पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने – राष्ट्रपति

पाैष १० बुधबार, काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभयाे । क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको हाे ।

हरेक वर्ष डिसेम्बर २५ तारिखमा जिसस क्राइस्टको जन्मदिनमा इसाई धर्मका अनुयायीद्वारा धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाइदै आएकाे छ । यस अवसरमा काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै मनाइँदै‌ छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.