Author: prayatnayekkoshis

  • देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगे-निर्वाचन आयोग

    देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगे-निर्वाचन आयोग

    फागुण १४ बिहिबार‚ काठमाण्डौ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको छ।

    त्यसतै आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित रहेकाे र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सबै जिल्लामा पुगेको छ । साथै केही सामग्री भने जिल्लामै व्यवस्थापन हुने प्रवक्ता जिसीले बताउनुभयाे ।

  • निर्वाचनका लागि सेनाद्वारा तीन चरण सुरक्षा व्यवस्था याेजना तयार पारिदै

    निर्वाचनका लागि सेनाद्वारा तीन चरण सुरक्षा व्यवस्था याेजना तयार पारिदै

    फागुण १३ बुधबार‚ काठमाण्डौ। नेपाली सेनाद्वारा तीन चरण सुरक्षा व्यवस्था याेजना तयार पारिदैछ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको हाे ।

    प्रवक्ता बस्नेतका अनुसार निर्वाचनलाइ केन्द्रित गरि विभिन्न तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेकाे बताउनुभयाे । साथै सेनाले मतपत्र छपाइ सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको जानकारी दिनुभयाे ।

    निर्वाचन आयोगले जनाए अनुसारआजसम्म ७५ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको र भोलिसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने छ। भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थल मार्गबाट मतपत्र ढुवानी गरिएको छ ।

  • निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउनु – राष्ट्रपति रामचन्द्र पौडेल

    निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउनु – राष्ट्रपति रामचन्द्र पौडेल

    फागुण १ बिहिबार‚ काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित गराउन निर्देशन दिनुभएकाे छ। यसका लागि उहाँले आवश्यक शान्ति सुरक्षाको प्रबन्धलाइ सशक्त, सुदृढ र प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयाे ।

    राष्ट्रपति भवन शीतल निवासमा बसेकाे बैठकमा राष्ट्रपति पौडेलले गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूलाइ यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्वाचन लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम रहेकाे र यसले मुलुकको वर्तमान अवस्थालाई निकास दिने कार्य गर्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने बताउनुभयाे ।

    बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।

  • इटालीद्वारा नेपाल पराजित

    इटालीद्वारा नेपाल पराजित

    माघ २९ बिहिबार‚ काठमाण्डौ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत खेलमा इटालीद्वारा नेपाल पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको हो ।

    नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियाे । खेलमा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाएकाे थियाे । नेपालकाे लागि रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडेकाे थियाे । दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे ।

    नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा गर्‍यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरेकाे थियाे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाएकाे थियाे ।

    समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ । यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

  • नेप्से परिसूचकमा झिनो अङ्ककाे गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्ककाे गिरावट

    माघ २८ बुधबार‚ काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्ककाे गिरावट भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दु कायम भएको छ।

    नेप्सेले जनाएअनुसार ३२९ कम्पनीको, दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको छ। यस्तै आज भएकाे काराेबारमा ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य यथावत् देखिएको छ ।

    यसरी आज रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६७ प्रतिशतले बढेको छ । सबैभन्दा घट्नेमा सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ३९ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।

  • निर्वाचनका लागि मतपत्र छपाईदै

    निर्वाचनका लागि मतपत्र छपाईदै

    माघ २८ बुधबार‚ काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र धमाधम छपाईदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापी रहेको छ ।

    केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा आज बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको बताउनुभयाे।

    उहाँका अनुसार शुक्रवार साँझसम्म सबै मतपत्र छपाइ गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिवारसम्म मतपत्र छपाइ सकिनेछ। साथै उम्मेदवार धेरै भएको जिल्लामा ठुलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने भएकाेले केही समय छपाइमा ढिलाइ भएको हाे ।

    प्रबन्ध सञ्चालक पौडेलका अनुसार केन्द्रले बिहीबारदेखिनै छापी सकेको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने बताउनुभयो ।

  • सुनचाँदीको मूल्यमा बृद्धि

    सुनचाँदीको मूल्यमा बृद्धि

    माघ २४ आइतबार‚ काठमाण्डौ । स्थानीय बजारमा शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा बृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ । 

    महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार  र चाँदी  रु चार हजार ७१० मा कारोबार भएको थियो त्यस्तै बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो । यसैगरी बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच  भएको थियो । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्नु- गृहमन्त्री अर्याल

    निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्नु- गृहमन्त्री अर्याल

    माघ २३ सुक्रबार‚ काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन ‘हाइअलर्ट’मा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएकाे हाे ।

