माघ १७ मगंलबार, काठमाण्डाै । पश्चिमी वायुको प्रभावले देशभर ह्वात्तै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको हाे । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
महाशाखाले जनाएअनुसार आगामी तिन दिनकाे माैसम यस प्रकार रहेकाे छ-
२०७९ माघ १७ गते (मंगलबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ १८ गते (बुधबार) दिउँसोː प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ १९ गते (बिहीबार) दिउँसोː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a comment