फाल्गुण ११ आईतबार, काठमाण्डाै । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीच भएको खेल रोमाञ्चक रुपले बराबरीमा टुङ्गिएको छ । काठमाण्डाैकाे दशरथ रङ्गशालामा जारी उक्त खेलमा दुबै देशकाे तर्फबाट २-२ गाेल हानेकाे थियाे ।

घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले खेलकाे छैटौँ मिनेटमा गोल गरेको थियो । साे गोल म्यानमारका म्याट नोइ खिनले गरेकी थिइन् । त्यस लगतै नेपालकाे तर्फबाट खेलको ११ औँ मिनेटमा सविता रानामगरले गोल गरिन् ।
त्यस्तै म्यानमारलका लागि मे टेट लुले नेपालविरुद्ध खेलको १७औँ मिनेटमा अर्काे गोल गरिन। त्यसकाे जवाफमा खेलको ४१औँ मिनेटमा नेपालकाे तर्फबाट प्रीति राईको उत्कृष्ट पासमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरि बराबरीमा ल्याएकाे थियाे । योसँगै पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएकाे थियाे । पहिलो हाफपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् ।
यी दुवै टोली बिच फाइनल खेल बुधबार हुनेछ ।

Leave a comment