    बैठकमा निर्वाचन तयारी सम्बन्धमा विगतमा बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत छलफल गरेकाे थियाे।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा पनि समीक्षा गरेको थियाे ।

    साथै प्रवक्ता आनन्द काफ्लेले बैठकमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदान स्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय गरेको पनि बताउनुभयाे ।

  • पुलिसद्वारा एपीएफ पराजित

    पुलिसद्वारा एपीएफ पराजित

    माघ १५ बिहिबार‚ काठमाण्डौ । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको (ए पी एफ) क्लबलाई पराजित गरेको छ । उक्त खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको थियाे ।

    पुलिसले पहिलो खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियाे । जितसँगै पुलिसको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेकाे थियाे । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच घोषित भए ।

    न्यू डायमन्ड स्पोट्स क्लबले ३ खेलबाट ९ अंक जोड्दै फाइनलमा स्थान बनाइसकेको छ । पुलिस ४ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा उग्लिएको छ । थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । भने एपीएफ पराजित भइ प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोडेकाे छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहँदै बाहिरिइसकेको छ ।

  • कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

    कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

    माघ १५ बिहिबार‚ काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । याे नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रहेकाे छ ।

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले यस प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिनुभयो । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरीने र यही माघ १६ गतेदेखि परीक्षण गरिने पनि बताउनुभयो ।

    उहाँका अनुसार परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । त्यसक्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको र परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको बताउनुभयो ।

  • निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

    निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

    माघ १४ बुधबार‚ काठमाण्डौ ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । निर्वाचन आउन अब मात्र ३६ दिन बाँकी रहेकाे छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको हाे । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको छ ।

    साथै आयोगले प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि जनाएको छ ।

    प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनलार्य स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको हाे । आचारसंहिता माघ ४ गतेदेखि नै लागू भइसकेकाेछ ।

  • निर्वाचन आयोगद्वारा माघ ३ देखि आचारसंहिता लागू गराउन तयारी गरिदै

    निर्वाचन आयोगद्वारा माघ ३ देखि आचारसंहिता लागू गराउन तयारी गरिदै

    पुष २६ शनिबार‚ काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।

    उहाँका अनुसार निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।

    साथै आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्री कार्कीलाई शुक्रबार जानकारी गराउनुभएको थियो ।

    त्यसतै आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहने पनि बताउनुभयाे ।

  • नेवा संस्कृति संरक्षणमा सक्रिय यल नेवा समाजको दोस्रो एजीएम सम्पन्न

    नेवा संस्कृति संरक्षणमा सक्रिय यल नेवा समाजको दोस्रो एजीएम सम्पन्न

    पुष १९ शनिबार‚ काठमाण्डौ । विसं २०८० मा स्थापना भएको यल नेवा समाजको दोस्रो वार्षिक साधारणसभा (एजिएम) तथा निर्वाचन कार्यक्रम ललितपुर महानगरपालिका पुल्चोक स्थित अक्षेश्वर महाविहारमा भव्य रूपमा सम्पन्न भएको छ।

    साधारणसभामा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, पूर्वमन्त्रीहरु प्रेमभक्त महर्जन, रामकृष्ण चित्रकार, र बागमती प्रदेश, ललितपुर क्षेत्र नं. ३ प्रदेशसभा सदस्य रघुनाथ महर्जन तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा यल नेवा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षण आजको आवश्यकता भएको भन्दै समाजले खेलेको भूमिकाको प्रशंसा गरेको थियो।

    यल नेवा समाजको मुख्य उद्देश्य नेवा समुदायको मौलिक संस्कृति, भाषा, परम्परा, मठ–मन्दिर, बिहार तथा ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नु रहेको छ। साथै, जीर्ण अवस्थामा रहेका धार्मिक तथा सांस्कृतिक संरचनाको मर्मत, पुनर्निर्माण र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु पनि समाजको प्राथमिकतामा रहेको छ।

    कार्यक्रममा समाजले आगामी दिनमा सांस्कृतिक कार्यक्रम, सचेतनामूलक अभियान, सम्पदा संरक्षणसम्बन्धी योजना तथा सामाजिक विकासका गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको जानकारी गराइयो।

