Category: अन्तराष्ट्रिय

  • चिनद्वारा नेपाललाई रु नौ अर्ब अनुदान सहयोग गर्ने घाेषणा

    चिनद्वारा नेपाललाई रु नौ अर्ब अनुदान सहयोग गर्ने घाेषणा

    मंसिर १८ मंगलबार, काठमाण्डाै। चीन सरकारद्वारा नेपाललाई पाँच सय मिलियन आरएमबी करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गर्नुभएको हो ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो ।

    सहसचिव ढकालका अनुसार राष्ट्रपति सीले नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएकोले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो । साथै नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे बताउनुभयाे ।

  • अमेरिका ३० स्वर्ण सहित पेरिस ओलम्पिक शीर्ष स्थानमा

    अमेरिका ३० स्वर्ण सहित पेरिस ओलम्पिक शीर्ष स्थानमा

    श्रावण २५ शुक्रबार, काठमाण्डाै । पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण सहित शीर्ष स्थानमा रहेकाे छ । बिहीबारसम्मको विभिन्न प्रतिस्पर्धापछि खेलमा अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्य सहित सबैभन्दा बढी १०३ पदक सहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको हाे ।

    चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा रहेकाे चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक जितेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदक सहित कुल ४५ पदक जित्दै अहिले सम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

    त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौँ स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।  

    पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

    आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।

  • ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा

    ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा

    मसिंर २० मंगलबार, काठमाण्डाै । कतारमा जारि विश्वकप फुटबल २०२२ मा ब्राजिल दक्षिण कोरियालाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रि-क्वाटर फाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलकाे अन्तरले पराजित गरेको थियाे । खेलको ७औँ मिनेटमा ब्राजिलका लागि भिनी जुनियरले पहिलाे गोल गरेकाे थियाे । त्यसपछि खेलको १३औँ मिनेटमा नेयमारले पेनाल्टी मार्फत गोल गरेकाे थियाे । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेकाे थियाे र ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लिएकाे थियाे । खेलको ७६औँ मिनेटमा दक्षिण कोरियाका लागि पाइक सेउङले एक गाेल गरे । अब क्वाटर फाइनलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ ।

  • फ्रान्सद्वारा डेनमार्क पराजित

    फ्रान्सद्वारा डेनमार्क पराजित

    मसिंर ११ आईतबार, काठमाण्डाै । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा फ्रान्सद्वारा डेनमार्क पराजित भएको छ । कतारकाे दोहा स्थित ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ काे गोल अन्तरले पराजित गरेको थियाे । फ्रान्स जीतसँगै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

    फ्रान्सका खेलाडी किलियन एमबाप्पेले फ्रान्सकाे लागि दुई गोल गरेका थिए । खेलको पहिलाे हाफ सम्म कुनै पनि गाेल हुन सकेन । खेलकाे दोस्रो हाफको ६१औं मिनेटमा फ्रान्सका एमबाप्पेले पहिलाे गोल गर्दै सुरुआती अग्रता दिलाएकाे थियाे । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ भने यसै समूहमा रहेका अष्ट्रेलिया ३ तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक रहेकाेछ ।

  • रिचार्लिसनकाे उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी

    रिचार्लिसनकाे उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी

    मसिंर ९ शुक्रबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जी मा रहेको ब्राजिलका रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी अभियान सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलकाे अन्तरले पराजित गर्यो । रिचार्लिसनले ब्राजिलका लागि दुवै गोल गरेका थिए ।  

    पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेन । दोस्रो हाफमा खेलको ६३औँ मिनेटमा र ७३औँ मिनेटमा ब्राजिलका रिचार्लिसनले एक/एक गोल गर्दै ब्राजिललाई जित दिलाए । समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ । 

  • साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

    साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

    मसिंर ६ मंगलबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा भएको उक्त खेलमा विश्वकप उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएकाे थियाे । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएकाे थियाे । खेल पहिलो हाफमा १–०मा टुंगिएकाे थियाे ।

    खेलकाे दोस्रो हाफमा साउदीले अर्जेन्टिना बिरुद्ध दुई गोल गरेकाे थियाे । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । खेलको ४९औँ मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ५४औँ मिनेटमा साउदीका अर्का खेलाडि सालेम अल दसारी गोल गर्दै खेलमा २-१ गोलको अग्रता बनाएकाे थियाे । त्यसपछि कुनै खेलमा कुनै गाेल हुन सकेन । जितसँगै साउदीले तीन अङ्क जोडको छ ।

