श्रावण २१ साेमबार, काठमाण्डाै । काभा महिला नेसन्स भलिबल लिग अन्तर्गत खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियाे ।
नेपालले मल्दिभ्सलाइ पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गरेकाे थियाे । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रहेकाे छ । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो । तर इरानसँग पराजित भएको थियो ।

अब सेमिफाइनलमा भने नेपाल इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रहेकाे छ। नेपालका प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्ने विश्वास रहेकाे व्यक्त गर्नुभयो । त्यस्तै नेपाली टोलीकाे कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरान विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो । अर्को सेमिफाइनलमा भारत र श्रीलङ्का बीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रहेकाे छ भने श्रीलङ्काले चौथो स्थानमा रहेकाे छ।
भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझा ५:१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरान बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a comment