Category: आर्थिक

  • नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि

    नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि

    मंसिर ११ बिहिबार, काठमाण्डाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि भएकाे छ। नेप्से परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ।

    आज ३३३ कम्पनीको एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर खरिद बिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज १३१ कम्पनीको मूल्य बढ्दा १२१ को खटेको छ भने छ कम्पनी स्थिर छन् । सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।

    आज व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रो फाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् । साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैङ्क शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।

  • नेपाल राष्ट्र बैङ्कले रु तीन अर्ब ७६ करोड लगानी गर्ने

    नेपाल राष्ट्र बैङ्कले रु तीन अर्ब ७६ करोड लगानी गर्ने

    मंसिर ६ शनिबार, काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

    राष्ट्र बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।

    उक्त रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । क वर्गको वाणिज्य बैङ्कमा रु तीन अर्ब ८० लाख, ख वर्गका विकास बैङ्कमा रु ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख बराबर लगानी हुने सूचनामा जनाइएकाे छ ।

  • नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बृद्धि

    नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बृद्धि

    मंसिर २ म‌ंगलबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७० अङ्कले बढेकाे छ । यसरी नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई हजार ५६६ दशमलव ०७ बिन्दु कायम भएको छ ।

    आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैङ्क लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ । 

  • नेपाल राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

    कार्तिक २५ म‌ंगलबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएकाे छ । राष्ट्र बैंकले एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम लगानी गर्ने एक सूचना मार्फत जनाएको हो ।

    उक्त सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु ५५ करोड ५० लाख, राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख गरिएकाे छ ।

    साथै बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ ।

    जसमा बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगात सर्त पूरा गरेको हुनुपर्ने जनाइएकाेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर सहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ ।

  • नेपालमा पर्यटककाे आकर्षण बढ्दै

    नेपालमा पर्यटककाे आकर्षण बढ्दै

    कार्तिक १७ साेमबार, काठमाण्डाै । नेपालमा पर्यटककाे आकर्षण बढ्दै गएकाे छ। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यूरोपबाट ४० हजार ५००, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, अमेरिका १६ हजार ४०७,ओसियाना छ हजार ८१४, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

    बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा मात्रै भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका छन ।

  • ३३ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

    ३३ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

    आश्विन ४ शनिबार, काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृति सम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यम स्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।

    विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।

    साथै उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा रु १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार, सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    विभागले जनाए अनुसार पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको छ ।

    यसरी उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको लगानी स्वीकृत गरिसकेको जनाइएकाे छ ।

  • बिजनेस रिकभरी प्लान मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी-अर्थमन्त्री खनाल

    बिजनेस रिकभरी प्लान मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी-अर्थमन्त्री खनाल

    आश्विन २ बिहिबार, काठमाण्डाै । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ ‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको भयाे । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँग भएको आजकाे भेटमा उहाँले पुनरुउत्थान योजना (रिकभरी प्लान) मा सरकारको मात्र नभएर सबैको संलग्नतामा तयार भएको बताउनुभयाे ।

    उहाँका अनुसार यस योजनामा एउटा कोष स्थापना गरिने छ । साे कोषले ज्यान गुमाएका परिवारलाई गर्नुपर्ने थप सहयोग गर्ने, सार्वजनिक संरचनाको पुनःनिर्माणमा खर्च गर्ने र निजी क्षेत्रको ध्वस्त भएका संरचनामा आवश्यक सहायता दिने काम हुने बताउनु भयाे ।

    उहाँले निजी क्षेत्रलाई कोषबाट भन्दा पनि संरचना निर्माण गर्न आवश्यक सामान आयात गर्दा लाग्ने भन्सारमा छुट दिने लगायत काम गरेर सहायता गरिने बताउनुभयाे।

    मन्त्री खनालले उद्योगी व्यवसायी र उनीहरूको आफ्नो प्रतिष्ठानमा, व्यवसायमा क्षति पुगेको र त्यसलाई कुनै न कुनै तरिकाबाट सहुलियत दिएर फेरि उठ्ने वातावरण बनाइने प्रतिबद्धता पनि जनाउनुभयो ।

