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले गरि आत्मदाह

    मसिंर २० मंगलबार, काठमाण्डाै । काठमाण्डाैकाे धुम्वाराहिमा इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले आत्मदाह गरेकिछिन। तर महिलाका परिबार पक्षले उक्त घटना आत्मदाह नभइ हत्या भएकाे बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृतक महिला दरबारमार्ग स्थित केल्मी ब्राण्डका शोरुममा कार्यरत २६ वर्षकी पुष्पा न्यौपाने हुन । उनि गत आइतबार साँझ ५ बजे धुम्बाराहीमा ८० प्रतिशत जलेको अवस्थामा प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो । प्रहरी बृत महाराजगञ्जबाट खटिएको टोलीले आत्महत्या गर्न दुरुत्साहन दिने २९ वर्षीय सुधन संग्रौला प्रक्राउ गरेकाे छ । संग्रौलालाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएकाेछ ।

    घटनामा संग्लन भएको आरोपमा पीडितका परिवारले प्रहरी बृत महाराजगञ्जमा सुधनका बुबा-आमा दिनेश र बिन्दु संग्रौला, दाजु मधु संग्रौला र सुधन संगौला विरुद्ध ज्यानसम्बन्धी कसुरको आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरि दोषी माथि कडा कारबाहीको माग गरिएको छ। प्रहरीले घटनास्थलबाट ५ लिटरको खाली ग्यालेन बरामद गरेको छ । थप अनुसन्धान कार्य जारि रहेकाे बताएका छन् ।

  • समलिंगी विवाह मान्यताकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्चमा रिट

    समलिंगी विवाह मान्यताकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्चमा रिट

    मसिंर २० मंगलबार, काठमाण्डाै । समलिंगी विवाहलाई मान्यता दिलाउनकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकाे छ । उक्त रिट निवेदन लक्ष्मी घलान, मितिनी नेपाल, महिला कानुन र विकास मञ्च लगायतले संयुक्त रूपमा सोमबार दायर गरेका हुन् । रिट निवेदक मध्येका अधिवक्ता दिपेश श्रेष्ठका अनुसार कानुनले समलिंगी र लैंगिक तथा यौनिक अल्पसंख्यक बीचको विवाहलाई मान्यता दिएको छैन, तिनको खारेजी र नयाँ कानुनी व्यवस्थाका लागि रिट दायर गरेकाे बताए । उनका अनुसार मुलुकी देवानी संहिता, २०७४ को विवाह सम्बन्धी व्यवस्थाले पुरूष र महिलाबीच मात्र विवाह हुन सक्ने भनेकाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित रहेका छन् ।

    त्यस्तै अर्का रिट निवेदक लक्ष्मी घलानले आफू २५ वर्षयता सँगै बस्दै आएकी मीरा ब्रजाचार्यसँग विवाह गर्न कानुनी अवरोध हुँदा निकै अप्ठ्यारो भोग्नुपरेको अनुभव रिटमा उल्लेख गरेकी छन् । उनले रिटमा कोसँग जीवन बिताउने र कोसँग विवाह गर्ने भन्ने व्यक्तिको नितान्त आफ्नो छनौटको विषय भएको उल्लेख गरेकी छन्। साथै कानुनकाे अभावका कारण समाज र परिवारबाटै निरन्तर बहिष्करण र विभेद भोग्दै आएको उल्लेख गरेकाे बताए । उनले कानुनले सुनिश्चित गरेका अधिकार समेत उपभोग गर्नबाट उनीहरू वञ्चित रहेकाे र सदैव असुरक्षित महसुस गराएकाे बताए ।

  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

    कार्तिक १७ बिहिबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाण्डाैमा परेको मुद्दाकाे आज पनि थुनछेक बहस नभ्याइसकेकाेले हेर्दा हेर्दैमा राखिएको छ । कात्तिक १४ गते क्रिकेटर लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । आज क्रिकेटर लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली र अधिवक्ता मुरारी सापकोटा, रोशनी घिमिरेले समेतले थुनछेक बहस गरेका थिए । उनकाे पक्षबाट कानुन व्यवसायीहरुले पीडित किशोरी नाबालिक नभएको प्रमाण अदालतमा पेस गरेकाे र उनी विरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर लिएका छन् । थुनछेक बहस बुधबार देखि सुरु भए पनि पिडीत र क्रिकेटर लामिछानेकाे पक्षबाट बाेल्ने कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको हाे ।