    कार्यक्रमका क्रममा समाजको नयाँ कार्यसमिति निर्वाचनमार्फत चयन गरिएको थियो । नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूले नेवा समुदायको संस्कृति, पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनमार्फत अध्यक्षमा  नानी काजी शाक्य, उपाध्यक्षमा  न्हुक्षे बहादुर नेमकुल, सचिवमा संजय शर्मा राजोपाध्याय, सह–सचिवमा विष्णुलाल सिकर्मी तथा कोषाध्यक्षमा दिपेन्द्र राज शिल्पकार, निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा भिम नारायण नकर्मी, दिपेश मान जोशी, प्रकाश देउला र कृष्णदास कर्माचार्य निर्वाचित भएका छन्।

    अन्त्यमा, नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो।

  • गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

    गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

    पुष ५ शनिबार‚ काठमाण्डौ । गोकर्णको सहिद स्मारक पार्कमा माउन्टेन बाइकिङका लोकप्रिय विधा क्रस–कन्ट्री (XC) डाउनहिल (DH) अन्तर्गतको दुईदिने पुष ४ र ५ गते टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल साइक्लिङ संघको आयोजनामा भौतिक रूपमा सम्पन्न प्रतियोगितामा दुवै विधा गरी कुल १०० जना भन्दा बढि खेलाडी सहभागी भएका थिए। प्राकृतिक ट्रयाकमा आयोजना गरिएको यस प्रतियोगिताले माउन्टेन बाइकिङ प्रति खेलाडी तथा दर्शकहरुमा अझ आकर्षण बढाएको छ।

    प्रतियोगिताको पहिलो दिन पुष ४ गते क्रस–कन्ट्री विधा अन्तर्गत प्रतिस्पर्धा गरिएको थियो। यस विधामा खेलाडीहरूले लामो दूरी, उकालो–ओरालो, साँघुरा बाटो तथा प्राविधिक खण्डहरू पार गर्दै आफ्नो शारीरिक सहनशीलता, गति र रणनीतिक क्षमता प्रदर्शन गरे। निर्धारित लाप पूरा गर्ने क्रममा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

    त्यसैगरी, दोस्रो दिन पुष ५ गते डाउनहिल विधा अन्तर्गतको प्रतिस्पर्धा आयोजना गरिएको थियो। तीव्र गति, ढुंगायुक्त ट्र्याक, जम्प, तीखा मोड तथा प्राविधिक अवरोधहरूले भरिएको ट्र्याकमा खेलाडीहरूले समयसँग प्रतिस्पर्धा गरेका थिए। सुरक्षात्मक हेल्मेट, गार्ड र विशेष डिजाइन गरिएका डाउनहिल बाइक प्रयोग गरिएको यस विधाले दर्शकहरूलाई अत्यन्तै रोमाञ्चक अनुभव प्रदान गरेको थियो।

    डाउनहिल विधातर्फ का विजयी खेलाडीकाे तालिका –

    श्रेणीप्रथमदाेश्राेतेश्राे
    मेन युथराेनिक्स हाङप्रतिक पाेखरेलपुष्कर रेग्मी
    मेन जुनियरदिपसागर तामाङआरभ श्रेष्ठकबिर खड्का
    मेन मस्टरम‌ंगल कृष्ण लामाधनजित राईगाैरव श्रेष्ठ
    वुमन ईलाइटउषा खनालइन्द्रकुमारी तामाङ
    मेन ईलाइटराजेश मगरनिरभ श्रेष्ठप्रचित थापा मगर

    नेपाल साइक्लिङ संघका अध्यक्ष सुदिप पौडेलका अनुसार, यस प्रतियोगिताको मुख्य उद्देश्य माउन्टेन बाइकिङ खेलको प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नु हो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहन गर्ने र नेपालमा साहसिक खेलकुदको विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा सफलतापुर्वक सम्पन्न गराउन पाएकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याएको समेत जानकारी दिनुभयो।अझ भविश्यमा यसप्रकारका खेलहरु आयोजना गर्ने सधै नगरपालिका तयार रहेको बताउनुभयो ।

    दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएको छ। आगामी दिनमा अझ व्यवस्थित र ठूला स्तरका माउन्टेन बाइकिङ प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी पनि आयोजक पक्षले दिएको छ।

    यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

  • नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुँदै

    नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुँदै

    पुष १ मंगलबार‚ काठमाण्डौ । नेपालमा साइक्लिङ खेलको प्रवर्धन एवं विकासका लागि नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप २०२५ सञ्चालन हुने भएको छ। नेपाल साइक्लिङ संघले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पुस ४ र ५ गते (डिसेम्बर १९-२०) मा आयोजना हुने जानकारी गराएको हो। संघले जनाएअनुसार यो प्रतियोगिता काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको शहीद स्मारक पार्कमा आयोजना हुने भएको छ।