    अर्थमन्त्री खनालले तत्काल सरकारको प्राथमिकता आम नागरिकमा आत्मविश्वास जगाउने र घाइते परिवारलाई उपचार अनि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको बताउनुभयाे ।

    उहाँले आन्दोलनबाट भएको भौतिक क्षतिको आँकडा सङ्कलन गर्नका लागि सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जेएनका प्रतिनिधि र अन्य निकायबीच टोली बनाएर काम थालिएको बताउनुभयो । अव सार्वजनिक निकाय र संरचनाको पुनर्निर्माण गर्न बजेटबाट रकम निकाल्नुपर्ने र पुगेन भने ‘क्राउड फन्डिङ’मार्फत जम्मा गरेर निर्माण गरिने बताउनुभयाे ।

  • मनसुनले धान रोपाइँ प्रभावित

    मनसुनले धान रोपाइँ प्रभावित

    भाद्र २ साेमबार, काठमाण्डाै ।मनसुन ढिला सक्रिय हुँदा धान रोपाइँ प्रभावित भएकाे छ । कृषि विभागका अनुसार देशभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष याे अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो ।

    विभागका महानिर्देशक प्रकाश सन्जेलका अनुसार यसपालि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । भने मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको बताउनुभयाे ।

    साथै कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाए अनुसार देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।जबकी मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको छ ।

  • समय तालिका बनाएर बजेट कार्यान्वयन गर्नु-अर्थमन्त्री पौडेल

    समय तालिका बनाएर बजेट कार्यान्वयन गर्नु-अर्थमन्त्री पौडेल

    श्रावण २२ बिहिबार, काठमाण्डाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यान्वयनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभएकाे छ । साथै विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो। बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो ।

  • नेप्से  झिनो अङ्कले घट्यो , १९ अर्बभन्दा बढीको कारोबार

    नेप्से झिनो अङ्कले घट्यो , १९ अर्बभन्दा बढीको कारोबार

    श्रावण १२ साेमबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात् दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।

    आज विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ ।

    त्यसतै आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९, सान्भी इनर्जी लिमिटेडको नौ दशमलव ९२, ट्रेड टावर लिमिटेडको नौ दशमलव ५३ प्रतिशतले बढेको छ ।

    भने बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ४९, लक्ष्मी उन्नति कोषको सात दशमलव ५२ र ग्रिन भेञ्चर लिमिटेडको पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।

  • निर्यातमा इतिहासकै उच्च विन्दु हासिल- प्रधानमन्त्री ओली

    निर्यातमा इतिहासकै उच्च विन्दु हासिल- प्रधानमन्त्री ओली

    श्रावण ८ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभयाे ।

    उनले आफ्नाे सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको हाे ।

    उहाँले सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको बताउनुभयाे । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको पनि जानकारी गराउनुभयाे ।

  • नेपाल स्टक एक्सचेञ्ज परिसूचक २१ अङ्कले बढ्यो

    नेपाल स्टक एक्सचेञ्ज परिसूचक २१ अङ्कले बढ्यो

    श्रावण ५ साेमबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात् शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ । 

    आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ४२, लघुवित्त एक दशमलव ९३, निर्जीवन बीमा एक दशमलव २७ र अन्य समूह एक दशमलव ८४ प्रतिशतले बढेको छ ।

    त्यस्तै बैङ्किङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको छ ।

  • कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हाे – मन्त्री रामनाथ अधिकारी

    कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हाे – मन्त्री रामनाथ अधिकारी

    श्रावण ५ साेमबार, काठमाण्डाै । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेकाे बताउनुभयाे । साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन ,उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

    मन्त्री अधिकारीले ‍‍‍कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको र कृषिमा आत्मनिर्भर हुने गरी मन्त्रालयले विभिन्न कामहरु गरिरहेको बताउनुभएको छ । उहाँले धानमा आत्मनिर्भर बन्न लागेको बेला मधेस प्रदेशमा खडेरीका कारण आएको समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गर्न कर्मचारीको टोली खटाएको जानकारी दिनुभयो ।

