नेपालले आइसिसी विश्वकप लिग–२ मा पहिलो खेल क्यानडासँग खेल्ने

भाद्र २४ साेमबार, काठमाण्डाै। नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ ।

यस लिगमा नेपाल, क्यानडा र ओमानले खेल खेेल्ने छन् । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ ।

नेपालले पहिलो शृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृङ्खलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.