असाेज २८ शुक्रबार, काठमाण्डाै । अविरल वर्षाका कारण बाँकेकाे राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीकाे तीन सयभन्दा बढी परिवार डुबानमा परेकाे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारि दिए अनुसार राप्ती नदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । बाढी प्रभावित करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको छ । डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । जसले कच्ची घर भत्कन थालेका छन् । रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो । गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ ।

Leave a comment