    उहाँले विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको जानकारी गराउनुभयो । यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीको भनाइ छ ।

    विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको जानकारी दिनुभयाे ।

    साथै बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।

  • काठमाण्डौ महानगरपालिकाे बजेट पारित

    काठमाण्डौ महानगरपालिकाे बजेट पारित

    असार ३२ बुधबार, काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित गरेकाे छ ।

    कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले ल्याउनुपर्ने समयसीमाभन्दा ढिला गरी कामपाले रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

    पारित बजेटमा सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रु ५१ प्रतिशत , सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासको लागि ३ प्रतिशत बजेट ल्याइएको छ ।

  • नेप्से परिसूचक ८‍.६२ अङ्कले घट्याे

    नेप्से परिसूचक ८‍.६२ अङ्कले घट्याे

    चैत ३१ आईतबार,काठमाण्डाै। साताकाे पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा पुगेको छ ।

    विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ ।

    साथै बैङ्किङ शून्य दशमलव २१, विकास बैङ्क शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

  • नेपाल र भारतका भन्सार अधिकारीहरूबीच वार्ता

    नेपाल र भारतका भन्सार अधिकारीहरूबीच वार्ता

    चैत २९ शुक्रबार,काठमाण्डाै। नेपाल र भारतका भन्सार अधिकारीहरूबीच वार्ता सम्पन्न भएको छ । दुई देश बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउन र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रण गर्न भन्सार अधिकारीहरूबीच काठमाण्डौमा चैत २८ र २९ गते भेटवार्ता कार्यक्रम सन्चालन गरिएकाे थियाे ।

    भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार दुवै देशले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएकाे बताउनु भयाे ।

    उहाँका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने कुरामा भारत सहमत रहेकाे बताउनुभयाे ।

    साथै उहाँले वार्तामा दुबै पक्षले आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवर्धन गर्ने विषयमा सहमत भएकाे जानकारी दिनुभयाे । वार्तामा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक महेश भट्टराई र भारतका तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तव रहेकाे थियो ।

  • मन्त्री डा राणा र महासचिव पाण्डेबीच भेटवार्ता

    मन्त्री डा राणा र महासचिव पाण्डेबीच भेटवार्ता

    चैत २० बुधबार,काठमाण्डाै। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे बिच शिष्टाचार भेटवार्ता भएको छ । थाइल्याण्डको राजधानी बैंककमा छैठौँ बिमस्टेक समिटका लागि मन्त्री डा राणा र महासचिव पाण्डेबीच भेटवार्ता भएको हो ।

    उक्त भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिका रहेको नेपाल बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

    मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको बताउनुभयाे।

    साथै उहाँले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा सङ्कट, गरिबी, मानवको अवैध ओसारपसार, आतङ्कवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाे र तिनको समाधानमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने पनि बताउनुभयाे।

  • नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य

    नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य

    फाल्गुण २९ बिहिबार, काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनाेनीत हुनुभएकाे छ। आचार्यलाई बुधबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काेषाध्यक्षमा मनाेनीत गरेका हुन्।

    उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति र स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । उनी एक दशकभन्दा बढी समयदेखि महासंघमा नै आबद्ध रहदै आएका छन् ।

    यस अघि महासंघको कोषाध्यक्ष नीरक केसी हुनुहुन्थ्याे ।

  • नेप्से ३२.२१ अङ्कले घट्याे

    नेप्से ३२.२१ अङ्कले घट्याे

    फाल्गुण २७ मंगलबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.२१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो ।

    नेप्से आज एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।

    आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।

    त्यस्तै कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ । साथै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैङ्क लिमिटेडको नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ।

  • काठमाण्डौ-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुग्याे

    काठमाण्डौ-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुग्याे

    फाल्गुण ११ आईतबार, काठमाण्डाै । काठमाण्डाै-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेकोछ ।

    नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कुल ७०.९७७ किमी दूरीको उक्त आयोजना अन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेकाे आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिनुभयाे।

    उहाँका अनुसार अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्व तयारीका कार्य भइरहेको विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको पनि बताउनुभयो ।

