जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइ जात्रा मनाइयाे

श्रावण २० आईतबार, काठमाण्डाै । जाउलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइ जात्रा भव्यताका साथ मनाइयाे । मच्छिन्द्रनाथलाई अन्नदाता,पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई हुन नखिने देवताका रुपमा मानिन्छ । त्यसैले यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहिआएको छ।

पहिले देखी चल्दै आएकाे जनश्रुति अनुसार उहिले नागराज कर्कोटकी रानीको आँखा दुख्दा एकजना सामान्य किसानले रानीकाे आँखा निको पारेपछि नागराज खुसी भएर बहुमूल्य मणि जडित भोटो किसानलाई उपहार स्वरुप दिन्छन् । तर, एकदिन ति किसान खेतमा काम गरिरहेका बेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखी दाबी गर्छ । तर त्यस भाेटाेलाइ अन्य व्यक्तिले पनि दाबी गर्दा विवाद उत्पन्न हुन्छ । त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाण सहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ ।

रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि आज अपराह्नमा आयोजित भोटो जात्रामा सरिक भइ प्रसाद ग्रहण गर्नुभयाे ।

भाेटाे जात्रा अवलाेकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालपनि जाउलाखेल पुग्नुभएकाे थियाे । उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.