    संघका अध्यक्ष सुदिप पौडेलले जानकारी दिएअनुसार प्रतियोगिता डाउनहिल र क्रसकन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा डाउनहिलमा ५० जना (महिला, पुरुष, मास्टर र युथ) र क्रस कन्ट्रीमा ५० जना (महिला पुरुष, मास्टर र युथ) खेलाडीले सहभागिता जनाउने छन्। जसमा विभिन्न प्रदेश र जिल्लाहरूबाट राष्ट्रियस्तरीय खेलाडीहरू सहभागी हुनेछन्।

    अध्यक्ष पौडेलका अनुसार यस प्रतियोगिताको माध्यमबाट नेपालमा माउन्टेन बाइकिङ खेलको स्तर उकास्ने, नयाँ प्रतिभाहरू चिनाउने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीहरू तयार पार्ने लक्ष्य रहेको बताउनुभयो। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। 

    पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा हुन लागेकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याउने समेत जानकारी दिनुभयो।

    संघका महासचिव रञ्जन राजभण्डारीका अनुसार यो प्रतिस्पर्धाको महत्व धेरै नै महत्व रहेकोछ। उहाँका अनुसार यसमा विजयी हुने खेलाडीको नाम अन्तर्राष्ट्रिय स्तरमा पठाईने र यसबाट खेलाडीले १०० अंक पाउनेछ जुन आगामी २९ जुलाइ सम्म भ्यालिद हुनेछ । जस्ले खेलाडीहरुलाइ ओलम्पिक र एशियन गेममा सम्मेलित हुन पनि सपोर्ट गर्ने बताउनुभयो। यसले गर्दा यो प्रतियोगिता अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सेलेक्सन टुर्नामेन्टको रुपमा पनि रहेको जानकारी दिनुभयो ।

    यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

    यस प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले अझै पनि आफ्नो नाम नेपाल साइक्लिङ संघको आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्नेछन्। https://www.nepalcycling.org.np/mtb-2025/

  • लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा

    लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा

    मंसिर २५ बिहिबार, काठमाण्डाै।नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको भएकाे खेलमा लुम्बिनी लायन्स विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा पुग्न सफल भएकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएकाे थियाे। एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।

    लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए , निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे र रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए । बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशोधित जिसिले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

    विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।

    एनपिएलको फाइनल खेल शनिवार हुनेछ । जसमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग खेल खेल्ने छ ।

  • जेनजी आन्दोलनमा ८४ अर्ब भन्दा बढिकाे क्षति समितिले बुझायो प्रतिवेदन

    जेनजी आन्दोलनमा ८४ अर्ब भन्दा बढिकाे क्षति समितिले बुझायो प्रतिवेदन

    मंसिर २५ बिहिबार, काठमाण्डाै। जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब भन्दा बढिकाे क्षति भएको समितिले प्रतिवेदन बुझाएकाे छ ।

    आज प्रधानमन्त्री सुशीला कार्की समक्ष गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले प्रतिवेदन बुझाएको हाे । राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते गठन गरिएको समितिले आज ७५ दिनमा आफ्नो प्रतिवेदन सरकार समक्ष बुझाएको हो ।

    प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । प्रतिवेदनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन निकालेकाेछ, साथै आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको जनाएकाे छ ।आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

    प्रतिवेदन अनुसारआन्दाेलनमा ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति पुगेकाेछ । साथै आन्दाेलनमा भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाले ज्यान गुमाएकाे छ।

    आन्दाेलनमा दुई हजार ४२९ जना घाइते भएको छ जसमा १७ जना १३ वर्षमुनिका छन्, १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार १२ हजार ६५९ वटा सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

    त्यस्तै प्रतिवेदनमा दुई हजार ६७१ भवनमा क्षति पुगेको र जसकाे क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ, निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ रहेकाे ।

    प्रतिवेदन अनुसार सरकारी/सार्वजनिक क्षेत्रमा रु ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति पुगेको, निजी क्षेत्रको क्षतिको मूल्याङ्कन रु ३३ अर्ब ५४ करोड ८७ लाख बराबर र सामुदायिक तथा अन्य क्षेत्रको रु पाँच अर्ब ९७ करोड १७ लाख बराबर क्षति भएको जनाइएको छ ।