    साथै आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद पनि टुङ्गि नसकेको बताउनुभयाे । उनले राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने पनि बताउनु भयो।

    प्रमुख शाहका अनुसार नेपाली सेनाको व्यवस्थापनमा अघि बढाइएको राष्ट्रिय गौरवका आयोजनामध्ये याे पनि एक सर्वाधिक महत्व बोकेको आयाेजना हाे। त्यसैले नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा यसलाई सम्पन्न गर्ने लक्ष्य लिएको पनि बताउनुभयो ।

  • १८.१४ अङ्कले घट्यो नेप्से परिसूचक

    १८.१४ अङ्कले घट्यो नेप्से परिसूचक

    पाैष २५ बिहिबार, काठमाण्डाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.१४ अङ्कले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ। आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ, भने एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात कम्पनीको शेयर मूल्य स्थिर रहेकाे छ ।

    त्यस्तै तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर , ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । 

  • बुधबारकाे विदेशी मुद्राको निर्धारण विनिमय दर

    बुधबारकाे विदेशी मुद्राको निर्धारण विनिमय दर

    पाैष १० बुधबार, काठमाण्डाै। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । साथै युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । त्यस्तै स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।

    केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

    थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा पनि रहेको छ ।

  • १५ दिनभित्र बक्यौता बुझाउनु नत्र प्रक्रियाअनुसार प्राधिकरण अघि बढ्ने – कार्यकारी निर्देशक घिसिङ

    १५ दिनभित्र बक्यौता बुझाउनु नत्र प्रक्रियाअनुसार प्राधिकरण अघि बढ्ने – कार्यकारी निर्देशक घिसिङ

    कार्तिक २८ बुधबार, काठमाण्डाै। विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन अनुसार वक्यौता बुझाउनु नत्र प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्ने बताउनुभयाे ।

    प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुले वक्यौता नतिरे उद्योगहरूको लाइन पुन काटिदिने बताएका छन् ।

    निर्देशक घिसिङका अनुसार प्राधिकरणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरूले त्यसको सदुपयोग नगरेको जानकारी दिनुभयाे । प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिनुभयो ।

  • दुई ब्रोकर एसोसिएसन मर्ज

    दुई ब्रोकर एसोसिएसन मर्ज

    कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल स्टक ब्रोकर एसोसिएसन र  धितोपत्र ब्रोकर एसोसिएसन नेपाल एक आपसमा मर्ज भएका छन। आज आयोजित एक कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएकाे थियो ।

    धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालका अनुसार दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालनमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्ने बताउनुभयो ।

    त्यस्तै स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजी बजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

  • सहकारी ऐनमा स्वनियमनले परिणाम नदिँदा सहकारीमा विकराल अवस्था – अर्थमन्त्री पौडेल

    सहकारी ऐनमा स्वनियमनले परिणाम नदिँदा सहकारीमा विकराल अवस्था – अर्थमन्त्री पौडेल

    भाद्र २३ आइतबार, काठमाण्डाै। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सहकारी ऐनमा स्वनियमनले परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको बताउनुभयाे । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिकाे छलफल क्रममा अर्थमन्त्री पौडेलले सहकारीको ऋण तिर्दिन भनेर अभियान चलाउनेमाथि सरकारले छुट नदिने बताउनुभयो ।

    अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख मिश्रित रहेको भन्नुहुँदै सार्वजनिक, निजी र सहकारीलाई संविधानमा व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय केही सहकारीले अपारदर्शी रुपमा रकम अपचलन र दुरुपयोग गर्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

    समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले सहकारीको हिसाबले भन्दा पनि निजी क्षेत्रका हिसाबले चल्न खोज्दा समस्या भएको बताएको जानकारी दिनुभयो ।

    त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमन निकाय बनाएर प्रभावकारी रुपमा हेर्नुपर्ने बताउनुभयो ।

  • राजस्व चुहावट नियन्त्रण गर्न निरीक्षण टोली गठन

    राजस्व चुहावट नियन्त्रण गर्न निरीक्षण टोली गठन

    भाद्र १६ आइतबार, काठमाण्डाै। अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने बताउनुभयाे ।

