बाढीपहिराेमा परी १७० जनाको मृत्यु

श्रावण २५ शुक्रबार, काठमाण्डाै । अविरल वर्षाको कारण बाढीपहिराेमा परी १७० को मृत्यु भएकाे छ । गत जेठ २८ गते देखि लिएकाे तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा आएको बाढीपहिराे लगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

काठमाण्डाै उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १७० जनाको मृत्यु भएको हो । 

बाढीपहिराेमा परी परी हालसम्म २०३ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन् । 

बाढीपहिराेमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.