नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) को अजमानमा भएको खेलमा घरेलु टोली युएई लाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

टस हारेर ब्याटिङ गरेकाे घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको जाेडेकाे थियो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

नेपालको तर्फबाट ओपनर साना प्रवीणले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । त्यस्तै ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुअरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बङ्गलादेश विरुद्ध रहेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.