  • न्युराेडबाट हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

    कार्तिक १६ बुधबार, काठमाण्डाै । काठमाण्डाैकाे न्युराेडबाट हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान मृत फेला परेको व्यक्तिको हत्या गरेको आरोपमा एक जनालाई आज बुधबार प्रहरीले पक्राउ गरेको हाे । प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने नखुलाएको बताएका छन् । साथै मृतककाे पनि हाल सम्म पहिचान नखुलेकाे तर मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति रहेकाे बताएका छन् । प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेको पनि बताएका छन् ।

  • सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

    सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

    कार्तिक १६ बुधबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध परेको मुद्दामा आज देखि जिल्ला अदालत काठमाण्डाैमा थुनछेक बहस प्रारम्भ भएको छ । आज थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याइसकेकाेले भाेली बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । कात्तिक १४ गते लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । क्रिकेटर लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदावि लिई अभियाेगपत्र दायर गरिएको छ । तर क्रिकेटर लामिछानेले आफू विरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेकाे छ । उनले बलात्कार नगरेको, आफू निर्दोष रहेको र अनुसन्धानमा सहयाेग पुराउन आफै प्रहरीमा आत्मसमर्पन गरेकाे बयान दिएका छन् । उनी असोज २० गते देखी नाबालिग माथि जबर्जस्ती करणी गरेको आरोपमा न्यायिक हिरासतमा राखिएका छन् ।

  • जुद्ध शालिक नजिकै एक व्यक्ति मृत भेतिए

    कार्तिक १५ मंगलबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान एक व्यक्ति मृत फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मंगलबार बिहान बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले एक पुरूष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत व्यक्ति अन्दाजी ४५ वर्षीय रहेकाे जनाएकाे छ तर उक्त व्यक्तिकाे पहिचान भने खुलेको छैन । उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको सम्म खुलेको छ । एसपी मैनालीका अनुसार घटना शंकास्पद रहेको छ । मृतकको निधारमा चोट लागेको छ । थप अनुसन्धान भइरहेकाे र मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ । अनुसन्धानकाे लागि तालिम प्राप्‍त कुकुर समेत खटाइएको छ ।

  • प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    असाेज २७ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चार मन्त्रीहरुलाई पदमुक्त गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाकाे सिफारिसले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरि उहाँहरूले सम्हाल्नु भएको मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री देउवाले राख्नुभएको उल्लेख गरिएको छ । साथै सहायक प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले उहाँले सम्हाल्दै आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नुभएको पनि उल्लेख गरिएको छ ।

  • खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    असाेज २७ बिहिबार, काठमाण्डाै । काठमाण्डाैको सोह्रखुट्टेमा दुई बाउन्सरलाई खुकुरी प्रहार गरि फरार रहेकाे आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले आज पत्रकार सम्मेलन मार्फत असोज २५ गते दरबारमार्ग स्थित क्लब प्लाटिनमका दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइ फरार भएकाे आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले पक्राउ गरेकाे जानकारि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाण्डाैको चाबहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन् । त्यस्तै प्रहरी टाेलीले फरार रहेकाहरुलाई काठमाण्डाैको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी गराउनु भयाे । साथै प्रहरीले पक्राउ परेका अभियुक्तहरूको साथबाट तीन थान खुकुरी, दुई थान मोटरसाइकल बरामद गरेको पनि बताउनु भयाे ।

  • राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    असाेज २३ आईतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ओटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयले आज प्रेस विज्ञप्ति जारि गरि सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको जानकारी गराएकाेछ । प्रमाणित भएका तीन विधेयकहरुमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

  • निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    असाेज १४ शुक्रबार, काठमाण्डाै । निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन सरकारले कानुन मा संसाेधन गर्न अध्यादेश जारी गर्ने तयारी गर्दैछ । विधुत ऐन, २०४९ मा विधुत व्यापारसम्बन्धी प्रावधान छैन । त्यसैले साेहि ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विधुत व्यापारसम्बन्धी प्रावधान भएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विधुत व्यापारको अनुमति दिन सकेको थिएन ।अध्यादेश राष्ट्रपति कार्यालयमा पेश गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ अध्यादेश जारी गर्न लागिएको हो । हाल दैनिक रुपमा दुई हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । सो बिजुलीमध्ये देशभित्र एक हजार सात सय मेगावाट मात्रै खपत भइरहेको छ । औसतमा तीन सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भइरहँदा पनि बाँकी रहेको दुई सय मेगावाट बिजुली खेर जाने अवस्था रहेकाेछ । देशभित्रका सबै आयोजनाबाट उत्पादित बिजुली उपयोग गर्न नसकिने भएकाले छिमेकी देशमा व्यापारका लागि निजी क्षेत्रलाई सहभागी गराउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको ऊर्जा मन्त्रालयको भनाइ छ । जलविधुत विकास नीति, २०५८ मा विधुत व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था गरिने भनिए पनि सो बमोजिम हालसम्म कानुनी व्यवस्था हुन सकेको छैन । हाल नेपाल, भारत र बङ्गलादेश सरकारको ऊर्जा सचिवस्तरीय वार्ता भई विधुतआयात निर्यात गर्ने सम्बन्धमा सहमति समेत भइसकेको छ ।