  • कतार विश्वकप उदघाटन खेलमा इक्वेइडरसँग पराजित

    कतार विश्वकप उदघाटन खेलमा इक्वेइडरसँग पराजित

    मसिंर ५ साेमबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप २०२२ को उदघाटन खेलमा आयाेजक राष्ट् कतार इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार कतारकाे अल ब्याट स्टेडियममा सम्पन्न उदघाटन खेलमा इक्वेडरले खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गरि अग्रता बनाएको थियो । कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि इकवेडरले पेनाल्टि पाएको थियाे । इकवेडरका कप्तान इनर भ्यालेन्सियाले पाएकाे पेनाल्टि सदुपयाेग गरि गोल गरेका थिए । इक्वेडरका अर्का खेलाडी भ्यालेन्सियाले खेलको ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए । इक्वेडर जित सँगै समूह एमा तीन अंक जोड्दै शिर्षस्थानमा रहेको छ । कतार भने विश्वकपको उद्घाटन खेल हार्ने पहिलो टिम बनेको छ ।

  • युक्रेनका ४ भू–भागहरू रूसमा औपचारिक रुपमा गाभिने

    युक्रेनका ४ भू–भागहरू रूसमा औपचारिक रुपमा गाभिने

    असाेज १३ बिहीबार, काठमाण्डाै । युक्रेनका ४ भू–भागहरुलाई रूसमा औपचारिक रुपमा गाभ्ने भएको छ राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भू–भागहरु रुसमा गाभ्ने सम्बन्धी अध्यादेशमा शुक्रबार हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । रूसले कब्जा गरेका ४ युक्रेनी क्षेत्रहरुः लुहान्स्क, दोनेत्स्क, खेरसन र जापरोजिया रहेका छन् ।ती भु-भागहरू रुसमा गाभ्ने सम्बन्धमा गत शुक्रबार देखि मंगलबारसम्म जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा ठूलो बहुमतले रुसमा गाभिनका लागि मत दिएको रुसले जनाएको छ । युक्रेन र अन्य पश्चिमा राष्ट्रहरुले भने जनमत संग्रहको विरोध गर्दै आएका थिए । रुसले औपचारिक रुपमा युक्रेनी भू–भाग गाभ्ने भएपछि पश्चिमा राष्ट्रहरुले रुसमाथि थप प्रतिबन्धहरु लगाउने घोषणा गरेका छन् ।

  • एलिजावेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने

    भाद्र २४ शुक्रबार, काठमाण्डाै । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। साथै यस दुखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेकाे थियाे।

    एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा बिहीबार निधन भएको हो। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। एलिजावेथ द्वितीयले बेलायतमा ७० वर्ष सात महिना शासन गर्नुभएकाे थियाे । उनी सबभन्दा लामो समयावधि शासन गर्ने महारानी पनि हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनीपछि अब उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।

  • विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९२२,५२५ पुग्याे

    भाद्र २९, काठमाण्डाै । कोरोना भाइरसका कारण विश्वभरी मृत्यु हुनेको संख्या ९२२,५२५ पुगेकाे छ । विश्वभर कोरोना भाइरस संक्रमित काे संख्या २८,८९२,८१० पुगेकाे छ भने निकाे हुनेकाे संख्या १९,५३९,३५८ रहेकाे छ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४५, संक्रमित काे संख्या ५४,१५९ र निकाे हुनेकाे संख्या ३८,६९७ रहेकाे छ ।

  • विश्वभर कोरोना भाइरसबाट ७ लाख ७३ हजार बढिको मृत्यु

    भदौं १,काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट ७ लाख ७३ हजार बढिको मृत्यु भएकाे छ । एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार ३२ पुगेको हाे । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या भने २ करोड १८ लाख नाघेको छ ।

    संक्रमित मध्ये १ करोड ४५ लाख ५८ हजार ३२८ जना संक्रमण मुक्त भएका छन् , निको हुनेको यो संख्या ६६।७० प्रतिशत हो । यस्तै ६४ लाख सक्रिय संक्रमितमध्ये ६४ हजार संक्रमितको अवस्था गम्भीर रहेको वल्डोमिर्टसले जनाएको छ ।