    दुइ मध्ये पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख रहेकाे छ।

  • नेप्से परिसूचक ३६.८३ अङ्कले घट्याे

    नेप्से परिसूचक ३६.८३ अङ्कले घट्याे

    भाद्र १३ बिहिबार, काठमाण्डाै। शेयर कारोबार मापक नेप्से परिसूचक आज ३६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.८३ अङ्कले ओरालो लागेर २७४९.५७ मा ओर्लेको हाे ।

    कूल १३ उपसमूह कारोबार भएकाेमा आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएकाे छ भने एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ । कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ ।

    नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैङ्क ७.८९ र पिपल्स हाइड्रोपावर ७.६२ प्रतिशतले वृद्धि भएकाे छ।

    यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर ५.०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन् ।

  • दुग्ध र उखु किसानलाइ दशै अघि भुक्तानी दिइने-मन्त्री अधिकारी

    दुग्ध र उखु किसानलाइ दशै अघि भुक्तानी दिइने-मन्त्री अधिकारी

    भाद्र ९ आइतबार, काठमाण्डाै। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध र उखु किसानलाइ दशैँअघि नै भुक्तानी दिइने बताउनु भयाे । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले दुग्ध र उखु कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेकाे जानकारी दिनुभयाे ।

    उहाँले बजारको अभावमा किसानलाइ परेकाे समस्या अन्त्य गरिने पनि प्रतिबद्धता जनाउनुभयो । अब सरकारले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताउनुभयाे ।

    उहाँले व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने र वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने बताउनुभयाे । साथै दुग्ध विकास संस्थानको पुनः संरचना गर्न , उखु किसानलाई भुक्तानी गर्न र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको पनि जानकारी दिनुभयाे ।

  • टिकटकमा रहेकाे प्रतिबन्ध हताइने

    टिकटकमा रहेकाे प्रतिबन्ध हताइने

    भाद्र ६ बिहिबार, काठमाण्डाै। नेपाल सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ मा रहेकाे प्रतिबन्ध हताइने निर्णय गरेकाे छ । मन्त्रिपरिषदको आज बसेको बैठकले टिकटकमा रहेकाे प्रतिबन्ध हताइने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

    टिकटकको प्रयोग गरेर विकृति बढेको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।

    टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो ।

  • ऋण अनुदानमा परिणत गर्न चिनलाई आग्रह

    ऋण अनुदानमा परिणत गर्न चिनलाई आग्रह

    भाद्र ६ बिहिबार, काठमाण्डाै। नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिएको ऋण अनुदानमा परिणत गर्न चिनलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै लेखिएकाे पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको थियाे ।

    उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैङ्कबाट करिब हालको विनिमय दरअनुसार रु २५ अर्ब ८८ करोड ऋण सम्झौता गरेको थियो । विसं २०७२ चैत ८ गते ऋण सम्झौता भई २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९ पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।

    कार्यक्रममा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत अन्य विशिष्ट व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।

  • भारतलाई थप दुई सय ५१ मेगावाट विधुत निर्यात गर्ने

    भारतलाई थप दुई सय ५१ मेगावाट विधुत निर्यात गर्ने

    भाद्र ३ साेमबार, काठमाण्डाै। नेपालले द्विपक्षीय सम्झौता गरी भारतकाे विहार र हरियाणामा थप दुई सय ५१ मेगावाट विधुत निर्यात गर्ने भएको छ । विधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय विधुत प्राधिकरणले हरियाणामा थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारमा एक सय २५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विधुत प्राधिकरणलाई स्वीकृति दिएको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतीय पक्षबाट स्वीकृति पाएसँगै छिट्टै विहार र हरियाणामा थप विधुत निर्यात सुरु गरिने जानकारी दिनुभयो । उहाले स्वीकृत परिमाणको १० प्रतिशत थप विधुत निर्यात गर्न सक्ने क्षमता रहेकाे, थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको बताउनुभयाे ।

    भारतलाई बिक्री गरिने विधुतकाे बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विधुत भारततर्फ निर्यात गर्दै आएको छ । चालु आवमा रु २५ अर्ब बराबरको विधुत निर्यात गर्ने लक्ष्य राखिएको पनि जनाएको छ ।

