बाढीपहिरोमा परि मृत्यु हुने संख्या दुई सय तीन

भाद्र ९ आइतबार, काठमाण्डाै। अविरल वर्षाका कारण बाढीपहिरोमा परि मृत्यु हुनेकाे संख्या दुई सय तीन पुगेकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म दुई सय तीन जनाको मृत्यु भइसकेकाे बताउनुभयाे ।

बाढी पहिरो लगायत विपद्मा परी काठमाण्डौ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको छ । 

उहाँकाअनुसार बाढीपहिराका कारण काठमाण्डौ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका छन् । 

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.