कार्तिक २५ शुक्रबार, काठमाण्डाै । बङ्गलादेशकाे ढाकामा भएकाे यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल बिजयी भइ उपाधी हात पारेकाे छ । शुक्रबार ढाकामा भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशलाई १–१ गोलको बराबरीमा राेक्दै नेपालले उपाधी जितेकाे हो । सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछी खेलको ५४ औँ मिनेटमा बङ्गलादेशकाे रुमा अख्तरले गोल गर्दै बङ्गलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन् । तर बङ्गलादेशले खेलको ८९ औँ मिनेटमा श्रीमोती तृष्णा रानीको क्रसलाई पेनाल्टी बक्समा विपना स्नेहीले ह्यान्ड गरेपछि पेनाल्टी पाएको थियो । नेपालकाे गोलकिपर सुजता तामाङले उत्कृष्ट बचाउ गरि बङ्गलादेशकी बीबी रिताको पेनाल्टी बिफल गरिदिइन् । यसरि खेल बराबरीमा तुङ्गियाे । बराबरी सँगै नेपाल ४ खेलमा अपराजित रहँदै १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भयो । बङ्गलादेश ४ खेलमा ७ अङ्कका साथ उपविजेता भए । भने भुटान अङ्क विहीन रहयाे ।




Leave a comment