  • नेप्सेमा नयाँ कीर्तिमान झण्डै ३० अर्बको कारोबार

    नेप्सेमा नयाँ कीर्तिमान झण्डै ३० अर्बको कारोबार

    श्रावण ३१ बिहिबार, काठमाण्डाै । साताको अन्तिम दिन नेप्से कारोबारमा रेकर्ड ब्रेक भइ झण्डै ३० अर्बको कारोबार गरि नयाँ कीर्तिमान कायम गरेकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको हाे ।

    नेप्सेका अनुसार कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ ।

    साथै बैङ्किङ, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर, रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो ।

  • पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

    पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

    श्रावण ३१ बिहिबार, काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य शुक्रबार बिहानकाे १ बजेदेखि लागू हुनेछ ।

    अब काठमाण्डाै उपत्यका , पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

    त्यस्तै चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ दरले कारोबार गर्न पाइनेछ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

  • विश्व बैंकद्वारा बजेटरी सहायतामा वृद्धि

    विश्व बैंकद्वारा बजेटरी सहायतामा वृद्धि

    श्रावण ३१ बिहिबार, काठमाण्डाै । विश्व बैंकद्वारा नेपाललाई प्रदान गर्दै आएकाे बजेटरी सहायता वृद्धि गर्ने भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने बारे जानकारी दिनुभएको हो ।

    उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि पनि सुझाव दिनु भएको छ । गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई दुई सय पाँच मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।

    अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठनले थप लगानीका लागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

  • डेडिकेटेड र ट्रंक लाइन विधुतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएकाे- कुलमान घिसिङ

    डेडिकेटेड र ट्रंक लाइन विधुतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएकाे- कुलमान घिसिङ

    श्रावण २५ शुक्रबार, काठमाण्डाै । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विधुतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको बताउनुभयाे । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको निर्देशक घिसिङले तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै बताउनु भएकाे हाे।

    कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको बताउनुभयाे । उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विधुत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताउनुभयाे ।

    उनका अनुसार तीन वर्षअघि विधुतीकरणको अवस्था करिब ५८ प्रतिशत रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको छ। हाल ५९ लाख ३५ हजार ग्राहक रहेको र प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विधुतीकरणको कार्य अगाडि बढाइ सकेको , अब देश छिट्टै पूर्णरुपमा विधुतीकरण घोषणा गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयाे ।

  • “विदेशमा बस्नेहरूले रिल मार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”- पूर्वमन्त्री डा महत

    “विदेशमा बस्नेहरूले रिल मार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”- पूर्वमन्त्री डा महत

    श्रावण २१ साेमबार, काठमाण्डाै । पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले आयोजित एक कार्यक्रम विदेशमा बस्नेहरूले रिल मार्फत देखाए जस्तो जिवन सजिलो नरहेकाे तर गरे नेपालमै ठूलो सम्भावना रहेकाे बताउनुभएकाे छ । अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित कार्यक्रममा पूर्वमन्त्री डा महतले गर्नु सके नेपालमा ‍ठुलाे सम्भावना रहेकाे भन्दै ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको थियाे । उहाले यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा ”मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव” का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कँडेल तेस्रो भएकाे थियाे । प्रमुख अतिथि डा महतले विजयीहरुलाइ ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएकाे थियो ।

    अक्ष ज्योतिले अभियान अन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वक्तृत्व कला प्रतियोगिता, उद्यमशीलता सम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र लेक्चर सिरिज आयोजना गर्ने जानकारी दिनुभएकाे थियाे ।

  • विधुत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

    विधुत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

    श्रावण २० आईतबार, काठमाण्डाै । नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त हुनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले मन्त्रिस्तरीय निर्णय गर्दै नेपाल विधुत प्राधिकरणका सञ्चालक द्वयमा गुरुङ र कार्कीलाई नियुक्ति दिनुभएकाे हाे।

    उहाँहरूलाई नेपाल विधुत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विधुत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विधुत उपभोक्ता मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

