भाद्र २६ बुधबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलबाट नेपाल क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभयाे। राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले बताउनु भएकाे हाे ।
उहाँले नेपालले पछिल्ला समयमा खेलबाट अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्द्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाई छिट्टै दिइने बताउनुभयो । साथै सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भनि शुभकामना दिनुभयाे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो।

Leave a comment