  • पोखरा एभेन्जर्स विजयी, कर्णाली भए बाहिरिने पहिलो टोली

    पोखरा एभेन्जर्स विजयी, कर्णाली भए बाहिरिने पहिलो टोली

    मंसिर १६ मंगलबार, काठमाण्डाै। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा आज भएकाे खेलमा पोखरा एभेन्जर्स ३४ रनले विजयी भएकाे छ । पोखरा एभेन्जर्ससँग पराजित भएपछी कर्णाली याक्स एनपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।

    पोखराले पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै प्राप्त गर्न सफल भएकाे छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएकाे थियाे । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरेकाे छ।

    खेलमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । कर्णालीकालागि मार्क वाटले सर्वाधिक ५९ रन बनाएका थिए ।

    आजकाे खेलकाे स्काेर यो जारी सिजनको नै दोस्रो उच्च स्कोर हुन पुग्याे । यसअघि विराटनगर किङ्ग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासमै उच्च थियाे ।

  • नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि

    नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि

    मंसिर ११ बिहिबार, काठमाण्डाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि भएकाे छ। नेप्से परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ।

    आज ३३३ कम्पनीको एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर खरिद बिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज १३१ कम्पनीको मूल्य बढ्दा १२१ को खटेको छ भने छ कम्पनी स्थिर छन् । सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।

    आज व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रो फाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् । साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैङ्क शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।

  • नेपालद्वारा हङकङ पराजित

    नेपालद्वारा हङकङ पराजित

    मंसिर ११ बिहिबार, काठमाण्डाै। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । नेपालको यो जारी प्रतियोगितामा दोस्रो जीत हो ।

    टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको बनाए । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे ।

    जीतका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याच भए ।

    नेपालले यसअघिकाे खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो। १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

  • दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट – भारत बिजयी

    दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट – भारत बिजयी

    मंसिर ७ आईतबार, काठमाण्डाै। दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइनल खेल नेपाल र भारत विच भएकाे थियाे ।

    नेपालले टस हारेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाए। यसरी नेपालले ११५ रनको लक्ष्य दिएकाे थियाे ।

    नेपालले दिएको लक्ष्य भारतले तीन विकेटको क्षतिमा ११७ रन बनाएर १२ ओभरमा पूरा गरेकाे थियाे । फाइनल खेलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।

    यस प्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटरले बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । यसमा पनि अन्य क्रिकेटमा जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिविहीन हुनुपर्ने नियम रहेकाेछ । भारत र श्रीलङ्कामा आयोजित यस प्रतियोगितामा नेपाल र भारतसँगै अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी छन् ।

  • निर्वाचन आयोगमा दलहरुकाे निवेदन दिने क्रम जारी

    निर्वाचन आयोगमा दलहरुकाे निवेदन दिने क्रम जारी

    मंसिर ७ आईतबार, काठमाण्डाै। निर्वाचन आयोगमा राजनीतिक दलकाे निवेदन दिने क्रम जारी रहेकाे छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ ।

    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुनेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएअनुसार अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवेदन दिएको छ ।

    प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्वान गरिएको जानकारी दिनुभयो ।

    उहाँले आयोगले माघको पहिलाे हप्ता आचारसंहिता जारी गर्ने तयारी रहेको र निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको जानकारी दिनुभयाे ।

    यस निर्वाचनको निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम छ । आगामी फागुन २० गते राष्ट्रियसभा रिक्त हुने सदस्यको एक तिहाइ सदस्य १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो सभाको एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

    निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची छ । आयोगमा दर्ता कायम रहेका पुराना र नयाँ सबै दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै निवेदन दिनुपर्नेछ ।

    आयोगको कार्यक्रम अनुसार यही मङ्सिर ५ गते मतदाता नामावली सङ्कलन र अद्यावधिक सम्पन्न भइसकेको छ ।

  • नेपाल राष्ट्र बैङ्कले रु तीन अर्ब ७६ करोड लगानी गर्ने

    नेपाल राष्ट्र बैङ्कले रु तीन अर्ब ७६ करोड लगानी गर्ने

    मंसिर ६ शनिबार, काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

    राष्ट्र बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।

    उक्त रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । क वर्गको वाणिज्य बैङ्कमा रु तीन अर्ब ८० लाख, ख वर्गका विकास बैङ्कमा रु ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख बराबर लगानी हुने सूचनामा जनाइएकाे छ ।

  • विराटनगरको दोस्रो जित

    विराटनगरको दोस्रो जित

    मंसिर ६ शनिबार, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित हासिल गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डाै गोर्खाजलाई पाँच विकेटले पराजित गरेकाे छ ।