  • वाग्मतीमा प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारि

    असाेज १२ बुधबार, काठमाण्डाै । वाग्मती प्रदेशमा लागु हुने गरि प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएकाेछ । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अध्यादेश जारी गर्नुभएकाे हाे । प्रदेश प्रमुख कार्यालयले जनाए अनुसार संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको हाे । अध्यादेश जारी भएसँगै प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५ खारेज भएको छ ।

  • अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    असाेज १० साेमबार, काठमाण्डाै । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाइ अब इन्टरपोलमा आवद्ध १३५ देशले खोजी गर्ने भएकाे छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीप विरुद्ध डिफ्युजन नोटिस जारी गरेकोछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ। सन्दीप लामिछानेलाइ क्यारेबियनल लिग खेल्न नेपाल बाहिर गएकाे बेला बलात्कारको आरोप लागेकाे थियाे। उनले आइतबार राति आफ्नाे सामाजिक सन्जालबाट आफूमाथि झुटो जाहेरी परेको, सन्चाे नभएर आइसाेलेसनमा रहेकाे चाँडै नेपाल आएरका कानुनी लडाइ लड्ने बताएका थिए ।

  • राष्ट्रपतिद्वारा नयाँ दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा नयाँ दुई विधेयक प्रमाणीकरण

    असाेज ९ आइतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुइ विधेयक प्रमाणीकरण गरिएकाे छ । जसमा एउटा सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाे भने अर्काे कारागार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक रहेकाे छ। राष्ट्रपतिले संसदले पारित गरिसकेको विधेयकको हकमा कार्यकाल सकिए पनि प्रमाणीकरण गर्न सकिने नजिर प्रतिस्थापित गर्नुभएकाे छ । किनकी कतिपय संविधानविद्हरुले असोज २ गते निर्वाचनकाे लागि समानुपातिक तर्फको मनोनयन दर्ता गरि बन्दसूची बुझाएकाे दिन भएकाे जसले गर्दा प्रतिनिधि सभाको कार्यकाल असोज १ गते अन्त्य भएकाे बताएका थिए।

  • प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    भाद्र १९ आइतबार, काठमाण्डाै । प्रतिनिधिसभाको आज भएको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले उक्त प्रस्ताव प्रतिनिधि सभामा पेश गरि सर्वसम्मतिबाट स्वीकृत गरिएकाे छ । यसअघि सभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।

    प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद प्रेम सुवालले शासनमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर विधेयक ल्याउन समय छोट्याइनु गलत भएको बताउनुभयो । विरोधका सूचना राख्ने सांसदको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा अन्तर्राष्ट्रिय कानुन अनुसार कानुनलाई संशोधन गर्न आवश्यक रहेकाले विभिन्न १६ वटा कानुनलाई संशोधन गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो । 

  • ११ किलो गाँजा सहित दुई जना पक्राउ

    भाद्र १९ आइतबार, काठमाण्डाै । काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डाैका अनुसार शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बसमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले सवार गरेका यात्रुहरुलाइ चेक जाँच गर्दा दुई जनालाइ पक्राउ गरेको थियो। जसमा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट ११ किलो गाँजा साथमा फेला पारेको थियाे। प्रहरी वृत्त थानकोटले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ। थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको छ।

  • ठगी आरोपित होटल मेरियटबाट पक्राउ

    भाद्र १९ आइतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना ठगी आरोपितलाइ प्रहरीले होटल मेरियटबाट पक्राउ गरेका छन्। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाण्डाै आएका थियाे । उनलाई उपत्यका अपराध अनुसन्‍धान कार्यालयको प्रहरी टोलीले शुक्रबार राति १० बजे नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको छ । आलम माथि पाइलट बनाइदिने भन्दै एक करोड ६८ लाख ठगी गरेको आरोप छ। काठमाण्डाै जिल्ला अदालतबाट उनीसहित ११ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा दुबईबाट अरब पार्लियामेन्टका उपसभामुख र नेशनल फेडरल काउन्सिलका सदस्य शुक्रबार बिहान काठमाण्डाै आइपुगेका थिए। आरोपित रिजवान आलम उनीहरूकाे दोभाषे बनेर आएका थिए।