    उर्जामन्त्रीको साउन १८ गतेको निर्णय अनुसार देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो । नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरुङ विधुत विकास विभागका पूर्वमहानिर्देशक हुनुहुन्थ्याे ।

  • उद्यमशीलताको विकास आजकाे आवश्यक्ता

    उद्यमशीलताको विकास आजकाे आवश्यक्ता

    श्रावण १८ शुक्रबार, काठमाण्डाै । आइडिया स्टुडियो नेपाल तथा प्रभु बैंकले उद्यमशीलताको विकास आजकाे आवश्यक्ता रहेकाे महसुस गरि तीन वटा शैक्षिक संस्थासँग रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आइडिया स्टुडियो नेपाल र प्रभु बैंकले संयुक्त रुपमा गण्डकी प्रदेशका धौलागिरि बहुमुखी क्याम्पस, म्याग्दी बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पससँग रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको हाे ।

    आइडिया स्टुडियो नेपालकी व्यापार प्रवर्धन अधिकृत प्रज्ञा घिमिरेका अनुसार उक्त समझदारी पत्रमा प्रभु बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गर्नुभएको छ भने धौलागिरि बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह प्राध्यापक विरन्जी गौतमले हस्ताक्षर गर्नुभयो ।

    कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार आइडिया स्टुडियो नेपालसँग सहकार्य गर्दै आफूहरूले विद्यार्थीमा उद्यमशीलता प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र अबको सहकार्यले त्यस क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले आफ्नो संस्थाले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यवहारिक बनाउन शिक्षक तथा प्राध्यापकहरूलाई तालिम र अनुसन्धानका कार्यक्रमहरूमा सहयोग र प्रोत्साहन गर्दै आएको बताउनुभयो ।

    त्यस अवसरमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएका तीनवटै क्याम्पसका क्याम्पस प्रमुखहरुले हालको समयमा युवाहरू बिदेसिने क्रम बढिरहेका बेला शैक्षिक संघ संस्थाहरूले देश भित्रै अवसर देखाउन जरुरी रहेको उल्लेख गर्दै यस सहकार्यले त्यस क्षेत्रमा केही मात्रामा भएपनि लाभ पुग्ने विश्वास जनाउनुभयो ।

    यस सहकार्यले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मक वातावरण बनाउन मद्दत पुग्नु सँगै नवोदित उद्यमीहरूलाई सशक्तिकरण हुने विश्वास पनि लिइएको छ ।

  • २८०० विन्दु छोएर फर्कियो नेप्से, कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्याे

    २८०० विन्दु छोएर फर्कियो नेप्से, कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्याे

    श्रावण १७ बिहीबार, काठमाण्डाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०० विन्दु छोएर फर्किएको छ। यस दिन कारोबार अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो। तर दिनकाे अन्त सम्ममा नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झरेको छ।

    त्यस्तै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ पटकको कारोबारमा २ लाख २९ हजार पटकको कारोबारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुमो मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ।

  • नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

    नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

    श्रावण १७ बिहीबार, काठमाण्डाै । नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत २०८०/८१ आवमा आयात भएको खाद्यान्न (चामल, मकै, गहुँ र धान ) अघिल्लो आव २०७९/०८०का तुलनामा करिब ५० करोडले बढी मूल्यको रहेकाे छ ।

    भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार गत आवमा चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजारको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको र यसबाट ४७ करोड २७ लाख २२ हजार राजस्व सङ्कलन भएको बताउनुभयाे । साथै अघिल्लो आव २०७९/०८० मा चार अर्ब ७३ करोड ६० लाख ११ हजारको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९/८०माभन्दा आव २०८०/८१ मा चामल आयातमा मूल्यमा कमी आए पनि परिमाणमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजारको धान आयात भएको छ । आव २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

    यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजारको मकै भारतबाट आयात भएको छ भने आव २०७९/८० मा दुई अर्ब ९ करोड ९९ लाख ९५ हजारको मकै आयात भएको थियो । त्यस्तै गत आवमा ८४ करोड ९१ लख ९३ हजारको गहुँ आयात भएको छ भने आव २०७९/८० मा ११ करोड ४१ लख ८८ हजारको मात्रै गहुँ आयात भएको थियो ।