    काठमाण्डाै गोर्खाजले १३५ रनको लक्ष्य दिएको थियाे । जसलाई विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पुरा गरेकाे थियाे । खेलमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिएकाे थियाे । बलिङमा काठमाण्डाैका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक/एक विकेट लिए ।

    विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।यस जितसँगै विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ भने काठमाण्डाै तेस्रो स्थानमा छ।

  • नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बृद्धि

    नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बृद्धि

    मंसिर २ म‌ंगलबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७० अङ्कले बढेकाे छ । यसरी नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई हजार ५६६ दशमलव ०७ बिन्दु कायम भएको छ ।

    आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैङ्क लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ । 

  • प्रधानमन्त्री कार्कीद्वारा त्रि‍.वि को अपचलनमा परेको जग्गा फिर्ता बारे चासाे व्यक्त

    प्रधानमन्त्री कार्कीद्वारा त्रि‍.वि को अपचलनमा परेको जग्गा फिर्ता बारे चासाे व्यक्त

    कार्तिक २५ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे चासाे व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल समेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाल लगायतसँग छलफल गर्नुभएको थियाे। छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।

    प्रधानमन्त्री कार्कीले हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राख्नुभएको थियो। साथै प्रतिवेदन सार्वजनिक भएपछि के कति जग्गा फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केकस्ताे हुदै छ भनेर जिज्ञासा पनि राख्नुभएको थियो।

    त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो।

    गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफै अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रुपमा सीआईबी लगायत निकायमा जाहेरी दिनुपर्ने बताउनुभयो। त्यस्तै मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैले गर्न सक्ने र सबै कामका लागि सरकारको मुख ताक्न नहुने बताउनुभयो।

    शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राख्नुभयाे ।

    प्रधानमन्त्री कार्कीले असम्बन्धित सङ्घसंस्था र व्यक्तिहरूलाई त्रिविको जग्गा ओगट्ने, मिचेर खाने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिनुभयाे ।

  • नेपाल राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

    कार्तिक २५ म‌ंगलबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएकाे छ । राष्ट्र बैंकले एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम लगानी गर्ने एक सूचना मार्फत जनाएको हो ।

    उक्त सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु ५५ करोड ५० लाख, राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख गरिएकाे छ ।

    साथै बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ ।

    जसमा बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगात सर्त पूरा गरेको हुनुपर्ने जनाइएकाेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर सहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ ।

  • नेपालमा पर्यटककाे आकर्षण बढ्दै

    नेपालमा पर्यटककाे आकर्षण बढ्दै

    कार्तिक १७ साेमबार, काठमाण्डाै । नेपालमा पर्यटककाे आकर्षण बढ्दै गएकाे छ। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यूरोपबाट ४० हजार ५००, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, अमेरिका १६ हजार ४०७,ओसियाना छ हजार ८१४, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

    बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा मात्रै भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका छन ।

  • राष्ट्रपति रामचन्द्र पौडेल दोहा प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल दोहा प्रस्थान

    कार्तिक १७ साेमबार, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन सोमबार बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागि हुन जानुभएकाे हाे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कतारका लागि नेपाली राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले उहाँलाई बिदाइ गर्नुभयो ।

    राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने र कतारका अमिर शेख तमिम बिन हमद अल थानी तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ।

    यो सम्मेलनमा यसपटक विकास असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिको सामाजिक प्रभावजस्ता विषयमा छलफल हुनेछ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको नेपाल शान्ति र स्थायित्वका लागि निरन्तर सक्रिय सदस्य रहँदै आएको छ। राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा सहभागिता जनाउनुहुनेछ।

  • अमेरिकासँग नेपाल चार विकेटले पराजित

    अमेरिकासँग नेपाल चार विकेटले पराजित

    कार्तिक १५ शनिबार, काठमाण्डाै ।आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गतको भएकाे खेलमा अमेरिकासँग नेपाल चार विकेटले पराजित भएको छ ।

    दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा जितका लागि नेपालले २७२ रनको लक्ष्य दिएकाे थियाे । अमेरिकाले साे लक्ष्य ४९ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्याे ।

    अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै मिलिन्द कुमारले ७० रन ,साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए । नेपालकाे तर्फबाट सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाएकाे थियाे । त्यस्तै करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाएकाे थियाे ।