  • मिटरब्याजी समस्या पहिचान र नियन्त्रणकाे लागि कार्यदल गठन

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।

  • तथ्याङ्क विधेयक र शपथ सम्बन्धी विधेयक बहुमतले पारित

    श्रावण २५ बुधबार, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकले तथ्याङ्क विधेयक, २०७८ र शपथ सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ । यस्तै बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सार्वजनिक विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले पर्याप्त ध्यान नपुगेको, नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई भएको तथा महत्त्वपूर्ण विधेयकहरू संसदमा अड्किरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । श्रावण २९ गते आइतबार प्रतिनिधि सभाको अर्को बैठक बिहान ११ बजे बस्ने भएकाेछ ।  

  • कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट ; मेयर बालेन शाह

    श्रावण २४ मंगलबार, काठमाण्डाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने , सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन्।

    उनले स्टाटसमा लेखेका छन् ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’ बालेनले इन्जिनियरिङ अध्ययनबाट समयसीमा तोकिने बताएका छन्।  अन्तिममा कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिन आग्रह गरेका छन्। साथै कानुनको पालना नगरे महानगर पनि पछि नहट्ने बताए ।

  • नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका

    श्रावण २४ मंगलबार,काठमाण्डाै । संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले आशंका व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनका अनुसार राष्ट्रपतिले नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउन सक्ने छ । यति दिन भइसक्दा पनि उहाँले प्रमाणीकरण नगर्नुको अर्थ फिर्ता पठाउन लाग्नुभएको देखिन्छ । तर राष्ट्रपतिले फिर्ता पठाए पनि सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्‍याउँनेछ। त्यसो भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ । उपराष्ट्रपतिले नागरिकताविहीन संघर्ष समितिका टोलीसँगको भेटमा उक्त विधेयक फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।

    संसदको दुबै सदनबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक गत साउन १५ गतेनै सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर एक साता बिती सक्दा पनि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएकाे छैन । उक्त नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कानुन बन्नेछ।

  • भारतीय नागरिक अवैध विदेशी मुद्रा सहित पक्राउ

    श्रावण २२ आईतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरिएकाेछ । भारतीय नागरिक पटेल शनिबार फ्लाई दुबईको जहाजबाट अवैध रूपमा विदेशी मुद्राकाे लिइ दुबई जान लागेका थिए। उनीसँग तीन हजार छ सय एक अमेरिकी डलर, दुई हजार एक सय तिस पाउन्ड स्टर्लिङ, तीन हजार चार सय युरो, चार हजार चार सय पैसठी दिराम र चार हजार छ सय पचास केन्या स्टर्लिङ फेला परेको थियो। प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ।

  • राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने चारजना पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । भारतबाट राजस्व राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बर्ष ५६ काे पोष्टराज गौतम, बर्ष ५३काे सुरेश पोख्रेल, बर्ष ४४ काे दिनेश चौधरी र बर्ष ३८काे अरबिन्द अग्रवाल रहेका छन् । राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २०० केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो ।

  • चिनियाँ नागरिकलाई अपहरण गर्ने पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । काठमाडौंमा एक चिनियाँ नागरिक सहित एक नेपाली नागरिकलाई अपहरण गरिएकाे थियाे । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अपहरण गर्ने कसुरमा दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा आरूघाट गापा–७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नपा–११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर ,प्युठान नपा–८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गापा–६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनार रहेका छन्। जसमा कर्ण बहादुर र शिव पेशाले हवलदार हुन ।

    केही व्यक्तिहरूले २६ वर्षीय सूर्यबहादुर राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए, केहि काम छ र आफुहरु प्रहरी हाै भनेका थिए। उनी दोभासे हुन्। त्यस्तै चिनियाँ नागरिक याङ याङ नाम गरेका व्यक्तिलाइ पनि काम छ भनि बाेलाएका थिए। करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागेकाे थियाे । तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो। प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं–२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएकोछ । साथै प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको छ ।

  • उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।

  • चक्रवर्ती कलेजले झन्डै ५० प्रतिशत शुल्क बृद्धि बिधार्थीकाे बिराेध

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । काठमाडौंको बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखिकाे शुल्क वृद्धि गरेका छन् । यसकारण विद्यार्थीहरूले याे गलत भएकाे भन्दै विरोध गरेका छन्। कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने गरि साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार वृद्धि गरिएको शुल्क कानून सम्मत नरहेको र कानून सम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका छन् । चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको छ । पहिले कलेजले बिए एल एल बीका लागि सात लाख १६ हजार चार सय शुल्क लिएकाे थियो । तर अहिले नयाँ भर्ना २०७९ साल ब्याचमा बढाएर १० लाख ७० हजार पुर्याएको छ। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार पुर्याएको छ।

    कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर कलेज प्रमुख देवेन्द्र भण्डारीले साउन ९ मा आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको बताएकाछन्। कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर विद्यार्थीहरू माथि हातपात गर्न लगाएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेकाे विद्यार्थी माथि कलेजले हस्तक्षेप गरि श्रावण ९ मा विद्यार्थी, कलेजका सुरक्षा गार्ड तथा प्रहरीबीच झडप पनि भएको थियो। जसमा एक जनाको विद्यार्थीको हाँत र अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,र हाल अस्पताल भर्ना गरिएको छ। यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।

    चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबीका साथै शुल्क समायोजना मात्र गरेको बताएका छन्। उनका अनुसार पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ। अझ अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको स्विकारे । कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको बताए। उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ। अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ ।

  • गौतमश्री सहकारीका सन्चालक गायब

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । काठ्माण्डाैको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सन्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् ।  सहकारी एक हप्ता विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सन्चालक गायब भएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरि बसेकाे अवस्था छ । सहकारी २३ वर्षदेखि सञ्चालनमा रहेकाेछ । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् । 

  • गृह मन्त्रालय नै सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि पालना नगरेकाे

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गर्ने गृह मन्त्रालयले त्यसकाे पालना नगरेकाे पाइएकाेछ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले गृह मन्त्रालयलाई सिसिटिभी फुटेज मागेकाे थियाे । समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा निर्देशिका जारी गर्ने गृह मन्त्रालयले सिंहदरबारको सिसिटिभी फुटेज नै १६ दिनसम्म मात्रै राख्ने गरेकाे उल्लेख गरेकाे छ। समितिले छानबिनका क्रममा अर्थ मन्त्रालयबाट सान्दर्भिक फुटेज प्राप्त नभएपछि २०७९ साउन ८ मा गृह मन्त्रालयबाट सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सिसिटिभीको फुटेज मागेको थियो। गृहले जवाफमा १६ दिनसम्म मात्र फुटेजको अभिलेख रहने र त्यसपछि क्रमशः आफैं डिलिट हुने बताएको थियो।

    सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ले सिसिटिभी जडान गर्ने हरेक निकाय तथा व्यक्तिले कम्तीमा ३ महिनासम्म सिसिटिभीको अभिलेख राख्नुपर्ने र कुनै सरकारी निकायले अनुसन्धानको सिलसिलामा माग गरेमा तुरून्त उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले भने यो व्यवस्थाबारे आफूलाई जानकारी नै नभएको बताएका छन्। सरकारी सार्वजनिक निकायले सिसिटिभी जडान तथा सञ्चालन गरेमा सो को लिखित जानकारी १५ दिन भित्र नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ मा उल्लेख छ ।

  • विधुतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न चारजना पक्राउ

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । काठमाडौं महानगरपालिकाे ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि सहित चारजना छन्, अरु तिन जना व्यक्तिहरुकाे जानकारी भने आउनु बाँकि नै छ ।

    प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग गरिएको ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ मूल्यबराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

  • राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित, राष्ट्रपतिद्वारा प्रमाणीकरण गर्न बाँकी

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव गरेका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।

    नागरिकता विधेयक पारित भएपछि अब यि कुराहरु लागुहुने भएका छन् । १‍.जन्मसिद्धताकाे आधारमा व्यक्तिले नागरिकता पाउने छन्। २. आमाको नामबाट नागरिकता पाइने छ । तर यसरी नागरिकता पाउन नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने छ। ३. गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्। ४. नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएकाे छन्। ५. लैंगिक पहिचान व्यक्ति आफैले रोजेर राख्न पाउने गरि संशोधन गरिएकाे छ। ६. नागरिकता दिँदा अब सरकारले बावु र आमा दुबैको विवरण अभिलेखमा राख्ने भएको छ। ७. विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। ८. नेपालमा फेला परेकाे मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। ९. कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ।

  • रिसकाे झाेकमा श्रीमतीको हत्या

    श्रावण १२ बिहिबार, बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीले रिसकाे झाेकमाा आफ्नाे श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेकाे आराेपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे छ । सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो । मृतक सावित्री आफ्नाे पति र छाेराकाे साथमा बस्दै आएकाे थियाे । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मृतक सावित्रीको शरीरकाे विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएकाे थियाे । अनुसन्धानकाे क्रममा यमबहादुरले पैसा चोरी गरेको आरोपमा श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइ र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन् । क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने बताएका छन् ।

  • नागरिकता विधेयकमा रहेका विभेद र विवाद

    श्रावण १० मंगलबार, काठमाण्डाै । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि यसमा विभिन्न विभेद र विवादहरु देखापरेका छन् । यसले मुलुकको स्वाभिमानमा आँच आउने र मुलुकको भविष्यमा नै खतरा पर्ने धेरैले तर्क गरिरहेका छन् । विधेयकले‍ नेपाली महिला र पुरुष बिच विभेद गरेकाे प्रष्टै देखिन्छ , किनकी नेपाली पुरूषले विदेशी महिला बिहे गरेर ल्याउने बित्तिकै उनकाे श्रीमतीले नेपाली नागरिकता सजिलै पाउँछिन् । तर नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरिन् भने ती पुरूष नेपालमै बसे पनि उनले आजीवन नागरिकता पाउँदैनन् । साथै विदेशी महिला बिहे गरेर ल्याउने नेपाली पुरूषका सन्तानले वंशजको नागरिकता पाउँछन्। ती विदेशी महिलाले नेपालको नागरिकता लिन मानिनन् भने पनि उनीहरूबाट जन्मिएका सन्तानले वंशजकै नागरिकता पाउँछन् । तर नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरिन् र उनीहरू दुवै नेपालमै बस्छन् भने पनि नेपाली महिलाका सन्तानले वंशजको नागरिकता पाउँदैनन्, अंगीकृत नागरिकता पाउँछन् ।

    जसले गर्दा याहा वंशज नागरिकता धारी सन्तानहरूले भोलि आफ्नो क्षमताअनुसार मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुख बन्न पाउँछन् । तर अंगीकृत नागरिकता धारी सन्तानहरुले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुखजस्ता प्रमुख सार्वजनिक पदमा नियुक्ति पाउदैनन् । यसलनै महिला पुरुष विच समानता नरहेकाे प्रष्टै देखिन्छ । साथै नेपाली पुरूषले आफ्नो सन्तानलाई नागरिकता सजिलै दिलाउन सक्छ याहा बच्चाकाे आमाकाे प्रश्न साेधिदैन । तर नेपाली महिलाले आफुले जन्माएकाे सन्तानलाइ नागरिकता दिलाउन बच्चाकाे बाबु काे हाे त्यसकाे जवाफ सवुत सहित पेश गर्नुपर्छ । जबकी देशकाे संविधानमा नै महिला र पुरुषलाई लिङ्गकाे आधारमा विभेद नगर्ने भनि सबैलाई समानताकाे साथ बाच्नु पाउने माैलिक हक प्रदान गरेकाे छ । तर आफ्नाे सन्तानलाइ नागरिकता दिलाउने कुरामा समानताकाे हक काे विपरित रहेर नागरिकता एन आउनु कति सहि हाे ,याे कसरि, किन कानून विपरित वनाइएकाे हाे विवादकाे विषय रहेकाे छ । यस्तै संसदमा फास्ट ट्रयाकबाट नागरिकता जस्तो कानुन पास गर्नु कतिकाे जायज हो, यस विषयमा त जति धेरै छलफल भए, जति धेरै तर्कहरू आए उती बेश हुन्छ, जसले गर्दा कानून संवत् रुपमा सार्वजनिक भ्रमहरू हताइ विभेद विना नै ल्याइनु पर्दछ ।

  • तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जनाउपर भ्रष्टाचार गरेको आरोप

    भाद्र १० शुक्रबार, काठमाण्डाै । शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएकाे छ । तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लिएर प्रायाेग गरी ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाे थियाे ।

    त्यस सम्बन्धमा अनुसन्धान हुँदा शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत गरि कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा उपभोक्ता समितिका पदाधिकारीहरुले गैरकानुनी लाभ लिने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेल समेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई पेश गरेकाे र भुक्तानी लिइकाे प्रमाणित भएकोले आरोपितहरु विरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।