मंसिर ११ साेमबार, काठमाण्डाै । एसिया रग्बीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलाई प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मानित गरेको छ । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई उहाँको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याए बापत सम्मानित गरिएको हो । सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एशोसिएट मेम्बर प्राप्त गर्दा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । साथै उहाँकाे विषेस पहलमा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

Leave a comment