    हाल जारी शृङ्खलामा नेपालले तिन खेल खेलेको मा तिनवाेटै खेलमा लगातार हार व्यहोरेकाे छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

    साथै लगातार तेस्रो जित निकालेको अमेरिका लिग-२ तालिकाको शीर्ष स्थानमा छ । यसरी अमेरिकाले २३ खेलमा ३४ अङ्क जोडेको छ । भने नेपाल १९ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेकाे छ ।

  • हरि बोधिनी एकादशी पर्व-तुलसी र दामोदरको विवाह गरीदै

    हरि बोधिनी एकादशी पर्व-तुलसी र दामोदरको विवाह गरीदै

    कार्तिक १५ शनिबार, काठमाण्डाै । कात्तिक शुक्ल एकादशीका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु भगवान् विष्णुको प्रतीकका रूपमा आज तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिदैछ ।

    आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनी देखि हरि बोधिनी एकादशी का दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । किसानले उखुको बोट मठमा गाड्छन् । यस दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    आजका दिन देशका विभिन्न नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइदैछ । यस दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्यसैगरी काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौ का शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आज दर्शनार्थीहरुकाे ठुलाे भिड लाग्दछ ।

  • मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन- प्रधानमन्त्री कार्की

    मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन- प्रधानमन्त्री कार्की

    कार्तिक १२ बुधबार, काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच भएकाे छलफलमा मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन बताउनुभएकाे छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने बताउनुभयाे ।

    उहाँले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने र पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले हामीले त्रिपक्षीय छलफल सुरुआत गरेकाे र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे । उहाँले निर्वाचनको माहोल बनाउन यस प्रकारको छलफलले महत्व राख्ने पनि बताउनुभयाे ।

    यस छलफलमा सहभागी जेनजी समूहका प्रतिनिधिले चुनाव चाहिएको छ, तर आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचार विरुद्धको कारबाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा कुरामा जोड दिएको थियो ।

    बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुन र सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला,मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल आदीकाे सहभागिता रहेको थियाे ।

  • महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

    महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

    आश्विन २१ मंगलबार, काठमाण्डाै । महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा भएको आजकाे खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको थियाे ।

    योसँगै नेपाल र मलेसियाबिचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यस शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

    यस शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

  • ३३ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

    ३३ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

    आश्विन ४ शनिबार, काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृति सम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यम स्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।

    विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।

    साथै उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा रु १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार, सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    विभागले जनाए अनुसार पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको छ ।

    यसरी उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको लगानी स्वीकृत गरिसकेको जनाइएकाे छ ।

  • पहिरोले  राजमार्गहरु अवरुद्ध

    पहिरोले राजमार्गहरु अवरुद्ध

    आश्विन ४ शनिबार, काठमाण्डाै । देशका विभिन्नमा स्थानमा केही दिन देखी परेको वर्षासँगै आएको बाढी र पहिरोले राजमार्गहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार हाल ती अवरुद्ध भएका क्षेत्रहरुमा पहिरो पन्छाउने काम जारी रहेको छ ।

    उहाँका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । साथै कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ ।

    त्यसतै सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध भएकाेछ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध बनाएको छ ।

    वादी पहिराे ले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङ दुवै स्थानमा बाटाे अवरुद्ध बनाएकाे बताउनुभयाे ।

    साथै प्रहरीले जनाएअनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान सम्म पनि खसिरहेकाले पन्छाउन समस्या भएको छ ।

    तर कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी ,त्रिशूली सडक लगायतमा भने एकतर्फी रुपमा भएपनि खुलाइएकाे छ।

  • अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा

    अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा

    आश्विन २ बिहिबार, काठमाण्डाै । अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा परेको छ । एएफसी फुटसल एसियन (एएफसी) कप छनोट प्रतियोगितामा नेपालले सहभागिता नजनाएका कारण एन्फा कारबाहीमा परेको हाे ।

    एएफसी को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना सहितको कारबाही गरिएको हो ।

    एएफसीका अनुसार नेपालले छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।

    एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कारबाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरिवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन ।

    आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म फुटसल एसियन कप इन्डोनेसियामा हुँदैछ । यस प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । साथै छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।

  • बिजनेस रिकभरी प्लान मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी-अर्थमन्त्री खनाल

    बिजनेस रिकभरी प्लान मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी-अर्थमन्त्री खनाल

    आश्विन २ बिहिबार, काठमाण्डाै । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ ‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको भयाे । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँग भएको आजकाे भेटमा उहाँले पुनरुउत्थान योजना (रिकभरी प्लान) मा सरकारको मात्र नभएर सबैको संलग्नतामा तयार भएको बताउनुभयाे ।

    उहाँका अनुसार यस योजनामा एउटा कोष स्थापना गरिने छ । साे कोषले ज्यान गुमाएका परिवारलाई गर्नुपर्ने थप सहयोग गर्ने, सार्वजनिक संरचनाको पुनःनिर्माणमा खर्च गर्ने र निजी क्षेत्रको ध्वस्त भएका संरचनामा आवश्यक सहायता दिने काम हुने बताउनु भयाे ।

    उहाँले निजी क्षेत्रलाई कोषबाट भन्दा पनि संरचना निर्माण गर्न आवश्यक सामान आयात गर्दा लाग्ने भन्सारमा छुट दिने लगायत काम गरेर सहायता गरिने बताउनुभयाे।

    मन्त्री खनालले उद्योगी व्यवसायी र उनीहरूको आफ्नो प्रतिष्ठानमा, व्यवसायमा क्षति पुगेको र त्यसलाई कुनै न कुनै तरिकाबाट सहुलियत दिएर फेरि उठ्ने वातावरण बनाइने प्रतिबद्धता पनि जनाउनुभयो ।

    अर्थमन्त्री खनालले तत्काल सरकारको प्राथमिकता आम नागरिकमा आत्मविश्वास जगाउने र घाइते परिवारलाई उपचार अनि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको बताउनुभयाे ।

    उहाँले आन्दोलनबाट भएको भौतिक क्षतिको आँकडा सङ्कलन गर्नका लागि सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जेएनका प्रतिनिधि र अन्य निकायबीच टोली बनाएर काम थालिएको बताउनुभयो । अव सार्वजनिक निकाय र संरचनाको पुनर्निर्माण गर्न बजेटबाट रकम निकाल्नुपर्ने र पुगेन भने ‘क्राउड फन्डिङ’मार्फत जम्मा गरेर निर्माण गरिने बताउनुभयाे ।

  • मनसुनले धान रोपाइँ प्रभावित

    मनसुनले धान रोपाइँ प्रभावित

    भाद्र २ साेमबार, काठमाण्डाै ।मनसुन ढिला सक्रिय हुँदा धान रोपाइँ प्रभावित भएकाे छ । कृषि विभागका अनुसार देशभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष याे अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो ।

    विभागका महानिर्देशक प्रकाश सन्जेलका अनुसार यसपालि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । भने मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको बताउनुभयाे ।

    साथै कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाए अनुसार देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।जबकी मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको छ ।

  • विधुत् उत्पादनमा अझै धेरै सुधार आवश्यक छ – मन्त्री खड्का

    विधुत् उत्पादनमा अझै धेरै सुधार आवश्यक छ – मन्त्री खड्का

    भाद्र १ आईतबार, काठमाण्डाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधुत उत्पादनमा अझै धेरै सुधार आवश्यक रहेकाे बताउनुभयाे । आइतबार काठमाण्डाैमा आयोजित नेपाल विधुत् प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले विगतका वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर विधुत् उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भएकाे तर त्याे पर्याप्त नभएकाे यसमा अझै धेरै सुधारका पक्ष बाँकी रहेको बताउनुभयो ।

    उहाँले ऊर्जा र विधुत् अक्सिजन सरह अपरिहार्य रहेको भन्दै नेपाल विधुत् प्राधिकरणलाई २४ घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्ने संस्थामा रूपान्तरण गर्नुपर्ने बताउनुभयाे । साथै सुरक्षित, गुणस्तरीय र भरपर्दो विधुत् प्रवाह आजको मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विधुत् चुहावट न्यूनीकरण गर्न निर्देशन पनि दिनुभयो।

    अब विधुत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विधुत् बिक्रीमा समेत संलग्न गराइने उहाँले बताउनुभयाे ।

    समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी विच्छा,विधुत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगाएतका विशिष्ट व्यक्तिहरु उपस्थिति रहेकाे थियाे ।

    साथै प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो।

  • फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

    फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

    श्रावण २२ बिहिबार, काठमाण्डाै । फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औँ स्थान हासिल गरेकाे थियो ।

    स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । यसैगरी स्विडेन छैटौँबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौँ स्थानबाट इङ्गल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौँ स्थानमा झरेको छ ।

    दक्षिण एसियाली देशमा भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा रहकाे छ। नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ ।